Author: Kathmandu Khabar

नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा राष्ट्रिय सभाको निर्वाचनको बारेमा छलफल हुने नेपाली काँग्रेसले जनाएको छ । बैठकमा पार्टीका आन्तरिक विषय, मन्त्रीहरूका कामको समीक्षा पनि हुने बताइएको छ ।

Read More

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । आइतबारदेखि सुरु भएको सो बहस सोमबार र मंगलबार सार्वजनिक बिदाका कारण रोकिएको थियो । बुधबारबाट भने फेरि बहस सुरु भएको हो । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा अन्तिम सुनुवाइ हुँदैछ । बुधबार जाहेरवालाका तर्फबाट बहस सुरु भएको छ भने जाहेरवाला र सरकारी वकिललाई आज खाजा समयभित्र बहस सक्न भनिएको छ । अदालतका श्रेस्तेदार रामु शर्माका अनुसार खाजा समयपछि सन्दीपका वकिलहरूले बहस थाल्नेछन् । सन्दिपका वकिलहरूको बहस सकिएपछि सरकारी वकिलले जवाफी बहस गर्नेछन् । त्यसपछि भने सन्दीपको मुद्दामा फैसला आउने छ ।

Read More

भरतपुर । चेपाङ समुदायमा छोरीलाई विवाहमा चिउरीको बोट दाइजो दिने गरेका छन् । त्यो प्रथा अहिले पनि कायमै छ । मानव विकास सूचकाङ्कमा पछि परेको तथा वनमा आधारित जीवनशैली अपनाउने र प्रकृतिका पुजारी मानिने यो समुदायले चिउरीको रूखलाई पनि सम्पत्ति मानेर दाइजो दिने गर्छ । यो समुदायले परम्परागत पेसाका रुपमा माछा मार्ने, चराचमेरा तथा साना जङ्गली जनावरको सिकार गर्ने गर्दछ । परम्परागत सीपबाट डोको, डालो, नाम्लो, अम्रिसोको कुचो, जाबी बुनेर त्यसबाट आम्दानी पनि उनीहरु गर्ने गर्दछन् । अहिले बिस्तारै जीवनशैली परिवर्तन गर्दै गरेका चेपाङ समुदायले चिउरीको मह बनाउन लागि मौरीपालन पनि सुरु गरेका छन् । चेपाङ समुदायको उत्थानका लागि बागमती…

Read More

काठमाडौं । गत साउन महिनामा पत्रकार कुट्दा पनि माफी पाएका बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीका स्वकीय सचिव (पीए) रवीन्द्र अधिकारीले नगरपालिकामा नै कर्मचारीमाथि कुटपिट गरेका छन् । सोमबार नगरपालिकाको प्राङ्गणभित्रै अधिकारीले कार्यालय सहायक किशोर बरुवालमाथि कुटपिट गरेका हुन् । चन्द्रागिरि नगरपालिकाको स्विट्जरल्याण्ड पार्कमा नगरपालिकाका कर्मचारीद्वारा आयोजित वनभोज कार्यक्रम सकेर फर्किएका बरूवालमाथि बसको ड्राइभरलाई गीत बजाउन लगाउने विषयमा विवाद भएपछि कुटपिटमा उत्रिएको नगरपालिकाका एक कर्मचारीले जानकारी दिएका छन् ।  ती कर्मचारीका अनुसार फर्किने क्रममा बसमा पूर्व नगरप्रमुख उद्धवप्रसाद खरेलको पालामा रेकर्ड गरिएको नगर गीत बझाउनका लागि बरुवालले बसका चालकलाई अनुरोध गरेका थिए । तर बरूवालको प्रस्तावमा अधिकारीले असहमति जनाएका थिए…

Read More

मतिना पारु भन्नाले प्रणय (प्रेम) दिवस भन्ने बुझिन्छ । जब प्रणय दिवसको कुरा उठ्छ झट्ट हामी भ्यालेन्टाइन डे सम्झिहाल्छौँ । हामीमा विदेशी प्रभाव यति भइसक्यो कि उस्तै परम्पराको हाम्रो संस्कृति भुल्दै गएका छौँ भने विदेशी पर्व अँगाल्दै गइरहेका छौँ । ‘भ्यालेन्टाइन डे’ मात्र होइन ‘अप्रिल फुल’, ‘ह्यापी न्यू यर’जस्ता धेरै यस्ता पर्वहरू हामीले अँगाल्दैछौ । जुन पर्व हाम्रो नेवा संस्कृतिमा पहिले नै विद्यमान थियो । मतिना भन्नाले माया वा प्रेम हो भने पारु भन्नाले एक तिथि हो । यसरी मतिना पारु भन्नाले माया प्रेम गर्नेहरूको दिन वा दिवस भन्ने बुझिन्छ । नेपाल मण्डलमा योमरी पूर्णिमाको भोलिको दिन थिंल्लागा पारु (प्रतिपदा)…

Read More

धेरैलाई याद होला नहोला नेपालका पुरानो बियरबारे । कतिलाई त अझै पनि यसको स्वाद थाहा होला । पढौ नेपालमा बियरको कथा । हुन त नेपाल ब्रुअरी लिमिटेडको स्थापना २०२२ सालको पुसमा भए पनि यसले आफ्नो उत्पादनको थालनी गर्न भने करिव ६ वर्ष लगायो । यस बिच यो कम्पनीले जर्मनबाट प्लान्ट ल्याएर हेटौडामा जडान गर्यो । यसरी सम्पूर्ण तैयारी पछि २०२८ सालमा नेपालमा नेपालकै पहिलो उत्पादनको रुपमा स्टार बियर शुरु भयो । यो नेपालको पहिलो बियर मात्र थिएन । आफ्नै ब्राण्डमा तैयार भएको बियर पनि थियो । जर्मनबाट मेशिन ल्याएर जडान गरे पनि उत्पादन भने आफ्नै किसिमको थियो । यस स्टार…

Read More

काठमाडौँ – ऐतिहासिक वसन्तपुरलाई पर्यटकीय स्थलको रुपमा लिइन्छ । जहाँ हनुमानढोका दरबार, सानो पशुपतिनाथ मन्दिर, कालभैरव र न्यातपोल मन्दिर छन् । ऐतिहासिक संग्रहालय धार्मिक, ऐतिहासिक र सांस्कृतिक धरोहर छन् ।  केही दूरीमा धरहरा समेत छ । धरहरा र वसन्तपुर नजिक लगनमा  १२ वर्षे इनार पनि छ । जुन धेरैलाई थाहा नहुन सक्छ । उक्त पर्यटकीय र धार्मिक इनारको नाम नेवारी भाषामा ’जपटु’ हो । जुन मञ्जु मञ्ज बज्राचार्यले जप गरेर बनाएको ऐतिहासिक किंवदन्ती छ । जप गरेर बनाएकाले नेवारी भाषामा यसलाई ’जपटु’ भनिन्छ । यो जमिन मुनि सात तलासम्म छ भन्ने जनविश्वास छ । यो १२ वर्षमा एक पटक सफा गरिन्छ त्यसैले पनि यसलाई १२ वर्षे इनार…

Read More

काठमाडौं ।  जनताको चुलो महँगिएको छ । रोजगारीको अवसर सिर्जना भएका छैनन् । देशमा बस्ने भन्दा पनि निराश हुँदै विदेश जानेको संख्या बढ्दो छ । सेयर बजार लामो समयदेखि सकारात्मक छैन । व्यापारिक सटरहरू बन्द भइरहेका छन् । अर्थतन्त्र सकारात्मक नभएको भन्दै गुनासो छ । देशको अर्थतन्त्रको बागडोर कांग्रेससँग छ । अर्थमन्त्री देउवा परिवारका विश्वासपात्र प्रकाशशरण महत छन् । तर, अर्थतन्त्रमा देखिने काम नभएको उनकै पार्टीबाट आरोप लाग्ने गरेको छ ।  केन्द्रीय सदस्य पौडेल सरकार सफल नहुनुमा बढी भागिदार प्रधानमन्त्री हुने भए पनि सरकारमा बसेपछि कांग्रेस पनि उत्तिकै भागिदार हुने बताउँछन् । आर्थिक संकट हल गर्न देखिने गरी काम हुन…

Read More

ताप्लेजुङ । किरात समुदायको बसोबास रहेको पूर्वी पहाडमा आज उद्यौली पर्व अर्थात् चासोक तङ्नाम धुमधामका साथ मनाइएकाे छ । विशेष गरी ताप्लेजुङ, पाँचथर, तेह्रथुम, इलाम, धनकुटा, झापा, मोरङ, सुनसरीलगायत क्षेत्रमा पूजाआजासहित विविध कार्यक्रम गरेर यो पर्व मनाइएको हो । चासोक तङ्नामका बेला थान थापेर प्रकृतिदेवीलाई पुकार्दै नयाँ अन्नबाली पुज्ने गरिन्छ। बाली उब्जाइदिने प्रकृति, जल, जमिन, वायु, अग्नि (सूर्य) लाई प्रकृतिदेवीका रुपमा मानेर पुजा गर्ने परम्परा रहेको छ । किरात समुदायमा चासोक तङ्नाम भनेको अन्नप्रति सम्मान गर्नु हो । किरात लिम्बू समुदायले अन्नलाई एक प्रकारको देवताका रुपमा मान्ने गरेका छन् । पैयूँ फुल्ने, माछा र चरा दक्षिण तिर लागेको उँधौली यामको…

Read More

काठमाडौं । माओ दिवसको अवसरमा मोहन वैद्यका कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीसँग सामान्य विवाद भएको छ । रत्नपार्कस्थित शान्तिबाटिकामा भएको कार्यक्रममा वैद्य मा‌‌ओवादीका कार्यकर्ताले बाटोमा अवरोध गरेपछि खुलाउने क्रममा उनीहरूबीच विवाद बढेको हो । बाटो खुलाउन खोज्दा वैद्यका कार्यकर्ता र प्रहरीबीच केहीबेर धकेलाधकेल भएको काठमाडौं प्रहरीका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।

Read More

काठमाडौँ । सरकारले विभिन्न चुनौती र साधनस्रोतको सीमाका बाबजुद एक वर्षको अवधिमा आर्थिक, सामाजिक तथा पूर्वाधार विकास एवं शासकीय सुधार र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय कार्य सुरु गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको नेतृत्व गर्नुभएको एक वर्ष पूरा भएको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आज सार्वजनिक विवरणमा सो अवधिमा सुरु गरिएका कार्य र प्राप्त उपलब्धिले राष्ट्रलाई शान्ति, स्थिरता, सुशासन र अग्रगमनतर्फ अघि बढाउन र अन्तर्राष्ट्रिय जगत्मा देशको प्रतिष्ठा र गौरव बढाउन सहयोग पुगेको उल्लेख छ । सरकार जनताको सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको सपनालाई जतिसक्दो छिटो पूरा गर्न पूर्ण जिम्मेवारीबोधका साथ अघि बढिरहेको जनाउँदै नागरिकको जीवनस्तरमा गुणात्मक…

Read More

काठमाडौँ । अग्रज सर्जक तथा लेखक तिलकप्रसाद लुईटेलको निधन भएको छ । मृगौला सम्बन्धि रोगबाट ग्रसित  लुईटेलको  मंगलबार बिहान ७ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो। शुक्रबारदेखि श्वासप्रश्वास समस्या देखिएपछि उहाँलाई आईसीयुमा राखिएको थियो।  सोमबार स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो। लामो समयदेखि बुढानीलकण्ठ १० मा बसोबास गर्दै आएका लुईटेलले चार वेदलगायत अनेकौं संस्कृत ग्रन्थहरूको अनुवाद गरेका छन् । उनको उपचार गर्न आर्थिक अभाव भएका कारण सहयोग पुर्याइदिन एक अपीलसमेत सार्वजनिक गरिएको थियो। २०१९ साल वैशाख १ गते जन्मनु भएका लुइटेलको ६१ वर्षको उमेरमा निधन भएको हो ।   ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद, मनुस्मृति, विदुरनीति, चाणक्यको सिद्धान्तलगायत…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काम गर्न नसके आफूसहित कुनै मन्त्रीलाई पद ओगटेर बस्ने सुविधा नभएको बताएका छन् ।उनले कार्यसम्पादन कमजोर भएका मन्त्रीहरुलाई बिदा गर्ने संकेत गर्दै सम्बोधनका क्रममा भने, “म आज जनतालाई साक्षी राखेर माननीय मन्त्रीहरूलाई पनि भन्‍न चाहन्छु, हामीलाई असफल हुने छूट छैन। कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफ गर्नसक्ने अवस्था र मनस्थितिमा छैन। हामी सबै आ-आफ्नो भूमिकामाथि न्याय गर्नैपर्ने नैतिक दबाबमा छौँ। कार्यक्षमता प्रमाणित गर्न सकेनौँ भने कसैले पनि अब ठाउँ ओगटिरहनु हुँदैन, छाडिदिनुपर्छ। यो मैले अरूलाई दिएको उपदेशमात्र होइन, आफैंसँग गरेको वाचा पनि हो। देशमा  सकारात्मक परिवर्तन र आशा जगाउन नसके मैले पनि पद…

Read More

काठमाडौ । देशका होनाहार युवा विदेश पलायन हुनेक्रम बढ्दै गएको छ, यसलाई बेलैमा रोक्न सकिएन भने देश र हाम्रो सन्ततिको भबिष्य अन्धकार तर्फ धकेलिन्छ । यसप्रति आफुलाई चिन्ता लागेको छ । सरकारको ध्यान यसतर्फ जावस । यी भनाई आबिस्कारका अभियन्ता, नेपाल आबिस्कार केन्द्रका संस्थापक महावीर पुनका हुन । उनले राजधानिको सुकेधारास्थित बागमती बोर्डिङ सेकेन्डरी स्कुलले आफ्नो छैटौँ विज्ञान तथा शैक्षिक प्रदर्शनीका क्रममा आयोजना गरेको कार्यक्रममा प्रमुख अथितिको रुपमा बल्ने क्रममा बताएका हुन । अभियन्ता पुनले अरुले गरेनन्, सरकारले गरेन भन्नुभन्दा आफूले गरेर देखाउनुपर्छ भन्ने भावना युवामा जागृत भए देशको उन्नति हुन कसैले रोक्न नसक्ने बताएका थिय । मनतब्यको क्रममा पुनले…

Read More

किरात राईहरुको साकेला ,साकेन्वा उभौली उधौली र सिली: किरात राईहरूको आस्थाको धरोहर साकेन्वा सिली मुख्य हो। संसारका हरेक जातिहरू कुनै न कुनै संस्कार, संस्कृति, विश्वास र आस्थामा आबद्ध रहेका हुन्छन् । यो उनीहरूको ऐतिहासिक सम्बन्धको मुख्य अंश चिनारी पनि हो। मानवको सृष्टिसँगै उनीहरूले लामो समयदेखि गरेका अनुभव व्यवहार र प्रचलनले धर्म, संस्कृति र परम्पराको स्वरुप निर्धारण गर्न पुगेपछि यसैलाई आजसम्म किरातिजगतले निरन्तरता दिई आएका छन्। यो परम्परा र संस्कृति भित्र ठूलो इतिहास लुकेको हुन्छ। यसको क्रमबद्ध अध्ययन र खोज गर्ने जिम्मेवारी हामी सबैको काधमा आएको छ। किरात राईहरूले वार्षिक रुपमा दुईपटक बैशाखे र मंसिरे धान्यपूर्णेदेखि मनाउने साकेला ,साकेन्वा उभौली र…

Read More

आज मंसिर शुक्ल पूर्णिमाका दिन देशभरका विभिन्न समुदायले आ-आफ्ना विशेष पर्वहरू मनाउने गर्छन् । पूर्वका किराँतदेखि पश्चिमका खसहरूसम्मले यस दिन विशेष रूपमा मनाउने गर्छन् । यस दिन मनाइने करिब दर्जन बढी पर्वहरूको सूची निम्नानुसार छ । पूर्णिमा व्रत शुक्ल पक्षको अन्तिम दिन पूर्णिमा हो । यस तिथीमा चन्द्रमा सर्वाधिक चम्किलो र तेजिलो रुपमा रहेको हुन्छ । यस दिन व्रत बस्नाले चन्द्रमाको असिम कृपा प्राप्त हुने र स्वास्थ, समृद्धि र शान्ति प्राप्त हुने विश्वास छ । पूर्णिमाको दिन विशेषगरि भगवान् शिव र विष्णुको आराधना गरिन्छ । भगवान विष्णुलाई गरिने विशेष अर्चनालाई सत्य नारायण पुजाको स्वरुपमा गरिन्छ । सामान्यतया सत्य नारायण पुजा…

Read More

काठमाडौँ । प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्त्वपूर्ण चाड उधौली देशभर हर्षोल्लासका साथ आज मनाइँदै छ । हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनदेखि सुरु हुने उधौली चाड मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ । किराँत राईहरुको दोस्रो महान् चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ । यस चाडमा किराँतीहरु एकापसमा भेला भएर सङ्गठितरुपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्दछन् । किराँतको धार्मिक पुस्तक मुन्धुमअनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेतीकिसानीका आधारमा यी दुई समय बाँडिएको किराँत समुदायको बुझाइ छ…

Read More

भक्तपुर । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले यःमरी पूर्णिमा अर्थात् यःमरी पुन्हि मनाउँदैछन् । ‘यः’ को अर्थ नेपाल भाषामा मनपर्ने, ‘मरी’ भनेको रोटी र पुन्हिको अर्थ पूर्णिमा हो अर्थ राख्दै धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाउने प्रचलन युगौँदेखि जारी छ । नेवार समुदायले ठूलो चाडका रूपमा मनाउने गर्छन् । यस पर्वमा खाद्य पदार्थको रसिलो चाडका साथै नयाँ धानबाट बनेको चामलको पिठोमा चाकु, खुवा र तिल राखेर मिठो यःमरी बनाउने गरिन्छ । यःमरी बनाउन आज बिहानदेखि घरघरका महिला व्यस्त भएका छन् । बिहान स्नानपछि घरमा लिपपोत गरी यःमरी पकाउने प्रचलन छ ।…

Read More

काठमाडौं । काठमाडौंको किर्तिपुर नगरपालिकास्थित दक्षिणकाली जाने बाटोमा किर्तिपुर नगरपालिकाको कार्यालयदेखि चार किलोमिटर दक्षिण-पश्चिममा एउटा ताल छ । यस ताललाई स्थानीय भाषामा टौदह भनिन्छ । करीब ५०० मिटर लम्बाई र ४०० मिटर चौडाई भएको यस तालको सम्पूणर् भाग आँखाले सजिलै हेर्न भने सकिँदैन । टौदहको बीचमा नाग मन्दिर रहेको छ । जसमा केही रूखहरू रहेका छन् । टौदह नेपाल भाषा बाट आएको शब्द हो । ‘टौ’ को अर्थ नाग र ‘दह’ को अर्थ पोखरी हुन्छ भने केही जानकारहरूका अनुसार “टौ” को अर्थ  ठूलो र “दह”को अर्थ पानी जमेर बनेको पोखरी हुन्छ । यसरी हेर्दा टौदहको अर्थ नागराज बस्ने पोखरी सङ्ग नजिक…

Read More

म्याग्दीको सदरमुकाम र नगरपालिकाका साथै पाँचवटै गाउँपालिकामा विकासका सम्पूणर् पूर्वाधार पुगेका छन् । कृषि उत्पादनमा गाउँ आत्मनिर्भर बन्दै गएका छन् । स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा समेत डिजिटल एक्स-रे सेवा उपलब्ध छ । गाउँनजिकै विद्यालय छन् । सञ्चार, खानेपानी, सिँचाइलगायतका सुविधा वृद्धि हुँदै गए पनि उपयोग गर्ने मानिस भने घट्दै गएका छन् । ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीको संख्या अत्यन्त न्यून हुँदै गएको छ । स्वास्थ्य चौकीमा सेवा लिने बिरामी पनि घट्दै गएका छन् । पछिल्लो एक दशकयता जिल्लाका ग्रामीण क्षेत्रमा जतिजति पूर्वाधारको विकास भए पनि बसाइँसराइ गरेर बाहिर जानेहरूको संख्या पनि बढ्दै गएको छ ।

Read More

काठमाडौं । नेपाल सरकारको विशेषज्ञ समूह (थिंक ट्याङक्)को रुपमा रहेको  नीति अनुसन्धान प्रतिष्ठानले गाँजा खेतीलाई वैधानिकीकरण गर्न सिफारिस गरेको छ । ‘नेपालमा गाँजा खेतीको वैधानिकीकरणः सम्भावना र चूनौति’ शीर्षकमा अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै प्रतिष्ठानले गाँजाको खेतीलाई वैधता दिन विभिन्न ८ बुँदे नीति सिफारिस गरेको हो । नियन्त्रित  प्रयोग सम्बन्धी  वर्तमान  ऐन  (लागू  औषध  नियन्त्रण  ऐन,  २०३३)  परिमार्जन गर्न पनि प्रतिष्ठानले सिफारिस गरेको छ । ‘लागु औषधसम्बन्धी मौजुदा ऐनमा गाँजाको नियन्त्रित प्रयोजनका बारेमा स्पष्टता कायम गरिनु पर्दछ । साथै, सम्बन्धित सरकारी निकायले यससम्बन्धी स्पष्ट नियमावली निर्माण गरी कार्यान्वयनमा ल्याएमा गाँजाको प्रयोगसम्बन्धी वर्तमान अस्पष्टता हटाउन सक्छ’ प्रतिवेदनको सिफारिसमा भनिएको छ । त्यस्तै, प्रयोगका …

Read More

प्राकृतिक, सांस्कृतिक र भर्खरै साहसिक पर्यटनको गन्तव्य बन्दै गएको कुश्मा पर्वत (नेपाल) मा अब अर्को गन्तव्य थपिएको छ, ‘शताब्दी घर’ ।  तीनसय वर्षभन्दा पुरानो यो घर पहाडी वास्तुकलाको नमुना घर मानिन्छ। बर्दलीको चोटामा फैलिएको यो तीन तले अग्लो, ठूला ढुङ्गाको सिँढीको आँगन र कोठालाई विगतको कुश्माको पहिचान र पहिचान हेर्नको लागि घरको रुपमा पनि लिन सकिन्छ । यो घरमा पुगेपछि गाउँमा पुगे जस्तो लाग्छ। मन जिज्ञासाले भरिएको छ । कवि, कलाकार, फोटो पत्रकार, संस्कृति तथा संरक्षण अभियन्ता आरके अदिप्त गिरीको परिकल्पना र कुष्मा आर्ट प्रोजेक्टद्वारा सञ्चालित यस घरलाई सांस्कृतिक सङ्ग्रहालय तथा कला ग्यालरीका रूपमा सञ्चालन र विकास गर्न लागिएको हो…

Read More

स्थानीय तहमा विभिन्न योजना बनाउँदै थन्क्याउने प्रवृत्ति तीव्र बन्दै गएको छ। ७५३ स्थानीय तहमध्ये करिब तीन सय वटा पालिकाले मात्र विभिन्न योजना बनाएका छन्। योजना बनाएका स्थानीय तहले पनि व्यवहारमा कार्यान्वयन नगरी थन्क्याउने गरेका छन्। स्थानीय शासनविज्ञ एवं नेपाल सरकारका पूर्वसहसचिव विष्णुदत्त गौतमले स्थानीय तहले योजना बनाउँदै कार्यान्वयन नगरी थन्काउने प्रवृत्ति बढ्दो रहेको बताए। उनले भने, “स्थानीय तहमा छिटोछिटो प्रमुख प्रशासकीय अधिकृत सरुवा हुने र नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि पुनः नयाँ योजना बनाउने प्रवृत्ति बढ्दै गएको हो।” स्थानीय सरकार सञ्चालन ऐनले आफ्नो अधिकार क्षेत्रभित्र रहेर स्थानीय स्तरको विकासका लागि आवधिक, वार्षिक, रणनीतिगत, विषयगत, क्षेत्रगत, मध्यकालीन र दीर्घकालीन विकासका योजना…

Read More

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)मा जङ्गल गएका अवस्थामा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका-१ ओमशान्ति टोलका सासूबुहारीको घाँसदाउरा लिन जङ्गलमा जाँदा आइतबार मृत्यु भएको हो । 
    
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार मृत्युहुनेमा ६० वर्षीया मनादेवी पौडेल र उनकी २८ वर्षीया बुहारी विष्णु पौडेल छन् ।  प्रनाउ पौडेलले स्थानीय खहरे जङ्गलमा घाँस काट्न गएका सासूबुहारी घर नफर्किएको उजुरी परेपछि जङ्गलमा खोजतलास गर्दा उनीहरुको शव भेटिएको बताए । “उहाँहरु नभेटिएको भनी आइतबार मौखिक उजुरी परेपछि प्रहरीसहित ६० जनाको टोली जङ्गलमा खोजतलासका लागि गएका थियौँ”, उनले भने, “खोजतलासका क्रममा आइतबार राति खहरेको ढिकमा दुवैको शव भेटियो…

Read More

जाजरकोट र रुकुमपश्चिममा भूकम्प जानसाथ देशका ठूलठूला पदाधिकारी स्थलगत भ्रमणमा गए । त्यहाँ उनीहरूले जे देखे त्यस हिसाबले तुरुन्तै प्रभावितको उद्धार हुने आशा गरिएको थियो । ०७२ सालको गोरखा भूकम्प जस्तो गरी दर्जनौं जिल्ला पनि प्रभावित भएका थिएनन् । २ जिल्लाका केही हजार नागरिकको आवास राज्यले तुरुन्तै बनाउनुपर्ने हो । तर, अझै पनि भूकम्प प्रभावितको ओत भनेको त्रिपाल बनिरहेको छ । सरकारले अस्थायी आवास पनि बनाउन सकेको छैन । अस्थायी आवासका लागि संघीय सरकारले कतिपय पालिकाहरूलाई पैसा पनि पठाइसकेको छ । तर, लाभग्राही सबैले भने त्यो पैसा पाउन सकेनन् । प्रक्रिया नै पूरा गर्न पालिकाहरू चुकेका छन् र भूकम्प प्रभावितहरू रित्तो हात भइरहेका छन् । सरकारी वा हाम्रो राज्यको…

Read More

बाँदर आतङ्क नेपालका ग्रामीण भेकको सबैभन्दा विशाल समस्या हुनु पुगेको छ । पूर्वदेखि पश्चिमसम्म सबैखाले पहाडी गाउँमा बाँदर आतङ्क फैलिएको छ । बाँदर आतङ्क निस्तेज गर्ने कुनै प्रभावकारी कार्यक्रम नआए नेपाली ग्रामीण क्षेत्र झनै विकराल समस्यामा पुग्ने निश्चित प्रायः देखिदैछ । रेसुङ्गा नगरपालिका-१३ स्थानीयहरूको दैनिकी नै बाँदर धपाउने बन्न पुगेको छ । बारीमा लगाएको अन्नबाली घरमा ल्याएर राखेपनि घरभित्रै पसेर बाँदरले खाइदिने गरेपछि उनीहरूको दैनिकी नै बाँदर धपाउने बनेको हो । रेसुङ्गा नगरपालिका-१३ की ५२ वर्षीया रुमकली खत्रीले घरकै छेउमा ढुङ्गाको थुप्रो बनाएर आडैमा चनाखो भई बस्छन् । घरको कौसीमा रहेको खाद्यान्न जोगाउन दिनभर घरको आँगनमा चनाखो भई बस्ने गरेको उनले…

Read More

गाजा युद्धमा मृत्यु हुनेको सङ्ख्या २० हजार ६७४ पुगेको छ।हमासद्वारा सञ्चालित गाजामा रहेको स्वास्य्य मन्त्रालयले सोमबार अक्टोबरको शुरुदेखि इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तिमा २० हजार ६७४ व्यक्तिको मृत्यु भएको जनाएको छ।अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको घातक हमलाबाट शुरु भएको युद्धमा अहिलेसम्म ५४ हजार ५३६ व्यक्ति घाइते भएको पनि मन्त्रालयले जनाएको छ।

Read More

घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा ६ वर्ष अघिसम्म जलाशय थिएन । गाउँनजिकको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार ठाउँमा प्रदेश र स्थानीय सरकारले बजेट दिएपछि स्थानीयको पहलमा कृत्रिम जलाशय निर्माण भएपछि स्थानीयलाई सिँचाइसँगै आन्तरिक पर्यटकीय क्षेत्रका रूपमा विकास हुन थालेको छ ।  जङ्गल क्षेत्रसँगै रहेको जलाशयमा पछिल्लो समय स्वदेशी तथा विदेशी चरा देखिने भएपछि कृत्रिम जलाशयसँगै चराको अवलोकन गर्न मानिस पुग्नेगरेका छन् । सिँचाइसँगै चराहरू आउँदा मानिसको सङ्ख्या बढ्दै गए पनि यसको महत्वबारे स्थानीयलाई बुझाउन भने नसकिएको जलाशय उपभोक्ता समिति अध्यक्ष छित्रु चौधरीले बताए ।   उनले भने, ‘कुनै समय सानो सोताका रहेको सिमसार क्षेत्रलाई बढाउँदै जलाशयका रूपमा विकास भएपछि स्थानीयलाई सिँचाइसँगै घुमफिरको गन्तव्य…

Read More

काठमाडौं । अमेरिकाले नेपालमा राजनीतिक हिंसाको सम्भावना बढेको जनाउँदै आवश्यक सतर्कता अपनाउन आफ्ना नागरिकलाई आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले यही डिसेम्बर १८ मा जारी गरेको ट्राभल एड्भाइजरीमा सम्भावित राजनीतिक हिंसाका कारण नेपालमा सतर्कता बढाइएको जनाएको छ ।  “शान्तिपूर्ण हुन खोजेका राजनीतिक प्रदर्शनहरू कहिलेकाहीँ हिंसामा परिणत हुन सक्छन् र नेपाली अधिकारीहरूले बल प्रयोग गर्न सक्छन्,” अमेरिकी विदेश मन्त्रालयले ट्राभल एड्भाइजरीमा भनेको छ । ट्राभल एड्भाइजरीमा अमेरिकाले स्पष्ट शब्दमा नेपालमा हुने प्रदर्शन र भिडभाडमा नजान आफ्ना नागरिकलाई भनेको छ । 

Read More

नारायणगढ–मुग्लिन सडक खण्डमा रहेको तुइन खोलामा पुल निर्माण गर्न गत शनिबारदेखि दैनिक चार घण्टा सडक बन्द गर्न सुरु गरिएको छ । गत वर्ष विस्फोटक पदार्थ प्रयोग गर्ने निर्णय गरी रोकिएको उक्त काम पुनः एक पटक मेसिनकै सहायताले फुटाउन सुरु गरिएको हो । केही दिनअघि बिहान ११ बजेदेखि अपरान्न ३ बजेसम्म चार घण्टा सडक बन्दगरी काम गर्ने निर्णय गरिएको भए पनि शनिबार मात्र सो निर्णयअनुसार काम गरिएको र आइतबारदेखि मध्यान्ह १२ बजे देखि चार बजेसम्म बन्द गर्ने सूचना टाँसगरी सोहीअनुसार काम सुरु गरिएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड (नारायणगढ–मुग्लिन) आयोजनाका सूचना अधिकारी कृष्ण अधिकारीका अनुसार तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने…

Read More