![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
अतिक्रमणले रूपाताल खुेिचन थालेपछि संरक्षणका लागि २०७३।७४ मा वृहत परियोजना शुरू भयो। ४ अर्ब ५२ करोड रूपैयाँ खर्च हुने परियोजनाले तालमा पर्यटकीय सुविधा थप्न जग्गासमेत अधिग्रहण गरेको छ। तर सडक विस्तारका क्रममा गरिएको लापरबाहीका कारण वर्षामा ढुंगा, माटो र गेग्रान तालमा नै गएर थुप्रिन थालेको छ।
परियोजनाले ताल किनारमा दुई लेनको पक्की सडक विस्तार गरिरहेको छ। सो क्रममा डोजरले थुपारेको ढुंगा, माटो र गेग्रानको उचित व्यवस्थापन हुन सकेको छैन। जथाभावी डोजर चलाउँदा ठाउँठाउँमा पहिरो खसेको छ।
परियोजनाले तालको बाँध रहेको सिस्टेनीदेखि जमनकुना हुँदै तालबेँसी जोड्ने सडक विस्तार गरिरहेको हो। लेखनाथका सामाजिक अभियन्ता दामोदरभक्त थापाले सामाजिक सञ्जाल फेसबुकमा स्टेटस लेख्दै राम्रो बायो इेिजनियरिङ नै नगरी सडक विस्तार गरेर ढुंगामाटो बाटोमुनि फाल्दा तालमा मिसिएको उल्लेख गरेका छन्। ताल किनारमा सडक नभएर पैदल बाटो मात्र बनाउनुपर्ने उनको भनाइ छ।
“ताल किनारमा त खास फुट ट्रेल खोल्नुपर्ने हो। वातावरणको हिसाबले नन–भेइकल ट्रेल हुनुपर्ने हो। तैपनि अब परियोजनालाई केही दबाब थियो कि, के थियो ठूलै बाटो खोले,” अभियन्ता थापाले उकालोसँग भने, “रूपाको उत्तरपट्टी त फुट ट्रेल मात्रै बनाउने योजना छ। देिषणपट्टी चाहिँ ठूलै बाटो विस्तार भयो, यो ताल संरक्षणको नम्सभित्र पर्छ जस्तो लाग्दैन।”
तालको देिषणतर्फ विस्तार भइरहेको सडक बनाउनै पर्ने बाध्यात्मक अवस्था नभएको थापाको भनाइ छ। बेगनास र माझीकुना जोड्ने वैकेिपक सडकको रूपमा प्रयोग गर्न मिल्ने भए पनि बाटो फराकिलो पार्नुको सट्टा ‘फुट ट्रेल’ निर्माण गर्दा ताललाई असर कम हुने थापाको बुझाइ छ। यो सडक विस्तार भइसकेपछि रूपा गाउँपालिकाको भँगारा गाउँलाई केही लाभ हुने उनी बताउँछन्। तालबेँसीमा खेत हुनेहरूले सडक प्रयोग गर्ने उनको भनाइ छ।
रूपाताल मत्स्य सहकारीका अध्यक्ष शिवराज अधिकारी बाटोमुनि जथाभावी ढुंगामाटो फाल्दा तालको किनार पुरिँदै गएको बताउँछन्। “काम गर्दा तालमा माटो फाल्न नहुने हो, एकदुईपटक त हामीले परियोजनामार्फत ठेकेदारलाई राम्रोसँग काम गर्न भन्यौँ,” उनले भने, “काम भइरहेको हुन्छ, हामीलाई सबै जानकारी हुँदैन।”
तालको बीच भागमा माटो थुपारेर फेवातालमा जस्तै मेिदर बनाउने योजना आफूहरूलाई सुनाइएको कारण माथिल्लो बेल्ट अझ गहिगलमभाष्लभर्मयाइने हुँदा माटो बगे पनि खासै फरक नपर्ने अनुमान गरेको अधिकारीले बताए। ताल संरक्षणको काम भइरहेकाले पछि समाधान होला भनेर तत्काल विरोध गरिहाल्न पनि नसकेको उनको भनाइ छ। “तालको माथिल्लो बेल्टबाट माटो तान्ने योजना रहेछ। तर कतिसम्म तान्ने र कुन प्रविधि प्रयोग हुने भन्ने यकिन रहेनछ। त्यसका लागि टेन्डर पनि भएको रहेनछ,” उनले भने।
पोखरा उपत्यका नगर विकास समितिका पूर्वइेिजनियर किसानसिंह गुरुङ जथाभाबी खन्दा तालमा जाने पानीको स्रोतमै असर पुग्नसक्ने बताउँछन्। ताल जोगाउन पानीको मूल स्रोत भएको जलाधार क्षेत्र जोगाउनुपर्ने उनको भनाइ छ।
“जलाधार क्षेत्रमा पानीको लेयर (तह) हुन्छ। डोजर चलाएर लेयर खलबल्याउँदा मूल तल झर्छ। मूल तलतल खस्दै गएपछि स्रोत स्वतः कम हुँदै जान्छ,” गुरुङ भन्छन्, “अर्को कुरा, डोजर चलाइसकेपछि जमिनको सतह थर्किन्छ। त्यसले पहिरो खस्छ। जलाधार क्षेत्र त झन संवेदनशील हो, त्यसैले डोजर चलाउन हुँदैन।”
तालको बाँधबाट ७।८ किलोमिटर लामो पक्की सडक विस्तार गरिँदैछ। सडक निर्माणको ठेक्का दुई वर्षअघि धुकुचु कन्स्ट्रक्सन काठमाडौँले २३ करोड १० लाख रूपैयाँमा पाएको थियो। अहिलेसम्म करिब ६ किलोमिटर ‘ट्«याक कटिङ’ भएको छ। बीचबीचमा २५ वटा ह्युम पाइप पनि हालि सकिएको छ।
परियोजनाका सूचना अधिकारी इेिजनियर कृष्णबहादुर विक तालको देिषणतर्फ तालको बायाँ भागबाट पुरानै सडकलाई स्तरोन्नति गरिएको बताउँछन्। दायाँबायाँ ढल र खाली ठाउँ छोडेर सडक सात मिटर फराकिलो बनाइने उनले बताए।
इेिजनियर विकले ताल किनारमा सडक विस्तार गर्दा पहिरो खस्ने जोखिम भएकै कारण नयाँ ट्र्याक नखोलेर पुरानैलाई स्तरोन्नति गरेको दाबी गरे। काम गर्ने क्रममा तालमा अलिअलि माटो खसेको उनको भनाइ छ। “बीचमा पुगेपछि उकालो बाटो छ। तालको किरानै किनार पनि लैजान सकिन्थ्यो। तर नयाँ ट्र्याक खोल्दा ताल पुरिन्छ, रूख पनि धेरै कटान गर्नुपर्छ भनेर पुरानै सडक स्तरोन्नति गरिएको हो,” उनले भने।
परियोजनाले जलाधार संरक्षणका लागि साना खोल्सीमा चेकड्याम बनाएर माटो र गेग्रान त्यहीँ जम्मा गर्ने उनले सुनाए। “बिरुवा पनि लगाउने योजना छ। बिरुवा उत्पादन गर्न इलाका वन कार्यालयलाई जिम्मा दिएका छौँ,” इेिजनियर विक भन्छन्, “बिरुवा लगेर खाली ठाउँमा रोप्नुस भनेर पनि प्रोत्साहन गरिरहेका छौँ। माटो खस्न रोक्न बायो इेिजनियरिङ भइरहेको छ।”
नयाँ कटान भएकाले शुरूका वर्ष माटो खस्ने उनले बताए। “मेसिन लगाएर नयाँ माटो चलाउने काम गगलमभाष्लभर्मयौँ। त्यसले गर्दा तालमा माटो खस्ने काम भइरहेको छ, रोकथामको उपाय गर्दैछौँ,” उनले भने। तालभित्रको माटो हटाउने योजना पनि रहेको उनले जानकारी दिए। माटो हटाएपछि तालको गहिराइ चार मिटर बढ्ने उनको भनाइ छ।
हालसम्म आयोजनाको ४५ प्रतिशत काम सम्पन्न भएको छ। आर्थिक वर्ष २०८१।८२ मा काम सक्ने भनिए पनि अझै पाँच वर्ष आयोजनाको अवधि थपिने सम्भावना रहेको इेिजनियर विकको भनाइ छ। २०७३।७४ मा स्थापना भएको रूपाताल संरक्षण एकीकृत विकास परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) २०७४ साउन २६ मा स्वीकृत भएको थियो। २०७६ पुस १७ मा वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) स्वीकृत भएपछि निर्माण अघि बढेको परियोजनाको लागत अनुमान ४ अर्ब ५२ करोड रूपैयाँ छ। परियोजनाका लागि १४ सय ७२ रोपनी जग्गा अधिग्रहणमा लिनुपर्ने देखिएको थियो। त्यसमध्ये १३ सय रोपनी जग्गाको मुआब्जा तिरेर अधिग्रहण गर्नुपर्छ।
हालसम्म ९९५ रोपनी जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित भइसकेको छ। त्यसमध्ये पनि ७३५ रोपनी जग्गाबापत ८७ करोड ७८ लाख रूपैयाँ मुआब्जा स्थानीयले लीसकेको परियोजनाले जनाएको छ।
रूपाताल पोखरा महानगरपालिका र रूपा गाउँपालिकाको सीमामा पर्छ। परियोजना सम्पन्न भइसक्दा तालको क्षेत्रफल बढ्ने छ। अहिले १२२ हेक्टर क्षेत्रफल रहेको ताल र परिसर १८३ हेक्टर पुग्नेछ। तालको निकास हुने सिस्टेनीमा ६३५ मिटर लामो र ६ मिटर अग्लो बाँध बन्ने छ। बाँधको तल्लो तटमा ३५० मिटर लामो अत्याधुनिक बाटिका बन्नेछ।
तालको उचाइ ४ मिटर अग्ल्याएर डुंगा शयर तथा जल क्रिडास्थलको गन्तव्य बनाउने परियोजनाले लक्ष्य लिएको छ। पैदल यात्रीका लागि तालको दायाँ किनारमा ६।९० मिटर लामो पैदल मार्ग बन्नेछ। यसैगरी, तालबीचमा कृत्रिम थुम्को बनाएर मेिदर बनाइने छ।