![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
राजा आउनुपर्छ भनेर आदाेलित मेडिकल व्यपारी दुर्गा प्रसाईं नेतृत्वको समूहले हिजाे साँझ आयोजना गर्ने भनिएको मसाल जुलुस कार्यक्रम स्थगित भएको छ । प्रसाईं नेतृत्वको नागरिक मुक्ति अभियानले बेलुकी साढे ५ बजे पाटनमा निकाल्ने भनिएको राँके जुलुस राँको समाउने मान्छेको अभावमा रोकिएको बुझिएको छ ।
उता, भक्तपुरस्थित प्रसाईं निवासमा गौशालाबाट बिहान गएका केही प्रदर्शनकारी आज त्यहिँ बसेको बताइन्छ । प्रसाईं भने भाेलि भक्तपुरमा र शनिबार ललितपुरमा विरोध प्रदर्शन गरेपछि झापा जाने अभियानले जनाएको छ ।