Author: Kathmandu Khabar

काठमाडौं । ४९ जना सदस्यको अविश्वासको तरबार बोकेर हेटौडा पुगेर एन्फा अध्यक्ष पंकज बिक्रम नेम्वाङ्ग फुटबलको राजनीतिमा थप बलियो बनेका छन् । करिब एक वर्ष अघि तत्कालिन अध्यक्ष कर्माछिरिङ्ग शेर्पाका विरोधीहरुको गठजोडमा चुनाव जितेका नेम्वाङ्गले हेटौडाको विशेष महाधिवेशनबाट फुटबल राजनीतिमा थप शक्ति आर्जन गरेका छन् । गत साता हेटौडामा अविश्वासको प्रस्ताव फेस गर्दै नेम्वाङ्गले ८७ मध्य ५२ भोट प्राप्त गरेका छन् । जुन झण्डै एक तिहाईको नजिक हो । एक वर्ष अघिको एन्फाको केन्द्रिय चुनावमा नेम्वाङ्गले ४५ मत पाएका थिए । नेम्वाङ्गले प्राप्त गरेको मतमा नेम्वाङ्गसँग आफ्नो सानो समूह, गणेश थापाको समूह, कर्माछिरिङ्ग शेर्पा विरोधी समूहको मतको जोड थियो । …

Read More

भारतीय सोसल मिडियास्टार नव्यश्री(मञ्जु थापा) को पहिलो सर्ट फिल्म ‘महाकाली’ को पोस्टर सार्वजनिक भएको छ । १० डिसेम्बर २०२३ मा  ओएसआर नेपाल डिजिटलमार्फत रिलिज हुने महाकाली फिल्म यतिखेर धमाधम छायाँकन भैरहेको छ । भारतमा सोसल मिडियाका क्षेत्रमा परिचित नव्यश्री अहिले नेपालमा आफ्नो करियरको पहिलो फिल्मको तयारीमा व्यस्त छिन् । फिल्मको पोस्टर  हालै सार्वजनिक भएको छ ।  ‘महाकाली’ नाम रहेको फिल्म दुई साधारण केटीको माता कालीको भक्ति र त्यसको शक्तिमा आधारित छ । यो सर्ट फिल्म ‘महाकाली’ १० डिसेम्बर २०२३ मा ओएसआर  डिजिटलमा रिलिज हुँदैछ । नव्यश्री (मञ्जु थापा)ले फिल्म क्षेत्रमा आफ्नो करियर बनाउन नेपालबाट यात्रा थालेकी छिन् ।  उनी…

Read More

काठमाडौं। काठमाडौंमा दुईजना महिला नक्कली नोट सहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बूढानीलकण्ठ नगरपालिका-१२ कपन डेरा गरि बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका-४ की ४१ वर्षीया मैया कुमारी घिमिरे र शंखरापुर नगरपालिका-७ डेरा गरि बस्ने सिन्धुपालचोक जलविरेकी ४९ वर्षीया सिर्जना थापा रहेका छन्। सिर्जनाको साथबाट १ हजार दरको १४० थान र कुमारीको साथबाट १ हजार दरको २१  थान नक्कली नोट बरामद गरेको प्रहरीले जानकारी दिएको छ। सिर्जना र मैया कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाको आधरमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शंखरापुर नगरपालिका-७ कोलागालमा अपरेसन संचालन गरेको थियो। सिर्जनालाई सोमबार राती साँखुबाट र प्रहरी…

Read More

दक्षिणपन्थी लिबर्टी एडभान्स गठबन्धनका हाभियर मिलेले अर्जेन्टिनाको राष्ट्रपति पदमा अर्थमन्त्री सर्जियो मासालाई पराजित गरेको निर्वाचन प्राधिकरणको प्रारम्भिक नतिजाले देखाएको छ। आधिकारिक नतिजा आउनुअघि नै हार स्वीकार गर्दै मासाले आगामी चार वर्षका लागि देशको राष्ट्रपति हुने माइलीलाई बधाई दिएका हुन्। सरकारले जारी गरेको आधिकारिक तथ्याङ्कअनुसार ८६.५९ प्रतिशत मत गणनामा माइलीले ५५.९५ प्रतिशत मत ल्याएका छन् भने मासाले ४४.०४ प्रतिशत मत प्राप्त गरेका छन्। आइतवार भएको मतदानमा ७६.३९ प्रतिशत मतदान भएको थियो। माइली वर्तमान राष्ट्रपति अल्बर्तो फर्नान्डेजका उत्तराधिकारी हुनेछन् र डिसेम्बर १० मा चार वर्षको कार्यकालका लागि पदभार ग्रहण गर्ने तयारी छ।

Read More

काठमाडौं। विश्‍वका अधिकांश अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्री पसल संचालनमा छन्। विमानस्थलमा ओहोरदोहोर गर्ने यात्रुले भन्साररहित वस्तु किन्न पाउँछन्।कर छुट हुने भएकाले महँगा सामान किन्न यात्रुको भिड लाग्ने गर्छ। तर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने त्यो सेवा १५ वर्षदेखि बन्द छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले १५ वर्षपछि पुनः ड्युटी फ्री पसल सञ्चालनमा ल्याउने भएको छ। प्राधिकरणले अन्तर्राष्ट्रिय टर्मिनल भवनको प्रस्थानतर्फको पहिलो तल्लामा रहेको २६.११ वर्गमिटर र आवागमनतर्फ अध्यागमन नजिकै ७५.८ वर्गमिटर क्षेत्रफलमा ड्युटी फ्री पसल सञ्चालनमा ल्याउन टेण्डर आह्‍वान गरेको छ। पर्यटन मन्त्रालयले गत वर्ष साउनमा पर्यटन क्षेत्र पुनरुत्थानका लागि ७३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्री पसल…

Read More

अहिलेको काठमाडौं सहरलाई ‘कान्तिपुर’अघि ‘पूर्णवती’, ‘गांगुलापत्तन’, ‘सुवर्ण प्रणाली नगर’ आदि नामले पुकारिन्थ्यो । तथापि मध्यकालमा सबैभन्दा धेरै प्रचलित नाम ‘कान्तिपुर’ थियो । भाषा वंशावलीअनुसार, ‘कान्तिपुर’ नाम ‘कान्तीश्वर महादेव’बाट आएको हो । ऐतिहासिक कान्तीश्वर महादेव भएकै एक चोक हो– इन्द्रचोक । इन्द्रचोकको स्थापना कसले र कहिले गर्याे होला ? भन्ने विषयमा अनेकानेक तर्क सुन्न पाइन्छ । तर भाषा वंशावलीले भने यसको स्थापना शिवदेव प्रथम गरेका हुन् भन्ने उल्लेख गरेको छ । श्री राजा शंकरदेवले १२ वर्ष राज्य गरेपछि राजधानी शहर बनाउने इच्छा गरी जग्गा विचार गरी हेर्दा वाग्मतीका उत्तर विष्णुमतिका पूर्व भागमा जग्गा ठहराई सहर बनाउने सबै सर्जाम तयार गरी…

Read More

काठमाडौं । सरकारले सामाजिक सञ्जालको रुपमा प्रयोग भइरहेको टिकटकका माध्यमबाट सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको निष्कर्षसहित नेपालमा टिकटकको प्रयोगमा रोक लगाउन कात्तिक २७ गते मन्त्रिपरिषदबाट निर्णय गरेपछि समर्थन र विरोधमा बहस जारी छ ।  अन्य सामाजिक सञ्जालले कम्युनिटी गाइडलाइनविरुद्धका सामग्री हटाउने गरे पनि टिकटकले रियलटाइमका सामग्री हटाउन नसकेको बरु लाइभ भिडियोहरु रेकर्ड गरी अन्य सामाजिक सञ्जालमा समेत शेयर गर्ने गरेकाले टिकटकको नियमन सम्भव नभई प्रयोगमा नै रोक लगाउनुपरेको सरकारले स्पष्ट गरेको छ ।  सामाजिक सद्भाव र नागरिकको सुरक्षाका लागि टिकटकमा रोक लगाइएको सरकारको भनाइ छ । टिकटकले नागरिकको डाटा सुरक्षा गर्न नसकेको, नागरिकको गोपनीयताको हनन हुनु…

Read More

रौतहटको चन्द्रपुर नगरपालिका-१ मा रहेको सेनबंशीय राजा गोल्माको दरबार संरक्षणको पर्खाइमा छ । संरक्षणको पर्खाइमा रहेको तत्कालीन बाइसे र चौबिसे राज्यकालका शेनबंशीय राजा गोल्माको दरबार क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरी अहिले गोल्माराजा बौद्ध बिहार जुटेको छ । उक्त क्षेत्रको विकासका लागि थाइल्याण्डले सहयोग गर्ने भएको छ । यही १० मंसिरमा थाई सरकारको सहयोगमा दुई करोड रुपैयाँ पर्ने साढे ९ फिटको बैरीबिनाश भगवान बुद्धको मूर्ति स्थापना गर्ने तयारी छ ।  सो क्षेत्रलाई ध्यानकेन्द्रको रूपमा समेत विकास गरिने भिक्षु मेधंकर स्थवीरले जानकारी दिए । उनकै खोज अनुसन्धानबाट ३५० वर्ष पहिलेको सो दरबार गोल्मा राजारानीको रहेको खुलेको हो…

Read More

सिनेमा, साहित्य र संगीतमा बंगाली समुदायको ठूलो नाम छ। सत्यजीत रे, विमल राय, ऋतिक घटक, ऋतुपार्नो घोष, अपर्णा सेन आदि केही प्रतिनिधि नाम हुन्। तर वर्तमान बंगलादेशी नागरिकका लागि ती नाम राजनीतिक हिसाबले पराइ देशको नामसरह भएको छ। बंगलादेश, भारत विभाजनपछि पूर्वी पाकिस्तान नाम दिइएको भूगोलका मान्छेहरूले विद्रोह गरेर बनाएको नयाँ देश हो। बंगाल सभ्यताको इतिहास केही शताब्दी परसम्मै तन्किए पनि सन् १९७१ मा जन्मेको बंगलादेशले धेरै कुरा फेरि नयाँ शिराबाट सुरू गर्नुपर्‍यो। गरिबी, अनिकाल, राजनीतिक अस्थिरता र हिंसात्मक घटनाक्रमका बीच अन्य क्षेत्रजस्तै यहाँको सिनेमा क्षेत्र पनि पिल्सिएको छ। बंगलादेशको सिनेमा क्षेत्रको मूल्यांकन यही सन्दर्भमा गर्दा धेरै उत्साहजनक…

Read More

काठमाडौं । काठमाडौंको न्यूनतम तापक्रम हिजाे बिहान १०.३ डिग्री सेल्सियस छ । ५ः४५ बजे काठमाडौंको तापक्रम १०.३ डिग्री सेल्सियस मापन गरिएको हो ।  आज दिउँसो काठमाडौंको तापक्रम २२ देखि २४ डिग्री सेल्यिससम्म पुग्ने मौसमविद् राजु प्रधानाङले जानकारी दिए ।  “केही हप्तायता काठमाडौंको तापक्रम १० डिग्री सेल्सियसको वरिपरि रहेको छ,” मौसमविद् प्रधानाङले बाह्रखरीसँग भने । अझै केही दिन १० डिग्री सेल्सियसको सेरोफेरोमा काठमाडौंको तापक्रम रहने उनको भनाइ छ ।  “तत्कालै धेरै चिसो बढ्ने अहिले देखिँदैन । यो मौसमअनुसार नै विस्तारै तापक्रम घट्दै जानेछ” उनले भने ।  केही हप्तायता उच्च पहाडी र हिमाली भू–भागमा हिमपात हुँदै आएको छ । तर…

Read More

काठमाण्डाै – विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष लागेको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच २०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको थियो । दश वर्षभन्दा लामो द्वन्द्व अन्त्य गरेको घोषणासहित सरकार र तत्कालीन नेकपा माओवादीले शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौतापछि तत्कालीन माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागी हुन बाटो खुलेको थियो । देशमा राजनीतिक परिवर्तन भयो । तर शान्ति सम्झौताअनुसार केही उपलब्धि र काम भए पनि सङ्क्रमणकालीन न्याय अहिलेसम्म व्यवस्थापन हुन सकेको छैन । सम्झौतामा उल्लेख भएअनुसार…

Read More

भित्री मनको अभिव्यक्तिलाई कुनै पनि भौतिक वस्तुमा व्यक्त गर्नुलाई कला भनिन्छ । कला मानवको उत्पत्ति सँगसँगै विकसित भएको पाइन्छ । जब मानवले सभ्यताको विकसित क्रममा पाइला टेक्यो त्यस अवस्थादेखि नै कलाको विकास गर्दै आएको देखिन्छ । कृषि युगको थालनी सँगसँगै मानवले स्थायी बसोबासको प्रकृया अपनायो, त्यतिखेर देखि नै उसले आफ्नो भावनालाई कलात्मक बनाउने प्रयास गर्यो । यसरी नै आफ्नो क्षमता प्रदर्शन गर्न मन्दिर तथा मूर्तिहरूको कलात्मक रूपले विकास गर्यो । मानवले प्राग्ऐतिहासिक कालदेखि नै प्रतिमा निर्माण गर्ने कार्यकोथालनी गर्यो भन्ने कुराको प्रमाण हामीले भारतमा मुर्तिपूजाको उत्पत्तिको खोजी गर्दा सिन्धुघाटीको सभ्यतासम्म पुग्न सकिन्छ । यहाँको उत्खन्बाट सिन्धुवासीहरू पनि देवी देवताको…

Read More

नेपाल संवत् कछलाथ्व नवमीको दिनलाई ज्वार नवमी भनिन्छ । यस दिन विशेष गरी भोगटेको अमिलो खाने गरिन्छ । हुन त स्वन्ती नख: (तिहार) लगत्तैको नवमी भएकै कारण पनि यस दिन भोगटे मोलेर खाने गरिएको हो । भोगटेसँगै सुन्तला, बिमिरोको अमिलोमा दहीमा राखेर मोलेर खाने गरिन्छ । यस ज्वार नवमीको अर्को विशेषता भनेको जुवा खेल्नु हो । जुवा तास खेल्नु भनेको वैधानिकरूपमा गैरकानुनी कार्य हो । तर यस दिन जुवाअन्तर्गत कौडा खेल खेल्ने, तास खेल्ने गरिन्छ । मल्लकालतिर यस दिन जुवा खेल्न छुट रहेको छ भन्ने मान्यता रहेको छ अर्थात् जुवा खेले पनि कुनै कानुन लाग्दैन भन्ने गरिन्थ्यो । धनेशराज…

Read More

हङ्गकङ्ग सरकारले करिब १८ वर्षपछि नेपालीका लागि भिसा खुलाएको छ। अब नेपाली ट्यालेन्टहरूका लागि रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बनाइएको छ। सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको थियो। चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका प्रमुख कार्यकारी जोन लीले बुधबार आफ्नो नीति सम्बोधनमा नेपाली प्रतिभा (ट्यालेन्ट) हरूका लागि हङकङ प्रवेशको मापदण्डमा छुट दिइएको घोषणा गरेका हुन्। एक वर्षदेखि हङकङको प्रमुख कार्यकारी रहेका लीको यो दोस्रो नीति सम्बोधन हो, जसमा उनले नेपाल, भियतनाम र लाओसबाट आउने प्रतिभाहरूका लागि भिसाको मापदण्डमा छुट दिइने उल्लेख गरेका छन्। जोन लीले आफ्नो नीति सम्बोधनको ५७ नम्बरको तेस्रो बुँदामा…

Read More

नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेल नेतृत्वको टोली भूकम्पबाट प्रभावित जाजरकोटमा अस्थायी घर निर्माणका लागि काठमाडौँबाट हिँडेको छ। जाजरकोट जिल्लाको नलगाङ नगरपालिकाको वडा नम्बर ३ र ४ मा पौडेल नेतृत्वको टोलीले एक सय घर निर्माण गर्ने जनाएको छ। काठमाडौँबाट सोमबार घर निर्माणका लागि ३० दक्ष जनशक्तीसहित ४० जना नेता तथा कार्यकर्तासहित पौडेल त्यसतर्फ लागेका छन्। जाजरकोटमा काँग्रेस नेता, कार्यकर्तासहित एक सय जनाको स्वयंसेवक घर निर्माणमा सहयोगी बन्ने पौडेलका स्वकियसचिव शुभाष घिमिरेले जानकारी दिए।

Read More

नेपोलियन बोनापार्टको एउटा ऐतिहासिक टोपी झन्डै २८ करोड नेपाली रुपैयाँमा बिक्री भएको छ। प्यारिस अक्सनका क्रममा १९औँ शताब्दीमा फ्रान्समा शासन गरेका बोनापार्टको ‘ह्याट’ २१ लाख अमेरिकी डलरमा बिक्री भएको हो। जुन नेपाली रुपैयाँ २७ करोड ८६ लाख बराबर हुन्छ। अधिकांश समय उनले लगाउने गरेको यो विशेष किसिमको सैनिक टोपीको मूल्याङ्कन छ लाख देखि आठ लाख युरो गरिएको थियो। यो टोपी किन्ने व्यक्तिले आफ्नो परिचय सार्वजनिक गरेका छैनन्। इतिहासकारहरूले यो टोपी उनको ब्रान्ड जस्तै बनेको बताएका छन्। नेपोलियनले यसलाई ढल्काएर लगाउँथे र युद्धका क्रममा उनलाई टाढैबाट पहिचान गर्न सकिन्थ्यो।उनले आफ्नो जीवनकालमा १२० वटा जति यस्ता टोपी प्रयोग गरेका थिए।यद्यपि त्यसमध्ये…

Read More

जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँको माइतीघरमा ५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ । पुतलीसडकको पद्मोदय मोडदेखि सर्वोच्च अदालत, माइतीघर हुँदै नयाँ बानेश्वरसम्म कुनै पनि भेला वा प्रदर्शनजन्य कार्यक्रम गर्न नपाइने गरी प्रशासनले आदेश जारी गरेको छ। आजदेखि ३० दिनसम्म यो निषेधाज्ञा कायम हुने प्रशासनले जनाएको छ। मंसिर ७ गते काठमाडौंमा हुन लागेको प्रदर्शनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक महिनाका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको विज्ञप्ति अनुसार मंसिर ४ देखि ३० दिनसम्मका लागि माइतीघरदेखि नयाँ बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको जनाइएको…

Read More

काठमाडौं । लगभग एक लाख ३० हजार दर्शक एउटै साझा लक्ष्यसहित मैदान वरिपरी थिए । आइतबार विश्वकै सबैभन्दा ठूलो क्रिकेट मैदान नरेन्द्र मोदी रंगशाला आकाशझै निलो थियो । सम्भवतः कुनै पनि खेलको फाइनलमा उपस्थित यो नै अहिलेसम्मकै ठूलो दर्शक संख्या हो । नहुन पनि कसरी, घरमै आयोजित आईसीसी एकदिवसीय विश्वकपको उपाधिका लागि अस्ट्रेलियाविरुद्ध खेल्दै थियो भारत । तर, आइतबार भएको फाइनल घरेलु टिमको पक्षमा रहेन । ४३औँ ओभरका अन्तिम बलमा ग्लेन म्याक्सवेलले दुई रन लिँदा मैदान स्तब्ध थियो । “कुनै पनि खेलमा एक लाख ३० हजार दर्शकलाई स्तब्ध बनाउनुजस्तो आनन्दको अनुभव अरु हुँदैन । फाइनलमा हाम्रो लक्ष्य यही…

Read More

काठमाडौँ । पछिल्लो समयमा तरकारी आपूर्ति बढेसँगै तरकारीको भाउ थोकमा सस्तिएको छ । पछिल्लो डेढ साताको बिचमा रातो आलु, काउली, मुला, बन्दा, सागलगायतका मौसमी तरकारी भाउ दोब्बरसम्म सस्तिएको छ । खुद्रामा किन्ने उपभोक्ताले थोकमा सस्तिएको तरकारीको महसुस गर्न पाएका छैनन् ।  कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार कात्तिकको तेस्रो सातासम्म प्रतिकेजी ९० रुपियाँ थोकमा कारोबार भएको स्थानीय काउली अहिले घटेर २०  रुपियाँमा झरेको छ । सो अवधिमा रातो आलु प्रतिकेजी ९० रुपियाँबाट घटेर ६० रुपियाँमा झरेको छ । त्यस्तै मुला, बन्दा, सागलगायतका तरकारी सस्तिएको छ ।  कालीमाटी तरकारी बजारमा तरकारी किन्दै गरेकी सतुङ्गलकी कविता क्षेत्रीले थोकमा तरकारीको भाउ…

Read More

नेपालमा टिकटक बन्द गर्ने निर्णय विरुद्द सर्वोच्च अदालतमा थप ४ वटा रिट परेको छ । आज सोमबार थप ४ वटा रिट दर्ता भएको हो । यस अघि दायर १० रिट र आज दायर ४ रिट सहित कुल रिट संख्या १४ पुगेको छ ।  आज युवराज पौडेल सफल, नेपाली कांग्रेस बिपी, अधिवक्ता गीता दाहाल र कमल अधिकारी समेतले रिट दायर गरेका हुन्। सर्वोच्च अदालतले १४ वटै रिटलाई लगाव मुद्दाको रुपमा समावेश गरेकोले सबै रिटको सुनुवाई एउटै इजलाशमा हुने छ। अब १४ वटै रिटको सुनुवाई मंगलबार हुने छ । आज सोमबार पनि यस अघि परेका १० रिटमा सुनुवाईको लागि इजलाश तोकिएको…

Read More

काठमाडौं। प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले देशको पछिल्लो आर्थिक अवस्थाबारे छलफल गरेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवासले सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतलाई बोलाएर पदाधिकारीको बैठकमा देशको आर्थिक अवस्थाबारे छलफल गराएका हुन्। देउवा निवास धुम्बाराहीमा भएको छलफलमा मन्त्री महतले आर्थिक सूचांकाकहरु सुधार हुँदै गएको ब्रिफिङ गरे। उनले पर्यटकको संख्या उल्लेखनीय रुपमा बढेको र घरजग्गाको व्यवसाय पनि राम्रो हुँदै गएको ब्रिफिङ गरेको पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए। गत महिना हवाइ मार्गमार्फत १२ लाख १७ हजार विदेशी पर्यटक नेपाल आएका थिए। यो संख्या गत वर्षको अक्टोबरको तुलनामा ६५ हजारभन्दा बढी हो। ‘आजको मुख्य एजेन्डा नै देशको अर्थतन्त्रबारे…

Read More

अरुको दुख, समस्यामा सहयोग गर्नु र समाजमा भएका समस्याको समाधान गर्नुलाई समाज सेवा भनिन्छ । समाज सेवा भनेको समाजमा रहेर मानवको सेवा गर्नु हो । यसको मतलब समस्यामा परेका मानिसहरूलाई मद्दत गर्नु हो । समाजको सामाजिक अवस्था सुधार गर्न व्यक्ति वा संस्थाले गर्ने सेवालाई ‘समाजसेवा’ भनिन्छ । यो काम गर्नेहरुको संख्या निकै कम छ । तर समाजसेवा गरेँ भनेर ‘समाजसेवी हुँ’ भन्दै धाकधक्कु लगाउनेहरूचाहिँ तपाइँ हाम्रा गाउँ छरछिमेकमा बग्रेल्ती भेटिन्छन् । आज हामी साँचो समाजसेवीको कुरा गर्दैछौँ । साँचो समाजसेवीको भीडमा अग्रणी एक नाम हो डेण्डी शेर्पा । उनले गरेको काम प्रचारप्रसारको अभावमा कुँजिएको देखिए पनि देशभर डेण्डी शेर्पाले आफ्नो संस्थामार्फत…

Read More

यात्रा निबन्ध/ भेषराज रिजाल “यहाँ सिमलको रुख बाङ्गो थियो । त्यसकै नामबाट यस ठाउँको नाम बाङ्गेसिमल रह्यो ।” सरल भावमा बोल्नुहुन्छ ठाडा गुरु । “अब सिमलका सोझा रुखहरू हुर्के पनि यस ठाउँको नाम त बदलिँदैन नि !” “समय बलवान छ, समयले बदल्न सक्छ हरेक ठाउँ, मान्छे र चिजबिजको नाम !” “यो ठाउँको अरू कुनै नाम रहन सक्ला तर सोझेसिमल त रहन सक्दैन पक्कै !” “साँच्चै कहाँनेर रहेछ हँ त्यो बाङ्गो सिमल ॽ” ठाडा गुरुको एउटा वाक्यले हामीबीच यति तर्क–वितर्क र विचार जन्माइदियो कि बाङ्गेसिमल कटिसक्न लाग्दा पनि हँसिमजाकमा रल्लिएर गन्तव्य बिर्सिएका यात्री जस्तै हुन लाग्यौँ हामी । “बाङ्गिएको सिमल…

Read More

पछिल्लो सडक नपुगेको गाउँ छैन । बस्ती छैन । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । दैनिक नगुडे पनि कहिलेकाहीँ समान ओसारपसार गर्ने गर्छन् । गाउँमा पुगेका ती सडक कुनै पनि वैज्ञानिक छैनन् । डोजर चालक र सहचालकले नापेका भरमा अधिकांश सडक निर्माण भएका छन् । बिना इञ्जिनीयरिङ निर्माण भएका ती सडक हिउँदमा त चल्छन् तर बर्खामा पूर्ण रुपमा ठप्प हुन्छ । गाउँ, बस्ती र पर्यावरणको ख्यालै नगरी निर्माण भएका सडकले सयौँको घरबास उजाडी दिएको छ । बागलुङका थुप्रै गाउँ पहिराको उच्च जोखिममा छन् । बर्खा लाग्ना साथ उनीहरु घर छोडेर टाढा जानुपर्ने अवस्था छ ।…

Read More

बाँकेको बैजनाथ गाउँपालिका–१ गाभार भ्यालीमा ३१ वर्षीय मिलन बस्नेतले च्याउखेती गर्दै आएकाछन् । उनले एक बिघा जग्गामा छ वर्षदेखि गोब्रे प्रजातिको च्याउखेती गर्दै आएका हुन् । रू छ करोड लगानीमा निर्माण गरिएको च्याउ फार्ममा दुई भारतीय नागरिकसहित १३ जनाले रोजगारी पाएका बस्नेतले बताए । साथीहरुसँग मिलेर १० कठ्ठा जमिन भाडामा लिएको र बाँकी १० कठ्ठा आफ्नै जमिनमा खेती सुरु गरेको उनको भनाइ थियो । भारतमा ब्याचलर इञ्जिनियरिङको पढाइ पूरा गरेका मिलनले परदेशमा दुख गरेर कमाएको पैसालेभन्दा आफ्नै माटोमा मेहनत गरेर फलाएको नतिजाले लोभ्याएको बताए । “उपयुक्त योजना बनाएर कार्यान्वयन गर्न सके आफ्नै देशमा सुन फलाउन सकिने रहेछ”, उनले भने,…

Read More

काठमाडौं । मङ्सिर ७ को दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियान र एमालेको भ्रातृ संगठन युवा संघको नेतृत्वमा हुने भनिएको प्रदर्शन माइतीघर मण्डलामा गर्न नदिने प्रशासनले तयारी गरेको छ । दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुमति मागेका थिए । प्रशासनले दुवै समूहलाई दुईवटा विकल्प दिएको छ । प्रशासन कार्यालयले या एकले कार्यक्रम स्थगित गर्न वा आफुले भनेको ठाउँमा कार्यक्रम आयोजना गर्न विकल्प दिएको हो । प्रदर्शनकारी हिँड्ने रुट र कार्यक्रम स्थल फरक पर्ने गरी कार्यक्रम स्थल तोक्नेबारे छलफल भइरहेको प्रशासनलले जनाएको छ । प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियानले देशभरबाट सर्वसाधारण…

Read More

सेयरबजार झिनो अंकले बढेको छ। आज नेप्से परिसूचक १.३९ अंकले बढेर १८५३.४८ विन्दुमा पुगेको हो। कारोबारको सुरुवातिमा उकालो लागेर १८७२.८६ उच्च विन्दुमा पुगेको बजार सोही विन्दुमा अडिन सकेन। फलस्वरुप बजार १८५३.४८ विन्दुमा रोकिएको हो। झिनो अंकले बढेको बजारमा १ अर्ब ९ करोडको कारोबार भएको छ। उक्त कारोबार रकम पछिल्लो १५ कारोबार दिनपछिको उच्च हो। आज कारोबारमा आएका ११९ कम्पनीको सेयरमूल्य बढ्दा ११३ कम्पनीको घटेको छ। साथै, ६ कम्पनीको सेयरमूल्य स्थिर नै छ। आज ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ। त्यसैगरी कर्णाली डेभलपमेन्ट बैंकको ९।९६ प्रतिशत, समाज लघुवित्तको ८.०७ प्रतिशत र साहस ऊर्जा कम्पनीको सेयरमूल्य ७.७५…

Read More

काठमाडौं। वसन्तपुरमा रहेको ‘झ्व:छेँ’ लाई नेपालको पहिलो ‘पर्यटकीय हब’ भन्दा फरक नपर्ला। विश्वको लागि नेपाल खुलेपछि हिप्पीहरुको जमघट हुने झ्व:छेँ पछि ‘फ्रिक स्ट्रिट’ नामले परिचित हुन थाल्यो। कुनै बेला विदेशीहरु भरिभराउ हुने भित्री काठमाडौंको यो ठाउँ अहिले नयाँ पुस्ताको जक्सन बनेको छ। सन् १९६० तिरको कुरा हो। बिहानदेखि मध्यरातसम्म झ्व: छेँका सडक गल्लीमा पर्यटकहरु हुन्थे। नेपालीभन्दा विदेशीको उपस्थिति धेरै हुन्थ्यो। प्रायजसोका हातमा गाँजा हुन्थ्यो। केही विदेशी ‘एप्पल पाइ’ पाउने पसलमा भेटिन्थे। खुल्ला स्वतन्त्रताको परिचयक थियो यो ठाउँ। सन् १९५० सम्म त नेपाल विश्वका लागि बन्द नै थियो। तर, जब नेपाल खुल्ला भयो तब झ्व:छेँले नै काठमाडौंलाई विश्वमाझ चिनायो।…

Read More

जाजरकोटको नलगाड नगरपालिका–८ जिकुवास्थित पञ्च भयार माविको विद्यालय भवन भूकम्पले भत्किएपछि पठनपाठन सुरु गर्न टेन्ट निर्माण गरिँदै । तस्बिरः हेमन्त केसी÷रासस

Read More