काठमाडौं खबर पुस १०, २०८०
म्याग्दीको सदरमुकाम र नगरपालिकाका साथै पाँचवटै गाउँपालिकामा विकासका सम्पूणर् पूर्वाधार पुगेका छन् । कृषि उत्पादनमा गाउँ आत्मनिर्भर बन्दै गएका छन् । स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा समेत डिजिटल एक्स-रे सेवा उपलब्ध छ । गाउँनजिकै विद्यालय छन् । सञ्चार, खानेपानी, सिँचाइलगायतका सुविधा वृद्धि हुँदै गए पनि उपयोग गर्ने मानिस भने घट्दै गएका छन् ।
ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थीको संख्या अत्यन्त न्यून हुँदै गएको छ । स्वास्थ्य चौकीमा सेवा लिने बिरामी पनि घट्दै गएका छन् । पछिल्लो एक दशकयता जिल्लाका ग्रामीण क्षेत्रमा जतिजति पूर्वाधारको विकास भए पनि बसाइँसराइ गरेर बाहिर जानेहरूको संख्या पनि बढ्दै गएको छ ।