– अधिवक्ता निर्मला उपाध्याय/लेख
ईश्वरीय शक्तिमा आस्था र बिश्वास राख्ने मान्छेहरुमा धेरै शक्ति देखिने कुरा होइन बिश्वास गर्ने कुरा हो । मान्छे धेरै दुखी र चिन्तित हुन्छ । ईश्वरीय शक्तिले प्रेरणा, सहारा र हिम्मत दिन्छ । उ एक्लै हुँदा पनि बिचलित हुँदैन । तर जो मान्छे ईश्वर वा भगवानमाथी बिश्वास गर्दैन उ दुःख र चिन्ताले घेरिएको बेला आफुलाई एक्लो महसुश गर्दछ, आत्तिन थाल्दछ र बेसहारा हुन्छ । हिन्दुहरु भगवान वा देवी देवतालाई पुकार्रछन् । मुस्लिमहरु अल्लाह र क्रिश्चियनीहरु इशुलाई पुकार्छन् ।
सबैलाई आ-आफ्ना धर्मप्रति आस्था र बिश्वास हुन्छ । जसले श्रद्धा र बिश्वास गरेर भगवानलाई मान्दछन् त्यस्ता ब्यक्तिहरुलाई ईश्वरले कुनै रुपमा कसैको बाणीमा कसैद्धारा सहयोग र सहारा दिएको हुन्छ । त्यस्तो महसुस हुन्छ । जस्तै हावा चलेको न चेलेको देखिँदैन तर महसुस गरिन्छ । जाडो र गर्मी पनि सजीव प्राणीलेमात्र महसुस गर्दछन । तर निर्जिब बस्तुले महसुस गर्न सक्र्दैनन् । उदाहरणका लागि मोवाईल तारसँग जोडिएको हुदैन तर इन्टरनेट साईन्सको शक्तिले देश विदेशका
ब्यक्तिहरुसँग कुराकानीमा मात्र होइन उसको प्रत्यक कृयाकलाप देख्न सकिन्छ । के यो कुनै शक्ति होइन र ? भगवानमा आस्था राख्नेहरुको पनि भगवानसँग सम्बन्ध जोडिएको हुन्छ । मान्छे आस्तिक होस वा नास्तिक तर सबै भगवानका सन्तान हुन । भगवानले सबैलाई माया गर्छन् । भगवानले सबैलाई मौका र साहारा दिएका हुन्छन । सन्तान राम्रो भए पनि, नभए पनि आमाबाबुले दुबैलाई मायाँ गर्छन् ।
तर राम्रो सन्तानले आमा बुवालाई आदर र सम्मान गर्छन् । नराम्रो सन्तानले आमा बुवाको आदर सम्मान गर्दैनन् तिरस्कार गर्छन, हेला गर्छन् । ईश्वरीय शक्ति यो ब्रमाण्डमा निरन्तर बगिरहेको हुन्छ । जस्तै वायु नभएको कुनै ठाउँ हुँदैन । सजीब, सचेत प्राणी बिशेष मान्छेमा त्यो शक्तिको प्रवेश हुन्छ । हुन त शक्ति दुई प्रकारको हुन्छ । राम्रो शक्ति र नराम्रो शक्ति अर्थात नेगेटिभ पोजेटिभ । राम्रो शक्ति प्राप्त भयो भने त्यो मान्छे सकरात्मक काम तिर लाग्छ अन्यथा नकरात्मक कामतिर लाग्छ । आदिम कालदेखी देव र दानवको रुपमा वर्णन भएको पाईन्छ । त्यस्तै हाम्रो मनमा पनि दुई किसिमको बिचार हुन्छ । जस्तै एउटा मनले या काम गर भन्छ भने अर्को मनले गर्नु हुँदैन भन्छ ।
कहिँ कतै जाने काममा पनि एउटा मनले जाउ भन्छ भने अर्को मनले न जाउ भोली जाउला भनि टार्न खोज्छ । यसर्थ मनमा पनि द्वन्द्व चलिरहेको हुन्छ । यो ब्रमाण्डमा सकरात्मक नकरात्मक शक्तिहरु घुमिरहेको हुन्छ । हामीले सकरात्मक शक्तिलाई चिन्न सक्नुपर्छ ।
मान्छेहरु पनि सकरात्मक र नकरात्मक हुन्छन् । नकरात्मक ब्यक्तिहरु स्वार्थी, लोभी,पापी र अरुलाई दुःख दिने सताउने, सोझा सिधा ब्यक्तिहरुलाई दुख दिने, अनेकौ जालझेल गरेर स्वार्थ पुरा गर्ने, अरुलाई सहयोग गर्नुपर्ने अबस्था आयो भने लुक्ने, तर्कने, अनेकौ बहाना बनाएर सम्पर्क बिहिन हुने गर्छन् । त्यस्ता ब्यक्तिहरु भूत सरहका दुष्ट आत्माहरु हुन । आत्मा पनि दुई प्रकारको हुन्छ ।
पवित्र आत्मा र मृत आत्मा । पवित्र आत्मा जिबीत रहँदा पनि सहयोगी भावनाको हुन्छ, कसैलाई सताउने दुःख दिने गर्दैन । तर दुष्ट आत्मा जिउँदै पनि अरुलाई दुःख दिने, कसैको प्रगति हेर्न नसक्ने र दुःख दिन सक्ने जति अनेकौँ चालबाजी गर्ने हुन्छन् । ईश्वरीय शक्तिले यस्ता दुष्ट आत्मालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा दण्ड सजय दिएको हुन्छ, उसलाई महसुश हुने गरी ।
ब्रमाण्ड रचयिता ब्रम्हाजीले विश्वको रचना गरे, जगत पिता महादेवले समुन्द्र मन्थनबाट निस्केको हलाहल विषपान गरेर सम्पूर्ण जगतको रक्षा गरे । जगतको कल्याण गरेकाले जगत पिता कहलाए । जगतको पालन कर्ता हरी विष्णुले पापको नास र धर्मको रक्षा गरे । अनेकौ अवतार लिई प्राणीहरुको रक्षा गर्न दानवहरुको संहार गरे । विचार सुद्ध र पवित्र राख्यो भने ईश्वरले सदैब सहारा दिएको हुन्छ । कतिपय कुरा हामी थाहा पाउँछौ कतिपय थाहा पाउँदैनौ । यसर्थ यो संसारमा अदृष्य शक्ति र शक्ति हुन्छ । साईन्सले पनि यस्ता शक्तिहरुको पत्तालगाउन सक्दैन । हिन्दु धर्म सनातन धर्म हो । जसमा वेद, पुराण, गीता आदिका ज्ञानले अमूल्य र भरिपूर्ण छ ।
विज्ञानले पनि हिन्दु धर्म ग्रन्थका कुरामा बिश्वास गर्न थालेको छ । जस्तो गाईको दुध, गौमूत्र पवित्र र अमृततुल्य छ भनेर गाईलाई पुजनीय आमाको संज्ञा दिनुपर्छ भनेर स्वीकारेको छ । सूर्यको किरण जल आदिमा जीवन वरदानको शक्ति हुन्छ । पुजा गर्दा मनमा शान्ति र सविचारको संचार हुन्छ । जस्तो ठुलो दुख पर्दा पनि सहन सक्ने शक्ति बढ्छ । स्वार्थी, पापीहरुलाई चिन्ने शक्ति बढ्छ ।
यो संसार एक रंगमञ्च हो । यहाँ मान्छेहरु जन्मिन्छन, बढ्छन, संसारीक मायाँजालमा फसेर लोभ, लालचमा परेर आफ्नो अमूल्य जीवन बर्बात गर्छन । यो स्वार्थी दुनियाको छलकपटले गर्दा मानिस हरेक कुरामा पिल्सिएको हुन्छ, हरेक समस्या र पीडामा परेको हुन्छ । यस्ता छलीहरुले बोल्छन् एउटा, काम गर्छन अर्को । यिनीहरुको नौटंकी हेर्दा हेर्दै, बुझ्दा बुझ्दै, को हितैषी हो को स्वार्थी र दुष्ट हो चिन्न खोज्दा खोज्दै समय नै बितिसकेको हुन्छ ।
जन्मेपछि मृतु सत्य हो, यो सबैलाई थाहा छ तर जन्म मृतु बिचको जीबन बुझन पुरा जीवन नै लाग्दछ । आफ्ना भन्ने रिश्तेदारहरु स्वार्थ र देषले भरीपूर्ण हुन्छन । अहिले त सुखका सब साथी, दुःखका कोही न कोही हुने गरेका छन । कोही त यति निर्लज्ज हुन्छन् कि न जिउँदोको जन्ति न मर्दाको मलामी तर आफ्नो स्वार्थका लागि बेलामा मान न मान मै तेरा मेहमान बनी महिनौँ दुःख दिन्छन ।
गुण नै गुणले भरिएको मान्छे, मान्छे होइन देवता हुन्छन । स्वार्थ छलकपट र अवगुणले भरिएको मान्छे दानव हुन्छ । गुण पनि अलिअलि अवगुण पनि अलिअलि हुने मान्छे मानवको कोटीमा पर्छ । यसर्थ दानव र मानवमा एक अक्षर अर्थात दा र मा को फरक हुन्छ । तर कर्म भने धेरै फरक पर्छ । दानवले नराम्रो मात्रै गर्छ भने मानबले राम्रो धेरै गर्छ । यसरी हेर्दा मानव र दानव उस्का ब्यवहार र गतिबिधिले चिनिन्छ ।
भगवानलाई कसैले देख्न सक्दैनन् तर कतिपय मान्छेहरु भगवानलाई देखेको भन्छन् । तर प्रमाणित गर्न सक्दैनन् । त्यसैले कसैले विश्वास गर्दैनन् । जसले देखेको हुन्छ उसलाई मात्र अनुभव हुन्छ । त्यस्तै अदृष्य शक्तिमा भूतप्रेत पनि हुन्छ, पहिलाका पाका मान्छेहरुले भूतप्रेत देखेका कथाहरु सुनाउने गर्थे तर नदेख्नेले बिश्वास गर्देनथे । जस्ले देखेको छ उसलाई मात्र त्यो कुराको अनुभव हुन्छ ।
यसर्थ विचित्रको छ यो संसार । यहाँ रहस्यमयी कुराहरु धेरै छन् । पापीहरु पाप गर्छन, धर्मात्माहरु धर्मका लागि मानव सेवामा समय र सामर्थ्य लगाउँछन् । ईश्वर मान्नेहरुले पाप र धर्म छुट्याउँछन् । तर ईश्वर नमान्नेहरु न पाप मान्छन न धर्म मान्छन् । ‘मानो तो गंगा मा, न मानो तो बहता पानी’ । यो संसारमा राम्रा मान्छेहरु पनि छन्, नराम्रा मान्छे पनि छन् । राम्रा मान्छेको धर्मले यो पृथ्वी अडेको छ । तर पाखण्डिहरुले यो रंगिन संसारलाई बिगारेका छन् ।
यी पापीहरुले धर्मको नाममा ठगी गर्ने, सज्जनलाई दुख दिन गरेका छन । जस्ले गर्दा धर्मलाई बदनाम गरेका छन्, संस्कार संस्कृतिलाई बिगारेका छन । यहाँ मन्दिर जाने पुजा गर्नेहरु पनि धेरै छन, तर पवित्र र सच्चा दिलले पूजा गर्नेहरु थोरै छन् । तर ईश्वरमाथी आस्था राख्नेहरुलाई ईश्वरीय शक्तिले साथ दिएको हुन्छ । आफुमाथी र ईश्वरीय शक्तिमाथी बिश्वास गरेमा अवश्य पनि ईश्वरीय शक्तिको साथ, सहयोग र अनुकम्पा रहन्छ भन्नेमा सबैको चेतना होस । जय ईश्वरीय शक्ति परमेश्वर । अस्तु ।
-युवा हुङ्कारबाट