![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले भूकम्प पीडितलाई अस्थायी घर बनाउन दिने रकम बिना झन्झट एकमुष्ट दिइनु पर्ने बताएका छन् । थापाले हिजो पार्टी नेताहरूको छलफलमा उठेका कुरा तथा आफूले राखेको कुरा सार्वजनिक गर्दै भनेका छन्, सरकारले अस्थायी आवास निर्माणका लागि दिने भनेको पचास हजार रुपैयाँ रकम एकै किस्तामा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउने भन्ने निणर्य भए अनुसार प्रधानमन्त्री ज्युलाई भेटेर यो विषयमा जानकारी गराएको छु।
सामाजिक सन्जाल फेशबुक र ट्विटरमा एकसाथ स्टाटस लेख्दै थापा भन्छन्, यदि डर रकम दुरुपयोगको हो भने पनि त्यसको हिसाबकिताब, पछाडि स्थायी आवास निर्माण र पुनर्निर्माणको क्रममा गर्न सकिन्छ तर अहिलेको भुक्तानी प्रक्रिया अनावश्यक रूपमा झन्झटिलो भयो भने उपयुक्त समय भित्र अस्थायी घर नबन्ने सम्भावना रहन्छ। त्यस कारण भूकम्प पीडितलाई अस्थायी घर बनाउन दिइने रकम दुई किस्ता नभई एकमुष्ट दिँदा उचित हुने हाम्रो धारणा हो। प्रधानमन्त्री ज्युले पनि यही अनुसार बन्दोबस्त गर्ने विश्वास दिलाउनु भएको छ।