नेपाल सरकारको स्वास्थ्यमन्त्रीमा अहिले कांग्रेसका मोहनबहादुर बस्नेत छन्। उनी दिनानुदिन बदनाम भैरहेका छन । कांग्रेसका तर्फबाट गएका मन्त्रीमध्ये बस्नेत सर्बाधिक गन्हाएका मन्त्रीका रूपमा चित्रित गरिन्छ । बदनामीकैबीच नेपाल सरकार स्वास्थ्य मन्त्रालय मातहतका एक चिकित्सकले मन्त्री बस्नेतका कृयाकलापमाथि प्रश्न उठाउँदै ठाडो चुनौती दिएका छन । ती डाक्टरले यतिखेर आफ्ना विभागीय मन्त्रीका क्रियाकलापलाई लिएर सामाजिक सञ्जालमा आक्रोश पोखेका कारण चर्चामा छन्। आफूलाई वीर अस्पतालको निर्देशकको जिम्मेवारीबाट हटाउने स्वास्थ्य मन्त्रालयको निर्णयलाई उनले राणा शासनभन्दा पनि कडा अधिनायकवादी भनेर टिप्पणी गरेका छन्। डा। सन्तोष पौडेलले आफ्नो फेसबुकमा लेखेका छन्, ‘अधिनायक तत्कालीन राजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवालाई प्रमबाट हटाउँटा ‘निर्वाचन गराउन नसकेको, अक्षम’ भन्ने आरोप…
Author: Kathmandu Khabar
आकाश सर्मा बुढानीलकण्ठ नगरपालिकाले आफ्नो १० औँ स्थापना दिवस मनाएको छ । नगरपालिका कार्यालयमा फोटो खिचाएर अनि चिया खुवाएर मनाइएको स्थापना दिवसमा जनप्रतिनिधिले नगरपालिकालाई समुन्नत बनाउने कामहरू, योजनाहरू, लक्ष्यहरू वा संकल्पहरू केही बताएनन । एउटा कर्मकाण्डझैँ गरेर स्थापना दिवस मनाइयो । ०७० सालमा स्थापना भएको यस नगरपालिका गाउँबाट नगर बनेको एक दशक भयो । साविकका ६ वटा गाविस मिलेर बनेको बुढानीलकण्ठ रूपमा नगरपालिका देखिए पनि सारमा साविक गाउँपालिकाभन्दा केित पनि फरक छैन । यद्यपि यो कथा बुढानीलकण्ठसहित धेरै अन्य पालिकाको पनि हुनसक्छ । तर बुढानीलकण्ठ लक्ष्य, योजना, सोच र संकल्पका आधारमा मात्र नभै जनप्रतिनिधि चयनमा समेत पश्चगामी देखिएको छ । गाविस कालमै कमजोर देखिएका गाविस अध्यक्षलाई नगरपालिकाको…
काठमाण्डाै – सहरबजारदेखि बाहिरको गाउँबस्ती अर्थात् कछाड क्षेत्रलाई काँठ क्षेत्रको रुपमा चिन्ने गरिन्छ । काँठको रहनसहन थाेरै सहरियाजस्तो देखिन्छ, थाेरै ग्रामीण जीवनशैलीजस्तो देखिन्छ । सामान्य भाषामा काँठ भनेको सहर पनि होइन र गाउँ पनि । काठमाण्डाै उपत्यकामा चक्रपथभन्दा बाहिरको ग्रामीण क्षेत्रलाई काँठ भनिन्छ । काँठको जनजीवन सदियौँदेखि आफ्नै प्रकारले चल्दै आएको मानिन्छ । तर बिस्तारै काँठ क्षेत्रकाे स्वरुप परिवर्तन हुँदै गएकाे छ । झन्डै एक दशकको अवधिमा काँठ क्षेत्रकाे स्वरुपमा निक्कै परिवर्तन आएको देखिन्छ । काँठको हरियाली सकिँदै गएकाे छ भने याे क्षेत्र प्रदूषित बन्दै गएकाे छ। काँठ क्षेत्रमा जग्गा खरिद–बिक्री अस्वाभाविक रुपमा बढेकाे छ। आधुनिकताको नाममा जग्गा प्लटिङ गर्दा प्राकृतिक सौन्दर्यताको दोहन भएको यत्रतत्र देख्न सकिन्छ ।
काठमाडौं । सामाजकि गतिबिधिमा सक्रिय बुढानीलकण्ठको ‘कम्युनिटी केयर नेपाल’ले कमपा वडा नं ३० मा रहेको ‘हामी छौँ’ नामक संस्थासँग मिलेर सम्पदा सरसफाई कार्यक्रमअन्तर्गत प्राचीन नौलिन भद्रकाली क्षेत्रको व्यापक सरसफाई गरेको छ । बुढानीलकण्ठ १३ मा रहेको ऐतिहासिक नौलिन भद्रकाली मन्दिर क्षेत्र मंसिर १६ गते शनिवार सरसफाई गरिएको हो । केही तस्वीरहरूः
काठमाडौँ प्रतिनिधिसभा सदस्य दिपक खड्का सवार गाडी दुर्घटनामा परेको छ । संखुवासभामा कार्यक्रममा सहभागी भई धरान जाने क्रममा उनी सवार प्रदेश १ ०२ ००२ च ३५४५ नम्बरको गाडी दुर्घटनामा परेको हो । संखुवासभा कांग्रेस सभापति समेत रहेका खड्का सँगै नेपाली कांग्रेसका महासमिति सदस्य दिपक लिम्वु, नेपाली कांग्रेस चैनपुर नगरपालिका कार्यवाहक सभापति लभकुमार श्रेष्ठ र उनकी श्रीमती र चालकसहित पाँच जना गाडीमा सवार थिए । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिकाको नमस्ते झरना नजिकै दुर्घटना भएको संखुवासभाका कांग्रेस नेता सन्दीप निरौलाले जानकारी दिए । उनका अनुसार गाडीमा सवार सबैजना सुरक्षित रहेका छन् ।
अतिक्रमणले रूपाताल खुेिचन थालेपछि संरक्षणका लागि २०७३।७४ मा वृहत परियोजना शुरू भयो। ४ अर्ब ५२ करोड रूपैयाँ खर्च हुने परियोजनाले तालमा पर्यटकीय सुविधा थप्न जग्गासमेत अधिग्रहण गरेको छ। तर सडक विस्तारका क्रममा गरिएको लापरबाहीका कारण वर्षामा ढुंगा, माटो र गेग्रान तालमा नै गएर थुप्रिन थालेको छ। परियोजनाले ताल किनारमा दुई लेनको पक्की सडक विस्तार गरिरहेको छ। सो क्रममा डोजरले थुपारेको ढुंगा, माटो र गेग्रानको उचित व्यवस्थापन हुन सकेको छैन। जथाभावी डोजर चलाउँदा ठाउँठाउँमा पहिरो खसेको छ। परियोजनाले तालको बाँध रहेको सिस्टेनीदेखि जमनकुना हुँदै तालबेँसी जोड्ने सडक विस्तार गरिरहेको हो। लेखनाथका सामाजिक अभियन्ता दामोदरभक्त थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै राम्रो…
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालपछि उच्च ओहोदामा बसेका सबैको सम्पमित छानबिन गर्ने कानुन बनाउन प्रस्ताव गरेका छन ।नेपाली कांग्रेसको पहिलो लुमिबनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले छानबिन गर्दा अनियमित तरिकाले कमाएको भेटिए सम्पमित जफत गर्ने कानुन बनाउनुपर्ने बताए । महामन्त्री थापाले प्रदेश सरकार महंगो भएको र ठीक ढंगले काम नगरेको जनस्तरमा गुनासो आएको बताए । प्रदेशदेखि संघसम्म धेरै मन्त्रालय हुँदा जनस्तरमा प्रदेशप्रति नकारात्मक टिप्पणी भएको भन्दै उनले कम खर्चमा पनि चलाउन सकिने बताए ।विगतमा १४ अञ्चल र ५ विकास क्षेत्र हुँदा हुने खर्चमै ७ प्रदेश र ७५३ स्थानीय सरकार चलाउन सकिने थापाको भनाइ छ । ‘लोभले गर्दा तलदेखि…
काठमाडौँ भूगोलको बाहिरी घेरोमा जन्मने। हुर्कनेको आफ्नै पीडा छ । कसैले प्रतीकात्मक रूपमा काठमाडौँले यसो ग यो भन्दा चित्त दुख्नु त छँदै छ, त्यस भूगोलको समस्यालाई उठाइदिने उपयुक्त पात्र नभेटिँदा लाग्ने दुःख अर्को छ । जब चुनाव आउँछ, यो भूगोलका मान्छे भन्छन्, “यसपालि स्थानीयबाहेकलाई भोट दीन्न ।” अृितममा केही दलीय पात्र अमुक दलहरूले उभ्याएका तिनै पात्रलाई जिताउन कम्मर कसेर लाग्छन । यसैको बिचमा पिसिन्छन बाँकी मतदाता । यदाकदा स्थानीय उम्मेदवार उठाइन्छन र चुनिन्छन पनि तर तिनको कार्यशैलीसँग खुसी हुन्नन यहाँका मान्छे । राजनीतिमा गरिखान निृिलएका ती नेताले आफूले विविध कारणले गर्न नसकेको कामको अपजश त्यही भूगोलका बासिन्दालाई लगाउन थाल्छन तर…
काठमाडौं । चण्डेश्वरी देवी पूरै काठमाडौँ उपत्यकाभरी नै प्रख्यात देवी हुन । वनेपामा चण्डेश्वरीको विशाल मत्दिर रहेको छ भने टोखा पनि प्रशिद्ध चण्डेश्वरी मत्दिर रहेको छ । धेरै नेवार समुदाय चण्डेश्वरीलाई कुलदेवी या इष्टदेवीको रूपमा पुज्ने गर्दछन । यी देवीलाई सनातन हिन्दू धर्मावलम्बीहरू चण्डेश्वरी भनेर मान्दछन । महायान बौद्धमार्गीहरू रक्षकको रूपमा मानिने एकजाती देवीको रूपमा पुज्दछन । प्रशिद्ध चण्डेश्वरी देवीको उत्पत्तिसँग सम्बत्धित केही किंबदन्तिहरू छन । श्लेष्मान्तक वनको पूर्वी भागमा रक्तचन्दनको वनदेवी चम्पावृक्षमा रहेकी छन । तिनको शरणमा जाउ तिमीहरुको जय होला भन्ने ऋषिहरुको उपदेश पाएपछि पहिले वाग्मतीमा स्नान गरी श्रीपशुपतिनाथको दर्शन गरी उनीहरु वनदेवीको शरणतिर लागे । गुह्येश्वरी, गोकर्णेश्वर,…
असली रक्तचन्दनको नेपालमा रैथाने प्राकृतिक जंगल छैन । कतैकतै किसान तथा सामुदायिक वनहरुले यसको वृक्षारोपण गरी हुर्काएको पाइन्छ र हुर्काउने क्रम जारी छ । जतिबेलादेखि नेपालमा रक्तचन्दनको काठको तस्करीका बारेमा मिडियाहरुमा ब्यापक चर्चा हुन थाल्यो, रक्तचन्दन त साँच्चिकै निकै नै महँगो काठ हो भनी मानिसमा सूचना पुग्यो र मानिसहरुबाट रक्तचन्दनको विरुवाको खोजी सुरु भयो । असली रक्तचन्दनको काठ किन महँगो छ त ? अहिले संसारमा राम्रा खालका कस्मेटिक्स र यौनबर्द्धक औषधीहरूको माग दिनानुदिन बढ्दो छ । यसको काठलाई आकर्षक फर्निचर, पुतली, प्रतिबिम्व र मूर्तिहरू कुँद्न, माला बनाउन, सांगितिक उपकरण/सामिसोन उत्पादन गर्न, गुम्बा बनाउन तथा कस्मेटिक्स र यौनबर्द्धक आयुर्वेदिक औषधी एवम्…
हजारौं वर्षअघि पृथ्वीमा झार, जङ्गल, वनस्पति केही पनि उत्पन्न भएको थिएन । सृष्टिकर्ता भगवान्ले पोरोक्मी योम्फामी नाउँ भएको एक शतिमान आत्माको सृष्टि गरे । उनले पोरोक्मी योम्फामीलाई पृथ्वीमा झार–पात, वनस्पति इत्यादिको सृष्टि गरी पृथ्वीको शोभा बढाउनु भन्ने आदेश दिए । पोरोक्मी योम्फामीले पनि आफ्नो शतिले भ्याएसम्म किसिमकिसिमका झारपात, वृक्ष, लतादिका बिउ बनाएर थुपार्दा एउटा हात्तीको शरीरझैं थुप्रो लाग्यो । यी झारपात, वनस्पती आदिका बिउ तयार गरिनुअघि नै हावा, सूर्य, चन्द्र, तारा, नक्षत्र इत्यादिको सृष्टि भइसकेको थियो र पृथ्वीमा त्यस वेला भयड्ढर हावा चल्दथ्यो । पोरोक्मी योम्फामीले आफ्नो मनमा यसो सम्झे—यत्रो ठूलो पृथ्वीमा जताततै झार, जङ्गल, वनस्पति आदि उमार्नु परेको छ…
काठमाडौं । अहिले सवारी साधन व्यवस्थापनको लागि खटाइएका ट्राफिक प्रहरीहरू नेपाल प्रहरीको एउटा महाशाखा अन्तर्गत रहन्छन । तर यसको इतिहासलाई हेर्ने हो भने यो नेपाली सेनाको एउटा पल्टनबाट सुरु भएको पाइन्छ। सन १८५७ मा अंग्रेजले गोर्खा रेजिमेन्टको सहयोग लिएरै भारतको सिपाही विद्रोह दबाएको थियो। त्यो विद्रोह दबाउन रैफल, कालीबस्क, नयाँ गोरख, गोरखनाथ, श्रीनाथ, बर्जबहादुर, सूर्यदल, कालीबहादुर, देवीदत्त, नरसिंहदल, जबरजंग, गणेशदल, भैरवनाथ, पुरानो गोरख, कालीप्रसाद, सिंहनाथ, शमशेरदल, रामदल, महेन्द्रदल, राजदल, शेरपल्टन, जंगनाथ, सबुज, बरख र कालीजंग पल्टनका सेना खटिएका थिए। त्यसबेला नेपाली सेनाले बेलायतलाई साथ नदिएको भए त्यसैबेला भारतमा बेलायती साम्राज्य अन्त्य हुने धेरैको विश्लेषण छ। तर, राणाकै कमजोरीले थुप्रै नेपाली…
काठमाडौं । रास्वपा(राष्ट्रिय स्वतन्त्र पार्टी) को जन्म नै पुराना दलहरूले सकेनन्, अब हामी गर्छौ भन्ने आक्रोशपूर्ण नारा र अभियानबाट भएको हो । हामी कसरी फरक छौं भन्ने घोषणा गर्दै रास्वापले सभापति मात्रै होइन, पार्टीका उम्मेदवारसमेत निर्वाचनबाट तय गर्ने र प्रतिस्पर्धाबाट पदाधिकारी चयन गर्ने भनेको छ । रास्वपाले हामी के गर्दैनौं भन्ने वाचामा ‘प्रतिस्पर्धा, योग्यता र क्षमतालाई नजरअन्दाज गरी ‘टीका’ लगाउने काम गर्दैनौं पनि भनेको छ । राजनीतिका लागि ‘लाजनीति’ गर्दैनौं’सम्म भनेको छ । तर महोत्तरीमा सभापति रवि लामिछानेले अप्रत्याशित रूपमा पदाधिकारी थपको प्रस्ताव गरेका थिए । राजनीतिक प्रतिवेदन पेस गरेपछि सभापतिले पदाधिकारी र केन्द्रीय सदस्य थपेको जानकारी गराएका थिए ।…
काठमाडौं- नेपाली कांग्रेसबाट मन्त्री बनेका अधिकांश मन्त्रीहरू यतिखेर नाम हैन बदनामको यात्रातिर देखिन्छन । विशेषगरेर स्वास्थ्य मन्त्री मोहन बस्नेत तथा अर्थमन्त्री प्रकाश महतको बदनामको शिखरमा छन । माओवादी तथा समाजवादीका पनि अधिकांश मन्त्रीहरु बदनाम भएको भन्ने गुनासो आइरहेको बेलामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मअित्रमण्डल पुनर्गठन गर्ने भएका छन्। उनी प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुगेपछि अहिले भएका मन्त्रीहरू फेरबदल गर्ने विषयमा गठबन्धनको शीर्ष नेतृत्व तहमा समझदारी जुटिसकेको बताइएको छ। प्रचण्ड प्रधानमन्त्री बनेको १० पुसमा एक वर्ष पूरा हुँदै छ। सरकारले एक वर्ष पूरा गरेलगत्तै मन्त्रीहरूको टिम नै फेर्ने गृहकार्य भइरहेको छ, प्रचण्ड दुबईबाट फर्केपछि यसले गति लिनेछ। कांग्रेसले भने राष्ट्रिय…
काठमाडौं मरु टोलका भरत माली मात्र ५ वर्षका थिए जुनबेला उनले पहिलो पटक भद्रकाली खड्गसिद्धि जात्राको अवलोकन गर्न पाए । उनका बुबा सो १२ वर्षको अन्तरालमा नचाइने तागित्रक नाचका गुरु हुनुहुन्थ्यो । ंदेउताको एक वर्ष भनेको मान्छेको १२ वर्ष हुन्छ रे । त्यै भएर यो जात्रा १२ वर्षको अन्तरालमा नचाइन्छ ।ं लुमरी भद्रकालीको नाच जस्तै काठमाडौं उपत्यकामा पचली भैरवको नाच पनि नचाइन्छ । त्यो पनि हरेक बाह्र–बाह्र वर्षमा । २०४४ सालमा भरत व्यंगिनी भएर नाचेका थिए । २०४८ सालमा ब्रम्हायणी, २०५५, २०६० मा बाराही भएर नाचेका उनी २०६८ सालमा यो नाचका गुरु भए । यस लुमरी भद्रकाली खड्गसिद्धि जात्राको नाच…
काठमाडौँको चाबहिलमा आगलागी भएको छ। चाबहिलबाट गोपिकृष्णतर्फ जाने बाटोको एक घरमा आगलागी भएको हो। अहिले आगलागी नियन्त्रणमा आएको महाराजगञ्ज प्रहरी वृत्तका डीएसपी अम्बर बहादुर थापाले नेपालखबरलाई जानकारी दिए। सो घरमा मादक पदार्थ (छ्याङ) बनाएर आगो निभाउन बिर्संदा आगलागी भएको हुनसक्ने प्रहरीको प्रार िभक अनुसन्धानले देखाएको डीएसपी थापाले बताए। ‘बुवाको वर्षदिनको कामका लागि भनेर रक्सी पार्ने काम भइरहेको रहेछ, त्यहीँबाट आगो सल्केको हुनसक्छ,’ थापाले भने, ‘अहिले आगो नियन्त्रणमा ल्याइएको छ। घटनाबारे थप बुझ्दैछौँ।’ प्रहरीको टोलीले शुक्रबार साँझ ६ बजे दमकलसहित पुगेर आगो नियन्त्रणमा लिएको थियो।
विवाहको प्रचलन प्राणीहरूमध्ये मानिसमा मात्रै छ । यो प्राचीन कालदेखि चलिआएको एउटा संस्कार हो । विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसङ्गमा विवाह संस्कारका सबै वैदिक मन्त्र उल्लेख गरिएका छन् । विवाह संस्कारसँग सम्बन्धित सबै क्रियाकलाप ऋग्वेदमा उल्लेख छन् । अर्थात् विवाहको चलन त्यस बेला पनि प्रचलित थियो । चार वेदमध्ये सबैभन्दा पछिल्लो अथर्व वेदमा पनि विवाह संस्कारबारे उल्लेख छ । हिन्दू समाजमा विवाहको परम्परा बसाल्ने श्रेय उद्दालकपुत्र श्वेतकेतुलाई दिइन्छ । उनले थिति बसाल्नुअघि विवाहको चलन थिएन । महिला र पुरुष केही समयको सम्झौता गरेर बस्दथे । सम्झौतामा यतिवटा सन्तान जन्मिउन्जेल सँगै बस्ने, त्यसपछि स्वतन्त्र हुने, अन्य…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल लाजिम्पाटस्थित शंकर होटल पुगेका छन् । उनी साँझ ६ बजेको समयमा राष्ट्रपति कार्यालयबाट त्यहाँ पुगेको बताइएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनी विवाह भोजमा सहभागी हुन गएका हुन् । होटलमा आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालको छोराको विवाह भोजको आयोजना गरिएको छ ।
काठमाडौं । शान्तिसुरक्षालगायतका सेवालाई प्रभावकारी बनाउन कपन प्रहरी प्रभागले Digital Complaint & Suggestion Box सुरुवात गरेको छ । कपनजस्तो घना बस्तीमा हुने घटना परिघटनालाई लक्षित गरेर प्रभागले क्युआरअन्तर्गत डिजिटल कम्प्लेन बक्सको प्रारम्भ गरेको हो । क्युआरमार्फत सहज उपलब्ध हुने कम्प्लेन बक्सलाई डाउनलोड गरेर राख्न सकिन्छ । प्रभागले एक सूचना प्रकाशित गर्दै कुनै गुनासो वा सुझाव भएमा प्रदान गरी प्रहरी प्रभाग कपनको सेवा सुदृढीकरण तथा कार्यसम्पादनमा प्रभावकारिता ल्याउने कार्यमा आवश्यक सहयोग गरिदिनुहुन अनुरोध गरेको छ । यसरी दीने सबैखाले सुझावा वा गुनासो गोप्य रहने पनि प्रभागले जनाएको छ ।
गलकोटको नरेठाँटी बजारभन्दा केहीमाथि रहेको तोरीखोला गाउँ, बाक्लो मगर बस्ती । ढुङ्गा, माटो र काठबाट बनेका मौलिक घर । रातोमाटो र सेतो कमेरोले रङ्गिएका घर निकै आकर्षक देखिन्छन । वर्षौं पुराना घर अहिले पनि बलिया छन । परम्परागत रुपमा बनेका मौलिक घर पछिल्लो समय आधुनिकताले गर्दा विस्थापित हुने जोखिम बढेको छ । घरको आँगनमै आएको विकासले स्थानीयलाई सहज त दिलायो, त्यसको अलवा मौलिक संस्कृति र परम्परा भने गुम्ने खतरा बढ्यो । तोरीखोला गाउँजस्ता मौलिकता बोकेका गाउँ बागलुङ थुप्रै थिए । तर पछिल्लो समय ती गाउँमा मौलिकता हराएको छ । घर बनाउँदा ढुङ्गा, माटो र काठको प्रयोग गर्नुको सट्टा कङ्क्रिट प्रयोग…
काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी सहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर गरेको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी र सञ्जय शर्मालाई थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको हो । उनीहरुलाई जिल्ला अदालत, काठमाडौंले १ असारमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उनीहरुमध्ये पाण्डे गृहसचिव भएका बेला भुटानी शरणार्थीबारेको अध्ययन प्रतिवेदनमा किर्ते भएको थियो । गृह मन्त्रालयमा रहेको गोप्य प्रतिवेदनमा नक्कली अनुसूची थपेर नेपाली नागरिकलाई…
अहिले विश्वमा टु स्टारदेखि सेभेन स्टारसम्मका थरीथरीका होटलहरु खुलेका छन् । कतिपय नाम चलेका होटलहरुले विश्वका विभिन्न सहरमा शाखा पनि विस्तार गरेका छन् । यस्ता होटलहरूमा बस्ने नेपालमै पनि अहिले एकै रातको १० औं हजार तिर्नुपर्छ । तर पनि अहिले होटलको दररेटको बारेमा धेरैलाई चासो हुँदैन । तर इतिहासमा होटलको दररेट कति थियो होला भन्ने कुरा भने धेरैलाई चासोको विषय हुन सक्छ । एउटा विक्रम संवत् २०१३ सालमा खुलेका काठमाडौंका केही होटलहरू र तिनीहरूको सूची हेर्दा त्यतिबेला सबैभन्दा महँगो होटलमा बस्नको लागि एकै रातको ७२ रुपैयाँ तिर्नुपर्ने गरेको थियो । करिब सात दशक अघिको यो दर साँच्चिकै महँगो थियो ।…
काठमाडौं । नेपाल आयल निगम ऋण मुक्त भएको छ । नेपाल आयल निगमले नेपाल सरकारबाट लिएको रु ७ अर्ब ऋण मध्ये अन्तिम किस्ता रु ७० करोड पनि सार्बजनिक ऋण ब्यबस्थापन कार्यालयलाई भुक्तानी गरेसँगै ऋणमुक्त भएको हो । निगमले भारतीय आयल कर्पोरेसन को ३१ अर्ब बक्यौता पनि केही महिना अघि किस्तामा तिरेर ऋणमुक्त भएको थियो। आयल निगम ऋणमुक्त भएसँगै नेपाल आयल निगमका महाप्रबन्धक उमेशप्रसाद थानीलाई बधाइको ओइरो लागेको छ । सदैव ऋणमा रहिरहने आयल निगमलाई ऋणमुक्त गरेकोभन्दै देशका विशिष्ट व्यक्तिहरूसहित सर्वसाधरणले पनि थानीलाइ बधाइ दिएका छन् । डुबिरहेको संस्थानलाई असल नेतृत्वसहित ऋणमुक्त गराएकोमा पूर्व प्रशासक भीम उपाध्याय, गिनिजबुक अफ वर्ल्ड रेकर्डमा…
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ७९/८० मा ८७ अर्ब बढी खुद नाफा कमाएको छ। राष्ट्र बैंकको लेखापरिक्षण गरिएको वित्तीय विवरण अनुसार केन्द्रीय बैंकले आर्थिक वर्ष ७९/८० मा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार ४ सय ४८ रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो वर्षको तुलनामा राष्ट्र बैंकको खुद नाफा २९.२५ प्रतिशतले बढेको हो । गत वर्ष राष्ट्र बैंकको खुद नाफा ६१ अर्ब ९८ करोड रहेको थियो । यस अवधिमा राष्ट्र बैंकले वैदेशिक मुद्राबाट ४७ अर्ब २२ करोड ८२ लाख बढी ब्याज आम्दानी गरेको छ। त्यस्तै नेपाली मुद्राबाट १५ अर्ब ३४ करोड ८७ लाख ब्याजआम्दानीगरेकोछ। एक वर्षमा राष्ट्र बैंकको खुद…
म्याग्दीको मालिका गाउँपालिका–१निस्कोटबाट देखिएको धौलागिरि हिमाल र निस्कोट पल्थोक गाउँ। तस्बिर: ध्रुवसागर शर्मा, रासस
काठमाडौं । भारतले दक्षिण अफ्रिका भ्रमणका लागि क्रिकेट टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईका मुख्य छनोटकर्ता अजीत अगरकरले बिहीबार तीन वटै ढाचाको सिरिजका लागि भारतीय क्रिकेट टिमको घोषणा गरेका हुन् । साउथ अफ्रिका भ्रमणमा भारतले तीन टी ट्वान्टी, तीन वान डे र दुई टेष्ट म्याचको सिरिज खेल्नेछ । भारतीय टिमको टी ट्वान्टीको कप्तानी सुर्यकुमार यादवले सम्हाल्नेछन् । वान डे क्रिकेटको कप्तानी केएल राहुलले पाउनेछन् भने टेस्ट टिमको कप्तानी रोहित शर्माले गर्नेछन् । रोहित शर्मा र विराट कोहलीले साउथ अफ्रिका भ्रमणमा टी ट्वान्टी र वान डे क्रिकेटमा बिश्राम मागेका थिए । मोहम्मद शामी चोटको उपचार गरिरहेका छन्, उनको…
काठमाडौं ः दशैँका लागि ल्याएको च्याङ्ग्रा नबिकेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिलामीको सूचना निकालेको छ। कम्पनीले आज च्याङ्ग्रा बिक्री सम्बन्धी गोप्य सिलबन्दी दरभाउको आह्वान गरेको हो। स्थायी लेखा नम्बर (प्यान) इजाजत प्राप्त इच्छुक फर्म, संस्था, कम्पनी वा व्यक्तिले गोप्य सिलबन्दी दरभाउपत्र पेश गर्न सक्ने सूचनामा उल्लेख छ। जिउँदो च्याङ्ग्राको बोलपत्र धरौटी रकम ७५ हजार रुपैयाँ तोकिएको छ। प्रतिकेजी एक हजार १२५ रुपैयाँ न्युनतम कबोल दर राखिएको छ। यही मंसिर २९ गते सम्म दरभाउ पत्र खरिद गरी पुस १ गते दिउँसो १२ बजेभित्र पेश गरिसक्नुपर्ने सूचनामा उल्लेख छ। पेश भएका दरभाउ पत्र पुस १ गते दिउँसो २ बजेपछि खोलिने जनाइएको छ।…
काठमाडौँ । हालै निर्माण सम्पन्न भएको बुढानीलकण्ठ नगर अस्पताल संचालन तथा र नगर अस्पताल अगाडिको विवादित जग्गाको बारेमा सांसद गगन थापाले चासो दिएका छन् । थापाको पहलमा पहिलो चरणको छलफल सम्पन्न भएको छ । य गगन कुमार थापा पहलमा बुढानीलकण्ठ नगरपालिकासम्बन्ध जनप्रतिनिधिहरूसहित प्रदेश सांसदसँग समस्या र सम्भावनाका बारेमा कुरा भएको सांसद गगनको सांसद कार्यालयले जनाएको छ । छलफलमा प्रदेश सांसदहरू जयराम थापा,मिना पराजुलीसहित बुढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी र वडा अध्यक्षहरू एवम् राजनैतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावकै झल्को दिने गरी मध्यपहाडी लोकमार्गको महाकाली मेची यात्रामा निस्किएका छन्।बिहीबार बिहान बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर यात्रा सुरु गरेका ओली अहिले सुदूरपश्चिममा व्यस्त छन्।झण्डा, ब्यानरले सुदूर पहाड रङ्गिचङ्गी छ। तामझामसहित एमालेले थालेको यात्रामा पार्टी प्रवेश गर्नेलाई स्वागत गर्न ओलाई भ्याई नभ्याई छ। यसले एमालेजनमा उत्साह छाएको छ। गृहप्रदेशमै पार्टीको कार्यक्रममा नेता डा. भीम रावल भने सहभागी छैनन्। जसले एमालेकै एक पङ्क्तिमा असन्तुष्टि छ। रावलबिना नेता कार्यकर्ता निराश छन्। यसैबीच मध्यपहाडी लोकमार्गको महाकाली मेची यात्रामा निस्किएका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली डडेल्धुरा पुगेका छन्।बिहीबार बिहान बैतडीको झुलाघाटमा ‘समृद्धिका लागि संकल्प यात्रा’ को…
अहिले पूर्व प्राथमिक शिक्षा अर्थात् मण्टेश्वरी शिक्षा चर्चित रहेको छ । अहिले बच्चाहरूलाई शिक्षा दिनको लागि खुलेको यो मण्टेश्वरी २०१६ सालमा नाम परिवर्तन भएको थियो । २००५ सालमा अमेरिकी सहयोगमा जमलमा मन्टेसरी स्थापना गरिएको थियो जुन ०१६ सालसम्म सञ्चालन भएको थियो । कलेज अफ एजुकेसन सञ्चालन हुन थालेपछि मन्टेसरीलाई लाजिम्पाटमा सारियो उक्त मन्टेसरीलाई अमेरिकी अपरेसन मिसन युएसओएमले तीनवटा स्कुल बस उपलब्ध गरायो । स्कुलमा बसको व्यवस्था नेपालमै पहिलोपटक भयो, ती बस सुन्तला रङ्गका थिए । भाडाबापत मासिक १० रूपियाँ र खाजाबापत पाँच रूपैयाँ उठाइन्थ्यो । बसले ललितपुर र भक्तपुरबाट पनि विद्यार्थी ओसार्ने गर्थ्यो । त्यसो त नेपालमा आधुनिक विद्यालय स्थापनाको…
