काठमाडौं खबर मंसिर २२, २०८०
काठमाडौं । आगामी मंसिर २४ र २५ गते परेको बाला चतुर्दशीको अवसरमा पशुपति क्षेत्र विकास कोषले १३ बुँदे सूचना जारी गरेको छ । बाला चतुर्दशीको अवसरमा पशुपतिमा हुने मेलालाई व्यवस्थित गर्नका लागि गर्न हुने र गर्न नहुने कामको सूची सार्वजनिक गरेको हो ।
आफैं उपस्थित भई बत्ती बाल्न नसक्नेहरुका लागि कोषमा २ हजार १०० रुपैयाँ शुल्क बुझाई बत्ती बालिदिने व्यवस्था समेत मिलाइएको छ । त्यस्ता भक्तजनहरुले पशुपति मन्दिरको पश्चिमतर्फको बाहिरी ढोकास्थित पशुपति क्षेत्र विकास कोषको बिक्री कक्षमा सम्पर्क राख्नुपर्नेछ ।
कोषका अनुसार कैलाश चौरमा पाल राखी बत्ती बाल्न पाइने छैन तर शतबीज भने छर्न पाइने छ । बत्ती बाल्नका लागि कैलाशको फेदी, पशुपतिनाथ मन्दिर परिसर, पशुपति कोर क्षेत्र, हंशमण्डप, चउरसहित बागमती नदीको खाली किनारामा व्यवस्था गरिएको छ ।
यस्तो छ पशुपति क्षेत्र विकास कोषले जारी गरेको सूचना :