काठमाडौं खबर मंसिर २२, २०८०
काठमाडौं । एसीसी यू-१९ एसिया कपअन्तर्गत् आज नेपालले पाकिस्तानसँग खेल्दैछ । दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा हुने खेल पहिलो खेल नेपालले पाकिस्तानसँग खेल्न लागेको हो ।
राष्ट्रिय टिमबाट खेलिसकेका देव खनालको कप्तानीमा रहेको नेपाली टोलीमा सिनियर टोलीका अलराउण्डर गुल्सन झासमेत समावेश रहेको सो खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुँदैछ ।
पाकिस्तानसँगै भारत र अफगानिस्तान पनि रहेको समूहमा रहेको नेपालले उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यसहित दुबई पुगेको छ । नेपाली टोलीमा देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, गुलशन झा, दीपेश कँडेल, विशाल विक्रम केसी, सुभाष भण्डारी, दीपक बोहोरा, उत्तम थापा मगर (विकेटकिपर), विपिन रावल (विकेटकिपर), तिलक राज भण्डारी, आकाश चन्द, दीपक बोहरा ।