नेपाल सरकारको स्वास्थ्यमन्त्रीमा अहिले कांग्रेसका मोहनबहादुर बस्नेत छन्। उनी दिनानुदिन बदनाम भैरहेका छन । कांग्रेसका तर्फबाट गएका मन्त्रीमध्ये बस्नेत सर्बाधिक गन्हाएका मन्त्रीका रूपमा चित्रित गरिन्छ । बदनामीकैबीच नेपाल सरकार स्वास्थ्य मन्त्रालय मातहतका एक चिकित्सकले मन्त्री बस्नेतका कृयाकलापमाथि प्रश्न उठाउँदै ठाडो चुनौती दिएका छन ।
ती डाक्टरले यतिखेर आफ्ना विभागीय मन्त्रीका क्रियाकलापलाई लिएर सामाजिक सञ्जालमा आक्रोश पोखेका कारण चर्चामा छन्। आफूलाई वीर अस्पतालको निर्देशकको जिम्मेवारीबाट हटाउने स्वास्थ्य मन्त्रालयको निर्णयलाई उनले राणा शासनभन्दा पनि कडा अधिनायकवादी भनेर टिप्पणी गरेका छन्।
डा। सन्तोष पौडेलले आफ्नो फेसबुकमा लेखेका छन्, ‘अधिनायक तत्कालीन राजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवालाई प्रमबाट हटाउँटा ‘निर्वाचन गराउन नसकेको, अक्षम’ भन्ने आरोप लगाएर हटाएको इतिहास छ। दुई वर्षको अवधि तोकी नियुअित पाएको मलाई त राजनीतिक आस्थाका आधारमा निर्देशकबाट हटाएको मात्र हैन, हाडजोर्नीको विशेषज्ञ सर्जनलाई मन्त्रालयमा तानियो१ यो राणा शासनभन्दा कडा अधिनयकवाद हो।’अगाडि उनले थपेका छन्, ‘विधिको शासनको रट लगाएर नथाक्ने नेपाली कांग्रेसका मन्त्रीको यो हर्कतबाट लोकतन्त्र लजाएको छ।’ उनले वीर अस्पतालको निर्देशकबाट डा सन्तोष पौडेललाई हटाउनुको कारण सार्वजनिक गरेका छैनन्।
मंसिर १४ गते मन्त्रालयले कर्मचारी प्रशासन शाखाका उपसचिव कृष्ण थापाको हस्ताक्षरमा एउटा पत्र पठाएको छ र त्यसमा लेखिएको छ, ‘तपाईँ चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालको निर्देशकको जिम्मेवारीमा रहनुभएकोमा अर्को निर्णय नभएसम्म निर्देशकको पदीय जिम्मेवारीमा नरहने गरी मिति २०८०।०८।१५ गतेदेखि यस मन्त्रालयमा हाजिर गर्न आउनुहुन यस मन्त्रालय (मा मन्त्रीस्तर) को मिति २०८०।०८।१४ को निर्णयानुसार अनुरोध छ।’
यस पत्रले डा पौडेललाई जिम्मेवारीबाट हटाउनुको कारण के हो भन्ने खुल्दैन। पत्रमा कुनै आधार र कारण त खोलिएको छैन नै, उनको कार्यक्षमता, योग्यता वा इमानमा प्रश्न पनि गरिएको छैन। उनलाई स्पष्टीकरणको मौकासमेत दिनु मन्त्रीले आवश्यक ठानेका छैनन्।
गत वर्षको फागुनमा मात्र डा पौडेलले यो जिम्मेवारी पाएका थिए। अर्थात उनले पदीय जिम्मेवारी सम्हालेको एक वर्ष पनि पुगेको छैन। उनलाई हटाउन मन्त्रालयलाई कतिसम्म हतार भएको देखियो भने मन्त्रालयले चिठी काटेकै दिन वीर अस्पताल छाड्नुपर्ने र त्यसको भोलिपल्ट मन्त्रालयमा हाजिर हुनुपर्ने बेहोराको उर्दी पत्रकामा देखिन्छ। अस्पतालजस्तो संवेदनशील संस्थाको नेतृत्वमा रहेको पदाधिकारीलाई आफ्नो जिम्मेवारी हस्तान्तरण र बरबुझारथका लागि समेत समय दीएको छैन।
दशौं तहका अर्थोपेडिक सर्जन डा पौडेलले यसअघि ट्रमा सेन्टरको नेतृत्व सम्हालिसकेका हुन्। पौडेल पक्षधरका भनाइमा, वीर अस्पतालमा डा। सन्तोष पौडेलको नेतृत्वमा सेवाग्राहीको पक्षमा केही सुधारात्मक काम भएका हुँदै थिए। जस्तो कि वीर अस्पतालमा टिकट बिहान ७ बजेबाट खुलाइएको थियो भने अस्पताल ८ बजेदेखि चलाउन थालिएको थियो। वीरमा संघन उपचार कक्ष थपिएको थियो। वेलनेस अिलनिक र सबै अपरेसन थिएटर सञ्चालनमा ल्याएर पनि उनले केही सुधारको संकेत गरेका थिए।
स्वास्थ्य बीमा काउन्टर १ बाट ८ बनाइएको,सामाजिक सेवा एकाइलाई भुईँ तल्लामा लगेर सर्वसाधारणको सहज पहुँचमा लैजाने काम गरेको भनेर पनि उनका निकटस्थहरू सअिझन्छन्। ह्विलचियर तथा ट्रली गेटमा नै उपलब्ध गराउन थालिएको थियो। पुराना फार्मेसीका भग्नावशेष हटाएर अस्पतालको वातावरण सफा बनाएको, बिरामी तथा कुरुवाको लागि अस्पताल प्रांगणमा छानासहितको बेन्च राखेको, बर्न सेन्टर सञ्चालनमा ल्याउन प्रयासरत रहेको, वर्षौँ पुराना सामान लिलाम प्रक्रियामा अगाडि बढाइएको भनेर पनि उनका सहकर्मी सम्झिन्छन्।
यस्तै सर्जिकल भवन र ओपीडी भवनको तलापिच्छे क्यास काउन्टर थप गरिएको, कुन सेवा कहाँ छ भनेर सेवाग्राहीले बुझिने गरी लेखाउने काम भएको, सबै शौचालय तथा स्नानगृह सर्वबसाधारणको लागि खुल्ला गरिएको, कर्मचारीका लागि विद्युतीय हाजिरी राख्ने प्रक्रिया अघि बढाएको र सबै कर्मचारीलाई निःशुल्क स्वास्थ्य बिमा गरिएको पौडेल पक्षधरको दाबी छ।