काठमाडौं । काठमाडौंबाट छोटो बाटो सिन्धुपाल्चोक जाने मुख्य बिन्दु हो जहरसिंह पौवा । साँखुबाट बनैबन उकालो लागेपछि जहरसिंह पौवा पुगिन्छ । उतिबेला पनि काठमाडौं, साँखु, फटकसिला, चौतारा, जलबिरे, लिस्तीकोट, खासा, कुती हुँदै लाह्सा तिब्बत जाने मूल बाटो थियो यो। ३ दशकअघिसम्म डाँडाको पौवामा रहेको आउनेजानेहरूका लागि पिउने पानीलगायत वार्षिक भोज खुवाउने व्यवस्थाका लागि गुठीसमेत राखिएको थियो।
पौवा बनेको इलाकामा करिब १०० रोपनी र हाल सिन्धुपाल्चोक फटकसिलाको पञ्चपाले भन्ने ठाउँमा १५० रोपनी खेत त्यस पौवाको नाममा गुठी रहेको थियो। हाल ती सबै जमिन कता पुगे? खोजी हुँदै छ। जहर सिंह पौवा बजारमा करिब तीन आना जति जग्गा बाँकी छ, जसमामहिलाहरूलेभवनबनाईउपयोगगरेकाछन्।
करिब तीन दशकअगाडिसम्म स्थानीयलाई इतिहास नसुनाइँदा र प्रमाण नदेखाइँदा सो इलाकाका तामाङ समुदायमा राजाले घोडा चढी आएका जारलाई काटेको स्थान भएकाले ‘जारसिंह पौवा’ भएको भन्ने जनविश्वास रहेछ। पछि प्रमाण बुझेपछि सो कुरा हरायो।
काजी जहरसिंह बस्न्यातले बनाएको पौवाको नामबाट सो स्थानको नाम ‘जहरसिंह पौवा’ हुनगएकोहो।त्योभन्दाअगाडियसक्षेत्रलाईसाँगाचोकभनिन्थ्यो।काठमाडौंबाट साँखु पुगेर करिब ७ किमि उत्तरडाँडोमा जहरसिंहपौवा नामको सानो बजार छ। जहाँबाट मेलम्ची जाने मोटर बाटो जान्छ।यो अहिले पर्यटकीय स्थल बनेको छ।
नेपाल एकीकरण युद्धको सिलसिलामा यही जहरसिंह पौवाभन्दा करिब २ किमि उत्तर–पश्चिमको ‘द्वारे टोल’ मा प्रधान सेनापति शिवराम सिंह बस्न्यातको नेतृत्वमा काठमाडौं र भक्तपुरका सेनासँग लडाइँ हुँदा शिवराम सिंहलगायत धेरै गोर्खाली सेनाले १८०३ फागुन ५ गते वीरगति पाए। त्यस बखत प्रधान सेनापति काजी शिवराम सिंह ३३ वर्षका थिए।
शिवराम सिंहका माहिला छोरा प्रधान सेनापति केहर सिंह बस्न्यातका जेठा छोरा मन्त्री काजी जहरसिंह बस्न्यातले आफ्ना स्वर्गीय बाजे शिवराम सिंहको स्मृतिमा भव्य पौवा निर्माण गरे। साथै यसको करिब तीन सय गज उत्तर डाँडोमा ठुलो बुद्ध चैत्य (माने) समेत बनाइदिए। जसलाई पछि पनि ‘काजी माने’ भनिन्थ्यो। यहाँ हाल शिवरामसिंह बस्न्यातको सालिक बनेको छ भने त्यसको दक्षिणपट्टि नयाँ माने बनेको छ। त्यही मानेको नजिक ‘काजी माने’ थियो। यो सालिक प्रधान सेनापति पूर्णचन्द्र थापाले शिल्यान्यास गरी प्रधान सेनापति प्रभुराम शर्माले अनावरण गर्नुभएको हो।