काठमाडौ । देशका होनाहार युवा विदेश पलायन हुनेक्रम बढ्दै गएको छ, यसलाई बेलैमा रोक्न सकिएन भने देश र हाम्रो सन्ततिको भबिष्य अन्धकार तर्फ धकेलिन्छ । यसप्रति आफुलाई चिन्ता लागेको छ । सरकारको ध्यान यसतर्फ जावस । यी भनाई आबिस्कारका अभियन्ता, नेपाल आबिस्कार केन्द्रका संस्थापक महावीर पुनका हुन । उनले राजधानिको सुकेधारास्थित बागमती बोर्डिङ सेकेन्डरी स्कुलले आफ्नो छैटौँ विज्ञान तथा शैक्षिक प्रदर्शनीका क्रममा आयोजना गरेको कार्यक्रममा प्रमुख अथितिको रुपमा बल्ने क्रममा बताएका हुन ।
अभियन्ता पुनले अरुले गरेनन्, सरकारले गरेन भन्नुभन्दा आफूले गरेर देखाउनुपर्छ भन्ने भावना युवामा जागृत भए देशको उन्नति हुन कसैले रोक्न नसक्ने बताएका थिय । मनतब्यको क्रममा पुनले जनताको दैनिक जीवन सहज बनाउने आविष्कार मात्र जीवन्त हुने भएकाले यस खालको चिन्तन र अध्ययनमा केन्द्रित हुन विद्यार्थीलाई सुझाव समेत दिएका थिए ।
पुनले आफुलाई प्रमुख अथिति नबनाउन सबैमा आग्रह गरेतापनि आफुलाई बोलाईएका कार्यक्रममा प्रमुख अथिति नै हुनुपरेको भन्दै कार्यक्रममा बोलाएर विद्यार्थीले तयार पारेको रोबो रेस, रोबो वार, रोबो सकरलगायत आविष्कारबाट निकै प्रभावित भएको बतायका थिय । उनले बिद्यार्थिको ज्ञान, सिप ,लगन र मेहनतबाट निमाणर् गरीएका शैक्षिक प्रबिधिलाई आफ्नै आँखाले देख्न, बुझन र थप अध्यन गर्न मौका पाएको भन्दै बिद्यालय शिक्षक, शिक्षिका, बिद्यालय ब्यबस्थापन प्रदर्शनि ब्यबस्थापन र बिद्यार्थिहरुलाई धन्यबाद समेत ब्यक्त गरेका थिए ।
त्यसैगरी कार्यक्रममा स्कुलका संस्थापक डा. सुरेन्द्र सिटौलाले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशविकास र जनताको भलाइका निम्ति लाग्ने पुनको सादा जीवन र उच्च विचार सबैका निम्ति अनुकरणीय रहेको बताएका थिए । डा. सिटौलाले सूचना र प्रविधिमार्फत देश विकासका सम्भावनाहरूको खोजी गर्ने उद्देश्यले स्थापित राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक स्वयं संस्था चलाउन आफ्नो पदक लिलाममा राख्ने, चप्पल लगाएर हिँडने र गहन अध्यन अनुसन्धान पश्चात पुस्तक लेखी आफ्ना पुस्तक समेत आफैँ बाटोमा बेचेर बस्ने परिस्थितिमा पुग्नु देशभक्त नागरिक र सरकारका निम्ति लज्जाको विषय भएको बताएका थिए ।
कार्यक्रममा स्कुलका संस्थापक अध्यक्ष डा . सिटौलाले पुनलाई आबिस्कार केन्द्रको सहयोगार्थ २५ हजार रुपैयाँको चेक हस्ताहन्तरण समेत गरेका थिए । कार्यक्रममा बिद्यालयका शिक्षक, शिक्षिका, पत्रकार, बुद्धिजिबी, अभिभाबक र बिद्यार्थिको ठुलो उपस्थिति रहेको थियो । प्रदर्शनीमा रोबोटिक्ससँग सम्बन्धित २५, विज्ञानसँग सम्बन्धित ३५ र गणितसँग सम्बन्धित पाँच स्टल राखिएका थिए । विद्यालयका स्टिम ल्याब, कोडिङ क्लास, विज्ञान क्लबका कक्षा पाँचदेखि १२ सम्मका विद्यार्थीले तयार पारेका सामग्री प्रदर्शनीमा राखिएको र तीन हजारबढिले प्रदर्शनीको अवलोकन गरेको विद्यालय ब्यबस्थापन समितिका निर्देशक अस्विन सिटौलाले बताएका थिए ।