काठमाडौं । नेपाल आयल निगम ऋण मुक्त भएको छ । नेपाल आयल निगमले नेपाल सरकारबाट लिएको रु ७ अर्ब ऋण मध्ये अन्तिम किस्ता रु ७० करोड पनि सार्बजनिक ऋण ब्यबस्थापन कार्यालयलाई भुक्तानी गरेसँगै ऋणमुक्त भएको हो । निगमले भारतीय आयल कर्पोरेसन को ३१ अर्ब बक्यौता पनि केही महिना अघि किस्तामा तिरेर ऋणमुक्त भएको थियो।
आयल निगम ऋणमुक्त भएसँगै नेपाल आयल निगमका महाप्रबन्धक उमेशप्रसाद थानीलाई बधाइको ओइरो लागेको छ । सदैव ऋणमा रहिरहने आयल निगमलाई ऋणमुक्त गरेकोभन्दै देशका विशिष्ट व्यक्तिहरूसहित सर्वसाधरणले पनि थानीलाइ बधाइ दिएका छन् ।
डुबिरहेको संस्थानलाई असल नेतृत्वसहित ऋणमुक्त गराएकोमा पूर्व प्रशासक भीम उपाध्याय, गिनिजबुक अफ वर्ल्ड रेकर्डमा नामधारी डा. ओममुर्ति अनिललगायतका व्यक्तिहरूले सामाजिक सन्जालमा गर्न सके सरकारी संस्थान पनि घाटामा हैन नाफामा चलाउन सकिने रहेछ भनेर सन्देश दिएका छन् ।