काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाभित्रको पूरानो साहित्यिक संस्था कंपन साहित्य समाजले नियमितरूपमा प्रदान गर्दै आएको कसास यात्री स्मृति सम्मानअन्तर्गत २ जना विशिष्ट स्रष्टालाई सम्मान गरेको छ । कंपन साहित्य समाजको बुनपा १० आकाशेधारामा रहेको भवन (यात्री स्मृति कक्ष)मा आयोजित एक भव्य समारोहमा ०७९ को कसास यात्री स्मृति सम्मान गोविन्द प्रसाद घिमिरेलाई तथा ०८० सालको कसास यात्री स्मृति सम्मान लक्ष्मी उप्रेतीलाई प्रदान गरिएको हो ।
बुढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी प्रमुख अतिथि रहेको कार्यक्रममा कपन भेकमा बसोबास गर्ने कविहरू महत्वपूर्ण जमघट थियो ।
संस्थाका अध्यक्ष गणेशकुमार मिश्रको सभापतित्वमा भएको कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका उपमेयर तथा कवि अनिता लामासहितका जनप्रतिनिधिको उपस्थिति थियो ।कार्यक्रममा साहित्यकारहरू जगतप्रसाद उपाध्यय, हेमनाथ पौडेल, शैलेन्दुप्रकाश नेपाल, प्रयागराज भट्टराई, कृष्ण सुबेदी, आरएम डङ्गोल, बिसु केसी, नारायण नेपाल, डिल्लीप्रसाद मुल्तिहुन, ओमप्रकाश कोइराला, समीर वास्तोला, श्रीधर पौडेललगायतका उपस्थिति रहेको आयोजक समितिले जनाएको छ ।