काठमाडौं । मङ्सिर ७ को दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियान र एमालेको भ्रातृ संगठन युवा संघको नेतृत्वमा हुने भनिएको प्रदर्शन माइतीघर मण्डलामा गर्न नदिने प्रशासनले तयारी गरेको छ ।
दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुमति मागेका थिए । प्रशासनले दुवै समूहलाई दुईवटा विकल्प दिएको छ । प्रशासन कार्यालयले या एकले कार्यक्रम स्थगित गर्न वा आफुले भनेको ठाउँमा कार्यक्रम आयोजना गर्न विकल्प दिएको हो ।
प्रदर्शनकारी हिँड्ने रुट र कार्यक्रम स्थल फरक पर्ने गरी कार्यक्रम स्थल तोक्नेबारे छलफल भइरहेको प्रशासनलले जनाएको छ । प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियानले देशभरबाट सर्वसाधारण उतार्ने तयारी गरेको छ । युवा संघले पनि ठुलो सङ्ख्यामा कार्यकर्ता उतार्ने गरी तयारी गरेको छ । आज साँझसम्म त्यसबारे औपचारिक निर्णयसहित नयाँ कार्यक्रम स्थल निर्धारण गर्ने प्रशासन कार्यालयको तयारी छ ।