-
बद्रीनाथ कायस्थ
काठमाडौं । नेवाः समुदायबाट मान्यता प्राप्त दश ( १० ) दर्शन र सिद्धान्तहरुमध्येको एक महत्वपूर्ण दर्शन र सिद्धान्त अनुसार शवित पीठहरुलाई शक्तिको श्रोत मानिन्छ । आज म यही शक्तिको श्रोत शक्ति पीठहरु उपत्यकामा कहाँकहाँ अवस्थित छन् भन्ने बारेमा यहाँ उल्लेख गरिएको छ।
१॥ नेपाल मण्डलमा शक्ति पीठहरु मुख्य रूपमा दुई प्रकारका छन् । पहिलो दश महाविद्याहरुको शक्ति पीठहरु र दोस्रो अष्ट मातृकाहरु को शक्ति पीठहरु हुन । यसबाहेकका अन्य शक्ति पीठहरु के हुन प्रष्ट रुपमा बुझ्न जरुरी छ ।
२। श्री गुह्येश्वरी शक्ति पीठः सतीदेवीको अंग पतन भएर उत्पवित भएको पचास शक्ति पीठहरु मध्येको एक पहिलो र महत्वपूर्ण श्री गुह्येश्वरी शक्ति पीठ हुन ।
३॥ गुह्येश्वरी शक्ति पीठ मा शवित साधना गरी र शक्ति पूजाहरु गरी पशुपतिनाथ क्षेत्र मा दश महाविद्याहरु को शक्ति पीठहरु स्थापित भएका छन ।
— १। काली गुह्येश्वरी शक्ति पीठ मा कालीको निराकार अलौकिक शक्ति भएको मान्यता छ ।
—२। तारा नील सरस्वती मा दश महाविद्या मध्येको तारा को शक्ति भएको मान्यता छ ।
—३। षोडशी राजराजेश्वरी शक्ति पीठ मा दश महाविद्या को मध्येको एक षोडशी को शक्ति भएको मान्यता छ ।
—४। भुवनेश्वरी भुवनेश्वरी शक्ति पीठ मा दश महाविद्या को शक्ति भएको मान्यता छ ।
—५। भैरबी जय मंगला शवित पीठ मा दश महाविद्या मध्येको एक भैरबी को शक्ति भएको मान्यता छ ।
—६। छिन्नमस्ता झंकेश्वरी शक्ति पीठ मा दश महाविद्या मध्येको एक छिन्नमस्ता को शक्ति भएको मान्यता छ ।
—७। धुमावती बनकाली शक्ति पीठ मा दश महाविद्या मध्येको एक धुमावती को शक्ति भएको मान्यता छ ।
—८। बगलामुखी पिंगलमाई शक्ति पीठ मा दश महाविद्या मध्येको एक बगलामुखी को शक्ति भएको मान्यता छ ।
—९। मातंगी जयबागेश्वरी शक्ति पीठ मा दश महाविद्या मध्येको एक मातंगी को शक्ति भएको मान्यता छ ।
—१०। सिद्धिलक्ष्मी बत्सलेश्वरी शक्ति पीठ मा दश महाविद्या मध्येको एक सिद्धिलक्ष्मीको शक्ति भएको मान्यता छ ।
४॥ गुह्येश्वरी शक्ति पीठमा शक्ति साधना गरी नेपाल मण्डलको चारै दिशाहरुमा छिन्नमस्ता ( झंकेश्वरी ) शक्ति पीठहरु को रुपमा चार शवित पीठहरु स्थापना भएका छन् ।
—१। पूर्वमा बनेपा मा अबस्थित श्री चण्डेश्वरी शक्ति पीठ ।
—२। दक्षिण फर्पिंगमा अबस्थित श्री झंकेश्वरी शक्ति पीठ ।
—३। पश्चिम तोखामा अबस्थित श्री चण्डेश्वरीशक्ति पीठ ।
—४। उत्तर चॉगुमा अबस्थित श्री छिन्ननस्ता शक्ति पीठ ।
५॥ गुह्येश्वरी शक्ति पीठ मा शवित पूजाहरु र शक्ति साधना गरी उपत्यकाको चारै दिशाहरु मा तारा ( बज्रयोगिनी , खड्गयोगिनी , नीलसरस्वती, उग्रतारा , आदि नामबाट शक्ति पीठहरु स्थापना भएका छन ।
—१। उत्तर सॉखुमा बज्रयोगिनी शक्ति पीठ अबस्थित छन ।
—२। पूर्ब नालामा उग्रतारा शक्ति पीठ अबस्थित छन ।
—३। दक्षिण फर्पिंगमा खड्गयोगिनी शक्ति पीठलाई मान्न सकिन्छ ।
—४। पश्चिममा अध्ययन गर्न बॉकि नै छ ।
६॥ त्यस्तै गुह्येश्वरी शक्ति पीठमा शक्ति साधना गरी उपत्यकाको चारै दिशामा काली ( हरसिद्धि, सिकाली , धूलिखेल भगवती, आदि शक्ति पीठहरु लाई लिन सकिन्छ ।)
—१। पूर्वमा हरसिद्धि शक्ति पीठ
—२। दक्षिणमा सिकाली शक्ति पीठ
७॥ पशुपतिनाथ क्षेत्रमा अबस्थित दश महाविद्याहरुको शक्ति पूजाहरु र शवित साधना गरी सिद्धि प्राप्त हाम्रा पुर्खाहरुले तान्त्रिक बिधि अनुसार शक्ति उत्पन्न गराई नेपाल मण्डलमा अबस्थित सबै जस्तो शहरहरुमा तावित्रक विधि अनुसार पशुवलि चढाएर शवित पूजाहरु र शक्ति साधना गरी सिद्धि प्राप्त गरेका हाम्रो पुर्खाहरुले उपत्यकावासीहरुको सुबिधाको लागि शहरको बिभिन्न स्थानहरुमा शवित पीठहरु स्थापित गरेको पाईन्छ ।
७।१। त्यसै क्रममा भक्तपुर शहरको बिभिन्न स्थानहरु मा दश महाविद्याहरुको शक्ति पीठहरु स्थापित भएका छन ।
—१। काली भद्रकाली शक्ति पीठ, यसिंख्योमा अबस्थित छन् । जस्लाइ नकिंजु अजिमा पनि भनिन्छ ।
—२। तारा चुपीं घाट पारी अबस्थित पाषाण नीलसरस्वतीलाई तारा शक्ति पीठको मान्यता छ ।
—३। षोडशी तुलाछें टोलमा अबस्थित त्रिपुरा सुन्दरी शक्तिपीठलाई षोडशी शक्ति पीठको मान्यता छ ।
—४। भुवनेश्वरी टौमढी टोलमा अबस्थित पीठलाई भुवनेश्वरी शक्ति पीठको मान्यता छ ।
—५। भैरबी खलॉटोलमा अबस्थित भौध्वाखा शक्ति पीठलाई भैरबी शक्ति पीठको मान्यता छ । यस्लाई खुशि अजिमा पनि भनिन्छ ।
— ६। छिन्नमस्ता टौमढी टोलमा अबस्थित चण्डिका द्यः लाई छिन्नमस्ता शक्ति पीठको मान्यता छ ।
—७। धूमावती टिबुक्छेंमा अबस्थित दुरुपो द्यः लाई धुमावती शक्ति पीठको मान्यता छ ।
—८। बगलामुखी ईन्द्रायणी पीठ संगसंगै रहेको शक्ति पीठलाई बगलामुखी शक्ति पीठको मान्यता छ ।
—९। मातंगी दरबार स्क्याएर इपाछेंमा अबस्थित कलंद्योलाई मातंगी शक्ति पीठको मान्यता छ ।
—१०। सिद्धिलक्ष्मी भोलाछें टोलको दुगुमलामा अबस्थित भूखाद्यो पृथ्वी मातालाई सिद्धि लक्ष्मी शक्ति पीठको मान्यता छ ।
७।२। त्यस्तै पाटन शहरको बिभिन्न स्थानहरुमा दश महाविद्याहरु को शक्ति पीठहरु स्थापित भएका छन् ।
—१। काली टंगल टोल तः बहाल बाहिर मनकामना नामबाट पनि परिचित काली शक्ति पीठ छन् ।
—२। तारा पुल्चोक हाईटमा अबस्थित बज्रयोगिनी । खड्ग योगिनीलाई तारा शक्ति पीठको मान्यता छ ।
—३। राजराजेश्वरी चक्र बहाल ( चाकु बहाल ) मा अबस्थित बालकुमारी शक्ति पीठमा साथसाथै राजराजेश्वरी शक्ति पीठ पनि रहेको मान्यता छ ।
—४। भुवनेश्वरी नक बहिलमा अबस्थित शक्ति पीठलाई भुवनेश्वरी शक्ति पीठको मान्यता छ ।
—५। भैरबी बालुखाटोलमा अबस्थित शक्ति पीठलाई भैरबी शक्ति पीठको मान्यता छ ।
—६। छिन्नमस्ता मंगलबजार मोमडु गल्लीमा अबस्थित शक्ति पीठलाई छिन्नमस्ता शक्ति पीठको मान्यता छ ।
—७। धुमावती धुमावती बहालमा अबस्थित शक्ति पीठलाई धुमावती शक्ति पीठको मान्यता छ ।
—८। बगलामुखी कुम्भेश्वर कोवितयमा सर्बेश्वर शिवलिंगको दक्षिण दिशामा अबस्थित शक्ति पीठलाई बगलामुखी शक्ति पीठको मान्यता छ ।
—९। मातंगी स्वथ टोलमा अबस्थित शक्ति पीठलाई मातंगी शक्ति पीठको मान्यता छ ।
—१०। सिद्धिलक्ष्मी गाबहालमा अबस्थित पूर्णचण्डी शवित पीठलाई सिद्धिलक्ष्मी शक्ति पीठको मान्यता छ ।
७।३। त्यस्तै काठमाण्डौ शहरको बिभिन्न स्थानहरुमा स्थापित दश महाविद्यालयको शक्ति पीठहरुको निविचत निर्धारण गर्न थप अध्ययन र अनुसन्धान हुनु पर्ने आबश्यकता देखिन्छ । तर हाललाइ यी शक्ति पीठहरु दश महाविद्याहरु भएको देखिएको छ ।
—१। काली काठमाण्डौ नरदेबीमा अबस्थित न्यतभुलु अजिमा द्य, जस्लाइ श्वेतकाली वा नरदेबी पनि भनिन्छ । सो दश महाविद्या मध्येको एक काली शक्ति पीठ भएको मान्यता छ ।
—२। तारा न्हेकंतला टोलमा अबस्थित न्हेकंतला भुलु अजिमा द्य लाई दश महाविद्या मध्येको तारा शक्ति पीठको मान्यता छ ।
—३। राजराजेश्वरी लगनटोलमा हाल कुनै शक्तिपीठ देखिंदैन । तर लगनटोल नजिकै पलॉचोक भगवती अबस्थित छन् । यही लगंभुलु अजिमा द्य हो भन्ने भनाइ छ । यस्लाई नै राजराजेश्वरी शक्ति पीठ हो भन्ने केहीको भनाइ छ । यो कुरा अध्ययन को बिषय हुन गएको छ ।
—४। भुवनेश्वरी केलटोलमा अबस्थित लुंचुभुलु अजिमा द्य लाई भुवनेश्वरी शक्ति पीठको मान्यता छ । यस्मा पनि थप अध्ययन हुन आबश्यक देखिन्छ ।
—५। भैरबी रक्तकाली शक्ति पीठ जुन कुलॉभुलु अजिमा द्य को नामबाट प्रसिद्धि पाएको छ त्यो भैरबी शक्ति पीठ भएको मान्यता छ ।
—६। छिन्नमस्ता टेकूमा अबस्थित मचली माई जुन नवदुर्गाको नामबाट पनि परिचित छन् । त्यो मचलीभुलु अजिमा द्य हो जस्लाइ छिन्नमस्ता शक्ति पीठको मान्यता छ ।
—७। धुमावती चिकंमुगल टोलमा अबस्थित, तर हाल गायब ( मरु ) अबस्थामा रहेको अरीभुलु अजिमा द्य लाई धुमावती शक्ति पीठको मान्यता रहेको सुनिन्छ । तर यो अब अध्ययन को बिषय भएको छ ।
—८। बगलामुखी त्यौड टोलमा अबस्थित ज्वलमाई जस्लाइ ज्वलंभुलु अजिमा द्य पनि भनिन्छ । यस्लाई थहिटि टोलमा अबस्थित भगवतीसँग पनि सम्बन्ध राखेर बगलामुखी शक्ति पीठ अबस्थित क्षेत्रमा लिईन्छ ।
—९। मातंगी कून्शाभुलु अजिमा द्य , ह्युमत टोल । ब्रह्म टोलमा अबस्थित हालको भगवती रहेको स्थानमा जहॉ कून्शाभुलु अजिमा द्य अबस्थित छन् त्यहॉ मातंगी शक्ति पीठ रहेको मान्यता छ ।
—१०। सिद्धिलक्ष्मी हालको प्रसिद्धि पाएको अन्नपूर्णा अजिमा द्य खासमा असंभुलु अजिमा द्यो को नामबाट प्रसिद्ध थियो । त्यो नै कावितपुर शहरको दश महाविद्या मध्येको एक सिद्धिलक्ष्मी शक्ति पीठ हो भन्ने मान्यता छ ।