काठमाडौँ । काठमाडौँ उपत्यका भित्रका अजिमा वा योगिनीहरू वास्तवमा हिन्दु शाक्त परम्परा, बौद्ध शाक्त परम्परा र स्थानीय नेवार समुदायको मातृसत्ता प्रतिको झुकावको सम्मिश्रणबाट सृजित धार्मिक विश्वासको मूर्त स्वरूप हुन् । यस्ता अजिमाहरूको कल्पनाको प्रमुख आधार भने हिन्दु शाक्त परम्परा नै हो । त्यसैले काठमाडौँ उपत्यकाभित्रका अजिमाहरूको इतिहासको अध्ययनको लागि यहाँको शाक्त परम्पराको इतिहासलाई पुनरावलोकन गर्नु आवश्यक देखिन्छ ।
स्थानीय नेवार समुदायले महिला स्वरूपमा कल्पना र पूजा गर्ने महान हजूरआमा भन्ने अर्थमा स्थानीय मातृशक्तिहरूलाई अजिमाको पूजा उपासना गर्दछन् । यस्तै प्रकृतिका हिन्दु तथा बौद्ध तान्त्र या योग सम्बद्ध स्त्री देविहरूलाई काठमाडौका नेवार समुदायले योगिनीको रूपमा पनि पूजा उपासना गर्ने परम्परा रहेको छ । यी मातृशक्तिहरूका छोरा, दिदी बहिनी वा आमाहरू हुने कल्पना गरेको पाइन्छ , तर यस्ता मातृशक्तिको पिता वा श्रीमानको भने कल्पना गरिएको पाइँदैन । त्यसैले अजिमाहरू पुरुष देवताका पत्नी वा छोरीभन्दा माथिल्लोस्तरका स्वतन्त्र मातृशक्ति हुन् जसले उपत्यकाभित्रका नेवार समुदायको रक्षा वा संरक्षण गर्ने गर्दछन् ।
काठमाडौँको त्यौडटोलमा घर हुने र ढल्को टोलको विष्णुमती किनारमा पीठ हुने लुँती अजिमा हिन्दु पौराणिक साहित्यमा वणर्ीत् सप्तमातृकामध्ये इन्द्राणी मातृकाकै स्थानीय परिवर्तित् स्वरूप मानिन्छ । तर काठमाडौँ उपत्यकाभित्र रहेका सबै इन्द्राणीहरू भने लुँती अजिमा होइनन् । त्यसैले यस विषयमा स्पष्ट हुनको लागि उपत्यकाभित्रका इन्द्राणी पीठहरूको विषयमा र ढल्को टोलकी अजिमाको नाम लुँती अजिमा राखिएको हो । पौराणिक कालमा विकसित सप्तमातृकामध्ये एक इन्द्राणी हुन् । उनको अर्को नाम शची पनि हो ।
ऋग्वैदिक साहित्यमा सुन्दर देवीको रूपमा वणर्न गरिएकी इन्द्राणीलाई महाकाव्य तथा पुराणहरूले देवराज इन्द्रकी पत्नीको रूपमा वणर्न गरेका छन् । उनलाई कश्यप ऋषि र दनुकी नातिनि तथा असुर पुलोमाकी छोरीको रूपमा वणर्न गरिएको पाइन्छ । यी मातृकाका जयन्त, ऋषभ तथा मिदुष नामका छोरा र जयन्ती नामकी छोरी रहेको वणर्न पुराणहरूले गरेका छन् या अन्य मातृकाहरू त्रिदेव (ब्रह्मा, विष्णु र महेश)सँग सम्बन्धित रहेको, तर इन्द्राणी भने देवराज इन्द्रसँग सम्बन्धित रहेको विश्वास गरिन्छ ।
लुँती अजिमाका सात दिदीबहिनीहरूमध्ये भद्रकाली, कंकेश्वरी, वटु अजिमा आदि दिदीबहिनीहरूको चैत्र महिनाको पीशाच चतुर्दशीमा जात्रा मनाउने परम्परा रहेको छ । तर यी अजिमाको भने उनका दिदीबहिनीहरूभन्दा चार महिना अगाडि अर्थात् मार्ग कृष्ण त्रयोदशीदेखि आमावश्यसम्म जात्रा मनाउने गरिन्छ । यस जात्राको अवसरमा यी अजिमाबाहेक आसपासका अन्य देवताहरू क्षेत्रपाटीस्थित स्वां छपू गणेश, धोबीचौरको भुँडे गणेश, विष्णुमतीपारिको शोभा भगवती, ज्वालामाई र मचा खः समेतलाई लुँती अजिमाकै सन्तान मानेर यही अवसरमा पूजा एवं जात्रा गर्ने परम्परा रहेको छ ।
यस जात्राका केही महत्वपूणर् पक्षहरू विशेष देखिन्छन् । यो जात्रा लुँती अजिमा र उनका सन्तान मानिएका अन्य देवीदेवता समावेश गरी सामूहिक रूपमा सम्पन्न हुन्छ । यस अवसरमा सबै देवदेवीहरूलाई आ-आफ्ना देवघर (देव छेँ)बाट झिकेर मसानघाट क्षेत्रमा बनाइएका उनीहरूका पीठमा ल्याइन्छ । पीठ क्षेत्रमा बनाइएका मन्दिरहरूमा उनीहरूलाई रात्रिकालीन समयमा विशेष तान्त्रिक पूजाआजा र होम गरिन्छ । लुँती अजिमा पीठमा जीव आहूति सहितको विशेष होम गरिन्छ । त्यसरी पूजा र होम गरिसकेका सबै देवदेवीहरूलाई आ-आफ्ना पीठहरूबाट उत्सवमय खटयात्रा गर्दै ठँहिटि क्षेत्रमा भेट गराइन्छ ।
यी खटहरूलाई पुरानो काठमाडौँ सहरका टोलहरूको परिक्रमा गराई टोलटोलमा पूजाआजा गर्दै अन्त्यमा आ-आफ्ना देवघर (देव छेँं)मा लगेर राखेपछि जात्रा सम्पन्न हुन्छ ।