धनकुटा नगरपालिकामा मुख्य थलो रहेको आठपहरिया यतिबेला आफ्नो प्रमुख चाड वाडाङ्मेट सुरु हुन लागेको छ । आठपहरिया राईहरूको वर्षभरिमा परेको मृत्यु शोक सामूहिक रूपमा उकास्नको लागि मनाइने यो पर्वमा वर्षभरि मृत्यु हुने परिवारका सम्पूर्ण सदस्य तीन दिन हिँडेर सुनसरीको बराह क्षेत्रस्थित कोकाहा खोलामा नुहाएर कपाल, दाह्री मुण्डन गरी बराह भगवानको दर्शन गरी बरखी फुकाउने चलन छ । यो चाडमा आफन्तको दुःख बोक्नेले कपाल काटेर दसीसहित केश बगाउने प्रचलन छ। तीन दिने यात्राको क्रममा बरखी फुकाउने व्यक्तिले खोलाको बगर तथा खुल्ला ठाउँमा बस्नुपर्ने र अन्य समयमा गाउन नमिल्ने मुन्धुम तथा भक्ति गाउने चलन रहेको छ ।
यो चाडमा दुःख बिर्सिएर भक्ति गाउनुका साथै ढोल, मारुनी, डल्लो नाच नाचेर तथा राँगाको मासु, कुबिन्डो र फिलुगें अचारलगायतका परिकार खाएर मनाइन्छ। कात्तिक पूर्णिमाबाट सुरु भएको यो चाड औंशीसम्म जारी रहन्छ। अन्य जातजातिको भन्दा फरक कला संस्कृति भए पनि यसको प्रचारप्रसार हुन नसकेको दिलबहादुर छाराहाङ आठपहरियाले बताए । धनकुटाका आठपहरियाहरुको ऐतिहासिक पृष्ठभूमिको आधारमा यी जातिहरुको पुर्खेयौली थातथलोअन्तर्गत शासकीय भूगोलको उल्लेखित चार किल्लाको आधारमा सामान्य नक्सासमेत पेश गर्ने काम भएको छ । जस्तैः तमर नदी उत्तर, चित्रेटुटेको डुङडुङे दक्षिण (हाल तेह्रथुमको) तम्बु खोला पश्चिम, माङ्माया खोलाको पूर्व यति चार किलाभित्रको भू–भागलाई ऐतिहासिक पृष्ठभूमिको आधारमा शासकीय भौगोलिक क्षेत्र प्रमाणित गर्न खोजिएको छ । धनकुटाका आठपहरियाहरूले यहाँका भूमिपुत्र हुन्, जसको पुर्खाले यो भू–भागलाई उर्वरा बनाउँदै बस्ती बसाएका थिए । सो भू–भागकोरक्षार्थआठकिल्लाकोनिर्माणगरीआफ्नोसमग्रपरिवारसहितआठैप्रहरपहरागर्थे।जसकाकारणयोजातिलाईआठपहरेभनिएकोहो।
धनकुटाभित्र दुई किसिमका आठपहरेहरु छन्–खाल्साली र धनकुटेली । यो कुरा अंग्रेज लेखक हेमिल्टनले आप्mनो पुस्तक ‘एन एकाउण्ट अफ नेपाल’मा लेखेका छन् । वास्तवमा यो कति सत्यतामा आधारित छ, भोलि खोजको विषय हो । अर्का कुरा, यो जातिले धार्मिक, सांस्कृतिक रुपमा आफूहरुलाई हिन्दूकरण हिजोदेखि आजसम्म गरेका छैनन् । जसको कारण यिनीहरु आफ्नै पहिचान र अस्तित्वका साथ उपस्थित छन् । उदाहरणको रुपमा, सन् १९४५ पश्चात् अरुणपूर्व पल्लो किरात लिम्बुवानभित्र हिन्दू संस्कार–संस्कृतिविरुद्धयुद्धकोघोषणादशैंबहिष्कारबाटभएकोथियो।यसकोनेतृत्वधनकुटाकाआठपहरेरामलीहाङररिदिमाहाङलेगरेकाथिए।यसलाईतत्कालीनराज्यसत्ताद्वारा१८६७माझुण्ड्याएरहत्यागरिएकोथियोभन्नेउल्लेखछ।अझपनिधनकुटाकोत्योठाउँलाईझुण्डुवाकोनामलेजानिन्छ।
आठपहरियाहरुमात्र नभएर धेरै किराँतीहरु आपूmलाई राई जातिबाट चिनाउने गर्छन् । वास्तवमा राई शब्द जाति नभएर पदवी हो । यो शब्दले कतिपय आठपहरियाहरु पनि अल्मलिएको भेटिन्छ । त्यसकारण आठपहरियाहरु पहिलो किराँत, दोस्रो आठपहरिया, तेस्रोमा किम्दाहा, लेङ्सोहाङ, छिट्लिङहाङ आदि धेरै छन् । यस अर्थमा प्रथमतः जातिहरू कसरी हुन्छन्, यो बुभ्mनु जरुरी छ । आजसम्म मैले जानेबुझे र अध्ययन गरेअनुसार कि जातिबाट माटी हुन्छ ? कि माटीबाट जातिको निर्माण हुन्छ । त्यस्तै, उदाहरणको निमित्त कोइराला बाहुनको थर हो । ऊ कोइराला बारीमा बसेकोले उसको जात कोइराला । भोजपुरतिर कुकु भन्ने ठाउँ छ । जाति पनि कुल ताप्लेजुङतिर लिम्बुको थर साँवा, ठाउँ पनि जाति पनि छ । इवा ठाउँ पनि जाति पनि । लिबाङ ठाउँ पनि जाति पनि, विदेशमा तपाईं जानुभयो भने नेपाली नेपाल ठाउँको नाम हो । त्यहाँ तपाईंलाई अन्य नामले चिनिंदैन । नेपाली भएको हुनाले जाति नै नेपाली हुन्छ । त्यस कारण राई जाति होइन, पद हो । काठमाडौंपूर्व वल्लो किराँत, खम्बुवान र पल्लो किराँत लिम्बुवानमा राई पदवी पाउने किराँती जातिहरुमा लिम्बू, याक्खा, मारापाचे सुनुवार, आठपहरिया आदि छन् । यो गोर्खा राज्यको उदय हुनुअघि हिन्दू सम्राटहरुबाट ग्रहण गरिएको पद हो ।