![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
जसपाका केन्द्रीय सदस्य तथा पूर्व संसद हरिनारायणप्रसाद रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले भव्य स्वागत गरेका छन्।
पर्साको पोखरिया नगरपालिकामा मंगलबार एमालेले पार्टी प्रवेश कार्यक्रममा राखेको थियो । कार्यक्रममै अध्यक्ष ओलीले रौनियारलाई पार्टीमा प्रवेश गराएका हुन् । एमाले प्रवेश गरेका रौनियार पप्पु कन्स्ट्रक्सनका पूर्व अध्यक्षसमेत हुन्। ०७४ सालको निर्वाचनमा रौनियार तत्कालीन सङ्घीय समाजवादी फोरम नेपाल हालको जसपा नेपालबाट पर्सा क्षेत्र नम्बर ३ बाट सङ्घीय सांसदमा निर्वाचित भएका थिए ।तर त्यसको केही समयपछि नै उनको कम्पनी पप्पु कन्स्ट्रक्सनको मुद्दाका कारण उनी निलम्बित भएका थिए ।मुद्दा लामो समय चलेपछि रौनियारले अधिकांश कार्यकाल निलम्बित रूपमै बिताएका थिए।