काठमाडौं खबर मंसिर २४, २०८०
काठमाडौं, २३ मंसिर । नेकपा ९एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आफूलाई नेकपा एमालेको याद असाध्यै आउने गरेको बताएका छन् । शनिबार राति एक टेलिभिजनमा बोल्दै उनले सो कुरा बताएका हुन् । धमलाले आफूले कहिलेकाहीँ मध्यरातमा ब्युँझदासमेत एमालेलाई सम्झने गरेको बताएका हुन् । एमाले फुटाइनु दुर्भाग्य भएको उनको भनाई छ ।
उनले भऩ, असाध्यै याद आउँछ, कहिलेकाहीँ मध्यरातमा ब्युँझन्छु र एमाले सम्झन्छु । मैले रगत र पसिना बगाएको पार्टी हो, त्यसकारण म एमाले कहिल्यै बिर्सन सक्दिँन । नेपालको कम्युनिष्ट आन्दोलनमा एमालेले जुन भूमिका निभायो, त्यो मैलेमात्रै नबिर्सने होईन, यो देशले नै बिर्सन सक्दैन । तर, त्यही पार्टीलाई फुटाइयो, सबैभन्दा दुर्भाग्य भयो,’– उनले भने ।