काठमाडौं । भारतले दक्षिण अफ्रिका भ्रमणका लागि क्रिकेट टिमको घोषणा गरेको छ । भारतीय क्रिकेट बोर्ड बीसीसीआईका मुख्य छनोटकर्ता अजीत अगरकरले बिहीबार तीन वटै ढाचाको सिरिजका लागि भारतीय क्रिकेट टिमको घोषणा गरेका हुन् ।
साउथ अफ्रिका भ्रमणमा भारतले तीन टी ट्वान्टी, तीन वान डे र दुई टेष्ट म्याचको सिरिज खेल्नेछ । भारतीय टिमको टी ट्वान्टीको कप्तानी सुर्यकुमार यादवले सम्हाल्नेछन् । वान डे क्रिकेटको कप्तानी केएल राहुलले पाउनेछन् भने टेस्ट टिमको कप्तानी रोहित शर्माले गर्नेछन् ।
रोहित शर्मा र विराट कोहलीले साउथ अफ्रिका भ्रमणमा टी ट्वान्टी र वान डे क्रिकेटमा बिश्राम मागेका थिए । मोहम्मद शामी चोटको उपचार गरिरहेका छन्, उनको उपस्थिती फिटनेशमा निर्भर रहने बताईएको छ ।
वान डे क्रिकेटमा सन्जु सामसन र युजवेन्द्र चहलले पुनरागमन गरेका छन् । रजतत पाटीदार, साइ सुर्दशनलाई समेत नयाँ अनुहारको रुपमा टिममा छनोट गरिएको छ । युजवेन्द्र चहल र सन्जु सामसनलाई ठुलो मौका मिलेको छ । किनकी वान डेमा शुभमन गिल र सुर्य कुमार यादवलाई राखिएको छैन ।
टेष्ट टिमबाट केएस भरतलाई बिदा गरिएको छ । अब टेष्ट टिममा विकेटकिपरको रुपमा केएल राहुल र इशान किशन हुनेछन् । टेष्ट टिमको उप कप्तानमा जसप्रीत बुमराह रहनेछन् । टी ट्वान्टीमा पुन एक पटक सुर्यकुमारमा बोर्डले विश्वास गरेको छ । जसमा उपकप्तान रविन्द्र जडेजा हुनेछन् । जडेजालाई पहिलो पटक ठुलो जिम्मेवारी दिईएको छ । ऋतुराज गायकवाडलाई तीनै ढाचाको क्रिकेटमा राखिएको छ ।