अघि किरात देशमा एकजना राजा थिए । तिनको नाम थियो — तसेथिंग । एक दिन बेलुकीपख तिनी आफ्नो दरबारको बगैंचामा यसै टहलिरहेका थिए । केही बेरपछि एक्कासि एक अनौठो तर मनोहर लय भएको गाना सुनियो । राजाको ध्यान त्यसप्रति आकर्षित भयो । गीत वास्तवमा निकै सुरिलो र मनमोहक थियो तर गाउने जीव को थियो, कस्तो थियो रु त्यसको कुनै पत्तो थिएन । केवल गानामात्र नजिकै कतैबाट सूर्यास्तको शीतल र मन्द–मन्द हावासँग तरङ्गि एर वातावरणमा गुन्जिरहेको थियो ।
यसो त गीतको माधुर्य नै साह्रै आकर्षक थियो, त्यसमाथि गाउने प्राणी अदृश्य र अपरिचित हुन गएकाले अरू कुतूहल पनि जाग्रत हुनु स्वाभाविक थियो । राजाले गायकलाई जान्न चाहे तर सानो वातायनबाटै उठेर ध्वनिमात्र भइरहेको त्यस गीतको गायकलाई चिन्न गाह्रो थियो, प्रायः असम्भवजस्तै थियो ।
भोलिपल्ट झिसमिसेमै राजा बिउँझे तर हिजोको गीतको मादकताको नशा लागेझैं तिनी ओछ्यानमै लम्पसार त्यसै पल्टिरहे ।कोठाको उत्तरपट्टि को झ्यालबाहेक अरू झ्याल–ढोकाहरू सबै बन्द थिए । प्रभातकालीन सुशीतल हावा सुस्तरी–सुस्तरी चलिरहेको थियो । यस्तैमा एकाएक हिजो बेलुकीको गाना सुनियो । त्यो त्यत्तिकै मिठो र त्यत्तिकै उत्तम थियो । राजा फेरि त्यो मिठासमा मग्न भए । गीत निकै परबाट आइरहेको थियो ।
गीत सुनेर आनन्द लिनुका सँगसँगै राजाका मस्तिष्कमा सुन्दर कल्पना पनि उठ्न थाल्यो । तिनले सोचे — “ यस गीतका साथमा बाँसुरी र मर्चुङ्गा पनि बजे त स्वर्गका अप्सराहरूले जलतरङ्ग मा भजन गरेझैं सुनिने थियो । सहसा यत्तिकैमा गीत बन्द भयो । राजा बडो बेस्वादमा परे । झटपट शैयाबाट उठेर तिनले झ्यालको ठूलोचाहिँ खापा ह्वाङ्ग उघारेर कान लाएर त्यसै गीतलाई फेरि सुन्ने चेष्टा गरे तर गीत कतै पनि सुनिएन ।
उनको उत्सुक इच्छा विफल नै रह्यो । फेरि कौसीमा उक्लेर तिनले गायकलाई देख्ने कोसिस गरे तर बन्द गीतजस्तै गायक पनि अलप नै थियो । राजा निराश भए । अब फेरि दिनभरि त्यो गीत सुन्न पाइन्न होला राजाले भन्ठाने ।
त्यसै दिन बेलुकीपख घाम डुब्नलाई एक जुवा जति बाँकी थियो । सधैंझैं राजा बगैंचामा टहलिरहेका थिए साथमा रानीका सहेलीहरू पनि रङ्ग –विरङ्गका कपडाहरूले सिंगारिएर राजारानीका वरिपरि सुहाइरहेका थिए वार्तालापका लागि राजा आफ्नी रानीलाई त्यसै अनौठो गीतका विषयमा चर्चा गर्दै थिए एक्कासि त्यसै बेला त्यही गीत फेरि गुञ्जायमान भएर आयो । सबैको ध्यान त्यसैतिर गयो रानी र सहेलीहरू पनि आश्चर्य चकित भएर सुन्न थाले तर उस्तै उनीहरूले न गायकलाई देखे न त गीतको अर्थ नै बुझे । गीतभने उत्तिकै मिठो र आकर्षक थियो ।
हुँदा–हुँदा राजामाथि त्यस गीतको असर बढ्दै गयो । राजाका मनमा त्यसका विषयमा विस्तृत जानकारी पाउने उत्सुकता थपिंदै गयो । अब तिनी बगैंचामा बनाइएको शीतल घरमा एक्लै बसेर त्यसका सम्बन्धमा धेरै कुराको शोच गर्न थाले । तिनले मनमनै भने — पहिले त त्यो गाना सुनाउनेको खोजी गर्नुपर्छ, त्यसपछि त्यस गानाको अर्थ के रहेछ रु बुझी त्यसबाट सम्भव शिक्षा हासिल गर्नु पर्दछ । भोलिपल्ट राजाले राजसभामा आफ्नो त्यस मनसायको प्रस्ताव प्रस्तुत गरे ।
सभासदहरूलाई राजाले भने — “ यता केही दिन अघिदेखि म एउटा रहस्यमय गीत सुन्दै आइरहेको छु तर मैले त्यसको कुनै अर्थ लगाउन सकेको छैन, न त त्यसको गायकलाई नै देख्न पाएको छु । गीत अत्यन्तै मनोहर छ र शिक्षाप्रदजस्तो पनि बुझिन्छ ।” त्यसपछि राजाले हुकुम गरे — “ तसर्थ तपाईहरूले खोजी गरी त्यो गायक को रहेछ, पत्ता लगाउनु होला र मेरो सामुन्ने हाजिर गराउनु होला । सक्नेलाई म बकस दिने घोषणा पनि गर्दछु ।”
राजाको हुकुम हुनासाथ भारदारहरूले सिपाहीहरू खटाई त्यो मिठो गाना गाउने व्यक्तिलाई खोज्न पठाए । धुमधामसँग खोज–खबर हुन लाग्यो । सबका मनमा त्यस अचम्मको कुराका विषयमा उत्सुकता उठ्न थाल्यो ।
धेरै दिनपछि ती सिपाहीहरूले एउटा अनौठो भ्यागुतो फेला पारे । तिनीहरूलाई त्यो गाना गाउने यही हो कि भन्ने लागेर सोधे — “ बिहान सूर्योदयअघि र बेलुकी सूर्यास्तपछि मिठो स्वरले सुन्दर गानागाउने व्यक्ति को हुन् रु तैले जानेको छस् रु राजाबाट त्यसले बक्सिसपाउने भएको छ ।”
बकसको लालचमा परेर भ्यागुताले भन्यो — “ त्यो व्यक्ति त मै हुँ नि ।”
सिपाहीहरूले भने — “ त्यसो भए दरबार हिंड ।”
तत्काल भ्यागुतो फुत्रुक्–फुत्रुक् उफ्रँदै दरबारमा गयो ।
भारदारहरूले त्यसलाई राजाका सामु हाजिर गरे ।
राजाले भने — “ साँझ–बिहान तेरो गाना सुनेर मेरो हृदय साह्रै प्रफुल्लित भएको छ । फेरि एकपल्ट त्यो गाना सुनाएर मेरो चित्त आनन्दित गरिदे, म तँलाई बकस दिनेछु ।” राजाका यी कुरा सुनेर भ्यागुतो घमण्डले टाउको ठाडो पारी घोक्रो फुलाएर ‘क्रेक क्रेक क्रेक — टर्र टर्र टर्र’ गरेर कराउन थाल्यो । राजाले सुन्ने गरेको गीत त्यो थिएन तसर्थ तिनको चित्त बुझ्ने कुरै उठ्दैनथ्यो ।
तिनले भन्ठाने, “ यो पाजी सायद पुरस्कारका लोभमा परेर आएको होला । तिनले भारदारहरूलाई भने — “ यसलाई पक्रेर कुकुरहरूका अगाडि राखिंदिनू ।”
राजाबाट हुकुम हुनासाथ तुरुन्तै आई सिपाहीहरूले बिचरो भ्यागुतालाई लगेर ठूल–ठूला कुकुरहरूका सामुन्ने राखिदिए । कुकुरहरूकोडरले खुम्चेर बस्ता–बस्ता भ्यागुताको शरीर नै खुम्चियो । एक प्रकारले
घिनलाग्दो देखापर्यो ।
राजाले आफ्ना भारदारहरूलाई हुकुम दिए — “जुन गाना म साँझ–बिहान सुन्दछु, त्यो अर्कै हो । त्यसको अत्यन्तै ठूलो महत्व छ जस्तो बुझिएकाले तपाईहरूले फेरि जसो गरी हुन्छ त्यस गाउने व्यक्तिको पत्तो लगाएर त्यसलाई सकेसम्म चाँडो मेरा सामुन्ने हाजिर गर्नुपर्यो, त्यसलाई म निकै पुरस्कार दिनेछु ।”
भारदारहरूले फेरि सिपाहीहरू खटाए । फेरि धुमधामसँग खोज– खबर हुन थाल्यो । यता राजाका मनमा दिनप्रतिदिन त्यस गीतका प्रति जिज्ञासा बढ्दै जान थाल्यो ।
दिनभरि विशेषतः साँझ–बिहान खोजी गर्दागर्दा सिपाहीहरूले आखिरमा एउटा कालो चरो फेला पारे र भ्यागुतासित जस्तै त्यससित पनि सोधे — “बिहान सूर्योदयअघि र साँझ सूर्यास्तपछि मिठो स्वरले
सुन्दर गाना गाउने व्यक्ति को हुन् रु तैंले जानेको छस् र रु
भ्यागुताले जस्तै त्यसले पनि भन्यो — “त्यो रु त्यो त मै हुँ ।”
सिपाहीहरूले भने — “अहो १ त्यसो भए राजाबाट तँलाई ठूलो बकस मिल्नेछ । तैंले दरबारमा जानुपर्छ ।”
त्यो कालो चरो खुशी भएर राजाको दरबार गयो । भारदारहरूले त्यसलाई तसेथिंग राजाका छेउ पुर्याए । राजाले भने — “ तेरो साँझ– बिहानको सुन्दर गानाले मेरो हृदयलाई आकर्षित गरेको छ । अहिले पनि
एकपल्ट त्यो गाना सुनाएर मलाई उल्लसित पार, म तँलाई पुरस्कार दिनेछु ।”
चरो निकै खुशी भयो, टाउको ठाडो पारेर उसले बडो गम्भीर र मधुर स्वरमा अलाप लियो । राजा र दरबारका सबैमा प्रसन्नताको लहर छुट्यो, सबैजना खुशी भए । चराले आफ्नो मिठो गीत गाउँदैलग्यो, — “चि चि च्यु मा का, चि चि च्यु च्यु म योङ ।” गीत एक किसिमले मन्त्रजस्तै आकर्षक थियो र सबजना त्यसैमा निमग्न हुन थाले ।
गीत सकिएपछि सबजनाले मुक्तकण्ठले चराको प्रशंसा गरे । राजाले प्रसन्नताले गद्गद् भएर भने — “तेरो गीत अति सुन्दर छ, आश्चर्य नै लाग्दो यो जादूजस्तो गीतको अर्थ झन् कस्तो हुँदो हो १”
चराले निकै नम्र भएर अदबका साथ गीतको अर्थ बतायो — “सानो भाग्य लिएर जन्मेको हुँ तापनि मेरो भविष्य त ठूलो नै गराइदिनुहोस् भनी साँझ–बिहान म भगवान्को प्रार्थना गर्दछु र भगवानकै ध्यानमा म साँझ–बिहान मस्त रहन्छु ।”
त्यति सुन्दर गीतको त्यस्तो विनम्र अर्थ सुनेर राजा झन् खुशी भए, र तिनले आफ्ना भारदारहरूलाई हुकुम दिए — “यस चराको आदर्श र शिक्षा लिएर अबउप्रान्त बिहान सूर्योदयभन्दा अघि र साँझ सूर्यास्तपछि मेरा सारा प्रजाले पनि भगवान्को नामको जपना गरून् ।अर्को कुरा यो एउटा सानो चरो भएर पनि यसले मानिस जातिका निमित्त यत्रो ठूलो आदर्श देखाएकोमा पुरस्कारस्वरूप यसको चुच्चो र खुट्टा सुवर्णमय बनाइदिनू ।”
तसेथिङ्ग राजाको हुकुमबमोजिम त्यस कालो चराको चुच्चो र खुट्टामा सुनको जलप लगाएर सुवर्णमय बनाइदिए र त्यस चराको नाम“कल्चौडे” राखिदिए । भन्छन् — त्यसै दिनदेखि कल्चौडेको चुच्चो र खुट्टा सुनजस्तै पहेंलो भएको हो ।
-
इमानसिंह राई