आज हरिबोधिनी एकादशी । याे एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठूलो एकादशी पनि भनिन्छ । हिन्दू धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ।
यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ । भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा आज गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने कुराको उल्लेख गरिएको छ। यस दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने कुरा भगवान् कृष्णले युधिष्ठिरलाई बताएका छन् ।
बुढानीलकण्ठ मन्दिरमा आजबाट ५ दिन एकादशी मेला लाग्दैछ । बुढानीलकण्ठ नगरपालिकाले एकादशी मेलाको भव्य तयारी गरेको जनाएको छ । नगरपालिकाका मेयरको संयोजकत्वमा बनेको १००१ तयारी समितिले एकादशी मेलाको आवश्यक तयारी गरेको एक पत्रकार सम्मेलन गरेर बताइएको छ । बुढानीलकण्ठमा हरेकवर्ष मंसिर ७ गते देखि ११ गतेसम्म ‘हरिबोधनी एकादशी’ (तुलसी विवाह) मेला पर्व सन्चालन हुँदै आएको छ । यसवर्ष झनै भव्य र व्यवस्थित मेला हुने नगरपालिकाले जनाएको छ ।
मेलालाई विशेष महत्वका साथ मनाउनका लागि नगरपालिकाले आज हरिबोधनी एकादशीको दिन स्थानीय पर्व बिदाको घोषणा गरेको छ । नगरपालिकाले बुधबार एक सूचना प्रकाशित गर्दै मंसिर ७ गते नगरपालिका एवम् अन्तर्गतका कार्यालय र शैक्षिक संस्थाहरूमा पर्व विदा दिइएको बताएको छ । नगरपालिकाले बिदा दिइएकोले नगरपालिकाका सबै सेवा बन्द हुने बताउँदै बिदा हरिबोधनी एकादशी मेला भर्नका लागि दिइएको पनि उल्ल्लेख गरेको छ ।
मेला व्यवस्थापनका लागि नगरप्रमुख श्री मिठाराम अधिकारीको संयोजकत्वमा १००१ सदस्यीय मेला सञ्चालन तथा व्यवस्थापन मूल समारोह समिति तथा १३ वटा विषयगत उपसमितिहरु गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । समितिहरू यसप्रकार बनाइएकाे छ ।
१. श्री अनिता लामा,
उपप्रमुखः अनुगमन तथा अतिथि सत्कार उपसमिति, संयोजक
२. श्री विकास तामाङः
मेला सञ्चालन तयारी उपसमिति, संयोजक
३. श्री योगराज खतिवडाः
शान्ति सुरक्षा उपसमिति, संयोजक
४ . श्री मठाधीश निगमानन्दः
पुजा व्यवस्थापन उपसमिति, संयोजक
५. श्री आकाश धितालः
आर्थिक तथा बजार व्यवस्थापन उपसमिति, संयोजक
६. श्री कृष्णप्रसाद लामिछानेः
स्वयंसेवक उपसमिति, संयोजक
७. श्री कुमारप्रसाद दाहालः
स्वास्थ्य उपसमिति, संयोजक
८. श्री गोपाल कार्कीः
यातायात व्यवस्थापन उपसमिति, संयोजक
९. श्री सुशिला कठायतः
सरसफाई उपसमिति, संयोजक
१०. श्री महेश श्रेष्ठः
प्रचार प्रसार उपसमिति, संयोजक
११. श्री लक्ष्मण खङ्काः
स्थान व्यवस्थापन उपसमिति, संयोजक
१२. श्री उत्तम पौडेलः
सचिवालय सजालन उपसमिति, संयोजक
१३. श्री गंगालाल महर्जनः
नगर स्काउट परिचालन उपसमिति, संयोजक