हिमालयको सृजनापछि भगवान्का अगाडि एउटा नयाँ समस्या उपस्थित भयो । हिमालय त्यति विस्तृत, उच्चऔसुन्दरभएतापनित्यसकोउपयोगगर्नेतथाअन्यकुनैजीवात्मासँगत्यसकोसम्बन्धस्थापितगर्नेत्यहाँकुनैव्यक्तिथिएन।तसर्थ भगवान्ले त्यस विपुल हिमपुञ्जमा बोखोपी नाम गरेको एकजना मानिसको सृष्टि गरेर साथै सन्त सुरुख नाम गरेकी उसकी स्त्रीको पनि।
बोखोपी र सन्तसुरुखको दाम्पत्य जीवनका सिलसिलामा एउटी छोरीले जन्म पाई । उनको नाम रह्यो सुम्निमा । ऊ वृन्दावनमा बस्तथी । आफूलायक कुनै जीवन नभएको त्यस प्रायः एकान्त औ निर्जन स्थानमा सुम्निमा केवल पक्षीहरूसँग हिंडडुल गर्दथी, तिनीहरू नै उसका साथीसंगी थिए । ऊ आफ्ना ती साथीहरूको भाषा बुझ्दथी, तिनीहरूसँग ऊ कुराकानी पनि गर्दथी । एकमात्र प्रकृतिको संसर्गमा हुर्केकी सुम्निमा सुस्तरी–सुस्तरी युवती भई ।
तैपनि ऊ केवल चरा–चुरुङ्गीहरूसँग यो वन — त्यो वन तथा वनको एक छेउदेखि अर्को छेउसम्म घुम्न पाउँथी । त्यतिखेर स्वभावतः उसका मनमा कुनै एकजना पुरुषको सहज इच्छा जागृत हुन्थ्यो तर त्यहाँ कुनै पुरुष थिएन । यसै अभावमा भित्रभित्रै पिल्सिरहेकी सुम्निमाका दृष्टिमा एक दिन एकाएक एक जना पुरुष देखापर् यो । पुरुष आकाशबाट पृथ्वीमा आएर वन–जङ्गलतिर घुमिरहेको थियो । ऊ निकै हृष्टपुष्ट थियो, खुबै आकर्षक, खुबैलायक।उसको शरीरमात्र देख्नासाथ पनि सुम्निमा ऊ प्रति मोहित भई।ऊ थियो पारुहाङ।
पारुहाङ सुम्निमाका विषयमा केही पनि जान्दैनथ्यो । सुम्निमा आफूप्रति आकर्षित भएको कुरा त के विचराले उसलाई देखेकोसम्म पनि थिएन । तसर्थ सुम्निमालाई एकपल्ट आफ्नो अनुहारसम्म पनि नदेखाएर ऊ आफ्नो बाटो लाग्यो । सुम्निमाले ऊसँग भेट्ने मन गरेकी थिई तर भाग्यले उसको धोको पूरा हुने मौका दिएन । जे होस्, पारुहाङको दर्शनको कामना सुम्निमाको मनमा सदा बिझिरहने एक मधुर काँडाकै रूपमा रहिरह्यो । उसले जसरी भएपनि पारुहाङसँग सम्पर्क स्थापित गर्न चाही तर कुन उपायले ऊसँग भेटने हो ? यो सुम्निमाका लागि एउटा समस्यै थियो । अन्त्यमा उसले आफ्ना साथीहरूसँग सल्लाह माँगी ।
चराहरूले भने — “ पारुहाङको घर आकाशमा छ । ऊ हावाबाट आउँछ र हावाबाटै माथि जान्छ ।”
साथीहरूलेसुम्निमालाईआशादेखाए — “ हावासँग कुरा गर्न सक्छ्याै भने उसैमार्फत समाचार पठाउँदा पारुहाङ कहाँ पुग्छ ।” प्रकृति–पुत्रीजस्ती सुम्निमा हावासँग पनि कुरा गर्न सक्तथी ।
साथीहरूले दिएको उपाय सुन्नुमात्र थियो उसले तत्काल अनुरोधपूर्वक हावालाई आफ्नो काममा लगाइहाली ।
हावालेतुरुन्तैपारुहाङकहाँगएरऊसँगपृथ्वीकाएउटीतरुनी– सुम्निमा ऊसित विवाह गर्न चाहन्छे भन्ने खबर पुर् याइदियो । यो कुरा सुनेर पारुहाङ अत्यन्तै खुशी भयो र आफूलाई एउटी सुन्दरीको वर बनाइन पाइने हर्षमा हावा सँगसँगै पृथ्वीमा ओल्र्यो । पृथ्वीमा पुग्नासाथ ऊ सरासर सुम्निमा बसेको ओढारमा गयो ।
तर अफशोस, काम कुरो मिल्न सकेन । सुम्निमा जति सुन्दर थिई, पारुहाङ उत्तिकै कुरूप थियो । केवल शरीरको गठन देखेर आकर्षित भएका सुम्निमाकालागि पारुहाङको च्याप्टो, कालो र ससाना आँखाहरूले रूप बिगारेको अनुहार एक किसिमको धोखा साबित भयो । पारुहाङलाई देखेर सुम्निमाका हृ दयमा प्रेमको बदला सहसा भय उत्पन्न भयो ।
विचरी उसका सामुमा उभिनसम्म पनि सकिन र भागेर गई । अर्कातिर उस्तै पारुहाङलाई पनि नराम्रो चोट पर् यो । विवाहको सुखद लालचमा आकाशबाट ओर्लिने भएको विचरो फुस्सामा पर्ने देखियो । उसलाई एकातिर घोर लज्जाको अनुभव भयो भने अर्कोतिर उसको पौरुषत्वप्रति यो एक प्रकारको साह्रै ठूलो अपमान पनि थियो । अपमानित पारुहाङले हावालाई भन्यो — “ तिमीले गर्दा सुम्निमासँग विवाह गर्न भनेर म पृथ्वीसम्म आएँ, सुम्निमा भने मेरो अगाडिसम्म पनि पर्दिन ! कस्तो सरमलाग्दो कुरो हो ! तर म पनि आफूले सकेको नगरी त कहाँ छाड्छु र ! ”
यतिभनेरआहत — अपमानित पारुहाङले गएर सुम्निमा बस्ने जङ्गलको प्रायः जम्मै पानी सुकाइदियो । तरल पदार्थका नाममा केवल एउटा कर्कलाको पातमा विशेष प्रकारले अलिकतिमात्र शेष राखेर ऊ आकाशमा उडेर गयो ।
पिउनेपानीनपाएपछिजङ्गलकासबैप्राणीहरूतिर्खालेसताइनथाले।सुम्निमापनिहर्हरभई।उसलेयताउतिकासाराखोल्सा– खोल्सीहरूमा गएर आफ्नो प्यास मेट्न खोजी तर कतै एक थोपा पनि पानी थिएन । उसले आफ्ना साथीहरू — न्याउली, कुथुर्के लाहाँचे, चाँचर, भ्याकुरो, चिबे, जुरेली, ढुक्कुर, हलेसो, च्याखुरा, प्यूरा आदिलाई पानी खोज्न पठाई । लाहाँचेले रूखको टोड्कामा अलिकता पानी भेट्टायो तर आफै तिर्खाले हर्हर भैरहेको त्यस विचरोले त्यति पानी आफ्नै तिर्खा मेट्न खाइदियो । चिबेले कर्कलाको पातमा अलिकति पानी भेट्ट ायो । उसले चाहिँ इमानदारी साथ त्यो पानी सुम्निमालाई ल्याइदियो । तिर्खाले साह्रै आतुर भैरहेकी सुम्निमाले पानी भेट्टाउनसाथ आँखा चिम्लेर पिइहाली ।
सुम्निमा विचरी त्यो पानी पिएको महिना दिनपछि नै थला परी । यस बिमारीले एउटा अनौठो कुरा हुनगयो । सुम्निमा के कारणले बिरामी भैछ भनेर चुइयाँ, बगेरो, लाटोकोसेराहरूले जोखाना हेर्दा
कर्कलाको पातको पानी खास पानी नभई पारुहाङले टुना गरी छोडेको एक प्रकारको ओखती पो रहेछ र यसैको प्रभावले गर्दा पो विचरी बिरामी भएकी रहिछ भन्ने पत्ता लाग्यो । अब के गरे सन्चो हुन्छ ? भनेर सोच्दा सुम्निमाका साथीहरूले भने — “ स्वयं पारुहाङलाई झिकाएर उसैले औषधि—उपचार गरेमात्र सन्चो हुन सक्तछ ।”
साथीहरूकोसल्लाहअनुसारविचरीसुम्निमालाईफेरिएकपल्टहावालाईबोलाएरपारुहाङलाईझिकाउनकरैलाग्यो। सुम्निमाको सौन्दर्यले आकर्षित तथा उसको व्यवहारले अपमानित पारुहाङ पनि यही दाउ पर्खेर बसेको थियो । हावाद्वारा समाचार पाउनासाथ ऊ पृथ्वीमा ओर्लिहाल्यो । साथै उसले जडी—बुटीको उपचारद्वारा सुम्निमालाई निको पनि पारिदियो । गुन लाएकाले सुम्निमाले पारुहाङलाई आफ्नू पति मानी ।
सुम्निमालेएकैचोटीपाँचवटाछोराछोरीजन्माई।बच्चाहरूपनिअनौठैभए — जेठो बाघ, माहिलो मानिस (हेन्कम्बु), साहिंलो भालु, काहिंलो चितुवा र कान्छो कुकुर ।
आकाशनिवासी पारुहाङ आकाशमै फर्किसकेको थियो, सुम्निमा पनि अब एक्लै थिइन । ऊ आफ्ना पाँच भाइ छोराहरूका साथ आनन्दपूर्वक बसी ।