काठमाडौं । चण्डेश्वरी देवी पूरै काठमाडौँ उपत्यकाभरी नै प्रख्यात देवी हुन । वनेपामा चण्डेश्वरीको विशाल मत्दिर रहेको छ भने टोखा पनि प्रशिद्ध चण्डेश्वरी मत्दिर रहेको छ । धेरै नेवार समुदाय चण्डेश्वरीलाई कुलदेवी या इष्टदेवीको रूपमा पुज्ने गर्दछन । यी देवीलाई सनातन हिन्दू धर्मावलम्बीहरू चण्डेश्वरी भनेर मान्दछन । महायान बौद्धमार्गीहरू रक्षकको रूपमा मानिने एकजाती देवीको रूपमा पुज्दछन ।
प्रशिद्ध चण्डेश्वरी देवीको उत्पत्तिसँग सम्बत्धित केही किंबदन्तिहरू छन । श्लेष्मान्तक वनको पूर्वी भागमा रक्तचन्दनको वनदेवी चम्पावृक्षमा रहेकी छन । तिनको शरणमा जाउ तिमीहरुको जय होला भन्ने ऋषिहरुको उपदेश पाएपछि पहिले वाग्मतीमा स्नान गरी श्रीपशुपतिनाथको दर्शन गरी उनीहरु वनदेवीको शरणतिर लागे । गुह्येश्वरी, गोकर्णेश्वर, बज्रयोगिनी, दोलागिरिविषे गरुड नारायण र वागिश्वरी देवताको दर्शन गरी चाँडै जगदत्बिकाको शरणमा पुगी स्तुति गरी बसे ।
वनदेवी चम्पक वृक्षबाट प्रकट भइन । सबैले दर्शन पाई पूजा मान्य स्तुति गर्दा ईश्वरी सन्तुष्ट हुँदा उसै बखत कोलाहल सुरु भयो । देवताहरु देवीको शरणमा गए भन्ने खबरले नारदले चण्ड दैत्यलाई कहन जाँदा चण्ड दैत्यलाई जम्मा गरी आइपुग्यो र देवताहरु ईश्वरीको चरणमा शरण गरी त्यहाँ रहन नसकी इन्द्रादि देवता मयूर हाँस आदि नाना पक्षी स्वरुपमा प्रवेश गरी लुकिरहे । भगवती पनि चम्पक वृक्षको अन्तरमा प्रवेश गर्दिभइन ।
चण्ड दैत्य सैन्यसहित गरी चम्पक वृक्षको समीप पुग्दा देवताहरु कोही देखिएनन र खंगले चम्पक वृक्षमा प्रहार गरे । त्यहीँबाट ईश्वरी प्रकट भइन । अष्टभुजामा आयुधले सहित कोटी सूर्यसमप्रभा गरी सिंह चढेकी महादेवीमाथि दैत्यले अत्यन्त सुन्दरीदेखि शस्त्रादि प्रहार नगरी रह्यो । अति सुन्दरी नारी हुन भन्या बुद्धि गरिरह्याको दानवलाई देवीले देखी हुँकार गरिन । त्यसपछि महाघोर संग्राम भयो ।
चण्ड दैत्यले केही प्रकारसँग पनि देवीलाई जय गर्न नसकी आफ्नो बलहीन भएको देखी केही प्रश्न गर्न लागे । हे देवी तिमीकन मैले देवताहरुको अनुग्रहको निमित्त बसेकी देवीले शिवलिंग स्थापना गरी नसकुञ्ज्याल तिमीले मसँग युद्ध नगर्नू भनी युद्ध थामी शिवलिंग स्थापना गरी चण्डेश्वर भनी नाम राखिसक्या उप्रान्त फेरि युद्ध गर्दा दानवले प्रहार गरेको शस्त्रहरुद्वारा व्यर्थ हुँदा चण्डदैत्य बहुतै रिसाई मुठी बाँधी जाइलागे । आफूमाथि आइलागेको देखी देवताहरुको दुर्जय परम शत्रु भएको ददानवलाई त्रिशुलले हृदयमा भेदी पृथ्वीमा लेटाइन भन्ने उल्लेख भाषा वंशावलीमा पाइन्छ ।
त्यसो त चण्डेश्वरीको स्थापना र चण्ड दानवको बारेमा स्वस्थानी व्रतकथामा पनि उल्लेख छ । कथाको नेपाल खण्डमा लेखिए अनुसार ’चण्ड मुण्ड प्रचण्ड’ नाम गरेका दानवलाई नेपालपूरीमा राज गर्नाको सारै मन लागेछ । त्यसपछि उनी उक्त नेपालपुरीमा पर्ने जंगलमा पुगी दानवराज धर्तीपुत्रको आराधना गर्दै तपस्या गर्न थाले ।
दिव्य १० वर्षसम्म अत्यन्त क्रूरता र भयावह अवस्थाको सिर्जना गरी हजारौ हजार मानवको बली चढाइ स्तूति गर्न थालेपछि सम्पूर्ण नरनारीहरू त्राहीत्राही हुन थाले । उता दानवराज उनको तपस्याबाट खुसी भई के वर माग्छौभन्दा चण्डमुण्ड प्रचण्डले “हे प्रभू॥१ म नेपालपुरी जस्तो सुन्दर स्वर्ग नगरीमा राज्य गर्न पाऊँ, सात पुस्तालाई पुग्ने धन आर्जन होओस तर उक्त धन कसैले नदेखोस । मनले चिताएको सबै पुगोस्, हजुरको भत्तिमा यो चित्त लागिरहोस ।“ भनी मागे । यो सुनी दानवराजले तथास्तु भनी वरदान दिए भन्ने उल्लेख छ ।
हे अगस्त्य मुनी ॥१ तहॉ उप्रान्त दानवराजका वरदानका प्रभावले चण्ड मुण्ड नेपालपुरीमा राज गर्दै नेपालवासीमा त्राही त्राही गराउँदा भए । एक आपसमा मिलेर बसेका नर नारीहरुलाई जाति भाषा र धर्मका नाममा काटाकाट मारामार गर्न लगाई आफू रमिता हेर्ने गर्दथे । यिनै चण्ड दानवलाई परास्त गरेकी देवीको रुपमा चण्डेश्वरी देवीको स्थापना गरिएको हो ।