काठमाडौं खबर पुस ४, २०८०
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पाल्पामा भएको कार्यक्रममा भएको गल्तीप्रति माफी मागेका छन् । पाल्पा जिल्ला सम्मेलनको क्रममा नगरपालिकाको हलमा भएको कार्यक्रममा नगरपालिकाको ब्यानर छोपेर कार्यक्रमको ब्यानर राखिएको विषयमा माफी मागेका हुन् ।
थापाले बुधबार सामाजिक सञ्जालमा माफी माग्दै त्यसमा आफूले पनि ध्यान दिनुपर्नेमा ध्यान दिन नसकेकोमा माफी मागेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ुसम्मेलनको लागि नगरपालिकाको तल्लो तलामा रहेको हल भाडामा लिएर त्यसमा नै मूल ब्यानर टाँगेर कार्यक्रम सुरु भएको थियो तर हल बाहिर रहनुभएका साथीहरूले पनि मेरो कुरा सुन्न पाउनु पर्यो भनेर माग गरेपछि, मन्तव्यको लागि आयोजकले भवनको माथिल्लो तलाको बार्दलीमा लैजानुभयो। त्यसका लागि नगरपालिकाको ब्यानर छोप्नु र सम्मेलनको ब्यानर राख्नु गम्भीर लापरबाही हो । यसबारे जानकारी नराख्नु र ध्यान नपुग्नु मेरो गल्ती हो। त्यसप्रति म माफी चाहन्छु। पार्टीका निम्ति यो एउटा सिकाइ भएको छ, आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौँ ।ु