उसबेला निकै ठूलो धनराशी खर्चेर निर्माण गरिएको सेतो दरबारमा शौचालय बनाउन भने बिर्सिएको तथ्यहरू खुलेका छन् । बैठक कक्षको साजसज्जाका लागि मात्र एक करोड रुपैयाँ खर्चिएको उक्त दरबारमा शौचालय नभएको रहस्य एक सय २५ वर्षपछि मात्र खुलेको थियो ।
राणा प्रधानमन्त्री वीरशमसेरले बनाउन लगाएको उक्त दरबारलाई महंगो भएका कारण चन्द्रशमशेरले किन्न नसकेको इतिहासमा उल्लेख छ । तत्कालीन अवस्थामा दरबारभित्र शौचालय राख्ने प्रचलन नै नभएकाले नराखिएको बताइन्छ ।
लाल दरबार र सेतो दरबार किन्न हौसिएका चन्द्रशमशेरले सिंहदरबार बनाएका थिए । ती विशाल दरबारमा पनि शौचालय थिएन । त्यतिमात्र नभई राणा शासनका अवधिमा ४० भन्दा बढी दरबार तथा महलहरु बनाइए पनि शौचालय थिएनन भनेर इतिहासमा पढन् पाइन्छ ।
विगतमा शौचालय बनाउने प्रचलन नभएकाले दरबार भित्रै छुट्टै कोठा हुने गरेको त्यहीं शौच गर्ने प्रचलन रहेको थियो । शौचालय नभएकाले छुट्टै कोठामा राखिएको ढलौटको कोपरामा शौच गर्ने चलन रहेको र त्यसलाई सुसारेहरुले खाल्डोमा लगेर फ्यांक्ने गरेको इतिहासकारहरुले आफनो लेखहरुमा उल्लेख गरेका छन् ।
पछि मुख्तियार रुद्रशमशेर बेलायत गएका बेला शौचालय देखेकाले चारबुर्जा दरबार भित्र शौचालय बनाएका थिए । शौचका लागी छुट्टाइएको कोठा भित्र महिलाहरु पनि रहन्थे । उनीहरुले दिसा–पिसाब फयादिने गरेका थिए ।
वीरशमशेरको निधनपछि उनका जेठा छोरा गेहेन्द्रशमशेर बेलायतबाट फर्केपछि सेतो दरबारमा सेतो दरबारमा शौचालय बनाएका थिए । दरबारमा नुहाउनका लागी भने छुट्टै कोठा हुने गरेको र ठूलो गाग्रीमा राखिएको पानीलाई करुवाले उगाएर नुहाउने गरिन्थ्यो । २००७ साल पछि सरकारका स्वामित्वमा आएका दरबारहरुमा पछिमात्र शौचालय निर्माण भएको बताइन्छ ।