![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
काठमाण्डाै – सहरबजारदेखि बाहिरको गाउँबस्ती अर्थात् कछाड क्षेत्रलाई काँठ क्षेत्रको रुपमा चिन्ने गरिन्छ । काँठको रहनसहन थाेरै सहरियाजस्तो देखिन्छ, थाेरै ग्रामीण जीवनशैलीजस्तो देखिन्छ । सामान्य भाषामा काँठ भनेको सहर पनि होइन र गाउँ पनि । काठमाण्डाै उपत्यकामा चक्रपथभन्दा बाहिरको ग्रामीण क्षेत्रलाई काँठ भनिन्छ । काँठको जनजीवन सदियौँदेखि आफ्नै प्रकारले चल्दै आएको मानिन्छ ।
![](https://kathmandukhabar.com/wp-content/uploads/2023/12/jharuwarashi_brick_factory_DSC_4246_iCd2b2wkqy.jpg)
तर बिस्तारै काँठ क्षेत्रकाे स्वरुप परिवर्तन हुँदै गएकाे छ । झन्डै एक दशकको अवधिमा काँठ क्षेत्रकाे स्वरुपमा निक्कै परिवर्तन आएको देखिन्छ । काँठको हरियाली सकिँदै गएकाे छ भने याे क्षेत्र प्रदूषित बन्दै गएकाे छ। काँठ क्षेत्रमा जग्गा खरिद–बिक्री अस्वाभाविक रुपमा बढेकाे छ। आधुनिकताको नाममा जग्गा प्लटिङ गर्दा प्राकृतिक सौन्दर्यताको दोहन भएको यत्रतत्र देख्न सकिन्छ ।
![](https://kathmandukhabar.com/wp-content/uploads/2023/12/ghyampedanda_bhaktapur_DSC_4878_M4hONvuUjj.jpg)