काठमाडौं खबर मंसिर १५, २०८०
काठमाडौँ । हालै निर्माण सम्पन्न भएको बुढानीलकण्ठ नगर अस्पताल संचालन तथा र नगर अस्पताल अगाडिको विवादित जग्गाको बारेमा सांसद गगन थापाले चासो दिएका छन् । थापाको पहलमा पहिलो चरणको छलफल सम्पन्न भएको छ ।
य गगन कुमार थापा पहलमा बुढानीलकण्ठ नगरपालिकासम्बन्ध जनप्रतिनिधिहरूसहित प्रदेश सांसदसँग समस्या र सम्भावनाका बारेमा कुरा भएको सांसद गगनको सांसद कार्यालयले जनाएको छ ।
छलफलमा प्रदेश सांसदहरू जयराम थापा,मिना पराजुलीसहित बुढानीलकण्ठ नगरपालिका मेयर मिठाराम अधिकारी र वडा अध्यक्षहरू एवम् राजनैतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।