काठमाडौं खबर पुस १३, २०८०
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज शुक्रबार नै फैसला आउने भएको छ। जवाफी बहस सकिएर न्यायाधीशले फैसला लेख्न सुरु गरेका छन्। आज साँझ करिब ७ बजेतिर आदेश आउने बताइएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले साँझ ७ बजेसम्म बसेर आदेश लेख्ने जानकारी गराएका इजलासमा बसेकी अधिवक्ता मोहना अन्सारीले जानकारी दिइन्।