काठमाडौं मरु टोलका भरत माली मात्र ५ वर्षका थिए जुनबेला उनले पहिलो पटक भद्रकाली खड्गसिद्धि जात्राको अवलोकन गर्न पाए । उनका बुबा सो १२ वर्षको अन्तरालमा नचाइने तागित्रक नाचका गुरु हुनुहुन्थ्यो । ंदेउताको एक वर्ष भनेको मान्छेको १२ वर्ष हुन्छ रे । त्यै भएर यो जात्रा १२ वर्षको अन्तरालमा नचाइन्छ ।ं
लुमरी भद्रकालीको नाच जस्तै काठमाडौं उपत्यकामा पचली भैरवको नाच पनि नचाइन्छ । त्यो पनि हरेक बाह्र–बाह्र वर्षमा । २०४४ सालमा भरत व्यंगिनी भएर नाचेका थिए । २०४८ सालमा ब्रम्हायणी, २०५५, २०६० मा बाराही भएर नाचेका उनी २०६८ सालमा यो नाचका गुरु भए । यस लुमरी भद्रकाली खड्गसिद्धि जात्राको नाच यो वर्ष पनि ठाउँ–ठाउँमा नचाईंदैछ ।
खड्ग सिद्धि जात्रामा हनुमान ढोका स्थित तलेजु मगिदरबाट ल्याइने राज खड्गसँग लुँमडी अजिमा (देवता) छुवाई शगित प्रदान गरिन्छ । यसरी शगित प्रदान गर्दा सिद्धि प्राप्त भएको भन्ने परम्परा रहेको छ । करिब एक तोला चाँदीको एकापट्टि ‘श्री लुँमडी भद्रकालीको बाह्र वर्षको खड्गसिद्धि, बीचमा महापात्र र खड्ग त्यसमुनि ‘२०७२ साल’ कुगिदएका सिक्का चार थान, ठूलो सिंगो सुपारी दस वटा, पञ्चसूत्र धागो (पसुःका), सिन्दुर, फूलमाला र फलफूल द्यः भु (देवताको थाल) मा राखी भद्रकाली नाच सञ्चालन गरिन्छ ।
विजया दशमीको दिन खड्गसिद्धिका लागि देवीदेवता भई नृत्यमा सहभागी हुने देवगणहरू सबैले मुकुन्डो, कलेवर पोसाक, गरगहना लगाई भद्रकाली पीठबाट सांस्कृतिक बाजागाजाका साथ टुगिडखेल, नयाँ सडक, दुगं बही, वँटु, इन्द्रचोक हुँदै मखन तारिण बहालस्थित सिंहढोकामा पुग्ने गर्दछन । देवगणहरू भद्रकाली, पचली भैरव, वाराही, गणेश, कुमारी, ब्रह्मायणी, रुद्रायणी, नारायणी, इन्द्रायणी, सिंहिनी, व्यघिनी, महालक्ष्मी र श्वेत भैरव गण रहन्छन ।
यही अन्तर्गत मंसिर १६ गते शनिबार वटु (थने थकू जुजु) मा नाच हुने भएको छ । यो जात्रामा सबै देवगणहरूलाई खड्ग दीन्छ । सिंहिनीको हातमा भने महापात्र, व्यघिनीलाई डमरु, कुमारीलाई मयुरको प्वाँख, नारायणीलाई गदा र चक्र तथा गणेशको हातमा बन्चरो हुन्छ । यसरी विजया दशमीको दिन खड्गसिद्धि गरी सुचारु हुने नाच काठमाडौंका विभिन्न टोललगायत भक्तपुर र ललितपुरमा पनि प्रदर्शन गर्ने चलन छ । भद्रकालीको स्थापना उपत्यकाका सबैभन्दा पहिलो राजा गुणकामदेवले कागितपुर नगरको निर्माणका साथसाथै देशको पूर्वपट्टि नीलपीठमा काली जगाई लुँमडी नामले देशको रक्षार्थ स्थापना गरेको भनी भाषा वंशावलीमा उल्लेख छ ।