Author: Kathmandu Khabar

सनातन परम्परामा हवन वा यज्ञले महत्त्वपूर्ण भूमिका खेल्छ। यिनीहरूविना धेरै शुभ कार्यहरू पूरा हुँदैनन्। कुनै पनि शुभ कार्यमा भगवानको शुद्धि र आह्वानका लागि हवन वा यज्ञको आयोजना गरिन्छ । मानव जीवनमा हवन आदिमा प्रज्वलित आगोको विशेष महत्व रहेकोले यसलाई देवताको रूपमा पनि पुजिन्छ । धार्मिक मान्यताअनुसार हवन वा यज्ञ गरी देवतालाई बलि चढाइन्छ । जसका कारण उनी खुसी हुन्छन् र भक्तहरूको सबै मनोकांक्षा पूरा गर्छन्। तसर्थ, तपाईंले देख्नु भएको छ कि विवाह उपनयन संस्कार जस्ता कुनै पनि महत्त्वपूर्ण कार्यमा हवन अवश्य गरिन्छ। तर के तपाईलाई थाहा छ हवन र यज्ञमा धेरै फरक छ ? आउनुहोस् जान्नुहोस्, हवन र यज्ञमा के…

Read More

बुढानीलकण्ठ क्षेत्र विकास समिति रिक्त भएको करिब आधा दशक भैसक्यो । क्षेत्र विकास समिति बनाउन किन सकिरहेको छैन भन्ने बारे सबैजना अनविज्ञता जाहेर गर्छन् भने सरोकारवाला बुढानीलकण्ठ नगरपालिका यो बारेमा किंकर्तव्यविमूढरूपमा मौन देखिन्छ । नगरपालिकाका वर्तमान मेयरलाई  बुढानीलकण्ठ मन्दिर तथा क्षेत्र विकास समितिको महत्वबारे कम ज्ञान हुनुलाई  क्षेत्र विकास समिति नबन्नुको कारण मान्न सकिए पनि क्षेत्र विकास समिति बन्न रोक्ने अरू पनि केही महत्वपूर्ण व्यक्ति र विषय रहेको अनुमान गर्न सकिन्छ । स्वाभाविक नै हो, नगरप्रमुखमा यस विषयमा सुन्य ज्ञानका हुनुले यो विषय प्राथमिकतामा परेन । तर के यही कारणमात्र क्षेत्र विकास समिति नबन्न पर्याप्त हो त? पक्कै पनि होइन । क्षेत्र विकास समिति…

Read More

यादव आर्याल नेपाली संस्कृतिका प्रमुख दुई आवधिक पर्व वडादसैँ र यमपञ्चक अर्थात् तिहार भर्खरै सकिएका छन् । हरेक वर्ष चाडबाडको संघार सँगै सामाजिक सामना र पारिवारिक जमघट हुनु समस्त नेपालीहरूको क्रमागत-सांस्कृतिक नियमितता हो । जुन सदियौंदेखि निरन्तर चलिरहेको छ, र चलिरहने छ कालान्तरसम्म । आर्थिक सहजताको लागि स्वदेशी भूमि छोडेर पराई भूमि गएकाहरू चाडबाडकै सन्जोग पारेर गाउँ फर्किन्छन्, आफ्नो शैक्षिक अत्यावश्यकतालाई पूर्णता दिन शहर छिरेका विद्यार्थीहरू चाड रौनकसँगैको समिपमा रहन गाउँ फर्किने गर्छन् । गाउँदेखि टाढा बसेर विभिन्न पेसाकर्ममा लागेकाहरू पनि चाडबाड (मुख्य गरी दसैँ) गाउँमै मनाउने हेतुले गाउँमा स्व-उपस्थितिलाई प्राथमिकतामा राख्छन् । साधारणतया, तिहार शहरमै रमाइलो भएता पनि वडादसैँ…

Read More

काठमाडौं । सरकारले जंगली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले अब निजी खेत, खला, बारीमा आई क्षति पुर्‍याउने अवस्थामा बँदेललाई विना अनुमति धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने निर्णय गरेको हो । यसका लागि वन तथा वातावरण मन्त्रालयले सर्त भने तोकेको छ । सर्त अनुसार जंगली बँदेलले किसानको खेतबारीमा आई बालीनाली वा धनजनको हानी नोक्सानी पुर्‍याएरमा एक्लै वा सामूहिक रुपमा त्यस्तो बँदेललाई धपाउन, लखेट्न वा पक्रन सकिन्छ । बँदेल पक्रिएको अवस्थामा सम्बन्धित राष्ट्रिय निकुञ्ज, वन्यजन्त आरक्ष कार्यालय, शिकार आरक्ष कार्यालय, संरक्षण क्षेत्रको कार्यालय, डिभिजन वन कार्यालयमा बुझाउनु पर्ने छ । त्यसको सूचना…

Read More

सामाजिक कार्यहरूमा नियमितरूपमा देखिदै  आएको कम्युनिटि केयर नेपालले बुढानीलकण्ठ मन्दिरमा एकादशी मेलामा आएका भक्तजनका लागि निःशुल्क पिउने पानीको व्यवस्था गरेको छ । लामो लाइन बसेर मन्दिर दर्शन गर्ने तथा मेलामा घुमफिर गर्नेहरूका लागि पानी पिउने समस्या नहोस् भनेर सुद्ध पिउने पानीको व्यवस्था गरिएको कम्युनिटि केयर नेपालका अध्यक्ष रन्जित केसी ले बताए । केसीका अनुसार ११ गतेसम्म चल्ने मेलाभरी पिउने पानीको सहजरूपमा पाउने व्यवस्था गरिएको छ । मन्दिर परिसरमै पिउने पानीका लागि स्टल रहेको छ ।

Read More

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले भोलिदेखि काठमाडौं बन्द हुने बताएका छन् । आजको प्रदर्शनपछि अब भोलिदेखि काठमाडौं बन्द हुने उनले बताए । बल्खुमा प्रहरीसँग भएको झडपमा आठ-नौजना आन्दोलनकारी घाइते भएको बताएका छन् । प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रहार गरेर प्रदर्शनकारीलाई तितरवितर बनाउनेक्रममा दोहोरो झडप भएको थियो । त्यसमा आन्दोलनकारीभन्दा प्रहरी धेरै घाइते भएको प्रसाईंले बताए । “हाम्रोतर्फ ८-१० जना घाइते भएका छन् । प्रहरीतर्फ २५-३० जना घाइते भएका छन्,” प्रसाईंले  भने, “अब भोलिदेखि काठमाडौं बन्द हुन्छ । आज नै केही मात्रमा मात्र खुलेको हो ।” उनले बैंकको ब्याज र सहकारी तथा लघुवित्तको ठगीबाट आजित नागरिक सबैले भोलिदेखि काठमाडौं बन्द…

Read More

काठमाण्डौ  । चाबहिल भत्केको पुल नजिक  मोटरसाइकल दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएका छन् । आज बिहान चाबहिल भत्केको पुल नजिकको ओरालोमा आज बिहान ३ बजे प्रदेश ३-०२-००७ प १३१६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कपन बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ का २८ वर्षे ईश्वर अधिकारी घाइते भएको प्रहरीले  जानकारी दिएको छ। उनको उपचार चाबहिलस्थित हेल्पिङ ह्याण्ड्स अस्पतालमा भइरहेको छ । यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका ९ लामाटारमा बुधबार बेलुकी आठ बजे साइकलको ठक्करबाट स्थानीय एकजना पैदलयात्री गम्भीर घाइते भएका छन् । घाइते हुनेमा ५६ वर्षीय मनोहर गौतम छन् ।

Read More

आज हरिबोधिनी एकादशी मनाइँदै छ। सनातन धर्मावलम्बीले आजका दिन तुलसीको विशेष पुजापाठ गरी हरिबोधिनी एकादशी मनाउँछन्। यसलाई ठूलो एकादशी पनि भनिन्छ। हरिबोधिनी एकादशीको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्र सजाइएको छ। हरिबोधनी एकादशीको दिन पशुपतिनाथ क्षेत्रमा बिहानै भक्तजनहरूले तोरण टाँगेर पूजापाठ गरेका छन्। भक्तजनले बागमती नदी र पशुपति मन्दिर क्षेत्रलाई केन्द्रित गरे तोरण टाँगेर पशुपति क्षेत्रलाई सिँगारेका छन्। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल पूणर्िमासम्म सनातन धर्मावलम्बीले घरघरमा तुलसी रोपी विशेष पूजा आराधना गर्छन्। कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने दिनलाई हरिबोधिनी एकादशी भनिन्छ। यस दिन सनातन धर्मावलम्बीले अन्न ग्रहण नगरी कन्दमूल…

Read More

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनको राजनीति खराब र विकृतिपूर्ण भएको बताएका छन् । पछिल्लो समय विभिन्न राजनीति दललाई सडकको राजनीति प्यारो लाग्ने गरेको महामन्त्री थापाले टिप्पणी गरे ।  यस्तै, उनले २०८४ सालको चुनावमा नेपाली काँग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने बताए । उनले बुधबार नेपाली कांग्रेस सङ्घीय क्षेत्र २ नवलपुरको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै सो विचार व्यक्त गरेका हुन् । महामन्त्री थापाले नेपाललाई अहिले विवेक, चेतना र शक्ति सम्हाल्ने राजनीति चाहिएको बताए।  उाले आवेगको राजनीति सजिलो र विवेकको राजनीति गर्न गाह्रो हुने बताएका छन् । सडक, आवेग र विवेकहीन राजनीति र गठबन्धनले गर्दा नेपालमा समृद्धिभन्दा विकृति आएको बताए ।  …

Read More

इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह (हमास) बीच कम्तीमा चार दिनका लागि युद्धविराम गर्ने सम्झौता भएको छ ।  इजरायल र हमासले गाजामा जारी भीषण युद्ध र बमबारी रोक्न र बन्धकहरूलाई मुक्त गर्न बुधबार भएको सम्झौताको घोषणालाई अमेरिका, बेलायत, जर्मनी र चीनलगायतका विश्व समुदायले स्वागत गरेका छन् । इजरायली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा परी करिब एक हजार २०० जनाको ज्यान जाने गरी भएको आक्रमणमा नवजात शिशुदेखि वृद्धवृद्धासम्मका करिब २४० जनालाई बन्धक बनाइएको थियो । इजरायलले गाजामा बमबारी अभियान र स्थलआक्रमणको साथ जवाफी कारबाही शुरू गरेको थियो । हमासको प्रभाव रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार,…

Read More

“कच्छपाल परवतसँ बिज्याम्ह हे करुणामय…” यही लोकगीत सँगै काठमाडौंको च्वबहा:मा (हाल चोभार) आश्विन शुक्ल पूर्णिमा (कौलाथ्व पुन्ही) देखि कार्तिक शुक्ल पूर्णिमा (सकिमना पुन्ही) सम्म एक महिना लामो मेला लाग्ने गर्छ। च्वबहा: रहेको डाँडालाई कच्छपाल पर्वतको नामले चिनिन्छ र यही डाँडाको सबैभन्दा माथिल्लो भागमा रहेको बहाल भएको कारण त्यस बहाललाई च्वबहा: भनिएको हो। काठमाडौं उपत्यकामा रहेका ४ प्रमुख करुणामयमध्ये एक मानिने श्री आनन्दादी लोकेश्वर कहाँ एक महिना बिहान सबेरै बाजागाजा सहित दर्शन गर्न जाने र माय् अप्सँ जस्तो कठिन र विशेष व्रत बस्ने प्रचलन रही आएको पाइन्छ । कोज्रागत पूर्णिमालाई दशैं तथा मोहनी नख:को अन्तिम दिन मानिन्छ भने, इन्द्रजात्रा सक्किए लगतै…

Read More

नेवा समुदायमा प्रयोग हुने विभिन्न सामानहरु मध्य “क्वे सुकु” पनि एक हो । “क्वे सुकु” नेपाल भाषाका दुई शब्दहरु “क्वे” र “सुकु” मिलेर बनेको हो । “क्वे” भन्नाले हडि हो भने “सुकु” भन्नाले सुकुल भन्ने अर्थ लाग्छ । सरसर्ती हेर्दा हड्डीबाट बनेको सुकुल भनेको जस्तो लाग्छ । तर यसको अर्थ भिन्नै रहेको छ । वास्तवमा यो सामान मृत्यु संस्कारसँग सम्बन्धित रहेको छ । मानिसको देहावसानपछि मृतकको पार्थिव शरीरको दाहासंस्कार गरेपछि अन्तमा दागबत्ती दिने ब्यक्तिले मृतकको पार्थिव शरीरको अस्तु गंगामा बिसर्जन गर्नु पर्ने संस्कार नेवाहरूमा रहेको छ ।  यसरी अस्तु बिसर्जन यसै सामानमा राखेर गरिन्छ । अस्तु बिसर्जन गर्ने भएरै यस…

Read More

आज हरिबोधिनी एकादशी । याे एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने  पुराणहरूमा उल्लेख गरिएको छ। यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ । भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ। यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएका छन् । बुढानीलकण्ठ मन्दिरमा आजबाट ५ दिन एकादशी मेला लाग्दैछ । बुढानीलकण्ठ नगरपालिकाले एकादशी मेलाको भव्य…

Read More

काठमाडौं । मकवानपुर केन्द्रविन्दु भएर भूकम्प गएको छ । राति १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा पनि महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले यससम्बन्धी थप विवरण अद्यावधिक गरिसकेको छैन ।

Read More

मंसिर ७ गते बुढानीलकण्ठ नगरपालिकामा पर्व विदा दिइएको छ । नगरपालिकाले एक सूचना प्रकाशित गर्दै बिहीबार मंसिर ७ गते नगरपालिका एवम् अन्तर्गतका कार्यालय र शैक्षिक संस्थाहरूमा पर्व विदा दिइएको बताएको छ । नगरपालिकाले बिदा दिइएकोले नगरपालिकाका सबै सेवा बन्द हुने बताउँदै बिदा हरिबोधनी एकादशी मेला भर्नका लागि दिइएको पनि उल्ल्लेख गरेको छ । यसैबीच नगरपालिकाले बुढानीलकण्ठ मन्दिरमा ५ दिन भव्य मेला आयोजना गरिने जनाएको छ । एक पत्रकार सम्मेलन गर्दै नगरपालिकाले बुढानीलकण्ठ मन्दिरको गरिमा एवम् महिमालाइ आत्मसात गर्न मेलाले भूमिका निर्वाह गर्ने बताएको छ । मन्दिर प्राङ्गणमा आयोजित पत्रकार भेलामा मेला आयोजना र यसको उपादयताका बारेमा उपमेयर अनिता…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेताहरुले गरेका गल्तीमा जनतासँग हजारपल्ट माफी माग्नुपर्ने बताउँदै व्यवस्थाप्रति गलत टिप्पणी नगर्न आग्रह गरेका छन् । उनले नवलपुरमा भएको कांग्रेसको एक कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । “वरिपरिका केही कुरा देखेका छौँ । नागरिकमा तीव्र असन्तुष्टि या अलमल छ । कोही किसानलाई भेटेँ भने रिसाएको देखिन्छ, रिसाउनुपर्ने कारण पनि छ,” थापाले भने, “जुन सहरमा पनि सटर छाडेर भागेको अवस्था छ । सहकारीको ऋण तिर्न सकेको छैन । नेपाल पहिला कसले छाड्ने भन्नेमा तछाडमछाड गरिरहेकोजस्तो लाग्छ । छटपटाहट देखिन्छ । अब लुकाएर हुँदैन । यसको बारेमा चर्चा र चिन्तन गर्नैपर्ने हुन्छ ।”उनले…

Read More

राजा प्रताप मल्लका पालामा स्थापना भएको सिंहदरबार बैद्यखाना अहिले समस्याग्रस्त रुपमा अगाडि बढेको छ । सुरुका दिनमा दरबारका मानिसलाई मात्र आयुर्वेद औषधिको व्यवस्था गर्दै आएको सिंहदरबार बैद्यखानाले विस २००८ देखि सर्वसाधरणलाई समेत औषधी विक्रिवितरण गर्दै आइरहेको छ । सुरुमा आयुर्वेद विभागअन्तर्गतको आयुर्वेद औषधि निर्माण गर्ने सिंहदरबार बैद्यखानाको नामले परिचित उक्त संस्था विसं २०५१ को गठन आदेशअनुसार विसं २०५२ साउनदेखि सिंहदरबार बैद्यखाना विकास समितिको नामबाट सञ्चालित हुँदै आएको छ । कुनै समय वैद्यखानाले देशमा उपलब्ध रहेको प्राकृतिक जडीबुटीको प्रयोग गरेर लगभग एक सय ८५ प्रकारका आयुर्वेदिक औषधिको उत्पादन गर्ने गरेकामा अहिले च्यवनप्रास बाहेकका उत्पादन हुन सकेको छैन । विसं २०५२ देखि…

Read More

काठमाडौं । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले ब्राजिललाई हराएको छ ।  ब्राजिलको घरेलु मैदान माराकाना रंगशालामा भएको खेलमा अर्जेन्टिनाले १–० को जित निकालेको हो । विश्वकप फुटबलको छनोटमा ब्राजिलको यो लगातार तेस्रो हार हो । उरुग्वेविरुद्धको खेलमा स्टार फरवार्ड नेयमार चोट बोकेर मैदान बाहिरिएपछि ब्राजिल तीनै वटा खेलमा पराजित बनेको छ ।  ब्राजिलले उरुग्वे, कोलम्बिया र अर्जेन्टिनासँग लगातार तीन खेल हार ब्यहोरेको हो । तनावपूर्ण खेलमा अर्जेन्टिनाका लागि निकोलस ओटामेन्डीले ६३ औं मिनेटमा विजयी गोल गरेका थिए । कर्नरबाट प्राप्त बलमा उनले हडमार्फत गोल गर्न सफल भएका थिए ।  खेल सकिन ९ मिनेट अघि जोयलिङ्टन रातो कार्ड खादै मैदान…

Read More

काठमाडौँ ।  सरकारले प्रतिबन्ध लगाएको टिकटक चलाउनका लागि प्रयोग भइरहेको भिपिएन र डिएनएस अवैध तथा असुरक्षित रहेकाले त्यसको प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ । यसबाट प्रयोगकर्ताका गोप्य र महत्त्वपूर्ण डाटा चोरि हुनसक्ने भएकाले त्यस्ता अवैध प्रविधिको प्रयोग निरुत्साहित गर्न प्रहरीले आग्रह गरेको हो ।  नेपाल सरकार मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयबाट पूर्णरूपमा प्रसारणमा बन्देज लगाएको सामाजिक सञ्जाल टिकटक भिपिएन, डिएनएसजस्ता असुरक्षित र अवैध माध्यमबाट सञ्चालन भइरहेको भन्ने सूचना प्राप्त भएको उल्लेख गर्दै ब्यूरोका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले त्यसको प्रयोग नगर्न सर्वसाधारणमा अनुरोध गरेको छ । ब्यूरोले भिपिएन, डिएनएसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्तवपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणको समेत…

Read More

भगवान् विष्णुसँग सम्बन्धित संसारकै शक्तिशाली मन्दिरमध्ये एक हो नेपालस्थित बुढानीलकण्ठ मन्दिर । किंबदन्तीलाई आधारमान्ने हो भने उपत्यकामा बस्ती विकासको सुरूवाततिर भेटिएको यो मन्दिर विशाल प्रस्तरमा खोपिएको जलाशयी भगवान नारायणको मुर्ति हो । हिन्दूका साथै बौद्ध धर्मावलम्वीको पनि समान आस्थाको केन्द्रबिन्दु रहेको बुढानीलकण्ठ मन्दिरको स्वरूप काठमाडौँका धेरै देवालयझैँ बस्ती भित्रको मन्दिरका रूपमा रहेको छ । काठमाडौँको उत्तर भेक शिवपुरीको फेदीमा रहेको मन्दिरको ऐतिहासिकता, प्राचीनता जति बैभबशाली रहे पनि व्यवस्थापकीय असक्षमताका कारण यस मन्दिरको महत्वबारे चौतर्फि प्रचार हुन सकेको छैन । एकातिर पशुपतिनाथ, बौद्धनाथ मन्दिरको ख्यातीलाई बढि प्राथमिकता दिँदा बुढानीलकण्ठजस्ता कतिपय अति प्राचीन मन्दिर महत्वको विशालताभित्र परेन भने अर्कोतिर व्यवस्थापकीय भूमिकामा रहेका पक्षहरूको अकर्मण्यताले मन्दिरको वातावरण बेलाबेला बिथोलिएको देखिन्छ ।  ०४५ सालमा…

Read More

सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा प्रमुख दलहरूले भागबण्डा गरेका छन्। जसमा नेपाली कांग्रेस निकट कानुन व्यवसायी र एमाले निकट कानुन व्यवसायीबाट एक–एक जनालाई न्यायाधीश बनाइएको छ।  माओवादीको लागि एक जना कोटा छुट्याइएको छ। सर्वोच्च अदालतमा ७ जना न्यायाधीश रिक्त भए पनि माओवादीको कोटाबाट नाम आउन नसक्दा मंगलबार ६ जना मात्रै न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको हो। जसमा चार जना उच्च अदालतका न्यायाधीश हुन्। अब एक जना पनि वकिलकै कोटाबाट न्यायाधीश बन्ने न्याय परिषद्का एक सदस्यले बताए। ‘यो पनि वकिलकै कोटा हो। तर माओवादीनिकट कानुन व्यवसायीका लागि छुट्याइएको कोटाबाट नाम आउन नसकेपछि सिफारिस हुन सकेन, त्यही भएर एक जना खाली राख्नुपर्‍यो’,…

Read More

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आइसिसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिता श्रीलंकाबाट सारेको छ।  आइसिसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेसँगै आगामी जनावरी र फेब्रुअरी हुने यू-१९ विश्वकप क्रिकेट अब दक्षिण अफ्रिकामा गर्ने भएको छ। आइसिसीको बोर्ड बैठकले सर्वसम्मत रुपमा विश्वकप श्रीलंकाबाट दक्षिण अफ्रिका सारेको हो। दक्षिण अफ्रिकामा यसअघि यू-१९ महिला विश्वकप २०२३ र यू-१९ विश्वकप २०२० आयोजना भएको थियो।यसपटकको विश्वकपमा नेपालसहित १६ टिमले भाग लिँदैछन्। विश्वकपमा नेपाल समूह ‘डी’ माछ। समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड छन्।यसअघि श्रीलंका क्रिकेटमाथि राजनीतिक हस्तक्षेप भए भन्दै आइसिसीले निलम्बन गरेको थियो। क्रिकेट श्रीलंकाका पदाधिकारी र खेलकुदमन्त्री रोशनरण सिङ्घेबीच एक वर्षदेखि विवाद चल्दै आएको थियो।…

Read More

काठमाडौँ– नेपाली कांग्रेसले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावित क्षेत्रका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माण गर्न स्वयंसेवक टोली त्यसतर्फ पठाउने भएको छ । महामन्त्री गगनकुमार थापाको अध्यक्षतामा बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य एवं भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाको बैठकले सो सम्बन्धमा निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिएका छन् । बैठकले अति जोखिममा रहेका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घर टहरा निर्माण गरी सहयोग पुर्‍याउने उद्देश्यले एक निर्माण विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने गरी १०-१० जनाको समूह बनाई पहिलो चरणमा १३ समूह सम्बन्धित क्षेत्रमा पठाउने निर्णय गरेको छ । ती समूहले एक हप्ता…

Read More

बाह्रै महिना खेतबारीको काम गर्ने। गोठमा हल गोरु पाल्ने, ग्रामीण क्षेत्रका किसानको पहिचान हो। पाखो बारीमा मकै, गहुँ र जौ खेती। खेतमा तोरी र धान फलाउने उनीहरुको मुख्य काम हो। एक दशकअगाडि सम्म बागलुङका धेरै जसो किसानका गोठमा हल गोरु हुन्थे। गोरुले जोतेरै सयौँ रोपनी खेतबारीमा बाली लगाइन्थ्यो। तर पछिल्लो समय खेतीयोग्य जमिनमा वनमारा पलाउन थालेका छन् भने हल गोरु पनि पाइँदैनन्। बजार क्षेत्रमा दशकअगाडि देखि नै आधुनिक प्रविधिको प्रयोग गरेर खेतबारी खनजोत गरिन्थ्यो भने गाउँमा त्यो सुविधा थिएन। हिजोआज यो सुविधा गाउँगाउँसम्म पनि पुगेको छ। आधुनिक प्रविधिले किसानलाई सहज बनाए पनि पुरानो संस्कृति भने हराए। ग्रामीण क्षेत्रका…

Read More

गोरखा नगरपालिका–१३ देउरालीस्थित बैटारीमा लामो समयदेखि बाँझो रहेको करिब एक सय तीन रोपनी जमिनमा अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न सुरुवात गरिएको छ । स्थानीय कृषक जितबहादुर भट्टले सिरुघारी फाँडेर गत माघदेखि खनजोत गरी व्यावसायिकरूपमा अकबरे खुर्सानीको खेती गरेका हुन् । अकबरे खुर्सानी खेतीबाट छिटो र मनग्य आम्दानी हुने भएकाले वर्षौँदेखि बाँझो बसेको जमिन भाडामा लिएर खेती गर्न थालेको उनले बताए । वार्षिकरूपमा रु एक लाख ५० हजारमा भाडामा लिएर खनजोत गरी अहिलेसम्म ७५ हजारभन्दा बढी अकबरे खुर्सानीको बेर्ना लगाइसकेको उनको भनाइ छ । यसका लागि उनले कालिका कृषक समूह फार्म दर्ता समेत गरेका छन्  । ‘अहिले करिब ४०…

Read More

जसपाका केन्द्रीय सदस्य तथा पूर्व संसद हरिनारायणप्रसाद रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भव्य स्वागत गरेका छन्। पर्साको पोखरिया नगरपालिकामा मंगलबार एमालेले पार्टी प्रवेश कार्यक्रममा राखेको थियो । कार्यक्रममै अध्यक्ष ओलीले रौनियारलाई पार्टीमा प्रवेश गराएका हुन् । एमाले प्रवेश गरेका रौनियार पप्पु कन्स्ट्रक्सनका पूर्व अध्यक्षसमेत हुन्। ०७४ सालको निर्वाचनमा रौनियार तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाल हालको जसपा नेपालबाट पर्सा क्षेत्र नम्बर ३ बाट सङ्घीय सांसदमा निर्वाचित भएका थिए ।तर त्यसको केही समयपछि नै उनको कम्पनी पप्पु कन्स्ट्रक्सनको मुद्दाका कारण उनी निलम्बित भएका थिए ।मुद्दा लामो समय चलेपछि रौनियारले अधिकांश कार्यकाल निलम्बित रूपमै बिताएका…

Read More

काठमाडौं । ओखलढुंगाका कांग्रेस सांसद रामहरि खतिवडा बेलाबखत नराम्रा कुरामा चर्चामा आइराख्छन् । त्यसाे त गाउँतिर जस्ता बाेकेका फाेटाहरू सामाजिक सन्जालमा भाइरल गराएर राम्राे नेता हुन् भन्ने चर्चा पनि उनकाे बेलाबखत चल्छ । ०७९ काे चुनाव जितेका खतिवडा सबैलाइ थाहा नै छ देउवा ग्याङ्गका मेम्बर हुन् । यही मेसाेमा उनी प्रतिनिधि सभा राज्य व्यवस्था समितिकाे सभापति हुन पाएका छन् । भाउजुकाे प्रिय देवर भनेर ट्याग लगाइएका रामहरि खतिवडा भाउजुलाइ खुशी बनाउँदा नाङ्गिएकाे विषय सार्वजनिक भएकाे छ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिले हालै नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) श्याम ज्ञवालीको जन्म मिति विवाद ब्युँताउने निर्णय गरेर नक्कली भूटानी…

Read More

नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा काठमाडौँ ५ का सांसद प्रदीप पौडेलेको नेतृत्वमा जाजरकोटमा १००० अस्थायी घर टहरा निर्माण सुरू भएको छ । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावित क्षेत्रमा एक हजार घर निर्माण गर्ने नेपाली कांग्रेसको निणर्य बमोजिम जाजरकोट जिल्ला नलगाड नगरपालिका वडा नं ०५ मा अस्थाई घरटहरा निर्माण कार्य सुरु भएको सांसद पौडेलले बताएका छन् । काम गरिरहेको तस्वीर सार्वजनिक गर्दै सांसद पौडेलले काम सुरू भएको जानकारी दिएका हुन् ।

Read More

काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.११ पर्ने अधिकारी मोडको बाटो बिग्रिएको लामो समय भैसकेको छ । ठेक्का लागेर पनि निर्माण सुरू नभएको यो बाटोका बारेमा  ह्यान्डबल मैदानदेखि अधिकारी मोडसम्म स्थानीयले पटकपटक वडा कार्यालय र मेयरलाइ ध्यानाकर्षण गर्दा पनि कसैले चासो नदेखाएपछि सडक कालोपत्रे बनाउन दवाब दिने हेतुले  एक रुपैयाँ संकलन  गरेका हुन्।  सवारी साधानको चाप बढ्दा आकाशेधाराबाट कंपन गुम्बा जाने यो बाटो वरपरका घरमा बसिन नसक्नु धुलो हुने गरेको छ । मेयर मिठाराम अधिकारीको निवासबाट मुस्किलले सय मिटरको दुरीमा रहेको यो सडकको दुराबस्थाबारे मेयरलाइ गुनासो गर्दा ेकही नलागेको स्थानीयवासी दिक्दारी पोख्छन् । मेयरले कहिल्यै पनि यो बाटो बनाउनका लागि पहल…

Read More

नेपाल सम्बत्अन्तर्गत कछलाथ्व नवमीको दिनलाई ज्वार नवमी भनिन्छ । यस दिन विशेष गरि भोगटेको अमिलो खाने गर्दछ । हुनत स्वन्ती नखः (तिहार) लगतैको नवमी भएकै कारण पनि यस दिन भोगटे मोलेर खाने गरिएको हो । भोगटे संगै सुन्तला, बिमिरोको अमिलोमा दहि राखेर मोलेर खाने गर्दछ । ज्वार नवमीको अर्को बिशेषता भनेको जुवा खेल्नु हो । जुवा तास खेल्नु भनेको बैधानिक रुपमा गैरकानुनी कार्य हो । तर यस दिन जुवा अन्तर्गत कौडा खेल्ने, तास खेल्ने गरिन्छ । मल्लकाल तिर यस दिन जुवा खेल्न छुट रहेको भन्ने मान्यता रहेको छ । अर्थात यो दिन जुवा खेलेपनि कुनै कानुन लाग्दैन भन्ने गर्दछ…

Read More