बुढानीलकण्ठ नगरपालिकाको १३ मा रहेको नौलिङ भद्रकाली मन्दिरको मूर्ति चोरी भएको छ । बुधबार मन्दिरको मूर्ति चोरी भएको स्थानीयले जनाएका छन् । स्थानीयका अनुसार भद्रकाली मन्दिर र मन्दिर नजिकै रहेको भजन घरमा चोरी भएको हो । मन्दिर र भजन घरमा रहेको २ वटा चन्दा बक्स्, पुजा थाली अङ्खरा,करुवा लगायत चोरी भएको हो ।
बुढानिलकण्ठ नगरपालिकाको गाम्चामा अवस्थित नौलिन भद्रकाली मन्दिर, काली मन्दिरहरु मध्येको प्राचिन अनि मुख्य काली मन्दिर मानिन्छ। परापूर्व कालमा केहि किशानहरुले खेतमा काम गरी राखेका बेला हालको धोबीखोलाको किनारै किनारमा एकजना सानी बालिका रोएर आइरहेको देखे।
किसानहरुले ती बालिकाले केहि जवाफ नदिएपछि भोकाएको हुनुपर्छ भन्ने अनुमान गर्दै, आफुहरुलाई भनि ल्याएको खाजा खुवाएको प्रसङ्ग र दश र बाह्र जनाको खाजा ती एक्लैले खाएर पनि रुन नछाडेपछि, किसानहरु मद्ध्ये एकजनाले ती बालिकालाई प्याट्ट पिट्दा बालिका घोप्टिन गई सिद्ध भएको र पछि बैद्य र तान्त्रिकहरुले आफ्नो दिब्य शक्तिद्वारा ती बालिका भद्रकाली हुन गएको जनाएपछि तेसै स्थानमा भब्य मन्दिर बनाई पुजा आरजाना गर्न थालेको कथन प्रचलित छ।
सबै कालीहरुको जननी मानिने यस नौलिन भद्रकालीमा हरेक शनिबार र पुर्णिमाहरुमा भक्तजनहरुको भिड लाग्ने गरेको छ भने बुद्ध पुर्णिमाको दुईदिन अघिदेखि बुद्ध पुर्णिमाको तीनदिनपछि सम्म ठुलो जात्रा मनाईने गरिन्छ।