काठमाडौं खबर मंसिर २४, २०८०
एमालेबाट बिजयी भएका एक जना जनप्रतिनिधि परस्त्रीसँग शारीरिक सम्बन्ध राखिरहेको अवस्थामा पक्राउ परेका छन् । सुनसरीको रामधुनी नगरपालिका–७ का वडाध्यक्ष केशव गौतम अर्की महिलासँग सम्बन्ध राखिरहँदा रंगेहात पक्राउ परेका हुन् ।
नेकपा एमालेका स्थानीय नेतासमेत रहेका गौतमलाई एक विवाहित महिलासँग अनैतिक सम्बन्ध राखिरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको बताइएको छ ।
उनलाई धरान उप–महानगरपालिका–१२ स्थित शुभकामना होटलबाट हिजो दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, धरानका प्रहरी नायव उपरीक्षक ९डिएसपी० नवराज मल्लले बताए ।
उनका अनुसार वडाध्यक्ष गौतमसँग सोधपुछ भइरहेको छ । ती महिलाको श्रीमानले दिएको सूचनाकै आधारमा उनी पक्राउ परेका हुन् ।
एमाले सुनसरी जिल्ला कमिटी सदस्यसमेत रहेका गौतम २०७४ को स्थानीय तहको निर्वाचनमा समेत निर्वाचित भएका थिए ।