![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.११ पर्ने अधिकारी मोडको बाटो बिग्रिएको लामो समय भैसकेको छ । ठेक्का लागेर पनि निर्माण सुरू नभएको यो बाटोका बारेमा ह्यान्डबल मैदानदेखि अधिकारी मोडसम्म स्थानीयले पटकपटक वडा कार्यालय र मेयरलाइ ध्यानाकर्षण गर्दा पनि कसैले चासो नदेखाएपछि सडक कालोपत्रे बनाउन दवाब दिने हेतुले एक रुपैयाँ संकलन गरेका हुन्।
सवारी साधानको चाप बढ्दा आकाशेधाराबाट कंपन गुम्बा जाने यो बाटो वरपरका घरमा बसिन नसक्नु धुलो हुने गरेको छ । मेयर मिठाराम अधिकारीको निवासबाट मुस्किलले सय मिटरको दुरीमा रहेको यो सडकको दुराबस्थाबारे मेयरलाइ गुनासो गर्दा ेकही नलागेको स्थानीयवासी दिक्दारी पोख्छन् । मेयरले कहिल्यै पनि यो बाटो बनाउनका लागि पहल गरेको नदेखिएको स्थानीयवासीको गुनासो छ । बुढापाका र बालबालिकाको स्वास्थ्य नै बिग्रिने गरी धुलोले आक्रान्त हुँदा पनि स्थानीय सरकारका प्रमुख लापरबाह भएको उनीहरू बताउँछन् ।
एक एक रूपैँया चन्दा उठाएर हस्तान्तरण गरेपछि दवाब सृजना हुन्छ कि भनेर उनीहरूले पहिलोचरणमा कार्यक्रम राखेका हुन् । यसपछि पनि दबाव नपुगे बाटो नै बन्द गर्नेसम्म उनीहरू सोचिरहेका छन् । तीनवटा हिउँद वर्षा जाँदा पनि ५०० मिटर बाटो कालोपत्र गर्न नसक्ने स्थानीय निकाय वा त्यसको प्रमुखको औचित्यप्रति उनीहरूले औँलो उठाएका छन् ।