Author: Kathmandu Khabar

काठमाडौं। अहिले सुन तोलाको सवा लाखको हाराहारीमा पुगेको छ । सुनको मूल्य घट्ने-बढ्ने भैरहन्छ । यसको इतिहासलाई हेर्दा पनि यसको मूल्यमा तल माथि भइरहेको बुझ्न सकिन्छ। विक्रम संवत् १९६३ सालको एउटा पत्र अनुसार त्यतिबेला सुन जम्मा २४ रुपैयाँमा एकतोला आउने गरेको भेटिएको छ।राणा प्रधानमन्त्री चन्द्रशमशेरको समयमा कलकत्ताबाट झिकाएको सो सुनको मूल्य २४ रुपैयाँमा पाइएको हो। सो पत्रअनुसार कम्पनी रुपैयाँ दुई लाख तीन हजार ३९८ खर्च गरी इङ्गलिश गोल्ड आठ हजार चार सय छब्बीस तोला छ मासा र साढे छ लाल सुन खरिद गरेको भेटिएको छ । यसलाई तोलामा हिसाब गरेर हेर्दा प्रति तोला जम्मा २४ रुपैयाँमा सुन खरिद गरेको भेटिएको…

Read More

नेपाल र चीनबिचको मित्रताको ‘प्रतीक’ का रूपमा लिइएको प्रस्तावित केरुङ–काठमाडौँ अन्तरदेशीय रेलमार्ग अन्तर्गत नुवाकोट खण्डको हवाई सर्वेक्षण (एरियल सर्भे) सम्पन्न भएको छ । हाल चीनमा रहनुभएका रेल विभागका महानिर्देशक रोहितकुमार बिसुरालले नुवाकोट खण्डको हवाई सर्वेक्षण सम्पन्न भएर अहिले रसुवा खण्डको सर्वेक्षण सुरु भएको जानकारी दिए।  “रसुवा खण्डको सर्वेक्षणपछि काठमाडौँ खण्डको काम सुरु हुन्छ,” उनले भने, “अहिले चीनको प्राविधिक टोलीले ड्रोनमार्फत तस्बिर र भिडियो खिचेर सर्वेक्षण गरिरहेको छ । सो सर्वेक्षण गर्न गत वर्ष पुसको अन्तिम साता चीनको रेलवे प्राविधिक टोली नेपाल आएको थियो ।”  ड्रोनमार्फत सर्वेक्षण गर्नुपर्ने भएकाले कानुनी प्रक्रिया पूरा गरी विभिन्न निकायबाट अनुमति लिनुपर्दा सर्वेक्षण कार्य केही ढिलो हुन गएको उनले…

Read More

विवाद रूचाउने तथा विवाद निम्त्याउने नेताकारूपमा परिचित स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत यतिखेर कमाउधन्दाका कारण चर्चामा छन् । पछिल्ला समय डा. गोविन्द के.सी. लाई गाली गर्दै हिडेका मन्त्री बस्नेत कमाउधन्दा व्यापक सक्रिय भएको देखिन्छ । टेरामेक्स खरिदमा ठूलो लाभ लिएर नेता रिझाएको आरोपकाबीच मापदण्ड नपुगेका नर्सिङ कलेज खुलाउन लबिङ गरेको विषयमा उनी जोडिएका छन् । मन्त्री मोहनबहादुर बस्नेत गलत भाष्य तयार पारेर मापदण्ड पूरा गर्न नसकेकै कारण बन्द भएका नर्सिङ कलेज खुलाउन लागेका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत प्रभावित पारेर चिकित्सा शिक्षा ऐन संशोधनका लागि लबिङ तीव्र बनाएका छन् । नेपाली कांग्रेसको कोटाबाट स्वास्थ्यमन्त्री बनेका बस्नेतले पछिल्लो समय फेरि…

Read More

युक्रेनविरुद्ध लड्नका लागि रुसी सेनामा भर्ती भएका ३ जना नेपालीको मृत्यु भएको छ।  मस्कोस्थित नेपाली दूतावासका उच्च अधिकारीका अनुसार उनीहरू मारिएको घटनाबारे विस्तृत विवरणहरू नेपाल सरकारलाई पठाइसकिएको छ।  दूतावासका अनुसार स्याङ्जा पुतली बजारका प्रितम कार्की,दोलखा मेलुङका राजकुमार रोका र इलामका गंगाराज मोक्तानको निधन भएको हो ।

Read More

काठमाडौं । पछिल्लो समय नेपालमा क्यान्सरका सबै प्रकारका उपचारहरु हुन थालेका छन् । एक दशकअघिसम्म क्यान्सर भन्ने वित्तिकै आम मानिसमा मृत्युको नजिक पुगेको आभाष हुन्थ्यो तर, चिकित्सा पद्दतिमा विकास भएका नविनतम उपचार पद्दतिका कारण क्यान्सर समयमै पत्ता लागे पूर्णरुपमा निको हुन्छ । नेपाल मेडिकल कलेज शिक्षण अस्पतालकी क्यान्सर विशेषज्ञ डाक्टर रिता महासेठका अनुसार जसरी हामीले चढ्ने कार, मोटरसाइकल समयसमयमा हामी सर्भिसिङ गर्ने, मेकानिकलाई देखाउने गरिरहन्छौं, त्यसरी नै हाम्रो शरीरको पनि सर्भिसिङ गर्नुपर्छ, डाक्टरलाई देखाउनु पर्छ । डाक्टरलाई देखाउन रोगै लागिहाल्नुपर्छ भन्नु हुँदैन । त्यसमाथि क्यान्सर लाग्नबाट जोगिने हो भने वर्षमा एकपल्ट होलबडी चेकअप गराउँदा राम्रो । ‘बाइक र कार भन्दा…

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाले प्लाष्टिक वा बट्टामा प्याकेजिङ गरिएका सूर्तिजन्य पदार्थको विक्री-वितरण तथा सेवनमा रोक लगाएको छ। महानगरपालिकाले मंगलबार विज्ञप्ति जारी गर्दै आगामी १५ दिनपछि काठमाडौं महानगरपालिकाभित्र प्लाष्टिक वा बट्टामा प्याकेजिङ गरिएका सूर्तिजन्य पदार्थको पूर्णरूपमा प्रतिबन्ध लगाउने जानकारी दिएको छ। सूर्ति सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, प्लाकष्टिकमा प्याक गरिएका कच्चा सूर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने सूर्तिजन्य पदार्थको सेवन मानव स्वास्थ्यको लागि हानिकारक रहेको प्रस्ट पार्दै महानगरले शिक्षण संस्था, विमानस्थल, बालकल्यान, गृह, क्लबहरु, सार्वजनिक शौचालयहरू, होटल, रेष्टुरेण्टहरू, छात्रावास, व्यायमशालाहरू, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालयहरूलगायतका सार्वजनिक स्थलमा धुम्रपान, चुरोट, बिडी, सिंगार, तमाखु, सुल्फा, कक्कड,…

Read More

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्याद समाप्त भई स्वतः विघटन भएका तीनवटा भ्रातृ संस्थाका अध्यक्ष नियुक्त गरेका छन्।  सभापति देउवाले मंगलबार नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्ष नियुक्त गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  मुख्य सचिव पौडेलका अनुसार नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ) नियुक्त भएका हुन्।पार्टीको केन्द्रीय कार्यसमिति बैठकको निर्ण अनुसार सभापति देउवाले उनीहरूलाई अध्यक्ष नियुक्त गरेका हुन्। 

Read More

कृषि तथा वन विज्ञान विश्वविद्यालय  (एएफयू) मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घट्दै गएका छन् ।पछिल्ला वर्षहरूमा कतिपय आङ्गिक क्याम्पस र सम्बन्धन प्राप्त निजी क्याम्पसमा विद्यार्थी शून्य भएका हुन् । विश्वविद्यालयको कृषि सङ्कायमा विगतमा चार हजार पाँच सयसम्म विद्यार्थीले कृषि स्नातकका लागि आवेदन दिने गरेका थिए । पछिल्ला वर्षहरूमा क्रमशः घट्दै गएर यस वर्ष एक हजार तीन सय ६५ जनाले मात्रै आवेदन दिएका छन् । तीमध्ये एक हजार ५५ जना प्रवेश परीक्षामा उत्तीर्ण भएका छन् । कृषि सङ्कायका डिन प्रा डा अर्जुनकुमार श्रेष्ठका अनुसार विद्यार्थीको सङ्ख्या घट्दो छ । गएको वर्ष एक हजार पाँच सय २३ जनाले आवेदन दिएकामा सात सय…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार भेट भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा दुई नेताबीच छलफल भएको हो । छलफलको विषय भने खुलेको छैन । दुई नेताबीचको छलफलअघि प्रचण्डले ओलीलाई आफ्नो नयाँ कार्यालय भ्रमण गराएका थिए । प्रधानमन्त्री प्रचण्ड ६ मंसिरमा सिंहदरबारमा पश्चिमतर्फ रेट्रो फिटिङ भएको भागमा बनाइएको कार्यकक्षमा सरेका थिए । २०७२ को भूकम्पले क्षतिग्रस्त भएको उक्त भवन रेट्रोफिटिङ हालै सकिएको थियो ।

Read More

गोदावरी- चुरे गाउँपालिका- ४ खैरालामा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बन्दै गएको छ । विसं १९८४ मा खड्कशमशेर जङ्गबहादुर राणाले निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबारको संरक्षण अभावमा जीर्ण बन्दै गएको हो । सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यटकीय सम्भावना बोकेको राणाकालीन ऐतिहासिक दरबार खण्डहरमा परिणत हुँदै गएकोमा स्थानीयले चिन्ता प्रकट गरेकाछन् । स्थानीय कृष्णबहादुर मल्लले दरबार संरक्षणमा कसैबाट पहल भएको देखिँदैन । स्थानीयबाट दरबारको संरक्षणमा ध्यान दिन सरोकारवाला निकायसँग आग्रह गर्दै आए पनि सुनुवाइ नभएको उनको भनाइ छ । दरबार जीर्ण हुँदै जाँदा भवनमा पानी चुहिएर पर्खाल भत्किसकेको छ । दरबारका कलाकृति जडित भित्ता २०५५ सालदेखि भत्किन…

Read More

वि.सं. १९५४-५५ तिर वीरशम्शेरले वास्तुकलाविद् जोगवीर स्थापितलाई ’फोहरा दरबार’ बनाउन लगाए । उनले सो दरबारमा तयार भएपछि आफ्ना छोरा प्रतापशम्शेरको लागि बकस लेखिदिए । तर, यो कुरा वीरशम्शेरकी कान्छी रानी तोपकुमारीदेवीलाई मन परेको थिएन । त्यसपछि वीरशम्शेरले सोही दरबार नजिकै अर्को अझ भव्य फोहरा दरबार कान्छी महारानीका लागि बनाइदिए । सो दरबारमा अत्याधुनिक फोहराहरू बनाइएको थियो । साथै, दरबारको बिचमा चौडा पोखरी र पोखरीको बिचबिचमा पनि लहरै फोहराहरू राखिएको थियो । यही महलको कौसीमा पनि सर्च लाइट जडान गरिएको थियो । यहाँ जडान गरिएका सामग्रीहरू पनि युरोपबाट मगाइएका थिए । १९५९ मा वीरशम्शेरको मृत्यु पछि  दरबारमा प्रतापशम्शेर बस्न थाले । १९८२ मा प्रतापशम्शेर…

Read More

काठमाडौंको टंगालबाट बालुवाटारर्फ जाँदा आउने भाटभटेनी पर्दछ । भाटभटेनीको बारेमा त धेरैलाई जानकारी छ । तर त्यहाँ रहेकी भाटभटेनी देवीको महिमाको बारेमा धेरै कमलाई जानकारी हुन सक्छ । यस देवीलाई नाम लिन नहुने देवीको रुपमा पनि चिनिन्छ । यस देवीलाई टाढा रहनु भएको देवीको नाममा पनि चिनिन्छ । आकाशमा उडिरहेकी यस देवीलाई झुण्ड्याइएर राखिन्छ भने कहिल्यै जमिनमा छुवाउन नहुने मान्यता पनि रहेको पाइन्छ । नेपाली शैलीमा बनेको दुई तल्ले प्यागोडा शैलीको मन्दिरभित्र “अजिमा”, उनका श्रीमान् र बच्चा गरि तीन जना देवताहरु रहेका छन् । यहाँ झुण्ड्याइएको मूर्तिको बारेमा छुट्टै किंवदन्ती रहेको छ । यो एउटा अनौठो मन्दिर हो, जहाँ रहेका…

Read More

कार्तिक पूर्णिमाको अवसरमा सिरहा र धनुषा जिल्ला छुट्ट्याउने कमला नदीमा अनौठो भूत मेला भएको छ। शुक्ल पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्या सिद्ध हुने जनविश्वासका आधार प्रत्येक वर्ष भूत मेला लाग्ने गरेको छ। पछिल्लो समय यो परम्परालाई कतिपयले अन्धविश्वासको रुपमा समेत परिभाषित गर्दै आइरहेका छन्। मेलाको अवसरमा सिरहा, धनुषा, महोत्तरी, सप्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभंगा, समस्तीपुर लगायत जिल्लाका लाखौँ मानिस कमला नदीमा स्नान गर्न आउने गरेका छन्। धामीझाँक्री बन्ने विश्वासका साथ उनीहरु देवता खेल्दै कमला नदीमा स्नान गरेपछि कमलेस्वरी देवीले तान्त्रिक विद्याको वर दिने तथा योग पाको हुने जनविश्वास रहेको श्रद्धालुहरूले बताएका छन्।भूत मेलामा स्नान गरेपछि…

Read More

रोजगारीको नाममा काठमाडौँमै बालिका तथा युवतीहरु बेचविखनमा परेको घटना सार्वजनिक भएको छ। काठमाडौँ महानगरपालका–९ रातोपुलस्थित ‘नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टर’ मा काम गर्ने युवतीलाई रोजगारीको नाममा जबरजस्ती वेश्यावृत्तिमा लगाई यौन शोषण गर्ने गरेको पाइएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ।  उक्त सूचनाका आधारमा ब्यूरोबाट खटिएको टोलीले नाबालिकासहित तीन जना युवतीलाई उद्धार गर्नुका साथै उक्त स्पाका सञ्चालक दिनेश पौडेललाई पक्राउ गरी अनुसन्धान थालेको ब्यूरोले जनाएको छ। उनीमाथि मानब बेचविखन तथा ओसारपसार मुद्दामा आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले बताए।  अनुसन्धानका क्रममा आर्थिक अवस्था कमजोर भएका, ग्रामीण भेगका कम पढे लेखेका युवतीलाई आकर्षक तलब सुविधा दिने प्रलोभनमा पारी स्पा सेन्टरमा…

Read More

मन्दिरमा लाग्ने एकादशी  मेला भनेको के हो ? कस्तो हुनुपर्छ ? सम्भवतः  यसको अर्थ एवम् परिभाषासँग धर्म-आध्यात्म तथा ज्ञान-विज्ञानसँग सम्बन्धित कतिपय पक्षसहित स्थानीय मौलिक जात्रा, भजन, बालनसहित स्थानीय उत्पादनहरूको बजारीकरण जोडिन्छ । त्यसमाथि भगवान् विष्णुको देशकै सबैभन्दा ठूलो मन्दिरमा हरिबोधनी एकादशीको अवसरमा लाग्ने मेलासँग झन् आध्यात्मका जागरण र स्थानीय उत्पादनको बजारीकरण सबैले अपेक्षा गरेका हुनुसक्छ । तर यो वर्ष बुढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित ५ दिन भव्य एकादशी मेलामा त्यस्तो कुनै पक्ष कसैले अनुभूति गरेनन् । मन्दिरभित्र राखिएको एकाध फ्लेक्स बोर्ड, राति बल्ने झिलीमिली बत्ती तथा मन्दिर बाहिर बाँसबारीदेखि लगाइएका स्वागतद्वारमा लेखिएको भव्य एकादशी मेलाको स्वरूपमा पुग्दा मानिस पूणर् विस्मित हुनसक्थे । मन्दिर…

Read More

भरतपुर महानगरपालिका–७ का शम्भु सुवेदीको कृषि फार्ममा एउटै ड्रागन फल एक किलो ६४ ग्रामको फलेको छ । यहाँ कृषि फार्म सञ्चालन गर्दै आएका सुवेदीले पहिलो पटक यति ठूलो फलेको बताए । आइतबार साँझ आफ्नो फार्ममा फल टिपेर जोखेपछि उत्साहित हुँदै उनले भने, “एक किलो पुग्दैन कि भन्ने थियो, अझै बढीको भयो । निकै खुसी छु । योभन्दा पनि ठूलो अर्काे फल पाक्न लागेको छ । आवश्यक मलजल र स्याहार पुर्याउन सक्यो भने दुई किलोसम्म फलाउन सकिन्छ ।” सुवेदीले एक हेक्टर जमिन भाडामा लिएर तीनवर्ष यतादेखि ड्रागनफलको खेतीगर्दै आएका छन् ।यसवर्ष हालसम्म रू. आठलाख बराबरको बिक्री गरिसकेको उनले जानकारी दिए।फल फल्ने…

Read More

काठमाडौँ । सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले तीन महिनाभित्रै निर्माणाधीन धरहरातर्फको मात्रै काम सकेर सर्वसाधारणको लागि खुलाउने तयारीमा जुटेको छ। अहिले निर्माणाधीन धरहरा परिसरको संरचनाको समष्टिगत भौतिक प्रगति ९० प्रतिशत भइसकेको छ। तर, अझै पनि धरहरा परिसरमा निर्माण हुने सबै संरचनाको काम भने सकिसकेको छैन। सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक कोषराज अधिकारीले अहिले धरहरा परिसरमा निर्माणाधीन रहेका केही संरचनालाई यथावत्मा नै राखेर तीन महिनाभित्रै धरहरा सर्वसाधारणको लागि खुलाउने तयारीमा जुटेको बताए। सुरुमा ठेक्का सम्झौता हुँदा धरहरा परिसरको सुरुवाती लागत तीन अर्ब आठ करोड ११ लाख रुपैयाँमा…

Read More

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफ्नै पार्टीका सभापति शेरबहादुर देउवालाई अभिभावक भएर बस्न फेरि एकपटक आग्रह गरेका छन् । आफ्नो उमेर समूहका नेता कार्यकर्ताले सिंगो पार्टीको जिम्मा लिन सक्ने भन्दै थापाले आफूहरुलाई विश्वास गरेर जिम्मेवारी छोड्न देउवालाई आग्रह गरेका हुन् । सोमबार सभापति देउवा पनि सहभागी पार्टीको नवलपुर जिल्ला सम्मेलनमा थापाले भने, ‘यो काँध त्यो जिम्मेवारी बोक्न तयार छ ।’ थापाले पार्टीभित्र गुटबन्दी किन बढेको भन्दै देउवामाथि प्रश्न पनि गरेका छन् । ‘एउटा कार्यकर्ता दिनको ५/६ घण्टा पार्टी कामलाई दिन्छ । त्यो ५/६ घण्टामध्ये २/३ घण्टा त उसको कुनै गुटको हिसाबकिताव गर्न जान्छ’ थापाले भने । टिकट पाउनकै लागि पार्टीमा…

Read More

काठमाडौं । सामाजिक सञ्जालमा एउटा भिडियो अहिले भाइरल भएको छ । संस्कृतिविद् डा.जगमान गुरुङले एउटा समारोहको अग्रपंक्तिमा बसेका अतिथिको माइक खोसिरहेका छन् । भिडियोमा स्पष्ट सुनिन्छ कि उनले ती अतिथिहरुलाई वैदिक संस्कृतिको व्याख्या गर्न आउनेले पोषाकको संवेदनशीलतामा ध्यान दिनुपर्ने बताइरहेका छन् । उनले बाचकी बसेको धार्मिक मञ्च व्यासासनमा फिरङ्गीको पाइन्ट लगाएर वैदिक संस्कृतिको व्याख्या गर्ने अधिकार नभएको भन्दै माइक खोसेको देखिन्छ । यो कार्यक्रम पशुपतिमा आयोजिक एक श्रीमद्भागवत कथाको हो । सो कार्यक्रममा डा गुरुङलाई प्रमुख अतिथिको रुपमा बोलाइएको थियो । अन्तिममा उनले भाषण गर्दैगर्दा उनले भारतीय भूमिभन्दा बढी पूर्वीय संस्कृतिका लागि नेपाली भूमि पवित्र रहेको भन्दै व्याख्या गर्दै…

Read More

काठमाडौँ । नेपाल प्रहरीमा जागिर खाने पहिलो महिला प्रहरी चैतमाया डङ्गोल हालै ९० वर्ष पार गरिसकिन् वि.सं १९९० साल जेठमा चावहिलमा जन्मेकी चैतमायाले २००८ सालमा प्रहरी सेवामा प्रवेश गरेकी हुन्। रमाइलो हुने र खेल्न पाइने भनेर सिंहदरबारमा पुगेकी उनले बाध्यतावस प्रहरीमा भर्ना हुनु परेको बताएकी छन्। परिवारको समेत असहमति हुँदा पनि उनले नेपाल प्रहरीमा झन्डै ३२ वर्ष सेवा गरेर वि.सं २०३९ सालमा असई पदबाट अवकाश लिइन्। तस्वीरः विमल होडा(कामपा ७ का वडाध्यक्ष)

Read More

धनकुटा नगरपालिकामा मुख्य थलो रहेको आठपहरिया यतिबेला आफ्नो प्रमुख चाड वाडाङ्मेट सुरु हुन लागेको छ । आठपहरिया राईहरूको वर्षभरिमा परेको मृत्यु शोक सामूहिक रूपमा उकास्नको लागि मनाइने यो पर्वमा वर्षभरि मृत्यु हुने परिवारका सम्पूर्ण सदस्य तीन दिन हिँडेर सुनसरीको बराह क्षेत्रस्थित कोकाहा खोलामा नुहाएर कपाल, दाह्री मुण्डन गरी बराह भगवानको दर्शन गरी बरखी फुकाउने चलन छ । यो चाडमा आफन्तको दुःख बोक्नेले कपाल काटेर दसीसहित केश बगाउने प्रचलन छ। तीन दिने यात्राको क्रममा बरखी फुकाउने व्यक्तिले खोलाको बगर तथा खुल्ला ठाउँमा बस्नुपर्ने र अन्य समयमा गाउन नमिल्ने मुन्धुम तथा भक्ति गाउने चलन रहेको छ । यो चाडमा दुःख बिर्सिएर भक्ति…

Read More

हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमा, कछलाथ्व पुन्हिलाई उपत्यकाको नेवा: समुदायले सकिमिला पुन्हीको रूपमा मनाउँछन् । विशेषगरी, काठमाडौं उपत्यकाको बौद्ध नेवा: समुदायले मनाउने यो पर्व, नेवा:हरुको एक साझा पर्व हो। यस दिन मकै, भटमास, केराउ, बकुला, आदि विभिन्न गेडागुडीहरु भुटेर खाने गरिन्छ, त्यसैले हलिमली पुन्हीको नामले पनि यस दिनलाई चिनिन्छ ।  के गरिन्छ ? यस दिन मुख्यरूपमा तरुल, सखरखण्ड, वनतरुल, पिँडालु आदि उसिनेर खाने तथा भगवानलाई चढाउने गरिन्छ । त्यसैले यस पर्वलाई सकि ( पिँडालु, तरुल आदि) मना ( उसिन्नु) = सकिमना पुन्ही पनि भनिन्छ। विभिन्न नामले सम्बोधन गरिने यस पर्वमा घर-घरमा मकै, भटमास, बकुला आदि विभिन्न अन्नहरु भुटेर खाने गरिन्छ।…

Read More

हिमाली क्षेत्रको समाज र सभ्यता पृथक छ। पहाड एवं तराईभन्दा धेरै फरक छ त्यो। टेथिस सागर क्षेत्रमा ठूलो उथलपुथल हुँदा नेपालमा हिमालय, पहाड र तराई बनेको भूगोलविद्हरूले लेखेका छन्। लाखौँ वर्षपहिले अर्थात ‘रामापिथेकस’ युगदेखि नै सभ्यता पुष्पित–पल्लवित हुँदै आयो, हिमवत्खण्डमा। कोसी, वाग्मती, गण्डकी र कर्णालीको सभ्यता जस्तै मैथिली भाषा, संस्कृति र सभ्यता, अवधि सभ्यता र किराँतकालदेखि तमोर आसपासमा विकसित सभ्यता बचाउने हो भने राष्ट्रलाई विदेशी (फिरङ्गी भन्थे हाम्रा पुर्खाले) धर्म/संस्कृतिको दुष्प्रभावबाट बचाउन सकिन्थ्यो। युरोप–अमेरिकातिर बसेका नेपालीमध्ये केहीले ‘मेरा सन्तानले नेपाली भाषा बिर्सिसके’ भनेर प्रसन्न भएको सुन्दा मुटु चसक्क दुख्छ। काठमाडौँमा हुर्केर दुई–चार घण्टा माघी, उँधौली-उँभौली, ल्होसार, छठ, गौरा आदि पर्वमा…

Read More

काठमाडौं। काठमाडौं उपत्यकासहित देशभर जग्गा कित्ताकाट ह्वात्तै बढेको आँकड़ा सार्वजनिक भएको छ । गत आर्थिक वर्षको पहिलो चार महिना साउनदेखि कात्तिकसम्म देशभरका ३९ हजार साविक जग्गालाई टुक्राएर ७७ हजार ३१३ कित्ताकाट गरियो। ठिक एक वर्षपछि अर्थात् चालु आर्थिक वर्षको पहिलो चार महिनामा उक्त संख्यामा व्यापक उछाल देखिएको हो । चालु आर्थिक वर्षको पहिलो चार महिनामा देशभरका १ लाख ४९ हजार ३५६ जग्गालाई काटेर ३ लाख ३३ हजार ८५० कित्ताकाट गरिएको छ।भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा देशभरका मालपोत कार्यालयहरुबाट हुने कित्ताकाट करिब ७७ प्रतिशत बढेको देखिन्छ। जग्गा कित्ताकाट…

Read More

बढ्दो युवा शक्तिको पलायनसँगै ग्रामीण क्षेत्रमा गोरु पाल्ने प्रचलन हराउँदै गएको छ ।पछिल्लो समय गाउँ–गाउँमा मिनिटिलरको प्रयोग बढ्दै गएको अवस्था पनि छ । छोटो समयमै धेरै काम गर्न सकिने, पालनपोषण गर्ने झन्झट पनि नहुने र सरकारी निकायले पनि अनुदानमा मिनिटिलर उपलव्ध गराउन थालेकाले गोरु पाल्ने प्रचलन हराउँदै गएको हो । स्थानीय जलजला गाउँपालिकाले भने गोरु पालनतर्फ किसानलाई आकर्षण गर्ने उद्देश्यले अनुदान दिन थालेको छ । कृषिमा यान्त्रिकिकरण बढ्दै जाँदा गोरु लोप हुन लागेको र यसबाट सामान्य आर्थिक अवस्था भएका किसान मारमा पारेकाले गाउँपालिकाले यो योजना लागू गर्न लागेको हो ।मिनिटिलर किन्न नसक्ने तथा किनेकाहरूका घरमा पनि जनशक्ति अभावले नचलाउने समस्याले…

Read More

बुढानीलकण्ठ मन्दिरमा महन्थ निगमानन्दको बेथिति चर्चामा छ । उनको स्वभावदेखि उनका कर्मसम्मका विषय समाचारका छाउँदा पनि सम्बन्धित पक्ष यो बारेमा सक्रिय देखिएको छैन । निगमानन्द कसले के गर्न सक्छ गरे हुन्छ भन्दै आफू भारतीय दुतावासको मान्छे हुँ भन्दै फुर्ति लगाउने गरेका छन् । उनले भारतीय दुतावासको बदनाम गरिरहेको प्रशंग पनि देखिन्छ । यसैबीच निगमानन्दसँग जोडिने आर्थिक पाटो मन्दिरमा लगाउने भागवत् पुराणको आर्थिक उपार्जन र त्यसको दुरूपयोगसँग जोडिएको छ । मन्दिरमा रहेको वेद विद्याश्रम र त्यहाँका बटुकहरूलाई व्यवस्थित गराउने भनेर वर्षेनी पुराण लगाउने गरिएको देखिन्छ । तर मन्दिरमै रहेको पुरानो भवनमा वेदविद्याश्रमका बटुकहरूको हालत भने नाजुक अबस्थामा रहेको छ । बटुकहरूको हालत माग्नेजस्तो…

Read More

भूकम्पमा दुईवटा घर भत्किएपछि आठ जनाको परिवारसहित नलगाड नगरपालिका–४ च्युरीदाराका ४५ वर्षीय भक्तबहादुर विक त्रिपालमुनि बस्दै आएका छन् । ६ रोपनी जग्गा भए पनि त्यहाँको उब्जनीले ३ महिना पनि खान नपुग्ने भएपछि उनलाई मजदुरीका लागि बर्सेनि भारत जानुपर्ने बाध्यता छ ।यस वर्ष पनि वैशाखमा भारत गएका उनी दसैं मनाउन फर्किएका थिए । ‘बचेखुचेको अन्नपात पनि भूकम्पले घर भत्किँदा सबै पुरियो, निकाल्न नै पाएका छैनौं,’ उनले भने, ‘न त नयाँ बाली नै लगाउन पाइएको छ, पालिकाले राहतमा दिएको एक बोरा चामल पनि सकिन लाग्यो, फेरि कसैले दिए खाइएला, नत्र के खाने ?’भक्तबहादुरका छिमेकी बलबहादुर विकलाई पनि राहतमा पाएको खाद्यान्न सकिएपछि अब कसरी गाँसको जोहो गर्ने…

Read More

ललितपुर महानगरपालिकाले लगनखेलस्थित ऐतिहासिक तथा धार्मिक महत्त्वको सप्तपाताल पोखरीलाई पुनर्जीवित गर्ने लक्ष्यका साथ काम अघि बढाएको छ । महानगरपालिकाले सो पोखरीको निर्माण कार्य अबको दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ । महानगरका प्रवक्ता राजु महर्जनले हरियाली सहर बनाउने मुख्य उद्देश्यका साथ विभिन्न योजनाहरू अघि बढिरहेको भन्नुहुँदै सप्तपाताल पोखरी निर्माणका लागि सीमाङ्कनको काम सकिएको जानकारी दिए । महर्जनले भने, “यो लगनखेलको  ऐतिहासिक तथा धार्मिक पोखरी हो । मछिन्द्रनाथ जात्रासँग सम्बन्धित पोखरी हो ।” हजारौँ वर्ष पुरानो एवम् लामो दिनसम्म मनाइने मछिन्द्रनाथ जात्रा सम्पन्न भएपछि पातालमा यो सूचना पुर्‍याउन चार जोर माछा उक्त पोखरीमा छोड्ने परम्परागत एवम् धार्मिक चलन रही आएको…

Read More

तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकस्थित रामबहादुर थापाको बगैँचामा फलेको लटरम्म सुन्तला । थापाले सुन्तला बिक्री गरी वार्षिक रु २५ लाख आम्दानी गर्दै आउनुभएको छ । तस्बिरः कृष्ण न्यौपाने, रासस

Read More