-
बद्रीनाथ कायस्थ
यही आउने मंसिर २० गते बुधबारको सॉझबाट मंसिर २१ गते बिहीबार रातिसम्म श्री पशुपतिनाथ क्षेत्रमा अवस्थित गुह्येश्वरी शक्ति पीठमा गुह्येश्वरी जात्रा भव्यरूपमा सञ्चालन हुँदैछ । यो जात्रामा सहभागी भई धेरैभन्दा धेरै भक्तजनहरूले शक्ति प्राप्त गर्न सफल होस् । यो जात्रा कछला गा नवमी सॉझपखबाट सुरु भएर कछला गा दशमी तिथिको सॉझपखसम्म तान्त्रिक विधि विधानअनुसार भव्य शक्ति पूजा भई, अखण्ड दीपज्वाला बाली , खटमा मूर्ति राखी गुह्येश्वरीबाट पशुपतिनाथ हुँदै काठमाडौंको तलेजु भवानीमा पुर्याएर जात्रा समाप्त हुन्छ ।
यस जात्रामा खटमा राखिने मूर्ति हनुमान ढोका तलेजु भवानीको मूल ढोकाबाट बाहिर निकालेर खटमा राखेपछि राम्रो दर्शन हुन्छ । यस मूर्तिलाई सानो खटमा राखेर सानो बाजागाजाका साथ गुह्येश्वरीका गुठीयारहरूले बोकेर गुह्येश्वरी शक्ति पीठमा लगेर राखिन्छ । सॉझपख गुह्येश्वरी शक्ति पीठमा राखेपछि सो रातदेखि भोलिपल्ट दिउँसो करिब पाँच बजेसम्म सो मूर्तिलाई गुह्येश्वरी शक्तिपीठमा राखेर पशु बलि चढाएर भव्य शक्ति पूजाहरू गरिन्छ ।
भोलिपल्ट सॉझतिर पूजामा चढाइएको सम्यह्यबजी सबैलाई बॉधेर खुवाउने चलन छ । यो प्रसाद ग्रहण गर्नाले थप शक्ति प्राप्त हुन्छ भन्ने मान्यता छ । सम्हय बजी खाइसकेपछि मूर्तिलाई पीठबाट निकालेर सिंगारेको खटमा राखिन्छ । यसरी मूर्तिलाई सिंगारेको खटमा राखेपछि गुह्येश्वरी मन्दिर परिसरमा एक छिन् रमाइलो गरी घुमाउने गरिन्छ । यसरी रमाइलो गरेपछि गुह्येश्वरी जात्रा गुह्येश्वरीबाट सुरु भई पशुपतिनाथको पश्चिम ढोकाबाटभित्र लगेर पशुपतिनाथको मन्दिर घुमाएर हनुमान ढोकातिर लाग्छ । सो खट काठमाडौं हनुमान ढोकामा अवस्थित तलेजु भवानीको मूल ढोकाबाटभित्र लगिन्छ । यसरी यो दुई दिनको गुह्येश्वरीको जात्रा सम्पन्न हुन्छ । यस्लाई भव्य र रम्य बनाउन हामी सबैको सहभागिताको जरुरत छ ।
गुह्येश्वरी शक्ति पीठको जात्रा नेपाल सम्बत् ७७४ ९ विक्रम सम्बत् १७११० सालतिर राजा प्रताप मल्लको पालामा वार्षिक जात्रा चलाउने सुरु भयो भन्ने मान्यता छ । तर गुह्येश्वरीको वार्षिक जात्रा चलाउन राजा जगज्जय मल्लले नेपाल सम्बत् ८५२ ९ विक्रम सम्बत् १७८९ ० सालमा जात्रा गर्ने खट र जात्रा गर्न खटमा राखिने गुह्येश्वरीको मूर्ति निर्माण गरी रथारोहण गराई जात्रा चलाए भन्ने उल्लेख भएको छ ।
यो कछला गा नवमी र दशमी तिथि ९ मंसिर कृष्ण पक्ष नवमी र दशमीको दिन ० मा तान्त्रिक विधि विधानअनुसार शक्ति पूजाहरू गर्ने, अखण्ड दीप ज्वाला बाल्ने, खटमा जात्रा गर्ने, कर्मचारी गुठी राख्ने, इत्यादि राजा जगज्जय मल्लका देन हुन भनिन्छ । यसरी यो खट जात्रा भएको करिब करिब ३०० ९ तीन सय वर्ष ० वर्ष भएको मान्न सकिन्छ । यसरी हेर्दा यो ठूलो माहात्म्य र महत्वपूर्ण गुह्येश्वरी शक्ति पीठको गुह्येश्वरी जात्रा अरू शक्ति पीठहरूको जात्राभन्दा धेरैपछि मात्र नेपाल मण्डलमा सुरुआत भएको पाइन्छ ।