Author: Kathmandu Khabar

काठमाडौं, २३ मंसिर । नेकपा ९एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूलाई नेकपा एमालेको याद असाध्यै आउने गरेको बताएका छन् । शनिबार राति एक टेलिभिजनमा बोल्दै उनले सो कुरा बताएका हुन् । धमलाले आफूले कहिलेकाहीँ मध्यरातमा ब्युँझदासमेत एमालेलाई सम्झने गरेको बताएका हुन् । एमाले फुटाइनु दुर्भाग्य भएको उनको भनाई छ । उनले भऩ, असाध्यै याद आउँछ, कहिलेकाहीँ मध्यरातमा ब्युँझन्छु र एमाले सम्झन्छु । मैले रगत र पसिना बगाएको पार्टी हो, त्यसकारण म एमाले कहिल्यै बिर्सन सक्दिँन । नेपालको कम्युनिष्ट आन्दोलनमा एमालेले जुन भूमिका निभायो, त्यो मैलेमात्रै नबिर्सने होईन, यो देशले नै बिर्सन सक्दैन । तर, त्यही पार्टीलाई फुटाइयो, सबैभन्दा दुर्भाग्य…

Read More

काठमाडौं। एक अमेरिकी सिनेटरले चीनबाट लसुन आयातको राष्ट्रिय सुरक्षामा पर्ने असरबारे सरकारी छानबिनको माग गरेका छन्। रिपब्लिकन सिनेटर रिक स्कटले चिनियाँ लसुन असुरक्षित भएको दाबी गर्दै वाणिज्य सचिवलाई पत्र लेखेका छन्। उनले अस्वच्छ उत्पादन विधिहरूका बारेमा पनि उल्लेख गरेका छन्। चीन विश्‍वको ताजा र चिसो लसुनको सबैभन्दा ठूलो निर्यातकर्ता हो र अमेरिका प्रमुख उपभोक्ता हो। तर यो व्यापार वर्षौंदेखि विवादमा रहेको छ। अमेरिकाले चीनले सस्तो मूल्यमा बजारमा लसुन ‘डम्पिङ’ गरेको आरोप लगाएको छ। अमेरिकाले सन् १९९० को दशकको मध्यदेखि अमेरिकी उत्पादकहरूलाई बजारबाट बाहिरिन नपरोस् भनेर चिनियाँ आयातमा भारी शुल्क वा कर लगाएको छ। सन् २०१९ मा ट्रम्प प्रशासनको समयमा यी शुल्कहरू…

Read More

सेवाग्राहीको चाप कम गर्दै छिटोछरितो सेवा प्रवाहका लागि यातायात कार्यालयमा अनलाइन प्रणाली सञ्चालनमा तीव्रता दिइएको छ । आर्थिक वर्ष २०८०÷८१ मा १८ वटा यातायात कार्यालयलाई अनलाइन प्रणालीमा लगिने योजनाअनुसार हालसम्म १४ वटा कार्यालयमा अनलाइन प्रणाली सुरु भएको छ । यातायात व्यवस्था विभागका अनुसार पछिल्लो एक सातामा धनगढी, महेन्द्रनगर, नेपालगन्ज, बुटवल र दाङको यातायात कार्यालयमा अनलाइन प्रणालीबाट सेवा सुरु भएको छ । अब अनलाइनबाटै सवारीसाधन दर्ता, लाइसेन्सको कर बुझाउने, नामसारी, दर्ता खारेज र सवारीसाधन नवीकरण जस्ता कार्य  हुने छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत भदौदेखि सबै यातायात कार्यालयबाट अनलाइन भुक्तानीसहितको विद्युतीय सेवा सुरु गर्ने योजनासहित काम अघि बढाएको थियो…

Read More

एरियल भ्यूबाट काठमाडौँलाइ नियाल्ने हो भने, प्रकृतिप्रेमीका लागि जताततै आँसु आउने दृष्य देखापर्छ । यद्यपि यही दृष्यलाइ तथाकथित विकास भनेर व्याख्या गर्ने ठूलै जमात काठमाडौँमा बस्छ । प्लेनबाट वा ड्रोनबाट हेर्ने हो भने  उपत्यकाका डाँडाहरू पुरै तासिएका छन्, भासिएका छन्, नासिएका छन् । डाँडाहरू तासेर, खोलाहरू मासेर, रूखहरू काटेर जताततै  प्लटिङ भएको दृष्यलाइ नेपालको सरकार तथा राजनीतिक दलहरूले विकास भन्न थालेको वर्षौँ भैसक्यो । फलतः जग्गा, जग्गाको भाउ र मतदाताका रूपमा मात्र जमिनको नाता रूपान्तरित भयो । माटोमा माया, प्रकृतिको माया, स्थानीयपनको सुगन्ध, सांस्कृतिक सौन्दर्यताहरू यही तासिनु, मासिनु र नासिनुको चपेटमा सर्वनाश भैसकेको छ । काठमाडौं उपत्यकाको डाँडा क्षेत्र नै…

Read More

कांग्रेस महामन्त्री गगन थापाको चुनावी क्षेत्र काठमाडौँ क्षेत्र नं ४ मा महासमिति सदस्यहरूको टुंगो लागेको छ । निर्वाचन पद्धतिबाट चयन भएका महासमिति सदस्यहरुको नामावाली यसप्रकार रहेको छ: राजु परियार, कल्पना मल्ल ठकुरी, राजु थापा, भोला लामिछाने, नर्बदा पोखरेल, श्यामकृष्ण संगत, सत्यमान लामा, विनोद चालिसे, रमिला गर्तौला र  श्रीराम लामिछाने  । यसअघि विजेताहरूसँगै दिव्यमणि राजभण्डारी, अरूण सिंह बस्नेत, रिता बुढाथोकी, ध्रुवप्रसाद पौडेल , अच्युतप्रसाद पौडेल,  मिना पराजुली,  बिनोदबाबु प्रधान तथा सुशील नाहटाले महासमिति सदस्य बन्नका लागि उम्मेदवारी दर्ता गरेका थिए । कुल २७८ मत खसेकोमा सर्बाधिक धेरै मत नर्बदा पोखरेलले १८७ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।

Read More

ढोरपाटन । समुन्द्री सतहदेखि तीन हजार एक सय मिटरको उचाइ । वरपर सेताम्य हिउँ । चौबिसै घण्टा चिसो सिरेठो चलिराख्ने । माथिपट्टी नाङ्गा डाँडा, छेउमै घना जङ्गल । त्यही जङ्गलको एक तलपट्टी भेडीगोठ । करिब एक हजारको हाराहारीमा भेडा बाख्राको ठूला बथान । नजिकै मध्यपहाडी लोकमार्ग । दैनिक लोकमार्ग भएर दर्जनौं गाडी चर्को आवाजमा हरन बजाउँदै ओहोरदोहोर गर्छन् । ती गाडीका आवाजमले भेडीगोठालेलाई छुँदैन । उनीहरु आफ्नै धुनमा भेडाको स्याहारसुसारमा व्यस्त हुन्छन् । एक दशक अगाडिसम्म बागलुङ, पूर्वी रुकुम र रोल्पाको सिमाना पातीहाल्ने सुनसान थियो । लोकमार्गको ट्र्याक खुले पनि गाडी गुड्दैनथे । तीन जिल्लाका भेडी गोठालाको मात्रै यहाँ चहलपहल…

Read More

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाबाट नेपालको अर्थतन्त्रको वर्तमान अवस्थालाई लयमा ल्याउन केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल बताए । उनले सो समीक्षाले देशमा हाल देखिएको आर्थिक सङ्कटको अवस्थामा सुधार गरी लगानीकर्ताको मनोबल बढाउन पनि सहयोग पुग्ने र यसबाट अर्थतन्त्र लयमा ल्याउन थोरै भए पनि सहयोग पुग्ने बताए । धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवमा महासङ्घका अध्यक्ष ढकालले निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका कतिपय विषय पनि शुक्रबारको मौद्रिक नीतिको समीक्षामा समेटिएको र यसले मुलुकको निजी क्षेत्रका लागि सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको बताउनुभएको महासङ्घद्वारा जारी विज्ञप्तिमा…

Read More

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले बालाचर्तुदशी पर्वका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पशुपतिनाथ मन्दिर परिसरमा आइतबार रातिदेखि सुरु हुने बालाचतुर्दशी पर्वका लागि सम्पूर्ण तयारी पूरा गरेको कोषका सदस्यसचिव राजुकुमार खत्रीले जानकारी दिए । उनका अनुसार कोषले बालाचतुर्दशीको अवसरमा दीपप्रज्ज्वलनदेखि ‘कोर’ क्षेत्रमा शतबीज छर्ने व्यवस्था मिलाइएको जनाएको छ । आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्ज्वलन गरी भोलिपल्ट शतबीज छर्ने भएकाले उनीहरूको सुरक्षादेखि सहज ढङ्गले कार्यसम्पन्न गर्नेसम्मको व्यवस्था कोषले मिलाएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । उनले भने, ‘नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा मूल शिविर बनाई संयुक्त सुरक्षा योजनाअनुसार भक्तजनको सुरक्षाका…

Read More

नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले बैंकलाई मिटरब्याजीको संज्ञा दिँदै यसलाई नियन्त्रण गर्नुपर्ने बताएका छन् । चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार कोइरालाले आर्थिक संकटमा पर्दा बैंकहरू मात्रै फाइदामा पुगेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने बताएका हुन् । ‘सबैचिज अप्ठ्यारो परिस्थितिबाट गइरहेको छ, आर्थिक कुरा गर्दाखेरि,’ कार्यक्रममा उनले भने, ‘तर बैंक फस्टाइरहेको छ, बोनस बाँडिरहेको छ, कसरी हुन्छ यो ?’ सरकारले कृषिमा ५ प्रतिशतमा ऋण दिने निर्णय गरे पनि बैंकहरुले नदिने गरेको आरोप उनले लगाए । ‘तपाईंहरु जानुस्, चिनजान छ भने दिइहाल्छ बैंकले नत्र दिँदैन,’ उनले भने, ‘१०/२० लाख, ५० लाख लोन लिन जानुस् दिँदैन बैंकले । तर एउटा अरबपतिले…

Read More

रोशन श्रेष्ठ थिमिको उकालो – यो उकालो पहिले जति ठाडो थियो, अहिले छैन । तैपनि उपत्यकाभित्रको अति ठाडो उकालोमध्ये यो उकालो अझै प्रख्यात छ । प्राविधिक भाषामा भनिने ग्रेडियन्ट हेर्दा यो उकालोको पुरातन स्वरुप जति माथि चढ्यो उति बढी ग्रेडियन्ट हुँदै जाने किसिमको थियो । यसको टुप्पानिर करिब ६० डिग्रीको ग्रेडियन्ट थियो । यो उकालोले करिब ८० मिटर दुरी पार नगर्दै झन्डै १८०-२०० फिट उकालो सकिएको हुन्छ । त्यसले गर्दा जस्तै मै हुँ भन्ने मानिस पनि स्वाभाविक गतिले उकालो चढी टुप्पामा पुग्दा स्वाँ-स्वाँ गरिरहेकै हुन्छन् । यो उकालो पहिला ढुंगाले छापेको सिंढीहरूको लहर थियो, भर्‍याङ्ग चढेजस्तै खुट्किलो खुट्किलो गरी चढ्नु…

Read More

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले आफ्नो स्थापनाको १०औं वर्ष पूरा गरेको छ । शुक्रबार आयोजित एक कार्यक्रमका बीच नगरपालिकाले उत्कृष्ट करदातालाई सम्मान गर्दै स्थापना दिवस मनाएको हो । कार्यक्रमलाई संघीय सांसद तथा अर्थ समितिका सभापति सन्तोष चालिसेले उद्घाटन गरेका थिए भने काठमाडौं क्षेत्र नं २ की सांसद सोविता गौतम लगायतको सहभागिता थियो । कार्यक्रममा छिमेकी पालिका गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसालको पनि उपस्थिति थियो । कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई सम्मान पनि गरिएको थियो । १० औं नगर स्थापना दिवसको सन्दर्भमा आयोजित शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम २०८०,नगर प्रमुख उपेन्द्र कार्कीका साथै विभिन्न राजनीतिक दलका पदाधिकारी तथा प्रतिनिधि लगायतले आफ्नो धारणा…

Read More

तत्कालीन समय रोपवे सञ्चालन हुँदा सामग्री ओसारपसारका लागि तीन दिनसम्म पालो कुर्नुपर्ने अवस्था थियो भनिन्छ । २०५४ सालमा बन्द नहुञ्जोल रोपवेले प्रतिकेजी ३४ पैसामा सामान ढुवानी गर्दै आएको थियो । श्रम तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत सञ्चालित रोपवे सेवामा ९ सय जना रोजगार थिए, तत्कालीन समयमा प्राविधिक समस्या (ट्रान्सफर जलेको) उत्पन्न भएपछि उक्त समस्या हल गर्न ४ लाख खर्च गरिएको भए रोपवे सञ्चालन गर्न सकिन्थ्यो भन्ने जानकारहरूको तर्क रहेको छ । वैकल्पिक मार्ग नखुलेको भए सरकारलाई मालसामान ढुवानीको विकल्प नहुने र रोपवे सञ्चालन गर्नै पर्ने कर लाग्थ्यो फेरि सरकारले वैकल्पीक उपाय पाएपछि रोपवे संचालन हुन सकेन् । अन्ततः २०५४ साल बैशाखदेखि…

Read More

अघि किरात देशमा एकजना राजा थिए । तिनको नाम थियो — तसेथिंग । एक दिन बेलुकीपख तिनी आफ्नो दरबारको बगैंचामा यसै टहलिरहेका थिए । केही बेरपछि एक्कासि एक अनौठो तर मनोहर लय भएको गाना सुनियो । राजाको ध्यान त्यसप्रति आकर्षित भयो । गीत वास्तवमा निकै सुरिलो र मनमोहक थियो तर गाउने जीव को थियो, कस्तो थियो रु त्यसको कुनै पत्तो थिएन । केवल गानामात्र नजिकै कतैबाट सूर्यास्तको शीतल र मन्द–मन्द हावासँग तरङ्गि एर वातावरणमा गुन्जिरहेको थियो । यसो त गीतको माधुर्य नै साह्रै आकर्षक थियो, त्यसमाथि गाउने प्राणी अदृश्य र अपरिचित हुन गएकाले अरू कुतूहल पनि जाग्रत हुनु स्वाभाविक थियो…

Read More

प्रकृति र मानिस एक-अर्काका परिपूरक हुन् । यी दुवैबीचको अन्तरसम्बन्ध जीवन्त राख्न इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर ब्यारेक परिसरभित्र  चराचुरुङ्गी संरक्षणका साथै पक्षी वास बगैँचा निर्माण गरिएको छ। मौसम परिवर्तनसँगै ठाउँ परिवर्तन गरेर आउने विभिन्न प्रजातिका चरा ब्यारेक परिसरमा पाइने गरेका छन् भने विभिन्न प्रजातिका बकुल्लाले दुई छिमलमा बच्चा कोरलेर हुर्काइ लग्नेसमेत गरेका छन्। चराचुरुङ्गी साथै विभिन्न प्रजातिका बोटबिरुवा संरक्षणका साथै विविध प्रजातिका फुल संरक्षणमा पूर्वी पृतना हेडक्वार्टर इटहरीका पृतनापति उपरथी आशबहादुर तामाङ (पिएचडी) को महत्वपूर्ण भूमिका रहेको छ। प्रकृतिमा रहेको सम्पूर्ण प्राणी समान तवरमा बाँच्न पाउनु पर्छ भनेर चराचुरुङ्गीको संरक्षण गरिएको र उनीहरुको बाँच्ने आधारका निमित्त फलफूलका बिरुवासमेत ब्यारेक परिसरमा रोपिएका छन्। ब्यारेक परिसर चराहरुको वासस्थान भए पनि सेनाका जवानहरुलाई तनावमुक्त बनाउन पक्षी बगैँचा निर्माण…

Read More

काठमाडौँ – राप्ती र नारायणी नदीको किनार । दुई किनार भएर बग्ने दुई नदी मिसिएर बनेको दोभान । त्यही दोभानमा एकाबिहानै र साँझपख सूर्यको मनमोहक दृश्य देखिन्छ । त्यो दृश्य हेर्न चितवन पुगेका हरेक पर्यटक मोहित भएर गोलाघाट पुग्छन् । गोलाघाट अर्थात मेघौलीको अर्को नाम । जुन भरतपुर महानगरपालिका वडा नं। २८ मा अवस्थित छ । जो टाइगर टप्स होटलका कारण सबैभन्दा धेरै चर्चित बन्यो । वर्षौ पहिले खुलेर १२ वर्षअघिदेखि टाइगर टप्स होटल बन्द भएपछि मेघौली सुनसान बन्यो । अनि राप्ती र नारायणी नदीको संगमस्थल अर्थात दोभानका कारण गोलाघाट चर्चित हुँदै गयो । टाइगर टप्स होटलका कारण चर्चित बनेको मेघौलीमा पर्यटक आउन छाडेका छैनन्…

Read More

काठमाडौं । एमआरआई र सिटि स्क्यानको फ्युजनबाट काठमाडौं मेडिकल कलेजमा विश्वमै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार गरिएको छ । काठमाडौं कपन बस्ने ४९ वर्षीय दावा शेर्पाको कलेजोमा रहेको एक सेन्टिमिटर भन्दा सानो क्यान्सर नष्ट गरिएको हो । केएमसीले बिरामी शेर्पाको रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट सफलतापूर्वक विश्वकै सानो दुर्लभ क्यान्सरको उपचार गरेको हो । एक सेन्टिमेटर भन्दा सानो क्यान्सर पत्ता लगाएर बिना चिरफार सफलतापूर्वक नष्ट गरिएको यो केस विश्वकै दुर्लभ रहेको उपचारमा संलग्न केएमसीका इन्टरभेसन रेडियोलोजी विशेषज्ञ डा.पंकज काफ्लेले दावी गरे । ‘रगतको जाँच गर्दा क्यान्सर होकि भन्ने शंका लाग्यो, त्यसपछि एमआरआई गरेर हेर्दा कलेजोमा १० मिलिमिटर भन्दापनि सानो क्यान्सर…

Read More

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय समिति सदस्य प्रज्वल खड्काले पनि राजीनामा दिएका छन् । उनले विशेष कारण देखाउँदै राजीनामा दिएको बताइएको छ । राजीनामामा खड्काले विशेष कामका कारण आजको दिनदेखि राष्ट्रिय युवासंघको कुनै पनि कमिटी तथा पदमा रहन नसक्ने जानकारी गराएका छन् । लेखेका छन्, ‘पार्टी र संगठनलाई देश र जनताको हितमा राख्न र विभिन्न चरणका तीन वटै तहका निर्वाचनमा पार्टीलाई जिताउन आफ्नो तर्फबाट सकेसम्मको सहयोग गरेको सर्वविदितै छ । विगतमा संघलाई सहजता तथा असहजता भएको समयमा आफ्नो ज्यानलाई बलिदानी दिनसमेत तयार रहँदै नेतृत्वको निर्देशनलाई शतप्रतिशत पालना गरि संगठनको हित नै आफ्नो हित हो भनि नियमित काममा…

Read More

काठमाडौं ।  प्रहरीले दुई किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गा चेकपोष्टमा रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२८ च २६९७ नम्बरको महिन्द्रा कम्पनीको स्कार्पियो गाडी नियन्त्रणमा लिई चेक जाँच गर्दा उक्त गाडीको गेयर बक्स एरियामा सुन जस्तो देखिने पहेलो रङ्गको धातुको विस्कुट आकारको दुई थान ढिक्का (दुई किलोग्राम) बरामद गरेको थियो।  सुनसहित रसुवाका २६ वर्षीय बिरु तामाङ, २१ वर्षीय सुनिल भुजेल, २८ वर्षीय ग्याल छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको छ। 

Read More

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अहिले चीनका विरुद्ध लड्न अमेरिकाका लागि महत्वपूर्ण थलो बनेको बताएका छन् । नेपालका शासकहरु अमेरिकासामू झुक्दै गइरहेको भन्दै उनले एमसीसी त्यसकै परिणाम भएको दाबी गरे । जनसाहित्यिक मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले एमसीसीमा व्याख्यात्मक घोषणा भनेपनि अमेरिकाले नसुनेको बताए । ‘अमेरिका र भारत पैतलादेखि शिरसम्मको बल लगाएर नेपाललाई अस्थिर बनाउने खेलमा लागिरहेका छन्’ नेता खनालले भने, ‘एमसीसीमा नेपाललाई अमेरिकाले फसायो । यो जोइन्ट प्रोग्राम हो । अहिले फरक कुरा सुनिँदैछ । यसरी देश थप गन्जागोल बनाउने काम भइरहेको छ ।’ उनले राजावादीहरुले राजसंस्थाबारे बेकार हल्ला गरिरहेको…

Read More

काठमाडौँ । एसिसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ । जीतका लागि एक सय ५३ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले २६ दशमलव दुई ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको लागि आजन आविसले सर्वाधिक ५६ रनको योगदान दिए । उनले ६२ बलमा आठ चौकासहित ५६ रनमा अविजित रहे । त्यस्तै पाकिस्तानी कप्तान साद बैगले ५० रन बनाए । उनले ५६ बलमा पाँच चौकासहित ५० रन जोडेका हुन् । मोहम्मद जिशानले आठ बलमा दुई चौका र दुई छक्कासहित २० रनमा अविजित रहे । नेपालका लागि गुलशन झाले दुई विकेट लिए भने आकाश…

Read More

काठमाडौं । काठमाडौं क्षेत्र नं ४ मा नेपाली काँग्रेसको महासमिति सदस्यका लागि चुनाव हुने भएको छ । मंसिर २० गते प्रकाशित निर्वाचन तालिकाअनुसार तोकिएको समयभित्र उम्मेदवारीका लागि नाम फिर्ता नभएपछि निर्वाचन हुन लागेको हो । निर्वाचन शनिबारका लागि तय गरिएको छ । निर्वाचनमा मतदाताहरूले आफू क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् । निर्वाचनबाट प्रत्यक्षतर्फ दुई महिलासहित सात जना,  समावेशीतर्फ महिला एक जना, खस आर्य एक जना, आदिवासी जनजाति एक जना र दलित र अल्पसंख्यकतर्फ एक जना निर्वाचित हुनेछन् । यस्ता छन् महाधिवेशन प्रतिनिधिका उम्मेदवारको सूची

Read More

मन्थली । रामेछापको मन्थली नगरपालिका–१३ फुलासीका धनबहादुर विश्वकर्माले काठको ठेकी बनाएर जीविकोपार्जन गर्दै आएका छन् । उनी धेरै मेहनतका साथ खोलाको पानीलाई डोहोर्‍याएर उच्च स्थानमा ल्याई त्यहाँबाट झरेको पानीको सहायताले काठका ठेकी बनाउँछन् । रामेछाप र दोलखाको सिमानाबाट बग्ने मिल्ती खोलाको पानीको साहाराले काठमा जीवन्त कला भरेर काँचो काठलाई आकारमा ढाल्छन् धनबहादुर। दिनभर काम गर्दा पनि राम्रो अर्थोपार्जन नहुने भएपछि यो पेसा युवा पुस्ताले सम्हालेनन् र गर्ने अरुले पनि सबैले छोड्दै गएको उल्लेख गर्दै उनी भन्छन्, “मेहनत धेरै गर्नुपर्छ, कामअनुसारको आम्दानी हुँदैन । धेरै दुःख गर्नुपर्ने भएकाले नयाँ पुस्ताले यो पेसाप्रति चासो दिनै छाडे ।’ पानी भएको खोल्साखोल्सीमा निर्माण गरिएको…

Read More

काठमाडौँ । यस वर्षको वर्षायाममा रु १५ अर्ब २४ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री सुरु गरेको थियो । प्राधिकरणले यस वर्षको जेठदेखि २० मङ्सिरसम्ममा एक अर्ब ७३ करोड ७१ लाख युनिट विद्युत् निर्यात गरी रु १५ अर्ब २३ करोड ८० लाख आर्जन गरेको हो । प्राधिकरणले यस अवधिमा दैनिक रुपमा अधिकतम सात सय मेगावाटसम्म विद्युत् निर्यात गरेको थियो । निर्यात गरिएको विद्युत्को औसत बिक्री दर प्रतियुनिट आठ रुपैयाँ ७७ पैसा छ । चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि…

Read More

सुनिल उलक तस्विरमा देखिएको दृश्य यहि टुँडिखेलको हो । तस्विरमा दाँया तर्फ ठिङ्ग उभिएको धरहरा तथा सो संगैको बागदरबार स्पष्ट देख्न सकिन्छ । करिव बिचमा रहेको ऐतिहासिक खरीको बोट र त्यसको संगै जगन्नाथ मन्दिर देख्न सकिन्छ । बिचमा असंख्य सैनिकहरु परेड खेल्दै गरेको यो दृश्यको पछाडी पनि एउटा अर्को इतिहास लुकेको छ । जङ्गबहादुरको मृत्यु पछि प्रधानमन्त्री बनेका रणोद्वीप सिंह कुँवरको समयमा बि.सं. १९४० मा एउटा घटना घट्यो । प्रत्येक वर्ष झै त्यो वर्ष पनि ल्हासाको झोखाङ मन्दिरमा ठूलो उत्सव शुरु भएको थियो । नेपालका नेवाः व्यापारीहरू पनि सो मेलामा ब्यापार गर्न पुगेका थिए । त्यहाँ दुइ तिब्बती महिलासंग एक…

Read More

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)मा आजदेखि सुरु भएको एसिसी उन्नाइस वर्षमुनि (यु-१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्धको खेलमा टस हारेको छ । दुबईको आइसिसी एकेडेमी ओझल–२ क्रिकेट मैदानमा भर्खरै भएको टसमा पाकिस्ताननका कप्तान मिराज ताहिर बैगले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । उक्त प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा पाकिस्तान, भारत र अफगानिस्तान छन् ।

Read More

काठमाडौं । आगामी मंसिर २४ र २५ गते परेको बाला चतुर्दशीको अवसरमा पशुपति क्षेत्र विकास कोषले १३ बुँदे सूचना जारी गरेको छ । बाला चतुर्दशीको अवसरमा पशुपतिमा हुने मेलालाई व्यवस्थित गर्नका लागि गर्न हुने र गर्न नहुने कामको सूची सार्वजनिक गरेको हो । आफैं उपस्थित भई बत्ती बाल्न नसक्नेहरुका लागि कोषमा २ हजार १०० रुपैयाँ शुल्क बुझाई बत्ती बालिदिने व्यवस्था समेत मिलाइएको छ । त्यस्ता भक्तजनहरुले पशुपति मन्दिरको पश्चिमतर्फको बाहिरी ढोकास्थित पशुपति क्षेत्र विकास कोषको बिक्री कक्षमा सम्पर्क राख्नुपर्नेछ । कोषका अनुसार कैलाश चौरमा पाल राखी बत्ती बाल्न पाइने छैन तर शतबीज भने छर्न पाइने छ । बत्ती बाल्नका लागि…

Read More

काठमाडौं । एसीसी यू-१९ एसिया कपअन्तर्गत् आज नेपालले पाकिस्तानसँग खेल्दैछ । दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा हुने खेल पहिलो खेल नेपालले पाकिस्तानसँग खेल्न लागेको हो । राष्ट्रिय टिमबाट खेलिसकेका देव खनालको कप्तानीमा रहेको नेपाली टोलीमा सिनियर टोलीका अलराउण्डर गुल्सन झासमेत समावेश रहेको सो खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुँदैछ । पाकिस्तानसँगै भारत र अफगानिस्तान पनि रहेको समूहमा रहेको नेपालले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित दुबई पुगेको छ । नेपाली टोलीमा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर),…

Read More

अमेरिकी सेनाले बुधबार आफ्नो भी- २२ ओस्प्रे विमानको सम्पूर्ण फ्लीटलाई ग्राउन्डिङ गरिरहेको छ । वायुसेनाको सो विमान जापानको तटमा दुर्घटनाग्रस्त हुँदा त्यसमा रहेका आठ अमेरिकी सेनाको मृत्यु भएको एक हप्तापछि अनेरिकलाले फ्लीटलाई ग्राउन्डिङ गर्न लागेको हो । युएस एयर फोर्स स्पेशल अपरेशन कमाण्डले विज्ञप्ति जारी गर्दै यसका कमाण्डर टोनी बाउर्नफेन्डले नोभेम्बर २९ को तटमा सी भी-२२ ओस्प्रेको दुर्घटना बारे “अनुसन्धान जारी रहँदा जोखिम न्यूनीकरण गर्न” स्ट्यान्डडाउनको निर्देशन दिइएको जनाएको छ । गत हप्ता सो विमानमा सवार आठ जना चालक दलका सदस्यहरू दक्षिणी जापानको याकुशिमा टापुमा मारिएका थिए । मारिने ती सबै एएफएसओसीका सैनिक थिए। विज्ञप्तिमा भनिएको छ- प्रारम्भिक अनुसन्धानले सम्भावित…

Read More

जनकपुरधाम । हुन त मधेस प्रदेशसभा सदस्य रानी शर्मा तिवारीलाई महिनावारी भएकै कारण पारिवारिक तनाव कहिल्यै भएन । हुनसक्छ परिवार शिक्षित भएकाले पनि होला उनले मैले कहिल्यै छाउ बार्नुपरेन । यस्तो सहजता भने बुवाले अझ बढी सहयोग गरेकाले पनि सहज भएको उनको बुझाइ छ । “पितृसत्ता र गलत सोचको विकास घरको परिवेशले पनि निर्माण गर्ने हो । समाजले हुर्काउँछ । तर मेरो घरको परिवेशले मलाईचाहिँ सजिलो भयो । त्यसैले सोचमै समस्या हुँदा महिनावारीमा महिलाले विभेद भोग्नुपरिरहेको छ”, उनले भनिन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेस प्रदेशसभा संसदीय दलकी प्रमुख सचेतकसमेत रहेकी तिवारीले आफू १३–१४ वर्षको उमेरमा पहिलोपटक महिनावारी हुँदा विभेद…

Read More

खुकुरी नेपालमा विभिन्न जातजातिहरूले आफ्नो संस्कार र संस्कृतिअनुसार कुल पूजा गर्ने गरेको पाइन्छ । महाभारत कालमा पाडवहरूलाई बनवास जानुपर्यो । जंगलमा आफ्नो अशस्त्र-शस्त्रहरू लुकाए, खिया लाग्छ भनेर वर्षमा एकपटक सो अशस्त्र शस्त्रहरूको सरसफाइ, मर्म्मत र पूजा अराधना गोप्य रूपमा गर्दै थिए । सोही समयदेखि हिन्दू धर्मावलम्बीहरूमा दशैंको नवरात्र अष्टमीका दिन शस्त्र पूजाको चलन सुरू भएको भनाइ छ । खुकुरीको आविष्कार खुकुरीको उत्पत्ति, उद्गम र विकास कहाँ र कसरी भयो सो बारेमा विभिन्न धारणाहरू पाइन्छन् | खुकरीको आविष्कार नेपाल सम्बत् २८६ मा कीर्तिपुरको नेवार समुदायबाट भएको हो भन्ने इतिहासकारहरूको भनाइ छ। प्राचीन समयमा कीर्तिपुरमा अत्यन्त सिपालु कारिगरहरू थिए । एकदिन एउटा…

Read More