हिन्दूधर्मअनुसार विष्णुलाई संसारको पालनकर्ता र श्रद्धा गरिन्छ । उनी आफ्ना करुणामयी रूप र गुणका लागि प्रख्यात मानिन्छन्। वैष्णधर्म हिन्दू समाजको प्रख्यात धर्म मानिदै आएको छ । परापूर्वकालदेखि नै यसलाई संरक्षण पनि गरिदै आएको छ । विष्णुलाई नारायणको रूपमा पनि नेपालमा पुजिदै आएको छ । विष्णुका अनेक मूर्तिहरू नेपालका थुपै्र मन्दिरहरू पाउन सकिन्छ । विष्णुलाई कतै मन्दिरहरूमा एक्लै भेट्टाइन्छ भने कतै उनी उनकी सहयात्री लक्ष्मीका साथमा भेटिन्छन्। विष्णुका प्रायः मूर्तिहरू स्थानक मुद्रामा पाइन्छन् ।
प्रायः विष्णुका चार हातहरूमा शंख, चक्र, गधा पद्म लिएकोपाइन्छ । विष्णुका वहान गरुड मानिन्छ । नेपालमा सबैभन्दा पुरानो विष्णु मूर्ति ६४७ ई.सं. को पाइएको हो भने काठमाडौंमा चाहिँ मल्ल कालमा धेरै विष्णुका मन्दिरहरू निर्माण भएको छ । चाँगुनारायण मन्दिर सबैभन्दा प्रख्यात मानिन्छ । यो मन्दिर विश्व सम्पदा सूचीमा पनि परेको छ । नेपालका चारवटा प्रख्यात नारायण मन्दिरहरू यस प्रकार छन्ः
१) इचङ्गु नारायण
२) विशंखु नारायण
३) चाँगुनारायण
४) शेषनारायण
वैष्णव धर्मको प्रारम्भिक रूप भगवत धर्मअन्तर्गत भगवान् वासुदेव कृष्णको पूजा उपासनाको रूपमा इ.पू. सम्ममा वासुदेव देवाधिदेव भैसकेको र उनका भक्तहरू भागवतका रूपमा समाजमा स्थापित भैसकेको देखिन्छ । भागवत धर्म त्यसताका उत्तर पश्चिम भारतमा पूणर् स्थापित भैसकेको तथा ग्रिकहरूले समेत यस धर्मलाई अपनाएको तथ्य स्पष्ट हुन्छ । महाभारत महाकाव्यको यकिन तिथि थाहा हुन नसके पनि यो अति प्राचीन ग्रन्थ हो ।
महाभारतको शान्तिपर्वको नारायणी खण्डमा नारदलाई नरनारायणको दर्शनार्थ बद्रीकास्थान जाँदै गरेको देखाउनुका साथै नारद र नारायणको सम्वाद नारदद्वारा भगवान्का भक्त स्वेतपुरुषहरूको दर्शन पाथरात्रमतको उल्लेख बित्रासिखण्डीहरूद्वारा भागवत धर्मको प्रचार, पुण्डिकाहरूको उल्लेख, वासुदेव धर्मको नारदलाई उपदेश आराध्यदेव हरिको उल्लेख आदिकोचर्चा गरिएको छ । महाभारतमा ठाउँ ठाउँमा वासुदेव र जनार्दनलाई सात्वत मानिएको छ । भीष्म पर्वमा भीष्मले वासुदेवलाई नित्य, अध्यमुत, शुभ र अनुगमी देवताको रूपमा चिन्नुपर्दछ भनेको पाइन्छ । यस प्रकार महाभारतमा बासुदेवको अनेकौ पटक उल्लेख आउनाका साथै विष्णीहरू र सात्वतहरूले बासुदेवलाई परम ब्रह्माकोरूपमा विशिष्ट साधनद्वारा पूजा गर्ने गरेको उदाहरण दिइएको छ ।
महाभारत सन्दर्भहरूलाई विश्लेषण गर्दा भक्ति उपासना वा वैष्णव धर्मको उदय महाभारतकालभन्दा निकै अगाडि नै भइसकेको तर यसलाई निश्चित स्वरूप दिने काम भने वासुदेवले अर्जुनलाई गीताको उपदेश दिने कार्यद्वारा पूरा गरेको कुरा स्पष्ट हुन आउँछ । महाभारत लगभग पाँचौँ शताब्दी ई.पू. ताकादेखि ईशाको चौधौ शताब्दीसम्म लेखिएको ग्रन्थ मानिन्छ । तर महाभारतले आफ्नो समयभन्दा धेरै अगाडि देखियो । हिन्दू समाजमा चलिआएको परम्पराहरूको विवरण दिएको छ । यस अर्थमा वैष्णव वा भागवत धर्म ई.पू. का शताब्दीदेखि नै निरन्तर समाजमा प्रचलित रहेको कुरा प्रमाणित हुन्छ ।
ईश्वीको प्रथम शताब्दीतिरदेखि मात्र यस सम्प्रदायका उपास्य देवताहरूको प्रतिमा र आकृति पाइन थाल्दछन् । आफ्नो माथिल्लो बायाँ हातमा चक्र लिएको चारहाते देवताको प्रथम प्रतिमा पाञ्चाल नरेश विष्णु मित्रकोसिक्कामा दुई शंख चक्र, गदा र पदम लिएको प्रतिमा कुषाण नरेश हविष्कको सिक्कामा देखा पर्दछ । यस प्रकारअति प्राचीनकालदेखि प्रचलित वैष्णव धर्मका वेग्लावेग्लै विकासका वेग्लावेग्लै प्रचारक धर्मगुरु एवम्विद्वान्हरू देखा पर्दै गए ।
यस सम्प्रदायअन्तर्गत भागवत पुराण, विष्णु पुराण गरुडपुराण आदि पुराणहरूको रचना विचित्र युगमा भने मध्ययुगसम्म आउँछ रामानुज, निम्वाक रामानन्द, कविर, बल्लभ चैतन्य, तुलसीदास आदि अनेकौ धर्म गुरुहरूले यस धर्मलाई प्रचार र विकासको क्रममा अघि बढाए । सबै ग्रन्थ एवम् धर्म गुरुहरूले वैष्णव धर्मअन्तर्गत मुक्ति र अंहिसालाई नैविशेष प्राथमिकता दिएर प्रचार प्रसार गर्दै लगेको पाइन्छ । यसबाहेक निधारमा ठाडो तिलक लगाउने मूर्तिपूजा गर्ने, तीर्थ गर्ने, व्रतगर्ने र उपास्य देवताको मन्त्र “ॐ नमः भगवते वासुदेवाय)” जप्ने परम्परा यस धर्मअन्तर्गत विकसित हुन पुग्योरामानुजले विष्णु र उनका अवतारहरूको प्रचार गरे भने निम्वार्कले राधा कृष्णका, च तन्यले राम र कृष्ण दुवैको र रामदासले राम र सीताको भक्तिको प्रचार प्रसार गरे ।
ई.पू. तेश्रो शताब्दीतिरदेखि ने वैष्णव धर्मको पञ्चरत्न सम्प्रदाय समाजमा प्रचलित भैसकेको थियो । हुन त यो सम्प्रदायको उल्लेख महाभारतमा नै भएको पाइन्छ । तर यसको वि.सं., ई.पू. तेश्रो शताब्दीतिर पूणर् रूपमा भैसकेको कुरा विद्वान्हरूले अंगीकार गरेका छन् । पाञ्चरत्र सम्प्रदायमा वासुदेव, संकर्षण, प्रद्युम्न, अनिरुद्रर शाम्व आदिका उपासना गर्ने चलन रहेको पाइन्छ । यस सम्प्रदायमा पूजाका पाँच विधिहरू अपनाउने हुनाले यसलाई पाञ्चरात्र सम्प्रदाय भनिएको हो ।