काठमाडौँ । भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचार प्रति पशुपति क्षेत्रविकास कोषले आपत्ति जनाएको छ ।एक सन्देश जारी गर्दै कोषले पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता नभएको दाबी गरेको हो ।
बुधबार भारतको जी न्यूजले जनरल बिपिन रावत के गांव में बन रहा हूबहू पशपतिनाथ जैसा मंदिर, नेपाल से आएंगे ‘शालीग्राम के शिवलिंग‘ शीर्षकमा समाचार छापेको थियो । यसका लागि काठमाडौंस्थित पशुपतिनाथ मन्दिर मन्दिरको लागि शालीग्राम पत्थरलाई शिवलिंग उपहार दिने निर्णय गरिएको उल्लेख छ।
तर सो समाचार छापिएपछि पशुपति क्षेत्र विकास कोषले विज्ञप्ति निकाल्दै भनेको छ : “समग्र हिन्दुहरूको मूल आस्थाको धरोहर पशुपतिनाथका विषयमा र मन्दिरको संरक्षक पशुपति क्षेत्र विकास कोषका विषयमा भारत र नेपालका केही सञ्चार माध्यमहरूमा प्रसारित तथा प्रकाशित भ्रामक समाचारप्रति कोषको ध्यानाकर्षण भएको छ ।”
जनरल रावतको गाउँ सैनको महाराष्ट्रको एक गैर सरकारी संगठन (एनजीओ) का प्रमुख निवरुत्ती यादवले भने कि काठामाडौंको मन्दिरले उत्तराखण्डमा पशुपतिनाथ मन्दिरको प्रतिकृतिमा नन्दीको एक मूर्ति, मन्दिरको लागि एक घण्टी र त्रिशूल पनि उपहार दिने निर्णय गरेको छ।
यादवले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि भेट गरी सैनको विकास निर्माणका कामका बारेमा जानकारी गराएका थिए । साईं मन्दिर काठमाडौंको पशुपतिनाथ मन्दिरको सानो प्रतिकृति हुनेबारेमा पनि उल्लेख गरेका थिए । यसरी प्रधानमन्त्रीसँग समेत भेटेपछि यस्तो समाचार आएको हो । यस समाचारको पशुपति क्षेत्र विकास कोषले खण्डन गरेको भए पनि समाचार आएको तीन दिन भइसक्दा पनि प्रधानमन्त्री कार्यालयले भने यस भेटको बारेमा कुनै खण्डन प्रकाशित नगर्नुले शंका पैदा भएको छ ।