काठमाडौं । काठमाडौंको पशुपतिनाथको नजिकै रहेकी जयबागेश्वरी देवी एक ऐतिहासिक देवी हुन् । स्थानीय किंवदन्तीअनुसार गोपाल र किरात शासनकालको राजधानी जयबागेश्वरी थियो । लिच्छविकालको राजधानी यहीँबाट सुरु भएर पछि हाँडीगाउँमा सरेको भन्ने कथनको आधारमा यो मन्दिरलाई परापूर्वकालदेखि स्थापना भएको भन्ने मान्ने गरिएको छ ।
जय बागेश्वरीलाई महासरस्वती, महाकाली र महालक्ष्मीका रूपमा मानिए पनि विद्याकी देवीका रूपमा बढी पुज्ने गरिएको छ। तन्त्र साधना गर्नेले अन्तिममा जय बागेश्वरीमै आएर पूजा गर्ने परम्परा छ। मन्दिरसँगै सुनधारा पनि स्थापना भएको मान्ने गरिन्छ । जय बागेश्वरीको ठीक अघि तलेजु भवानीको मन्दिर स्थापना गरिएको छ।
मल्लकालमा हाँडीगाउँबाट हनुमान ढोकामा राजधानी सारिएको इतिहासविद्हरूको भनाइ छ। ऐतिहासिक एवं सांस्कृतिकरूपले महत्त्वपूर्ण क्षेत्र भए पनि जय बागेश्वरीका सम्पदाको संरक्षण हुन नसकेकोको स्थानीयवासीको गुनासो छ।
जयबागेश्वोरीमा अवस्थित ऐतिहासिक लुँहिति स्थानीयले जयबागेश्वरीले नुहाउने गरेको धारा मान्ने गरेका छन् । सम्बन्धित निकायको समयमै यस ऐतिहासिक हितिमा ध्यान नगएको हुनाले बेवारिस अवस्थामा पुगिसकेको यस लुँहिति पुनः संरक्षण गरिएको छ । भएको देख्दा मेरो मन आनन्दित भएको छ। धेरै महत्वपूर्ण ग्रन्थका कुरा जोडिएको यस लुँहितिको निकै महत्व रहेको छ। यस्तो सुन्दर प्राचीन हितिको संरक्षण गर्नु तपाईं हामी सबैको कर्तव्य हो। यहाँ हरेक बर्ष मनाउदै आइरहेको भक्तपुरको नवदुर्गा भवानी प्याखँलाई मध्यनजर राखी यस हितिलाई पुनःसरसफाइ गरि जिवन्त राख्न सहयोग गर्नु हुने मेरा सम्पूर्ण साथी भाईहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु।