

काठमाडौं । शान्तिसुरक्षालगायतका सेवालाई प्रभावकारी बनाउन कपन प्रहरी प्रभागले Digital Complaint & Suggestion Box सुरुवात गरेको छ । कपनजस्तो घना बस्तीमा हुने घटना परिघटनालाई लक्षित गरेर प्रभागले क्युआरअन्तर्गत डिजिटल कम्प्लेन बक्सको प्रारम्भ गरेको हो ।
क्युआरमार्फत सहज उपलब्ध हुने कम्प्लेन बक्सलाई डाउनलोड गरेर राख्न सकिन्छ । प्रभागले एक सूचना प्रकाशित गर्दै कुनै गुनासो वा सुझाव भएमा प्रदान गरी प्रहरी प्रभाग कपनको सेवा सुदृढीकरण तथा कार्यसम्पादनमा प्रभावकारिता ल्याउने कार्यमा आवश्यक सहयोग गरिदिनुहुन अनुरोध गरेको छ । यसरी दीने सबैखाले सुझावा वा गुनासो गोप्य रहने पनि प्रभागले जनाएको छ ।