१०४ वर्षको राणाशासनमा नेपालीहरूलाई शासनको दास बनाइयो र नेपाली आत्मा बेचिए । नेपालीहरू आज्ञाकारी नोकर बनाइए । बहुसंख्यक नेपाली कृषक भएकाले उनीहरूलाई शासन परिवर्तनको कुनै अर्थ थिएन बरु उल्टै जिमदार पटुवारीको माध्यमबाट पनि हो मा हो मिलाउने पारिए । अनि वि.सं. २००७ मा क्रान्ति आयो । यो क्रान्तिले साधारण नेपालीको पुरानो विचारमा कुनै परिवर्तन ल्याउन सकेन । व्यवस्था, विचारधारा र सरकारको निर्माणमा बहुसङ्ख्यक नेपालीको कुनै योगदान थिएन । यस प्रकारको वि.सं. २००७ देखि २०१५ सम्मको इतिहास बहुसङ्ख्यक नेपालीको योगदानरहित इतिहास बन्न पुग्यो । वि.सं. २०१५ को आमनिर्वाचनमा साधारण नेपालीले अवश्य भाग लिए तर विचारधारामा भने कुनै खास परिवर्तन आउन सकेन…
Author: Kathmandu Khabar
महोत्तरी । मिथिला धार्मिक, सांस्कृतिक चाडपर्व धेरै मनाइने ठाउँमा पर्छ । मिथिलाको नाता सीताको नामसँग जोडिएकाले पनि प्रत्येक पर्व यहाँ विशेषरुपमा मनाइन्छ । सोही क्रममा यतिबेला मिथिला रामजानकी विवाह महोत्सवमा झमेको छ । सांस्कृतिक तथा पारम्परिक पर्वले सिङ्गो मिथिला मङ्गलधुनबीच गाइने विवाह विधिका गीतले गुञ्जायमान बनेको छ । मिथिला क्षेत्रमा जता पुग्यो श्रीराम र जानकीको महिमा गाइएका गीत गुञ्जिएका छन् । मङ्लधुन बजिरहेका छन् । लाग्छ, घरघरमै छोरी विवाहको तयारी हुँदैछ । त्रेतायुगमा अवध (अयोध्या) का राजकुमार श्रीराम गुरु विश्वामित्र र भाइ लक्ष्मणका साथ जनकपुर आएर विदेह (मिथिला) राज शिरध्वज जनककी पुत्री सीता (मिथिला, वैदेही, जानकी) सँग विवाह भएको सम्झना…
महोत्तरी । मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । शनिबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात श्रीलक्ष्मीनारायण मठ मटिहानीको आतिथ्यता ग्रहण गर्दै जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका हुन् । रामजानकी विवाह महोत्सवमा अयोध्याबाट जन्ती भई साधुसन्त जनकपुर आउने पुरानो परम्परा हो । महोत्सवमा अयोध्याका अतिरिक्त भारतका विभिन्न ठाउँबाट साधुसन्त आउने गरेका छन् । केही दशक पहिलेसम्म मङ्सिर शुक्लपक्ष लाग्नासाथै प्रतिपदाकै दिन भारतीय साधुसन्त मटिहानी हुँदै नेपाल प्रवेश गर्थे । यो तालिकामा पहिलो रात मटिहानी, दोस्रो रात जलेश्वर, तेस्रो रात महोत्तरीकै सहोडवा र चौथो दिन जनकपुर पुग्ने चलन थियो । यसक्रममा दिवा…
सतीदेवीको दाहिने तिघ्रा पतन भई उत्पत्ति भएको शक्ति पिठ हो, मनमैजु । मनोरथ तीर्थको किनारमा अवस्थित यस मनमैंजु अजिमा रूपि इन्द्रायणी पिठलाई पौराणिक कथामा विभिन्न रूपले उल्लेख गरिएको छ । वंशावलीमा लेखिएअनुसार राजा गुणकामदेवको पालामा यस मन्दिरको स्थापना गरिएको थियो । यहाँ नेपाल सम्वत् १०३५ भन्दा पुरानो शिलापत्र भेटिएको छ भने राणा प्रधानमन्त्री चन्द्रशमशेर र तत्कालीन राजा महेन्द्रले यस मन्दिरको जीर्णोद्धार गरिएको देखिन्छ । पित्तलको छाना र आकर्षक मन्दिर रहेको यस मन्दिरमा रहेका टुँडाल र तोरणमा यौनकलाका आकृति पनि देख्न सकिन्छ । नेपाल संवत् ७८६ मा प्रताप मल्लले यस मन्दिरको स्थापना गराएको देखिन्छ । सो कुरा मन्दिरको बाहिरी मूल ढोकाको…
गाउँठाउँमा राम्रै विकास निर्माणका काम गर्लान् भनेर बाक्साभरि भोट दिई पठाइएका जनप्रतिनिधिले जितेर एक वर्षभित्र सिन्को पनि भाँच्न नसकेपछि अहिले सिन्धुपाल्चोकका जनता पुर्पुरोमा हात राखेर बस्न बाध्य छन् । सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट जितेका उनी स्वास्थ्यमन्त्रीसमेत छन् । क्षेत्र नं. १ बाट टिकट नपाएपछि ठाउँ सरेका बस्नेतले जितेर प्रमाणपत्र हात थापेको पनि यही आइतबार ३७८ दिन पुगिसकेको छ । यसरी पछुताउनेमध्ये सबैभन्दा बढी सानोसिरुवारीका छन् । चौतारा साँगाचोकगढी नगरपालिका-७ का जनताले यसरी भोट खन्याइदिएका थिए कि ४९ वटा वडा रहेको क्षेत्र २ मध्ये उनको पक्षमा सबैभन्दा बढी भोट नै त्योे वडाबाट खस्यो । जुन वडाबाट सबैभन्दा बढी भोट आफ्नो पक्षमा…
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारमा रहेका कांग्रेसका ९ जना मन्त्रीले पनि राम्रो काम गर्नुपर्ने बताएका छन् । काम गर्न नसक्नेलाई सभापति वा कुनै नेताको संरक्षण हुन नहुने भन्दै थापाले अगाडि भने, ‘मन्त्रीहरुसँग पनि मिसन हुनुपर्छ । मेरो कारणले गर्दा कांग्रेसको एउटा भोट घट्नुहुन्न, मेरो कामले गर्दा कांग्रेसको भोट बढ्नुपर्छ भन्ने सोच्नुपर्छ ।’ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम गर्न नसके हटाउन सक्छौं भनेर कांग्रेसले भन्न सक्नुपर्ने पनि महामन्त्री थापाले बताएका छन् । कांग्रेसका सांसदहरुले मत दिएर प्रचण्डलाई प्रधानमन्त्री बनाएको भन्दै उनले एक वर्षसम्म काम गर्न नसकेको बताए । अब एक वर्ष प्रचण्ड नै प्रधानमन्त्री बन्ने सत्ता गठबन्धनबीच सहमति रहेको भन्दै…
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाण जेलमुक्त बनेको तर एमाले नेता टोपबहादुर रायमाझी थुनामै रहेकोप्रति असन्तुष्टि प्रकट गरेका छन्। मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्राको १७ औं दिन शनिबार पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले नेता खाणको नाम नलिई उनी कांग्रेस भएकै कारण छुटेको बताएका हुन्। रायमाझीको पनि नाम नलिएका ओलीले उनी चाहिँ एमाले भएकै कारण जेलमै रहेको बताएका हुन्। यद्यपि सोही दिन अदालतबाट सफाइ पाएका एमाले सांसद लक्ष्मी कोइरीबारे भने ओलीले ‘बल्ल सफाइ पाएको’ बताएका थिए। ‘अहिले एमालेको एकल सरकार बन्ने अवस्था छैन। हामी प्रमुख पार्टी पनि भएनौं,’ ओलीले…
गण्डकी । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक दलहरूले चुनावको नभई देशको चिन्ता गर्नुपर्ने बताएका छन् । कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं २ बागलुङको क्षेत्रीय सम्मेलनमा बोल्दै उनले देशलाई समुन्नतिको यात्रामा अगाडि बढाउनुपर्ने आजको आवश्यता रहेको औँल्याए। ‘कतिपय दलहरूले अहिले मिसन ८४ भनेर अभियान चलाइरहनुभएको छ, त्यो भनेको के हो ?”, महामन्त्री शर्माले भने, “२०८० मा गर्ने कामको बारेमा कुरा गरौँ, २०८१ मा गर्न सक्ने कामबारे दलहरूबीच छलफल गरौँ ।” उनले असल विद्यार्थीले पढाइमा ध्यान दिने तर परीक्षाको चिन्ता नलिने दृष्टान्त सुनाए । महामन्त्री शर्माले कांग्रेस ‘मिसन ०८४’को अभियानमा नरहेको बताए । कांग्रेसले देशको जितलाई सधैँ केन्द्रमा राख्ने उनले…
संयुक्त राज्य अमेरिकामा घरबारविहीन हुनेको सङ्ख्या यस वर्ष कीर्तिमानी स्तरमा पुगेको शुक्रबार सार्वजनिक गरिएको एक सरकारी प्रतिवेदनले देखाएको छ । अमेरिकी आवास तथा शहरी विकास विभागका प्रमुखले गरेको गणनाअनुसार डिसेम्बरसम्ममा देशभर छ लाख ५३ हजार १०० भन्दा बढी मानिस घरबारविहीन भएका छन् । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा ७० हजार ६५० अर्थात् १२ प्रतिशत बढी हो र सन् २००७ मा तथ्याङ्क सङ्कलन सुरु भएयताकै सबैभन्दा बढी हो । अफ्रिकी अमेरिकीहरू कुल अमेरिकी जनसङ्ख्याको १३ प्रतिशत छन् तर घरबारविहीन भएका मध्ये ३७ प्रतिशत अफ्रिकी अमेरिकीहरू रहेका छन् । सन् २०२२ देखि २०२३ को बीचमा पहिलो भाषका रूपमा स्पेनी भाषा प्रयोग गर्ने…
महेन्द्रनगर (धनुषा), । विवाहपञ्चमीको अवसरमा रङ्गभूमि मैदानमा ११ हजार स्क्यावर फिटभन्दा ठुलो सीतारामको आकृति तयार गरिएको छ । जनकपुरधामस्थित रङ्गभूमि मैदानमा सीताराम आकृति तयार भएपछि यसको दर्शनका लागि पनि निमन्त्रणा आयोजक टोलीले दिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले सीतारामको आकृतिमा प्रयोग गरिएको अन्नलाई सदुपयोग गरिने बताए। नगरप्रमुख साहले एक सय दुई क्विन्टल अन्नको प्रयोग गरिएको चिन्ता व्याप्तरुपमा उठिरहेको भन्दै यस अन्नको सदुपयोग गर्नका लागि लागिपरेको बताए । उनले भने, ‘धार्मिकस्थलका रुपमा रहेको जनकपुरधाम सीता माताको गृहनगर रहेकाले हामीले विभिन्न सङ्घसंस्था तथा विभिन्न व्यक्तिहरुको सहयोग र समयोजन तथा समर्थन पाएपछि सीतारामको आकृति बनाउन अभिप्रेरित भएका हौँ, अन्नलाई कसरी प्रयोग…
काठमाडौं । अभिनेता पल शाहको बलात्कारको मुद्दा फेरि ब्युँतिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय शुष्मालता माथेमा र हरिप्रसाद फुयालको यही मंसिर २२ गतेको संयुक्त इजलासले मुद्दा दोहोर्याएर हेर्न आदेश दिएसँगै यो मुद्दा फेरि ब्युँतिएको हो । अभिनेता शाहले बलात्कार गरेको भन्दै एक नाबालिगले २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुरमा जाहेरी दिएकी थिइन् । जबरजस्तीकरणी मुद्दामा लामै समय पूर्पक्षका लागि थुनामा रहेका शाहलाई उच्च अदालतका तत्कालीन कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले सफाइ दिएको थियो । उच्च अदालत पोखराले प्रमाणहरूको समुचित मूल्यांकन नगरी फैसला गरेको भन्दै उच्च अदालतले शाहविरुद्धको फैसला दोहोर्याएर हेर्न…
काठमाडौं । टिकटकको विकल्पमा नेपाली प्रयोगकर्ताले ल्याएको रमाइलो एप असुरक्षित देखिएको छ । करिब २० हजार प्रयोगकर्ताको डेटा ह्याकरले लिक भएसँगै असुरक्षित देखिएको छ । डेड्लिविपन १३३७ नाम भएका ह्याकरले डार्क वेबको ब्रिच फोरममा डेटा लिक गरेका हुन् । सो एपमा प्रयोगकर्ताले राखेको सामाजिक सञ्जालका अकाउन्टको लिङ्कको विवरण पनि बाहिरिएको छ । ह्याकरले इनसेक्युअर डाइरेक्ट अब्जेक्ट रिफ्रेन्सको प्रयोग गरी डेटा लिक गरेको हुनसक्ने साइबर विशेषज्ञहरूको भनाइ छ ।
काठमाडौं । प्रश्नपत्रमा इसाईमय प्रश्न सोध्ने कान्ति माविलाई बुटवल उपमहानगरपालिकाले कारबाही गरेको छ । पत्रमा इसाईमय बनाउने प्रश्नहरू सोधिएपछि सो कार्यको सर्वत्र विरोध भएको थियो । विद्यालयको कक्षा ७ को ५० पूर्णाङ्कको प्रश्नमध्ये धेरै प्रश्न बाइबल र येशु ख्रिस्टसँग सम्बन्धित रहेको छ । विद्यालयको दोस्रो त्रेमासिक परीक्षाको हाम्रो बुटवल विषयमा बाइबलमा कति भाग छन् ? इसा मसिहा को हुन् ? जस्ता प्रश्नहरू सोधिएका थिए । यसको सामाजिक सञ्जालमा सर्वत्र विरोध भएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो । उपमहानगरपालिकाले मंसिर २८ गते पठाएको पत्रमा विद्यालयलाई यसको बारेमा प्रश्न सोध्नुको उचित कारण माग गरिएको छ । सो प्रश्नपत्रको प्रश्न नं ३ (क),…
हाम्रो जीवनशैलीसँग अपरिचित मानिसहरूलाई मैथिली विवाहको संस्कार अर्थहीन र लामो लाग्न सक्छ। तर मैथिली दम्पतीहरूले एक अर्काप्रति गरेको आपसी माया र सम्मान अरू कुनै पनि राज्यमा अतुलनीय छ भन्ने सबैलाई थाहा छ । हाम्रो हरेक विवाह समारोहको आफ्नै महत्व छ। उदाहरणका लागि, दुलहादुलहीको ढोकामा आउँदा दुलहाले सबैको अगाडि लुगा फेर्नुपर्छ कि उसमा शारीरिक दोष छ कि छैन ? त्यसपछि, विधवाद्वारा परिचलनको समयमा, उनलाई घरको जीवनको व्यावहारिक प्रश्नहरू सोधिन्छ। जस्तै, दुई दाल घ्यू (भेसन) आदि बीचको भिन्नता बुझ्न । त्यसपछि नैना-कोहबारमा जोगिन। भावी श्रीमती र सरलाई नदेखेर एक छान्नु। यो अनुष्ठान वास्तवमा दुलहाको विवेकी आँखामा हेर्छ। त्यसपछि ओथाङ्गरलाई समाज र परिवारका…
भक्तपुर । वरिपरि परम्परागत शैलीमा बनेको ठूलो पर्खाल । चारै दिशामा कलात्मक शैलीमा बनेका प्रवेशद्वारसहितको पाटी । वरिपरि कलात्मक इँटा छापेर बनाइएको बाटोको बीचबीचमा देवीदेवताका मूर्तिहरू । बिहान उज्यालो नहुँदै पोखरी परिक्रमा गर्नेहरुको लर्को, दिउँसो आन्तरिक तथा बाह्य पर्यटक र साँझ उपत्यका विभिन्न ठाउँबाट आउने पारिवारिक र युवा जोडीको भ्रमण अचेल देखिने यस्ता दृश्य उपत्यकाकै जेठो र ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको भक्तपुरको रानीपोखरीको हो । नेपाली सैनिकको सैनिक इलाका । नेपाली सेनाको सैनिक आवासीय माध्यमिक विद्यालय र उच्च शिक्षा अध्ययन हुने क्याम्पससँगै जोडिएर रहेको ए्ेतिहासिक सम्पदाको धरोहर भक्तपुरको रानीपोखरी यतिखेर आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तव्य बन्ने गरेको छ…
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार बिहान काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गर्ने भएको छ । प्राधिकरणका अनुसार टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुन लागेको हो । उक्त सबस्टेसनबाट विद्युत् सेवा आपूर्ति हुने स्वास्थ्य सेवा विभाग परिसर, भिमसेनस्थान, रामघाट, मरुहिटी, ढोकाटोल, क्षेत्रपाटी चोक, ढल्को, ब्रम्हटोल, जैसीदेवल चोकसम्म विद्युत् आपूर्ति बन्द हुने जनाइएको छ । त्यस्तै, ज्याबहाल, चिकुमङ्गल, झोसे, ओमबहाल, भोटेबहाल, यङ्गाल, लगन, महाबौध्द, भोटाहिटी, असन, बाङ्गेमुढा, ईन्द्रचोक, सुन्धारा, सेन्ट्रल जेल, रङ्गशाला अगाडि, न्युरोड, बसन्तपुर दरबार स्क्वायर, रविभवन, सोल्टीमोड, सुनारगाउँ, आर्मी हस्पिटल, नख्खु चोक, बागडोल, धोबिधारा, मलपोखरी, धोबिघाटलगायतका क्षेत्रमा…
काठमाडौं । सर्वोच्च अदालतले निजी स्वामित्वको घरजग्गामा पार्किङ दस्तुर उठाउन नपाउने काठमाडौँ महानगरपालिकाको निर्णयलाई बदर गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु डा आनन्दमोहन भट्टराई, सपना प्रधान मल्ल, सुष्मालता माथेमा र कुमार रेग्मीको संवैधानिक इजलासले यही मङ्सिर २० गते गरेको आदेशको आज लिखित आदेश सार्वजनिक गदै उक्त निर्णय बदर गरेको हो । आदेशमा भनिएको छ, “निवेदकहरुको सम्पत्ति उपभोग गर्ने वा व्यवसाय गर्ने हकमा अंश लगाउने अधिकार नेपालको संविधानको धारा २२८ ले स्थानीय तहलाई प्रदान गरेको नदेखिइ काठमाडौँ महानगरपालिका आर्थिक ऐन, २०५० को उक्त व्यवस्था नेपालको संविधानको धारा २२८ को व्यवस्थासँग बाझिएको देखिँदा काठमाडौँ महानगरपालिका आर्थिक ऐन, २०८० को दफा १२…
काठमाडौं- व्यवसायी उपेन्द्र महतो आर्थिक संकटमा जान थालेसँगै मेडिसिटी अस्पताल बिक्रीको तयारीमा लागेका छन्। महतोले मेडिसिटी अस्पताल बिक्रीका लागि भारतीय उद्योगपतिहरूसँग गरिरहेको डिल अन्तिम चरणमा पुगेको छ। झन्डै ८ अर्ब रुपैयाँ लगानी रहेको मेडिसिटी अस्पताल बिक्रीको तयारीमा महतो लागिरहेका छन्। अस्पताल मासिक १० करोड रुपैयाँसम्म घाटामा जान थालेपछि महतोले अस्पताल बिक्रीको प्रयास गरिरहेका हुन्। भीआईपीहरू भारतसहित विभिन्न देशमा उपचारमा जाने क्रम रोक्न संसारमा भएका हरेक सुविधा दिने घोषणासहित महतोले अस्पताल सञ्चालनमा ल्याएका थिए। निजी क्षेत्रकै सबैभन्दा ठूलो लगानी गरेर अन्तर्राष्ट्रिय सुविधासहितको अस्पताल सुरु गरेका महताले अहिले बिक्रीको तयारी गरेका हुन्। अन्तर्राष्ट्रिय मापदण्डको सेवासहित ७५० बेडको मेडिसिटी अस्पताल २०७४ असोजबाट सुरु भएको थियो। गैरआवासीय…
काठमाडाै । नेपालमा सबैभन्दा ख्यातिप्राप्त भीमसेन दोलखा भीमसेन भए पनि काठमाडाै, पाटन र भीमफेदीका भीमसेन निकै ख्याती प्राप्त पनि छन् । भीमसेन शक्ति सम्प्रदायका देवता भएकाले भैरवका रूपमा पनि पुजिन्छन् । उनी व्यापार र व्यापारीहरूका देवता भएकाले विशेषतः नेपालमा नेवार समुदायका व्यापारी वर्ग श्रेष्ठ, तुलाधर, कंसाकार, मानन्धर आदिले श्रद्धा र भक्तिपूर्वक मान्ने यी भीमसेनलाई हिन्दू तथा बौद्ध दुवै सम्प्रदायका मानिसहरूले पुज्दछन् । काठमाडाै उपत्यकाका व्यापारीहरूले भीमसेनको पूजा गर्नुको प्रमुख कारण यिनको बल र साहसलाई श्रद्धा र भक्तिद्वारा अविवादन गर्नु नै हो । काठमाडाै उपत्यकाका विभिन्न ठाउँहरूमा निर्मित भीमसेन मन्दिरहरूमध्ये गोकर्णेश्वरको भीमसेन टोलमा रहेको भीमसेन मन्दिर पनि एक महत्वपूर्ण मन्दिर हो…
काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले रथी दर्जामा बढुवा भएका उपरथी अशोकराज सिग्देललाई आज रथी दर्जाको दज्र्यानी चिह्न प्रदान गरेका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई उक्त पदमा बढुवा गर्ने निर्णय गरेको थियो । विसं २०२३ माघ १९ गते कपिलवस्तुमा जन्मिएका रथी सिग्देल २०४३ फागुन ३ गते नेपाली सेनाको अधिकृत क्याडेट दर्जामा प्रवेश गरी २०४५ जेठ १९ गते नेपाली सैनिक प्रतिष्ठानबाट सहायक सेनानी भएका थिए । रथीमा बढुवा भएका सिग्देल सेनामा राजनीतिबाट टाढा भएका सैनिक अधिकारी हुन् । रथीमा बढुवा भएसंगै उनको २०८१ भदौपछि २४ पछि प्रधानासेनापति बन्ने निश्चित भएको छ । सेनामा वरिष्ठ रथी नै प्रधानसेनापति बन्ने प्रचलन छ ।…
काठमाडौं । डा गोविन्द केसीले अनसन सुरु गर्ने घोषणा गरेका छन् । यसअघिको सत्याग्रहमा राखेको माग राख्दै उनले अनसन बस्ने घोषणा गरेका हुन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा उनले यो सत्याग्रह तीन दिनसम्म चल्ने बताएका छन् । यसपालि पनि उनले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधार, सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्याउन र सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्न माग गरेका छन् । केसीले १०० शैया भन्दा बढी क्षमता भएका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत…
काठमाडौं । चिसोमा बैठक बस्न नसक्ने भन्दै काँग्रेस सभापति शेरबहादुर देउवाले महासमिति बैठक सरेको छ । आज शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक आगामी फागुन ७ देखि १० सम्म गर्नेगरी सार्ने निर्णय गरेको हो । केही दिनअघि धुम्बाराहीमा आफ्ना निकटस्थहरूलाई बोलाएर बैठक सार्ने बारेमा छलफल गरेका थिए । उनले चिसोमा बैठक बस्न नसक्ने भन्दै चिसो सकिएपछि बैठक सार्ने निर्णय गरेका थिए । तर काँग्रेसले राष्ट्रियसभा चुनावका कारण बैठक सार्ने निर्णय भएको बताएको छ । यसअघि कांग्रेसले पुस १६ देखि १९ का लागि महासमिति बैठक बोलाएको थियो ।
काठमाडौं। पार्टी सभापति शेरबहादुर देउवा महासमिति बैठक सार्ने तयारीमा लागेका बेला महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने राजनीतिक र सांगठनिक प्रस्तावलाई अन्तिम रुप दिनतिर जुटेका छन्। थापा र शर्माले बिहिबार साँझ काठमाडौंको एउटा रेष्टुरेन्टमा दुवै प्रस्तावमाथि छलफल गरेका छन्। महासमिति बैठक तोकिएको मितिमा हुने निश्चित नभएपनि राजनीतिक र सांगठनिक प्रस्तावलाई सकेसम्म चाँडो अन्तिम रुप दिने उनीहरुको तयारी छ। थापालाई सांगठनिक र शर्मालाई राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने जिम्मेवारी छ। महासमिति बैठक पुस १६ देखि १९ गतेसम्म ललितपुरको गोदावरीमा बस्ने तय छ। तर तयारी नपुगेको र चिसोको कारण देखाएर देउवाले बैठक सार्न चाहेका छन्। उनले यसै विषयमा छलफलका लागि शुक्रबार अपराह्न…
महोत्तरीमा ८ वर्षअघि भएको सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा जिल्ला अदालत महोत्तरीले ७ जनालाई जन्मकैदको सजाय सुनाएको छ । यही मुद्दामा प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीले भने सफाइ पाएका छन् । मधेश आन्दोलनका क्रममा २५ भदौ २०७२ मा महोत्तरीमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो । उक्त मुद्दामा २८ साउन २०७५ मा महोत्तरी जिल्ला अदालतमा २८ जनाविरुद्ध कर्तव्यज्यान मुद्दा दर्ता भएको थियो । बिहीबार जिल्ला न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले अभियुक्तहरु सञ्जयकुमार साह, प्रदीप साह माझी, मोहन ठाकुर, अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेलाई जन्मकैदको सजाय सुनाएको अदालतकी श्रेष्तेदार नुतन झाले जानकारी…
काठमाडौं । सरकारले विभिन्न २५ वटा सेवामा हडताल गर्न निषेध गरेको छ । बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले विभिन्न २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गरिएको जनाएको हो । सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी २५ वटा सेवामा हडताल गर्न निषेध गरेको हो । निषेध गरिएका आवश्यक सेवा क्षेत्रमा डाँक, तार वा टेलिफोन सेवा, जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसार पसार गर्ने यातायात सेवादेखि इन्टरनेट सेवासम्म छन् । त्यसैगरी होटेल, बैक तथा अस्पताल क्षेत्रमा पनि हड़ताल निषेध गरिएको छ ।
दैलेखमा महिला अधिकारका लागि पैरवी गर्ने व्यक्ति नै घरेलु हिंसामा परेको खुलासा भएको छ। भैरवी गाउँपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख निर्मलाकुमारी आचार्य आफैँ घरेलु हिंसामा परेको खुलेको हो। कणर्ाली प्रदेशको सामाजिक विकास मन्त्रालयमा नायब सुब्बाका रूपमा कार्यरत श्रीमान् नवराज शर्मा रिजालविरुद्ध निर्मलाले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ठाडो निवेदन दर्ता गरेसँगै घटना बाहिरिएको हो । आफन्तको घरमा बसेका बेला शनिबार बिहान त्यहीँ पुगेर श्रीमानले निर्मलामाथि कुटपिट गरेपछि घटना बाहिरिएको समाचार बुधबारको गोरखापत्र दैनिकमा छ। कुटपिटबाट घाइते निर्मलाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
जनकपुरधाम । जनकपुरधाममा जारी सप्ताहव्यापी सीताराम विवाह पञ्चमी महामहोत्सवको तिल्कोत्सव मनाइँदै छ । तिल्कोत्सवमा जानकी मन्दिरबाट कोसेली लिएर साधुसन्तहरु जनकपुरकै राम मन्दिरमा पुगेर तिल्कोत्सव मनाइन्छ । बिहीबार दिउँसो ४ बजेदेखि जानकी मन्दिर परिसरमा सुरु भएको धनुष यज्ञ प्रतियोगितामा अयोध्याका राजा दशरथ पुत्र रामचन्द्रको स्वरूपमा सजिएका कलाकारले धनुष उचालेर टुक्रा पारेसँगै यज्ञ सम्पन्न भएको र आज तिल्कोत्सव मनाइएको जानकी मन्दिरका सहमहन्थ रामनरेश दासले बताए । त्रेतायुगमा राजा जनकले आफ्नी छोरी सीतासँग स्वयम्बरका लागि राखेको ‘शिव धनुष यज्ञ’ प्रतियोगितामा राजा दशरथका छोरा रामचन्द्रले तीन टुक्रा पारेको किंवदन्तीअनुसार यज्ञ सम्पन्न भई सीतारामबीच माला साटासाट भएको पनि उनले जानकारी दिए । सप्ताहव्यापीरूपमा मनाइने सीताराम…
काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ अत्तरखेलमा रहेको कान्तिभैरव बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता धर्नामा उत्रेका छन् । सहकारीले दुई वर्षदेखि मागेजति बचत फिर्ता गर्न नसकेपछि धर्नामा उत्रन बाध्य भएको सहकारी पीडित सङ्घर्ष समितिले जनाएको छ । समितिका अध्यक्ष सुवास श्रेष्ठका अनुसार सहकारीमा सात हजार ७०० भन्दा बढी बचतकर्ता छन् । सहकारीमा बचतकर्ताको रु एक अर्ब २० करोड ८० लाख ४८० रहेको उनले जानकारी दिए । समितिले सहकारी विभाग नयाँबानेश्वरमा सञ्चालक समितिसँग गरेको बैठकका क्रममा रु ६० करोड ऋण विना धितो लगानी गरेको सुनाएका थिए । त्यसमध्ये धेरै रकम सञ्चालकले आफन्तका नाममा प्रवाह गरेका छन् । रु छ…
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । दिउँसो १२:१५ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठकमा महासमिति बैठक तयारी, जाजरकोट भूकम्प, समसामयिक राजनीतिकलगायत विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यको उपस्थिति रहने बताइएको छ ।
काठमाडौं । चण्डोलबाट विशालनगरतिर जाँदा इक्षुमती(टुकुचा)को किनारमा रहेको एउटा भव्य देवी मन्दिर जसले पौराणिय महत्व बोकेको छ ।काठमाडौँको मध्य भागमा अवस्थित महाराजगञ्ज(उ), चण्डोल(पू), विशालनगर(द) र वालुवाटार(प)को बीचमा रहेको टुँडाल देवी मन्दिरको दक्षिणमा मसान रहेको छ । मन्दिर अनि मसान दुवैलाई अति पवित्र मानिन्छ । टुँडालदेवी नजीकैको अर्को देवगण भाटभटेनीलाई यिनको छोरी ज्वाँई भनेर मानिएको छ । वर्षेनी चैत्रशुक्ल पूणर्िमामा टुँडालदेवीको परम्परागत जात्रा चलाईन्छ जसमा भाटभटेनीको विशाल मूर्ति टुँडालदेवी मन्दिरमा ल्याईन्छ । यो जात्राको महत्त्व पूणर् भाग हाँडीगाउँको गहना पोखरीमा सम्पन्न हुन्छ । टुँडालदेवी खटजात्राबारे प्रख्यात कथन अनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी भन्ने छ । यसबाट…
