Author: Kathmandu Khabar

 – अधिवक्ता निर्मला उपाध्याय/लेख ईश्वरीय शक्तिमा आस्था र बिश्वास राख्ने मान्छेहरुमा धेरै शक्ति देखिने कुरा होइन बिश्वास गर्ने कुरा हो । मान्छे धेरै दुखी र चिन्तित हुन्छ । ईश्वरीय शक्तिले प्रेरणा, सहारा र हिम्मत दिन्छ । उ एक्लै हुँदा पनि बिचलित हुँदैन । तर जो मान्छे ईश्वर वा भगवानमाथी बिश्वास गर्दैन उ दुःख र चिन्ताले घेरिएको बेला आफुलाई एक्लो महसुश गर्दछ, आत्तिन थाल्दछ र बेसहारा हुन्छ । हिन्दुहरु भगवान वा देवी देवतालाई पुकार्रछन् । मुस्लिमहरु अल्लाह र क्रिश्चियनीहरु इशुलाई पुकार्छन् । सबैलाई आ-आफ्ना धर्मप्रति आस्था र बिश्वास हुन्छ । जसले श्रद्धा र बिश्वास गरेर भगवानलाई मान्दछन् त्यस्ता ब्यक्तिहरुलाई ईश्वरले कुनै…

Read More

काठमाडौंको दक्षिणी भेगमा पर्ने खोकना पुल नेपालको पुरानो पुलमध्येको एक हो । ललितपुरको खोकनाबाट काठमाडौंको चाल्नाखेल जोड्ने खोकनाको झोलुङ्गे पुल वि.सं. १९६० मा बनेको थियो । यो पुलको डिजाइन लुइस हार्परले गरेका थिए भने नेपालमा यसको सम्पूर्ण निर्माण कार्य इञ्जिनियर कुमार नरसिंह राणाले नै गरेका थिए । सुनिल उलकका अनुसार बागमती नदी माथि बनेको यो तेश्रो पुल हो । त्यसबेला चार फुट चौडाइको यो पुल कति लामो बनेको थियो भन्ने केही देखिदैन । तर वि.सं २०२५ सालमा यो पुललाई पूनर्निर्माण गर्दा केही पुराना सामग्री तथा केही नयाँ सामग्रीबाट पुल तैयार गरे पछि भने यो पुलको लम्बाइ करिव ४०० फुटको रहेको…

Read More

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय २४सै घण्टा सञ्चालनमा आएको छ । विद्यार्थीलाई पठन संस्कृतिमा सहज बनाउनका लागि पुस्तकालय २४ घण्टा नै सञ्चालनमा ल्याइएको हो । पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले पढ्ने मानिसलाई सहजताका लागि पुस्तकालयको तीन अध्ययन कक्ष सातै दिन २४सै घण्टा नै खुला गरिएको जानकारी दिए । उनका अनुसार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को आग्रहमा त्रिविले पुस्तकालयको अध्ययन कक्ष २४ घण्टा सञ्चालनमा ल्याएको हो । यसअघि पुस्तकालयको अध्ययन कक्ष बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म खुल्ने गरेको थियो । ‘दिउँसो समय नहुने विद्यार्थीका लागि हामीले सहजता उपलब्ध गराउने उद्देश्यले रातभर नै पुस्तकालयको अध्ययन कक्ष सञ्चालन ल्याएको हौँ,’ सुवेदीले भने,…

Read More

सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग बन्द हुने अबस्थामा पुगेको छ । विगत केहीवर्षदेखि निरन्तर घाटामा रहेको उद्याेगको घाटा १ अर्ब भन्दा बढी पुगेसगै बन्द हुने अवस्थामा पुगेको उद्योगका प्रबन्ध निर्देशक वसन्त कुमार पाण्डे बताउँछन्। उनका अनुसार अघिल्लो आर्थिक बर्षको अडिट रिर्पोटमा ९० करोड घाटामा रहेको पाइएकोमा यो बर्ष १ अर्ब भन्दाबढी घाटा भएको अनुमान गरिएको हो।  उद्योग नेपाल सरकार र एसियाली विकास बैंकको लगानीमा यो उद्योग २०३३ सालमा स्थापना भएको थियो। २०४२ सालदेखि व्यावसायिक उत्पादन सुरु गरेकोमा पछिल्ला केही वर्षयता झण्डै १ अर्बको हाराहारीमा घाटा व्यहोर्दै आएको  सिमेन्ट उद्योगका प्रवन्ध निर्देशक वसन्त कुमार पाण्डे बताउँछन्। ‘ढाँटेरकुरालुक्दैन। अहिले झण्डै १ अर्बको…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू माओत्से तुङ, नेल्सन मण्डेला, जवाहरलाल नेहरु र नरेन्द्र मोदी जस्तै नेता रहेको दाबी गरेका छन् ।नेपाल संवत् ११४४ को अवसरमा आयोजित टुच्चा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पद्यमरत्न तुलाधरको योगदानको विषयमा भएको चर्चाको विषयलाई लिएर ओलीले आफू माओत्से तुङ, नेल्सन मण्डेला, जवाहरलाल नेहरु र नरेन्द्र मोदी जस्तै नेता रहेको दाबी गरेका हुन् । कार्यक्रममा न्यूदँया समारोह समितिका अध्यक्ष नरेशमान बज्राचार्यले नेपाल संवत् र समग्र नेवा समुदायको विकासमा पद्यमरत्न तुलाधरको योगदानको चर्चा गरेका थिए । उनले पद्यमरत्न तुलाधरले कुनै राजनीतिक दलको नेताको रूपमा नभएर एक मानवअधिकारकर्मी र नेवा समुदायको अगुवाको रूपमा समाजलाई नेतृत्व…

Read More

अहिलेको काठमाडौं सहरलाई ‘कान्तिपुर’अघि ‘पूर्णवती’, ‘गांगुलापत्तन’, ‘सुवर्ण प्रणाली नगर’ आदि नामले पुकारिन्थ्यो । तथापि मध्यकालमा सबैभन्दा धेरै प्रचलित नाम ‘कान्तिपुर’ थियो । भाषा वंशावलीअनुसार, ‘कान्तिपुर’ नाम ‘कान्तीश्वर महादेव’बाट आएको हो । ऐतिहासिक कान्तीश्वर महादेव भएकै एक चोक हो– इन्द्रचोक । इन्द्रचोकको स्थापना कसले र कहिले गर्या होला ? भन्ने विषयमा अनेकानेक तर्क सुन्न पाइन्छ । तर भाषा वंशावलीले भने यसको स्थापना शिवदेव प्रथम गरेका हुन् भन्ने उल्लेख गरेको छ । श्री राजा शंकरदेवले १२ वर्ष राज्य गरेपछि राजधानी शहर बनाउने इच्छा गरी जग्गा विचार गरी हेर्दा वाग्मतीका उत्तर विष्णुमतिका पूर्व भागमा जग्गा ठहराई सहर बनाउने सबै सर्जाम तयार गरी विधिपूर्वक…

Read More

हिमालयको सृजनापछि भगवान्का अगाडि एउटा नयाँ समस्या उपस्थित भयो । हिमालय त्यति विस्तृत, उच्चऔसुन्दरभएतापनित्यसकोउपयोगगर्नेतथाअन्यकुनैजीवात्मासँगत्यसकोसम्बन्धस्थापितगर्नेत्यहाँकुनैव्यक्तिथिएन।तसर्थ भगवान्ले त्यस विपुल हिमपुञ्जमा बोखोपी नाम गरेको एकजना मानिसको सृष्टि गरेर साथै सन्त सुरुख नाम गरेकी उसकी स्त्रीको पनि। बोखोपी र सन्तसुरुखको दाम्पत्य जीवनका सिलसिलामा एउटी छोरीले जन्म पाई । उनको नाम रह्यो सुम्निमा । ऊ वृन्दावनमा बस्तथी । आफूलायक कुनै जीवन नभएको त्यस प्रायः एकान्त औ निर्जन स्थानमा सुम्निमा केवल पक्षीहरूसँग हिंडडुल गर्दथी, तिनीहरू नै उसका साथीसंगी थिए । ऊ आफ्ना ती साथीहरूको भाषा बुझ्दथी, तिनीहरूसँग ऊ कुराकानी पनि गर्दथी । एकमात्र प्रकृतिको संसर्गमा हुर्केकी सुम्निमा सुस्तरी-सुस्तरी युवती भई । तैपनि ऊ केवल चरा-चुरुङ्गीहरूसँग यो…

Read More

चैत्य भन्ने बित्तिकै हामीहरुको दिमागमा शिलाबाट बनेको चैत्य बुझ्ने आउछ  । ढुंगाबाट बनेका र ठूलो इँटा जोडेर बनाइएका कैयौं चैत्यहरु ठाउँठाउँमा देख्न सकिन्छ तर छुस्यावहालको गन्धकुटीमा राखिएको काष्ठ चैत्य आफैंमा अनौंठो कला कृति हो। बहालमा राखिएको काष्ठ चैत्यलाई चोकमा रहेको कुटागार चैत्यको प्रतिकृति मान्ने गरिएको छ । काष्ठ चैत्यलाई स्थावर (हिंडडुल गर्ने जीवित प्राणीलाई जंघम र हिंडडुल गर्न नसक्ने रुख झारपातलाई स्थावर भनिन्छ) चैत्य पनि भनिन्छ । काष्ठ चैत्य बनाउने प्रचलन नेपालमा पनि चलेको पाइन्छ । स्थावर चैत्यको चर्चा अरु विद्वानहरुले गरेको पाइएको छैन । “हेमराज शाक्यले “चैत्यया आत्मकथा”मा स्थावर चैत्यको अर्थ “तःग्वःगु चीबहाः” अर्थात् ठूलो आकारको चैत्य भनि उल्लेख…

Read More

काठमाडौं । वसन्तपुर दरबार क्षेत्रमा आज काठमाडौँ उपत्यकाका सम्पदासम्बन्धी सृजना प्रदर्शन गरिएको छ । कुल ३६ कलाकारले क्यान्भासमा उतारेका सृजनाले वसन्तपुर आएका पर्यटक तथा अन्य सहभागी लोभिए ।उनीहरुले रुचिपूर्वक चित्र अवलोकन गरे । मुख्यगरी काठमाडौँको दरबार क्षेत्र र आसपासका मन्दिर, स्वयम्भू, पशुपतिनाथलगायतका पुरातात्विक एबं मौलिक पहिचान बोकेका सृजना प्रदर्शनी गरिएको थियो । काठमाडौँको रहनसहनलाई पनि कलाकारले चित्रमा उतारेका थिए । कला कार्यशाला तथा प्रदर्शनीका संयोजक कलाकार सुष्मा राजभण्डारीले नेपालको मौलिक कला, संस्कृति र पहिचान प्रवद्र्धनका लागि प्रदर्शनी गरिएको बताए । नेपाल सम्वतका अवसरमा नेकपा (एमाले)ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमका सामन्य प्रदर्शनी भएका कला सृजनामध्ये अधिकांश बिक्री पनि भएको उनले…

Read More

काठमाण्डौ,चन्द्रागिरि नगरपालिका वडा नंं-७ स्थित घुमाउनेटोलमा शनिवारदेखि ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा आएको छ । निरन्तर १८ महिना निर्माण कार्य गरेर नेपालमा हालसम्मकै सबैभन्दा ठूलो क्षेत्रफ़ल र लगानीमा सो एम्यूजमेन्ट अर्थात मनोरञ्जन पार्क सञ्चालनमा ल्याइएको हो। ६ करोड लगानीमा निर्मित तथा ५ रोपनी क्षेत्रफलमा रहेको चार तल्ले भवनको तीन वटा तल्ला रमाइला थ्रीडी आर्ट तथा विभिन्न आकृतिहरुको भरिएका छन् ।पर्याप्त पार्किंग स्थल सहितको सो पार्कमा आउने आगन्तुकका लागि विभिन्न परिकारहरूसंग रमाउन फास्टफुड क्याफे तथा रेस्टुरेन्ट पनि संचालन गरिएको छ। यस सम्बन्धि जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पार्कका अध्यक्ष सुमन किशोर पुनले आधुनिक तथा ब्यस्त जीवनशैली,बढ्दो शहरीकरणका कारण…

Read More

“ठीक छ, म ठमेलतिर जाने गरेको छु, कसले के गर्न सक्छ गरे हुन्छ त !” बुढानीलकण्ठ मन्दिरका महन्थले यस्तो वाक्य बोले भन्ने कुरा धेरैलाई अनविश्वास लाग्छ सक्छ । मन्दिरमा डेढ दशकदेखि महन्थ पदमा रहेका निगमानन्दले बुढानीलकण्ठ नगरपालिकाकै जनप्रतिनिधिसँग नै यसो भनेपछि नपत्याउने कुरा पनि भएन । बुढानीलकण्ठका  वडाध्यक्षसहितका जनप्रतिनिधिमाझ मन्दिरका व्यवस्थापनका विषयमा विवाद हुँदा उनले “कसले के गर्न सक्छ गरे हुन्छ म ठमेलतिर जान्छु”  भनेका हुन् । ठमेलतिर बेला-कुबेला महन्थ निगमानन्द भेटिने गरेको भनेर केही स्थानीयवासीले भनेको कुरा हल्लाखल्ला चलिरहेको बेला निगमानन्द स्वयमले “मेरो बारेमा हल्ला गर्दा रेछन् हो, म गएको हो कस्ले के गर्न सक्छ गरे हुन्छ” भनेका हुन्…

Read More

बुढानीलकण्ठ नगरपालिका वडा नं ११ को अधिकारी मोडदेखि ह्याण्डबल चौर खण्डको बाटो अन्ततः पिच हुन थालेको छ । यो समाचार प्रकाशित हुँदासम्म बाटो पिच भैसक्छ । स्थानीयले एकएक रूपैँया उठाएर नगरपालिका तथा वडालाइ दबाव दिएपछि ठेक्का लागेको तीनवर्ष बाटो पिच हुन थालेको हो । करिब ५०० मिटरको बाटो पिच गर्न थालेपछि स्थानीयले राहतको सास फेरेका छन् । बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीको निवासदेखि १०० मिटर दुरीमा रहेको यो बाटो बनाउने मेयर अधिकारीले चासो नदिएको व्यापक जनगुनासकोबीच स्थानीयले पैसा उठाएका थिए । स्थानीयले एकएक रूपैँया उठाएको समाचारहरू प्रकाशित भएपछि दबाव अनुभूति गरेको नगरपालिकाले तत्काल ठेकेदारलाइ काम गर्न लगाएको छ । धुलो…

Read More

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई च्याँखे नथाप्न चेतावनी दिएका छन्। पूर्वराजा ज्ञानेन्द्रले झापामा शक्ति प्रदर्शन गर्दै गर्दा कांग्रेस महामन्त्री थापाले गुल्मी पुगेर यस्तो चेतावनी दिएका हुन्। ‘राजा फर्काउनुपर्छ भनेर कोही आयो भने काँग्रेसले भन्‍ने हो – च्याँखे थाप्ने हैन, खालमा भिड्न आउने हो,’ गुल्मी कांग्रेसको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै थापाले भने। राजाकै बदनियतका कारण राजतन्त्र गएको उनको दाबी थियो। उनले मौकामा मूर्ति बेच्नेले हिन्दु धर्म नबचाउनेसमेत दाबी गरे। ‘मौका पाउँदा मन्दिरको मूर्ति बेच्नेले हाम्रो धर्म बचाउँदैन,’ उनले भने। यसैगरी थापाले कांग्रेसका संस्थापक नेता बीपी कोइरालालाई नथुनेको भए राजसंस्था संकटमा नआउने दाबीसमेत गरे। उनले राजाको पक्षमा उभिँदा…

Read More

काठमाडौँ । भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचार प्रति पशुपति क्षेत्रविकास कोषले आपत्ति जनाएको छ ।एक सन्देश जारी गर्दै कोषले पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता नभएको दाबी गरेको हो । बुधबार भारतको जी न्यूजले जनरल बिपिन रावत के गांव में बन रहा हूबहू पशपतिनाथ जैसा मंदिर, नेपाल से आएंगे ‘शालीग्राम के शिवलिंग’ शीर्षकमा समाचार छापेको थियो ।  यसका लागि काठमाडौंस्थित पशुपतिनाथ मन्दिर मन्दिरको लागि शालीग्राम पत्थरलाई शिवलिंग उपहार दिने निर्णय गरिएको उल्लेख छ। तर सो समाचार छापिएपछि पशुपति क्षेत्र विकास कोषले विज्ञप्ति निकाल्दै भनेको छ  : “समग्र हिन्दुहरूको मूल आस्थाको धरोहर पशुपतिनाथका विषयमा र मन्दिरको…

Read More

१८६२ मा मुख्तियार रणबहादुर शाहले विर्ता, गुठी र किपट जग्ग्गा जफत गर्ने घोषणा गरे । आफू बनारस रहँदा लागेको ऋण तिर्न भीमसेन थापाको सल्लाहमा ६२ जना बाह्मणहरूले पाएको विर्ता, गुठी र राईहरूको किपट जग्गा जफत गर्ने घोषणा गरे। यसैलाई नेपालको इतिहासमा ‘बासठ्ठी हरण’को नाम दिइएको छ। यसै घटनालाई ६२ हरण, बिर्ता हरणको नामले चिनिन्छ। त्यो बिर्ताहरणले शताब्दीदेखि पाएका बिर्तावाला भएका ब्राह्मणलगायत सबैजसो जातिमा ठूलो हलचल ल्यायो। राजा रणबहादुर शाह वि.सं. १८५८मा राज्य त्याग गरी बनारस गएका थिए। बनारसमा बस्दा अंग्रेजले सहयोग नगरेको  तथा धन सकिएर बिजोग स्थिति भएपछि वि.सं. १८६२मा पुनः नेपाल फर्किए र दामोदर पाण्डे लगायत केही भारदारको हत्या…

Read More

डिल्लि बिसी राजनीतिक दलले निश्चित दर्शन र सोहीबमोजिमको कार्यक्रमका आधारमा देशको समग्र विकास गर्न सक्छन् । यदि देशको राजनीतिक शक्ति सन्तुलन, भौगोलिक अवस्था, सामाजिक संरचना, आर्थिक अवस्था र सांस्कृतिक परम्परामा यथास्थितिवाद छ भने त्यसको समग्र परिवर्तन खाँचो छ । समातामूलक, समुन्नत समाज निर्माणका लागि सोहीबमोजिमको कार्यनीतिका आधारमा मात्रै जनमतसहितको आमूल परिवर्तन हुन्छ । यसका लागि बलियो राजनीतिक शक्तिले मात्रै जनजनमा परिवर्तन गर्न सक्छ । देशको विकास भनेको राजनीतिक शासन प्रणालीमा परिवर्तन मात्रै हैन, मानसिक चिन्तनमा पनि परिवर्तन हुन आवश्यक छ । त्यस कारण दृश्य वा भोग्य वस्तुको जनचाहनाअनुरूपको परिवर्तनसँगै जनचिन्तनमा पनि सोही अनुरुपको परिवर्तन अनिवार्य छ । वर्तमान राजनीतिक शक्तिबाट यस प्रकारको परिवर्तन…

Read More

रोजगारीको सिलसिलामा पोर्चुगलमा रहेका जिल्लाको कुश्मा नगरपालिका–१३ खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको छ।  रोजगारीका लागि करिब छ महिना अगाडि पोर्चुगल पुगेका उनलाई एउटै कोठामा बस्दै आएका ‘रुम पार्टनर’ स्याङ्जाको पुतलीबजार नगरपालिका–१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गत कार्तिक २९ गते नेपालमा तिहार मनाइरहेको दिनमा सामान्य भनाभनकै क्रममा छुरा प्रहार गरेर घाइते बनाएका थिए। हाल पोर्चुगलमा नै रहेर घटनाका बारेमा सामाजिक सञ्जाल फेसबुकमा राखेका रमेशराज बास्तोलाका अनुसार उपचारकै क्रममा धनबहादुरको बिहीबार मृत्यु भएको छ।  धनबहादुरका छिमेकी कुलबहादुर के.सी.ले आफूलाई सुन्नमा आए अनुसार जङ्गल हाउसमा रहेको कोठामा चार जना बस्दै आएको र घटना हुँदाका दिनमा एक जना काममा,…

Read More

काठमाडौं : नेपाल र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास भारतको उत्तराखण्डस्थित पिथौरागढमा सुरू भएको छ। सैन्य अभ्यासमा नेपाली सेनाका ३३४ जना र भारतीय सेनाका ३५४ जना सहभागी छन्।नेपाली सेनाको नेतृत्व प्रमुख सेनानी सुवास केसीले गरिरहेका छन् भने भारतीय सेनाको कुमाओन रेजिमेन्टका एक बटालियनले गरिरहेको भारतको रक्षा मन्त्रालयले जानकारी दिएको छ। मंसिर २१ सम्म चल्ने संयुक्त सैन्य अभ्यास प्रति विद्रोह, प्रति आतंकवाद युद्धकला, र विपद् व्यवस्थापनमा केन्द्रित हुनेछ। १७औं संस्करणको यो संयुक्त अभ्यासलाई ‘सूर्य किरण’ नाम दिइएको छ। गतवर्ष नेपाल र भारतीय सेनाबीच १६औं संस्करणको संयुक्त अभ्यास रुपन्देहीस्थित सालझण्डीमा भएको थियो।  दुई देशका सेनाबीच हुने अभ्यासले वर्षौं पुरानो पारस्परिक सम्बन्धलाई प्रगाढ बनाउने र दुई देशका सेनाहरूबीच…

Read More

बाँकेको नरैनापुर गाउँपालिका निवासी प्रसिद्ध सुफी सन्त, धार्मिक सदभावका अगुवा सैयद मुस्ताक अहमद साहको ७८ वर्षको उमेरमा निधन भएको छ ।  केही समयदेखि उपचारको क्रममा भारतको दिल्लीस्थित मेक्स अस्पतालमा भर्ना भएका सुफी सन्त साहको विहीबार राति उपचारकै क्रममा निधन भएको उनका भाइ तथा नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद साहले बताए ।  बाँकेमा हिन्दु मुस्लिम एकताको प्रतीकको रुपमा रहेको नरैनापुरको प्रसिद्ध धार्मिक स्थल आस्ताना ए हजरत खलीफा नूर अहमद साहको मजार शरीफको उहाँ उत्तराधिकारी थिए । साहले कुरानका साथै श्रीमद् भगवद गीताको पनि अध्ययन गरेका थिए  । सुफि साहको निधनबाट नरैनापुर गाउँपालिकाका साथै समग्र बाँकेमा रहेका उनका अनुवाईहरु गहिरो शोकमा छन्…

Read More

काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरु नलिखुट्टाको हड्डी फुकेर राजा फर्काउन भन्दै हिँडेको टिप्पणी गरेका छन् । पार्टीको युवा संगठन राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले चेतना नभएका मुर्खहरु जनताले वाक्कदिक्क भएर फालेको राजतन्त्र फर्काउन हिँडेका टिप्पणी गरेका हुन् । चेतना नभएका केही मूर्खहरु मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर लागेका छन् । युवा संघ यस्तो बेलामा मैदानमा उत्रियो,’– ओलीले भने । युवा संघले ‘देश संकटमा परेको बेला हामी यहाँ छौं काँध थाप्छौं’ भनेको भन्दै ओलीले प्रशंसा गरे । साथै, परिवर्तको रक्षाका लागि विशाल आन्दोलनको आवस्यकता पर्नसक्ने भन्दै उनले तयारी…

Read More

अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा र रोजगारीका लागि विदेश जान नपर्ने वातावरण नेपालमै सिर्जना भइरहेको बताएका छन् ।  शुक्रबार नुवाकोट जिल्ला भलिवल संघद्वारा आयोजित प्रथम अन्तरपालिका स्तरीय विद्यालय छात्र भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले भने, ‘‘नेपालमै विकास हुन्छ, नेपालमै रोजगारीका अवसर बढ्छन् । विस्तारै विदेश जानु नपर्ने अवस्था यहाँ सिर्जना हुन्छ । जलविद्युत आयोजनामा लगानी भइरहेको छ, पर्यटकको संख्या बढ्दैछ । कृषि क्षेत्रमा लगानी बढ्छ, सुचना प्रविधिमा धेरै युवाहरु लागेर आम्दानी गरिरहेका छन् ।’’ मन्त्री महतले सामाजिक सञ्जाल प्रयोग गरेर जनतामा भ्रम फैलाउन प्रयास भइरहेको बताएका छन् । केही व्यक्तिहरुले जनताको भावनामा खेलेर आफ्नो कुन्छित उद्देश्य…

Read More

कागेश्वरी मनहरा नगरपालिका–१, काठमाडौंको जंगलमा कागेश्वरीधाम छ। जंगल बीचमा रहेको धाममा, शिवलिंग मन्दिर, कागको सुनौलो प्रतिमा र झरना छन् । यस धाममा शिवलिंगसँगै कागको पूजा गरिन्छ।  कागेश्वरी महादेव कागले पत्ता लगाएको जनविश्वास छ। किंवदन्तीअनुसार उहिल्यै गागल गाउँको माथिल्लो भेगमा मानिस गोठ बनाएर बस्थे। त्यहाँ गोठालाहरू गाइको दूध उमालेर राख्थे। तर, सधैं दूधको तर हराउँथ्यो। एक दिन गोठालाले चियो गर्दा दूधको तरलाई कागले खुट्टाको पञ्जाले सोरेर लाँदै गरेको देखेछन्। त्यो कागलाई गोठालाले पच्छाएछन्। पच्छ्याउँदै जाँदा अहिले कागेश्वरी मन्दिर भएको ठाउँको शिवलिंगमा कागले दूधको तर चढाएको देखियो। त्यही बेलादेखि कागेश्वरी महादेव भन्न थालियो। त्यस्तै, श्रीस्वस्थानी व्रतकथाअनुसार महादेवले मृत सतिदेवी बोकेर हिँड्दा उनको मुटु…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले व्यवस्था बदल्ने भन्दा पनि नेताहरुको आचरण बदल्न आवस्यक रहेको बताएका छन् ।  शुक्रबार अर्घाखाँचीमा कांग्रेस जिल्ला समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान व्यवस्थाको विकल्प खोज्न थाले जुनी त्यसै खेर जाने बताएका हुन् । उनले नेताहरुले गरेको गल्तीको भारी व्यवस्थालाई बोकाउन नहुने बताए । ‘गल्ती र कमजोरीहरू भएका छन् । यो गल्तीको भारी व्यवस्थालाई बोकाएर हुँदैन । सच्याउने हो । समस्या जहाँ छ, त्यहीँ सुधार गर्नुपर्छ,’– उनले भने । साथै, उनले प्रधानमन्त्री र पूर्व प्रधानमन्त्रीहरु बसेर देश डुब्न लाग्यो भनेर छलफल गर्दा अहिलेको परिस्थिति निर्माण भएको बताए ।

Read More

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) जितेन्द्र बस्नेतले दुर्गा प्रसाईंलाई नजरबन्दमा नराखिएको बताएका छन्। काठमाडौं छिरेदेखि नै उनलाई सुरक्षा दिइराखिएको बस्नेतले बताए। ‘उहाँलाई हामीले नजरबन्दमा राखेको छैन। सुरक्षाका निम्ति आज मात्र होइन, उहाँ काठमाडौं छिरेदेखि, बाटोदेखि नै सुरक्षा प्रदान गर्दै आइराखेको हो,’ उनले भने, ‘उहाँकोसुरक्षाचुनौतीविश्लेषणगरेरघरमापनिसुरक्षाप्रदानगरिएकोहो।नजरबन्दगरिएकोछैन। उहाँ पत्रकार सम्मेलन गरेर बसिरहनु भएको छ, अफवाह फैलाइरहनु भएको छ। कानुनलाई चुनौती दिइराख्नु भएको छ।’प्रसाईंलाईशान्तिपूर्वकचल्नेगरीअघिबढ्नउनलेसुझावदिएकाछन्। प्रसाईंले कार्यक्रम गर्न तीनकुनेमा अनुमति नलिएको पनि बस्नेतले बताए। ‘संविधानमा प्रदत्त नागरिकको अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी हक र बिना हातहतियार भेला भएर शान्तिपूर्वक कार्यक्रम गर्न पाउने हकको सम्मान गर्दै हामीले यस्ता अराजक भिड, जसले कानुन हातमा लिन खोजिराखेको छ। त्यस्ता…

Read More

काठमाडौं । काठमाडौंबाट छोटो बाटो सिन्धुपाल्चोक जाने  मुख्य बिन्दु हो जहरसिंह पौवा । साँखुबाट बनैबन उकालो लागेपछि जहरसिंह पौवा पुगिन्छ । उतिबेला पनि काठमाडौं, साँखु, फटकसिला, चौतारा, जलबिरे, लिस्तीकोट, खासा, कुती हुँदै लाह्सा तिब्बत जाने मूल बाटो थियो यो। ३ दशकअघिसम्म डाँडाको पौवामा रहेको आउनेजानेहरूका लागि पिउने पानीलगायत वार्षिक भोज खुवाउने व्यवस्थाका लागि गुठीसमेत राखिएको थियो। पौवा बनेको इलाकामा करिब १०० रोपनी र हाल सिन्धुपाल्चोक फटकसिलाको पञ्चपाले भन्ने ठाउँमा १५० रोपनी खेत त्यस पौवाको नाममा गुठी रहेको थियो। हाल ती सबै जमिन कता पुगे? खोजी हुँदै छ। जहर सिंह पौवा बजारमा करिब तीन आना जति जग्गा बाँकी छ, जसमामहिलाहरूलेभवनबनाईउपयोगगरेकाछन्। करिब…

Read More

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्ने टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा युवा संघको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले कतिपय देशले ऐतिहासिक कारणले स्वीकार गरेको हुनसक्ने र त्यसबारे केही भन्नु नभएको बताए । तर नेपालमा जनताले राजतन्त्र काम लाग्दैन भनेर फालेको भन्दै ओलीले भने, ‘कठैबरी, नागरिक सर्वोच्ता स्वीकार गर्न नसक्ने, एउटा व्यक्तिमा सर्वभौमसत्ता हुनुपुर्छ भन्ने पनि चेतना हो र ? त्यो त मूर्खता हो ।’ नेपालमा राजतन्त्रले दुःख दिने बाहेक केही नगरेको उनले बताए । ‘त्यस्तो एउटा मरेको प्रेतका पछाडि नलिखुट्टाको हड्डी फुकेर राजतन्त्र फर्काउँछु भनेर केही लागेका छन्’ एमाले अध्यक्ष ओलीले…

Read More

उसबेला निकै ठूलो धनराशी खर्चेर निर्माण गरिएको सेतो दरबारमा शौचालय बनाउन भने बिर्सिएको तथ्यहरू खुलेका छन् । बैठक कक्षको साजसज्जाका लागि मात्र एक करोड रुपैयाँ खर्चिएको उक्त दरबारमा शौचालय नभएको रहस्य एक सय २५ वर्षपछि मात्र खुलेको थियो । राणा प्रधानमन्त्री वीरशमसेरले बनाउन लगाएको उक्त दरबारलाई महंगो भएका कारण चन्द्रशमशेरले किन्न नसकेको इतिहासमा उल्लेख छ । तत्कालीन अवस्थामा दरबारभित्र शौचालय राख्ने प्रचलन नै नभएकाले नराखिएको बताइन्छ । लाल दरबार र सेतो दरबार किन्न हौसिएका चन्द्रशमशेरले सिंहदरबार बनाएका थिए । ती विशाल दरबारमा पनि शौचालय थिएन । त्यतिमात्र नभई राणा शासनका अवधिमा ४० भन्दा बढी दरबार तथा महलहरु बनाइए पनि शौचालय…

Read More

काठमाडौँ- चोभार सुक्खा बन्दरगाह निजी साझेदारी (पि.पि.पि.) मोडेलमार्फत निजी क्षेत्रले सञ्चालन गर्ने भएको छ । विश्व बैंकको डेढ अर्ब रुपैयाँ ऋण सहायतामा निर्माण भएको बन्दरगाह सञ्चालनका लागि नेपाल इन्टरमोडल यातायात विकास समितिले ट्रान्स नेपाल फ्रेट सर्भिसेजलाई दिएको छ । समितिले गत साउन ९ गते टेण्डर आह्‍वान गरेकोमा ट्रान्स नेपाल र न्यु नेपाल ढुवानी सेवा कम्पनीले दिएको आवेदनमा समितिले प्राविधिक मूल्यांकनमार्फत ट्रान्स नेपाललाई बन्दरगाह सञ्चालनका लागि अनुमति दिएको हो । समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले प्राविधिक मूल्यांकनमा ट्रान्स नेपालले बन्दरगाह सञ्चालनको जिम्मा पाएको बताए । उनले सरकारले नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश, २०५४ र टर्मिनल सट्टा बहालमा दिने सम्बन्धी, २०७० मा…

Read More

नेपालमा अनेकथरीका गीतहरु प्रचलनमा रहेको छ । विशेष अवसरमा गाइने गीतलाई विशेष गीत र सँधै गाउँन सकिने गीतलाई सामान्य गीत भनेर लोकगीतलाई मुख्य दुई भागमा विभाजन गरिएको छ । विशेष गीतलाई वर्ष चक्रीय, सँस्कार, धार्मिक र विविध गीतमा विभाजन गरिएको छ । पर्व गीतहरू चाडपर्व, पर्व र जात्रासँग सम्बन्धित गीतहरू हुन् जसमा तीजगीत, दशैँतिहारको गीत, कृष्णाष्टमीका गीत, ठूलो एकादशीका गीत, फागूपूर्णिमाका गीत, रामनवमीका गीत, आदि पर्दछन् । कर्म गीत वर्षभरि विभिन्न कामका अवसरमा थकान मेटाउन गाइने गीत हुन् । यसअन्तर्गत वसन्तगीत, जेठेगीत, असारेगीत, दाइँगीतआदिपर्दछन्। धार्मिक गीतलाई जीवन संस्कार र पदार्थ संस्कार गरी दुई भागमा विभाजन गर्न सकिन्छ । जीवनका विभिन्न…

Read More

काठमाडौं । चुरोट खरिद गर्ने बहानामा धेरै पैसा बाहिर गएको भन्दै पद्म शमशेरले चुरोट नखान जनतासँग आग्रह गरेको सन्देश बाहिर आएको छ ।  सन् १९४७ जारी गरेको यो सूचनालाई विदेशी सञ्चारमाध्यमहरुले समेत प्राथमिकताका साथ प्रवाह गरेका थिए । उक्त सन्देशमा उनले विदेशबाट चुरोट आयात गर्दा ठूलो रकम विदेशिने उल्लेख गरेका थिए। नेपालबासीलाई सम्बोधन गर्दै तत्कालीन श्री  ३ महाराज पद्मशमशेर जंगबहादुर राणाको सन्देश शीर्षकमा सन् १९४७ सेप्टेम्बर २२ अर्थात् २००४ साल असोज ६ गते गोरखापत्रमा छापिएको थियो। सन्देश त्यतिबेला भारतीय समाचार एजेन्सी एपीआईले सम्प्रेषण गरेको थियो। त्यही एजेन्सीबाट भारतका धेरै अखबारले उक्त खबर प्रकशित गरेका थिए। जसमा उनले भनेका छन् ः…

Read More