राष्ट्रियसभा निर्वाचनबारे सत्तारुढ गठबन्धनका शीर्ष नेताबीच आइतबार बालुवाटारमा छलफल भएको छ । राष्ट्रिय सभामा रिक्त हुने एमालेको मनोनितसहित नौ सीटमध्ये कुन दललाई कति-कतिका दरले बाँड्ने भन्नेमा गाँठो परेको विषय छलफलले टुंगो भने लगाउन सकेन । गठबन्धन क़ायम राख्ने बारेमा भने सबैको एकमत रहेको बैठकले गठबन्धनमा रहेका जनमोर्चा र जसपालाई एक-एक सीट दिने मानसिकता बनाएको छ । ।
त्योभन्दा पनि महत्वपूर्ण चलखेल को सांसदको उम्मेदवार बन्ने ? भन्ने विषय रहेको छ । कुन पार्टीलाइ कति उम्मेदवार दिने वा कति सिट दिने विषयभन्दा पनि पार्टीभित्र को को उम्मेदवार बन्ने बारेमा व्यापक चलखेल भैरहेको छ ।
यसैबीच कांग्रेसमा आकांक्षीहरूको चाप थामिनसक्नु देखिएको छ । यद्यपि कसले टिकट पाउने विषयमा सबैभन्दा बढि प्रभाव सभापति देउवा पत्नी आरजु राणाको हुनेछ भन्ने बारेमा कांग्रेस वृत्त निश्चित देखिएको छ । शक्तिशाली सभापतिकी पत्नी आरजु राणा यतिखेर पैसावालहरूलाइ राष्ट्रिय सभा सदस्य बनाउन लागि परेको भनेर चर्चा छ । आरजुले कम्तिमा ३ जना आफ्नो मान्छे पर्नुपर्ने बटम लाइनमा काम गरिरहेको सुत्र बताउँछ । आरजुले उमेश श्रेष्ठ, अनिल रूँगटा र दीपकप्रकाश बास्कोटाको नाममा आफू टसमस नहुने लक्षण देखाएको चर्चा छ ।
कांग्रेसमा शेखर गगन समूहले क्षमता र आवश्यक्ताको आधारमा १ दर्जन नाम फ़ाइनल गरेर छान्न माँग गरेको छ भने देउवा समूह ठीक विपरीत आफ्नै मान्छेहरू भर्ती गर्ने सोचमा काम गरिरहेको छ । चार सांसद रिक्त हुने कांग्रेसले कोशी प्रदेशमा खसआर्य पुरुषतर्फ कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभामा ल्याई अध्यक्ष बनाउने तयारी गरेको बताइन्छ । सिटौलालाइ देउवाले बचन दिएको विषय चर्चामा छ । शेखर गगनको सूचिमा सिटौलाको नाम नभएको चर्चा छ । पूराना नेताहरूमा गोपालमान श्रैष्ठले अन्तिम मौका खोजिरहेका छन् कल्याण गुरूङले पनि च्याँखे दाउ थापिरहेको बताइन्छ ।