हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमा, कछलाथ्व पुन्हिलाई उपत्यकाको नेवा: समुदायले सकिमिला पुन्हीको रूपमा मनाउँछन् । विशेषगरी, काठमाडौं उपत्यकाको बौद्ध नेवा: समुदायले मनाउने यो पर्व, नेवा:हरुको एक साझा पर्व हो। यस दिन मकै, भटमास, केराउ, बकुला, आदि विभिन्न गेडागुडीहरु भुटेर खाने गरिन्छ, त्यसैले हलिमली पुन्हीको नामले पनि यस दिनलाई चिनिन्छ ।
के गरिन्छ ?
यस दिन मुख्यरूपमा तरुल, सखरखण्ड, वनतरुल, पिँडालु आदि उसिनेर खाने तथा भगवानलाई चढाउने गरिन्छ । त्यसैले यस पर्वलाई सकि ( पिँडालु, तरुल आदि) मना ( उसिन्नु) = सकिमना पुन्ही पनि भनिन्छ। विभिन्न नामले सम्बोधन गरिने यस पर्वमा घर–घरमा मकै, भटमास, बकुला आदि विभिन्न अन्नहरु भुटेर खाने गरिन्छ। यस दिन विभिन्न मठ–मन्दिर, बहाल, चैत्य अगाडि विभिन्न अन्नहरू मिलाएर विभिन्न कलाकृतिहरु बनाइ प्रदर्शन गर्ने गरिन्छ। यसलाई हलिमली ब्वयेगु भन्ने गरिन्छ, र यसरी कलाकृती बनाएपछि, विभिन्नगुठीकाव्यक्तिहरूलेपरम्परागतवाद्यवादनबजाइरागहरूगाएरगीतगाउनेगरिन्छ।अन्तिममायीसबैअन्नलाईप्रसादकोरूपमाबाँड्नेचलनरहेकोछ।
अन्नबालीहरू भित्र्याएपछिको अलिकति फुर्सदको समयमा मनाइने यस पर्वलाई चख: अर्थात् सानो पर्वको रूपमा लिइन्छ भने यसमा घर–परिवार मात्र सम्मिलित भइ मनाउने गरिन्छ। यसै दिन उपत्यकाको प्राचीन मन्दिर चाँगुनारायण परिसरमा पनि श्री गरुडको महास्नान गराइ भव्य पूजा गर्ने गरिन्छ। यसैगरी, आज बलम्बु क्षेत्रमा श्री महालक्ष्मीको भव्य जात्रा हुने गर्दछ ।
सांस्कृतिक पक्ष
यसै पूर्णिमाको दिनदेखि च्वबहा🙁 हाल चोभार) को एक महिने मेला समापन हुने गर्छ। यसैगरी, आश्विन पूर्णिमा देखि सुरु गरिने आकाश दिप पनि आज अन्तिम बत्ती दिएर समापन गरिन्छ भने, मठ–मन्दिरहरू अगाडि उठाइएका काठको खाँबोहरू आज मध्यरातमा निकाल्ने परम्परा रहेको पाइन्छ । यस्तै उपत्यकाको बज्रयान बौद्ध धर्म अनुसार आजकै दिन तथागत विपश्वी बुद्धले नागर्जुन पर्वतबाट ध्यानबाट उठेर तत्कालीन समयमा दह रहेको यस उपत्यकामा कमलको बीउ छर्नु भएको मान्यता रहेको पाइन्छ। त्यसैले आजको दिनलाई स्वयम्भू सेवाको रुपमा पनि लिइन्छ।आजको दिन अन्न दान गरेमा आफ्नो घरमा अन्नको अभाव नरहने, रआफ्नोखेतबारीमाबाँझोपनलेनसताउनेजनविश्वासपनिरहेकोपाइन्छ।
सरसरती हेर्दा हामीले धार्मिक मान्यता अनुसार पर्व मनाएता पनि, यस भित्र विभिन्न जीवन दर्शनका पक्षहरु पाइन्छ। समय अनुसारको अन्न खाएर पर्व मनाउनुले जीवनलाई सहज रुपमा अगाडि बढाउनुपर्छ भन्ने सन्देश दिन्छ। हलिमली ब्वयेगु भनी विभिन्न अन्नहरु द्वारा कलाकृतिहरु देखाउनुले हामीभित्र लुकेको सीप, कौशल र जाँगरिलोपनलाई उजागर गर्छ। नयाँ अन्नबाली भित्र्याएपछीको खाली हुने केही समयमा यसरी हलिमली ब्वये गर्दै, मठ–मन्दिरमा विभिन्न ताल, राग र सुरमा संगीतमा मुग्ध भएर मनाउने यस पर्वले, आफुसँग भएको हरेक कुराको लागि कृतज्ञ हुनपर्छ भनी सिकाउँछ भने, आफू काममा जति व्यस्त भएपनी संस्कृती, संस्कार तथा जीवनको मूल आधारलाई बिर्सनु हुँदैन भन्ने गहिरो सन्देश पनि दिन्छ।