काठमाडौं । प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाकार हरिबोल गजुरेलले सल्लाहकारबाट राजीनामा दिएका छन् । प्रचण्डका राजनीतिक सल्लाहकारले नै ह राजीनामा दिएको विषयलाइ लिएर माओवादी केन्द्रमा खैलाबैला भएको छ।
गजुरेलले मंसिर २० गते राजीनामा दिएका थिए । यद्यपि अहिलेसम्म उनको राजीनामा स्वीकृत भइसकेको छैन। उनले राजीनामामा केही गम्भीर विषय उल्लेख गरेको बताइन्छ । राजीनामा पत्र सार्वजनिक गर्न नमिल्ने उनले बताउँदै आएका छन् ।
गजुरेलको राजिनामासँग प्रचण्ड र उनका अन्य सहयोगिसँग व्यापक असहमतिको विषय हो भनेर गरिएको अड्कालसँगै कतिले उनी राष्ट्रियसभामा जान लागेकोले राजिनामा दिएको पनि बताउन थालेका छन् ।
यद्यिप उनले एक अन्तर्वार्तामा दुर्गा प्रसाईं जस्ताले सरकारलाइ थर्काउने अवस्था बन्दै गएको भन्दै सरकार कमजोर भएको बताएका छन् । उनले अन्तर्वार्तामा भनेका छन्, हिजो हामीले सरकारलाई बलियो बनाउन भूमिका खेल्यौँ। अहिले राम्रो बनाउने वातावरण नभएपछि राजीनामा दिएँ। अहिले सरकारमा बसेर पनि जनतामा बढेको निरासा हटाउन सकिने अवस्था छैन।
गजुरेलले राजिनामाका बारेमा व्यक्तिगतरूपमा प्रचण्डसँगको असहमति नभएको बताएका छन् । उनी भन्छन्, नैतिक आधारमा मैले पदमा बसेर काम गर्न सक्ने वातावरण भएन। जनतामा आकर्षण पैदा गराउने कार्यक्रम र योजना ल्याउने कुरा देखिएन।मुख्य कुरा सरकारलाई काम गर्ने दिशामा लैजान सक्ने अवस्था बनेन। जता लैजान खोजेको हो त्यो बाटो नै हिँड्न खोजेको जस्तो लागेन। राम्रो हुन पो हरिबोल चाहियो त, नराम्रो हुन त किन चाहियो र जस्तो लाग्यो।
उनले यो राजीनामासँग राष्ट्रिय सभामा जानका लागि गरेको भन्ने हल्ला पनि निराधार बताएका छन् उनी भन्छन्, राष्ट्रिय सभामा जाने भए दुई दिनअगाडि राजीनामा दिन्थेँ नि। त्यसमाथि राष्ट्रिय सभामा जान पनि सल्लाहकार हुँदै प्रधानमन्त्रीसँग भन्न सजिलो हुन्थ्यो होला? कुनै पदको लागि होइन, गम्भीर नीतिगत विषय, जनताको जनजीविकाको सवालको कुरा हो। मैले कतिपय विषय कार्यान्वयन गर्न पहल पनि गरे तर, हुँदै भएन। सरकारमा बसेर के गरिस् भन्दा जवाफ दिनुपर्ने त हामीले हो नि, त्यही गर्न नसके त किन पदमा बस्नु?