काठमाडौंको दक्षिणी भेगमा पर्ने खोकना पुल नेपालको पुरानो पुलमध्येको एक हो । ललितपुरको खोकनाबाट काठमाडौंको चाल्नाखेल जोड्ने खोकनाको झोलुङ्गे पुल वि.सं. १९६० मा बनेको थियो । यो पुलको डिजाइन लुइस हार्परले गरेका थिए भने नेपालमा यसको सम्पूर्ण निर्माण कार्य इञ्जिनियर कुमार नरसिंह राणाले नै गरेका थिए । सुनिल उलकका अनुसार बागमती नदी माथि बनेको यो तेश्रो पुल हो ।
त्यसबेला चार फुट चौडाइको यो पुल कति लामो बनेको थियो भन्ने केही देखिदैन । तर वि.सं २०२५ सालमा यो पुललाई पूनर्निर्माण गर्दा केही पुराना सामग्री तथा केही नयाँ सामग्रीबाट पुल तैयार गरे पछि भने यो पुलको लम्बाइ करिव ४०० फुटको रहेको छ ।
यो पुल बनिसकेपछि यस पुलको चर्चामा एउटा काव्यनै तयार भएको थियो सो पुल बन्नुभन्दा पहिले खोकनावासी दक्षिणकाली जाँदा हात्तीवनहुँदै जानुपर्ने गरेको उल्लेख सो काव्यमा उल्लेखग रिएको छ। यसमा चन्द्र शमशेरले आफ्नो चर्चा पनि गरेका छनन् । भूचन्द्र चन्दिका चित्रकाव्यमा विसं १९७० मा छापिएको यो काव्यमा प्रजाहरू घनघोर वर्षामा साह्रै दु:खी भएको उल्लेख गरिएको छ ।