काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ७९/८० मा ८७ अर्ब बढी खुद नाफा कमाएको छ। राष्ट्र बैंकको लेखापरिक्षण गरिएको वित्तीय विवरण अनुसार केन्द्रीय बैंकले आर्थिक वर्ष ७९/८० मा ८७ अर्ब ६० करोड ३७ लाख ४५ हजार ४ सय ४८ रुपैयाँ खुद नाफा कमाएको हो।
अघिल्लो वर्षको तुलनामा राष्ट्र बैंकको खुद नाफा २९.२५ प्रतिशतले बढेको हो । गत वर्ष राष्ट्र बैंकको खुद नाफा ६१ अर्ब ९८ करोड रहेको थियो । यस अवधिमा राष्ट्र बैंकले वैदेशिक मुद्राबाट ४७ अर्ब २२ करोड ८२ लाख बढी ब्याज आम्दानी गरेको छ। त्यस्तै नेपाली मुद्राबाट १५ अर्ब ३४ करोड ८७ लाख ब्याजआम्दानीगरेकोछ।
एक वर्षमा राष्ट्र बैंकको खुद ब्याज आम्दानी ६२ अर्ब ५७ करोड २५ लाख रहेको छ । राष्ट्र बैंकको सञ्चालन आम्दानी ६६ अर्ब ९२ करोड ७१ लाख रहेको छ।
नेपाल राष्ट्र बैंकले आज अर्थ मन्त्रीलाई आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन बुझाएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री डा. प्रकाशशरण महत समक्ष आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन पेस गरेका हुन्।